Thursday, March 3, 2022

वर्गीय चेतना

 मानिसहरू राजनीतिमा सधैं छल-कपटको सिकार भईरहेको छ साथै तब सम्म रहन्छ, जब सम्म तिनिहरूले सबै नैतिक, धार्मिक, राजनीतिक एवं सामाजिक भनाइहरू, घोषणाहरू र प्रतिबद्धताको पछाडि कुनै न कुनै वर्गको हित हुने कुरा पत्ता लगाउन सक्दैनन् । 


सुधारवाद र उदारवादका समर्थकहरूले जब सम्म यो बुझ्दैन कि सबै पुराना संस्था, जतिसुकै बर्बरतापूर्ण र घिनलाग्दो किननहोस्, उनै शासक वर्गको बलबुतोमा उनैको हितकालागि चलिरहेको हुन्छ, तब सम्म पुरोनो व्यवस्थाकका संरक्षकले तिनलाई बेबकुफ बनाई रहन्छ । 


साथै यो वर्गको प्रतिरोधको चकनाचुर गर्न केवल एउटै तरिका छ र त्यो जुन समाजमा हामीहरू रहिरहेका छौं त्यसैमा त्यस शक्तिहरूको पत्तालगाउने र उनिहरूलाई संघर्षकालागि जागृत र संगठित गर्ने, जुन पुरातनलाई विनाश गरेर नयाँको सृजना गर्नमा समर्थन हुन्छन् साथै जस्ले अाफ्नो सामाजिक स्थितिको कारण समर्थन हुनु पर्दछ ।

-लेनिन


जब कार्ल मार्क्स र फेडरिक एङ्गेल्सको ऐतिहासिक द्वन्दात्मक भौतिकवाद र लेनिनको साम्राज्यवादलाई महामानव विश्वेश्वरप्रसादको दृष्टिकोणले अध्ययन गर्न सक्दछौं तब मात्र नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद बुझ्न सक्छौं । यी सामाजिक दार्शनिक वा वैज्ञानिकलाई शत्रु नभई ज्ञानको स्रोत र गुणस्तर चेतनाको विकासको माध्यम बनाउन सक्नु पर्दछ । आफुले आफुलाई भाग्यवाद र अन्धविश्वासबाट टाढा राख्नकालागि भौतिकवादको बुझाई अनिवार्य छ जसले समाजलाई वैज्ञानिक र व्यवहारिक बनाउन सक्छ । 


वि.पि, नेपाली काङ्ग्रेस र प्रजातान्त्रिक समाजवाद लाई बुझ्न वि.पि ले बुझेका विषय बुझ्न सक्नु पर्दछ ।




No comments:

Post a Comment