१७ हजार नागरिकको हत्याको अभियोग लागेका आरोपित भन्दा एउटा गोरू काटिखाने खाद्य संस्कार (food culture) भएको भोटेलाई कानुन र न्यायलयले अपराधी सावित गरि सजायको भागिदार बनाउछ।
मात्रत एउटा गोरू खानेले गोरू काटेको र खाएकै आधारमा यत्रो सजाय हुदै गर्दा १७ हजार नागरिकको ज्यानमार्ने, रगत पिउने र तै लाशमा छढेर सत्ताआरोहण गराउनेर साथै खुल्लमखुल्ला छोडिएको पशुपतिको साँढेलाई जस्तै मानसम्मान, ईज्जत र ओहदा दिने समाजको चेतनाको स्तरमा अब फेरि सामाजिक आदर्श, मूल्यमान्यता, चेतना र संस्कृतिको पुन:निर्माण गर्ने बेला आएको छ। समाज परिवर्तनशिल छ, समाजले आफुलाई निर्माण, विनिर्माण र पुन:निर्माण गर्ने प्रक्रिया विश्वव्यापी सत्य प्रक्रिया हो त्यसैले नेपाली समाज पनि त्यो परिवर्तन र विकासको प्रकृति र प्रक्रिया बाट टाढा रहन सक्दैन। समाज परिवर्तन हुन्छ, हुदैछ र हुनै पर्दछ ढिलो चाँडो।
मानिस सर्वश्रेष्ठ र सामाजिक प्राणी हो र मानव र प्रकृति प्रधान हुनु पर्दछ भन्ने विचारको पुनर्गठन गरेर सभ्य समाजको परिचय प्रस्तुत गर्ने समय आएको छ। १७ हजार नेपाली नागरिकको ज्यानको आरोपि भन्दा अझ घातक र खतर्नाक त त्यो चेतना र संस्कृति हो जसले तुलनात्मक हिसाबमा मानिसको प्राणलाई भन्दा एक पशुवधलाई अझ महत्त्वले लिन्छन्। यो पृथ्वी र प्रकृति शक्तिशाली मानवको मात्र नभई हरेक आम मानिस, जीव, जलचरको पनि समान अधिकार छ भन्ने विषय सभ्य समाजले सधै मन, वचन र कर्ममा राख्नु पर्दछ।
No comments:
Post a Comment