Sunday, January 3, 2021

 समाजलाई सत्य देखि टाढा राख्ने खेल र प्रक्रिया हिजो पनि थियो र आज पनि छ भलै विश्वसमाज उत्तरआधुनिक समाजमा पुगे पनि, हिजोका शासकको झै अनुहार वंश र व्यवस्था नभएपनि ऐ प्रवृत्ति पाउन सकिन्छ आजकलको जनप्रतिनिधिमा। 


तत्कालिन जहानियाँ राणा शासन व्यवस्थाले विश्वमानचित्रबाट भूगोल नै लुकाएको भनिन्छ अरूको त कुरै छोडौं। निरंकुश पंचायति व्यवस्थाले नेपाली जनता लुकाए, आधारभुत शिक्षा सम्म लुकाए। अहिले आएर नागरिकको हितमा थुप्रै दलहरू छन् तर तिनिहरूले बौद्धिक भ्रष्टाचार गरेर त्यो शक्तिशाली मस्तिष्कको क्षमतालाई विचारशुन्य बनाएर त्यसमाथि अदृश्य ढङ्गले नियन्त्रण गरिरहेको देख्न सकिन्छ। नेपालमा रहेका कम्युनिष्ट पार्टीले माक्र्सवादको पवित्रतामा रहेको वर्ग सम्बन्ध लुकाएको पाईन्छ, त्यसै गरि राष्ट्रमा रहेका प्रजातान्त्रिक पार्टीले प्रजातान्त्रमा रहेको मानव स्वतन्त्रताको आदर्शवाद, भने  लोकतान्त्रिक पार्टीले त्यसमा रहेको बहुलवाद, उद्धारवाद, मानवअधिकार। 


हरेक दलमा रहेको विशुद्ध मानवतावादी दर्शनको अपव्याख्या गर्दै  अगुवाले बौद्धिक भ्रष्टाचार गरिरहेको छ भन्ने कुरा तिनका कार्यकर्ताको चालचलन, व्यवहार र अभिव्यक्ति बाट स्पष्ट हुन्छ। लाग्छ तिनिहरू पार्टीको नेता भन्दा भक्त वा अनुयायी जन्माउने धर्मगुरू जस्तो देखिन्छ। पार्टीको कार्यकर्ता, स्वयंसेवक भएरपनि कुनै धर्मको भक्तालु भक्तजन र धर्मगुरूको अनुयायीको चरित्र र प्रवृति देख्दै गर्दा नेपाली समाजको भविष्यमा अझै घाम लाग्ने निश्चित छैन।


एक मानव विरूद्ध अर्को मानवको मनमा घृणा पैदा गराउने पार्टी त्यो राजनीतिक  दल नभई सामाजिक संस्कार बिगार्ने हिंसात्मक र अपराधीक संगठन हो भन्न सकिन्छ। यदि त्यस्तो घृणित भावना जाग्दैछ वा जगाउन मद्दत पुर्याउदैछ भने सावधान रहौं र त्यस्तो संगठन आजै त्यागौं, किनकि मानव प्राणी मानवको हित गर्न मात्र नभई सिङ्गो जगतको रक्षागर्न सक्ने क्षमता राख्दछ त्यसैले सर्वश्रेष्ठ प्राणी कहलिन्छ। मस्तिष्कमा मूर्खता, हिंसा, घृणा भरिदिदैछन् कसैले कतैबाट जो अमानवीय कार्य हो।

No comments:

Post a Comment