पुरूषलाई कुटेर, कराएर, तर्साएर, थर्काएर मात्र पितृसत्तात्मक संस्था (पुरूषप्रधान समाज) लाई कमजोर बनाउन सकिन्छ भन्नु भनेको माइतीघर मण्डला, शान्तिवाटिका लगायत सबै सबै ७७ जिल्लामुकाममा पुत्ला जलाउदै, तमासा र तामझाम देखाएर दुईतिहाईको शक्ति दिईएको केपी प्रशासनको सरकार गिराउछु भन्नु जस्तै उस्तै हो। केही पुरूषलाई गलाएर साथै केही केपीलाई हराएर समस्याको समाधान हुदैन, यो अतिवाद धारको हिंस्रक विचार हो त्यसैले व्यक्ति नभई विचार नै निर्मूल गर्नु पर्ने पहिलो र अन्तिम निर्विकल्प विकल्प हो।
केपी प्रशासनलाई प्रतिपक्ष बनाउन निर्वाचन नै कुर्नुको विकल्प जनतालाई छैन, त्यो पनि कति निर्वाचनको हार सहनुपर्ने र टार्नुपर्ने हो निश्चित नभए झै, दास युग, सामन्त युग र वैश्य युग जस्तो सामाजिक उत्पादनका स्वरूपमा पटक पटक निर्वाचनमा हार व्यहोर्नु परेको प्रतिपक्षी नारीलाई सभ्यता, मस्तिष्कको गुणस्तर, न्यायको सिद्धान्तमा विश्वास राख्ने र रहेको समतामूलक युगले मागेको निर्वाचनमा अाउने मतपरिणामले मात्र पितृसत्ता प्रतिपक्षमा पुर्याउनेछ। नत्र त्यस्तै असम्भव।
यो नेपाली पितृसत्ता त्यस्तै घामट, जिउछाडा, निरंकुश र सर्वसत्तावादी छ, हरेक विषय जस्तै कानुन निर्माण, त्यसको व्याख्या र त्यसैको कार्यान्वयन अाफुमै निहित हुनुपर्छ भनेजस्तै पितृसत्ता र केपीासत्ता बीच विचारमा, बोलिमा र व्यवहारमा केही फरक छ भने भन्नु होला। अाजको दिनमा पितृसत्ता र केपीसत्ता ढाल्छु भन्नु दिवासपना मात्र हो। ढाल्नुपर्ने र गाडनुपर्ने भनेको ति लिङ्ग र व्यक्ति नभई त्यस्ताले शक्तिस्रोत मानेर गायत्री मान्त्र बनाएको पितृसत्तावाद र केपीवाद रूपी विचारलाई हो जलाउने र खरानी बनाउने।
फेरीपनि अतिवादलाई अतिवादले कहिलेपनि पराजय गर्न सक्दैन भन्दै न त्यस्तै नारीको केही समुह र नेपाली काङ्ग्रेस मात्रले त्यो सर्वसत्तावाद ढाल्न सक्छ भन्ने मान्नु भ्रम हो। पितृसत्ता ढाल्ने र सर्वसत्तावाद ढाल्ने एकमात्र अलौकिक शक्ति भनेको सभ्य समाज नै हो।
(कृपया चित्त बुझेका, नबुझेका कुराहरू कमेन्टमा लेख्न सक्नु हुन्छ।)
No comments:
Post a Comment