समाजमा भईरहेका संवेदनशील विषयमा निजी वा सामुहिक लाभका लागि जानेर (योजनाबद्ध ढङ्गले) हो वा अन्जानमा हो, केही व्यक्ति, समुह वा संस्थाले वास्तविक कारण (fact cause) लाई लुकाएर गलत (false) र भ्रम (mirage) सृजना गराउने खालका बनावटी क्रियाकलापको बनावटी विवेचना (spurious interpretation) गर्नु पर्ने आवश्यक्ता देखिदैछ।
वर्तमान नेपाली समाजमा वास्तवमा स्वतन्त्र र अाश्रीत विषय र मुद्दाहरू जस्तै राजसंस्था र हिन्दुधर्म बीच मजबुत सम्बन्ध देखिएतापनि कस्ले कसलाई असर र प्रभाव पारेको छ भन्ने सुनिश्चित गर्न सकेको छैन। उत्तेजनामा ल्याउदै, हिन्दु राज्य र राजसंस्थाका सवाल नै हरेक समस्याको समाधान हो र परिपुरक र अाश्रीत विषय हो भन्ने गलत र भ्रामक तफर्क बनावटी हो। जसले नेपाली समाजलाई यस प्रकारको गैरदिशाउन्मुख (misleading) ले अझै कुसंस्कारको दलदलमा फसाँउदै छ।
हिन्दुराष्ट्र र राजसंस्थाका सवालमा त्यसलाई स्वतन्त्र र अाश्रीत बनाउने र राख्ने मुुुुख्य अदृश्य र सशक्त कारक भनेको सिङ्गो नेपाली समाज हो नकि निश्चित भिडभाड वा कुनै समुह। बनावटीपना(spuriousness) र तर्कमा खेलेर गलत र भ्रम सृजना गराउन सक्ने गैरदिशाउन्मुख नेतृत्व बहिष्कार र अस्विकार गर्न आग्रह गर्दछौं।
हिन्दुधर्म, हिन्दुराज्य, राजसंस्थाले फैलाएको सामाजिक राजनीतिक भ्रमका सवालमा र त्यसले स्थापित गर्दैगरेको देवत्वकरणको संसकार साथै उडाउदै गरेको लोकतन्त्रको खिल्लीका विषयमा, विश्वसमाज वा नेपाली समाजका विषयविज्ञ, दार्शनिक, विद्वानहरू जति क्रियामा लाग्नु पर्ने हो त्यो देखिन्न। हिन्दुराज्य र राजसंस्था बीचको सम्बन्धको एजेन्डामा जति मजबुृत सम्बन्ध देखिएपनि त्यो वास्तविक र यथार्थ हैन भन्दै त्यसलाई मुख्य प्रभावित गर्ने अदृश्य शक्ति सिङ्गो सामाजिक संरचना हो नकि कुनै सम्प्रदाय वा हुलहुज्जा र समुह भनेर व्याख्या र विश्लेषण गर्न सक्दछ त्यो नै बनावटी विवेचनाको अवधारणा (concept of spurious interpertation) हो।
कुहिरोमा हराएको नेपाली समाजलाई उत्तेजना र भ्रममा पारेर कागले कान लग्यो भनिदिन्छन् र कान खोस्न पठाउछ कागको पछाडी। तर दौडिनेहरूको ईमानदारीता, संयमता, पवित्रता र निश्चलता माथि गरेको छेडखानीको परिणाम अक्षम्य हुनेछ। मुखलाई मोही छैन पिडुलालाई घ्यू दल्नपर्छ भन्ने र त्यस्तो बनाउनेहरू संग सावधान रहनु पर्दछ नेपाली व्यक्ति, संस्था वा समाज।
No comments:
Post a Comment