अतिवादी, अन्धविश्वासी र रूढिवादी संस्कृति बोकेकाहरू कसरी माक्र्सवादी (ऐतिहासिक द्वन्दात्मक भौतिकवादी) माओवादी र लेनिनवादी (साम्राज्यवादी विरूद्धको क्रान्ति) भए त्यस्तालाई पार्टीबाट छानीछानी लखेट्नु पर्छ। कम्युनिष्टको बदनाम गराउने त्यस्तो चरित्र सबैभन्दा ठुलो शत्रु हो न कि हसिया हतौडा र सूर्य। त्यस्ताहरूलाई प्रवेश निषेध गरौं नत्र पार्टी कुखुराचोर र हत्याराले मात्र भरिन सक्छ। कम्युनिष्ट सिद्धान्त र आदर्श रोज्न छाडे आजकलका नेपालमा रहेका केही कम्युनिष्ट पार्टिले, रोजछन् त केवल पार्टिकार्यालय भवन र चुनाव चिन्ह सूर्य। अझै गुणमा नभई बजारे नाममा विश्वास छ। चुनावमा त्यसैले मात्र मत ल्याउछ भन्ने दिन धेरै पछाडि रहिसक्यो कमरेड त्यो ह्याङमा र भाङ्गमा नरहन सुझाउदछौं। बालहठ जस्तो वा जनतालाई अझै तै तल्लो तहमा राखेर सोच्नु बेवकुफी हो। नदीमा धेरैे पानी बगिसक्यो र धेरै हिउदका माघहरू गईसक्यो।
No comments:
Post a Comment