Sunday, January 3, 2021

 "मेरो आलोचना गर तर नेपाली काङ्ग्रेसलाई हानी हुने अभिव्यक्ति र त्यस क्रियाकलाप नगर्नु" भन्नु हुन्थ्यो युगपुरूष स्व. गिरिजाप्रसाद कोईराला। तर वर्तमान ठिक विपरीत भईरहेछ, प्रजातान्त्रिक नेताका अप्रजातान्त्रिक शैलीको आलोचाना गर्दा नेपाली काङ्ग्रेसलाई क्षति पुग्छ भन्ने भ्रामक संस्कृतिको विकास भईरहेको पाईन्छ। हिजो संस्था प्रधान नेपाली काङ्ग्रेस आाजकल व्यक्ति प्रधान भईरहेको पाईन्छ। व्यक्तिको प्रसंसा गर्दा नेपाली काङ्ग्रेसको हित हुने र व्यक्तिको अभिव्यक्ति र क्रियाकलापको आलोचना गर्दा पार्टीको हितविपरीत कार्य हुने भन्ने र मान्ने संस्कारको विकासले नेपाली काङ्ग्रेसलाई हुदैगरेको क्षणिक लाभ जस्तो देखिने विषय मुतको न्यानो मात्र हो। नवउद्धारवादी प्रजातान्त्रिक दल नेपाली काङ्ग्रेस जहिले पनि संस्था, सिद्धान्त, आदर्श र विधि प्रधान हुनु पर्दछ न कि व्यक्ति वा पक्षपाती वर्गीय प्रधान। महामानव विश्वेश्वरप्रसादले आफु मालिक हुन नभई नागरिक वा जनतालाई मालिक बनाउन प्रजातान्त्रिक राजनीति गरेको कुरा बिरर्सनुले नेपाली काङ्ग्रेसको अस्तित्व समाप्त हुनेमा दुईमत छैन। नेपाली काङ्ग्रेसको छाला ओढेको झुण्ड हो भन्ने आरोप बाट बच्न र बचाउन तिर नलागेर चुनाव जित्नु भनेको त्यस्तै खालको कम्युनिष्टको उदण्ड क्रियाकलाप ले मात्र हो जो वास्तविक जित नहुन सक्छ।

No comments:

Post a Comment