सुनधारा र राजनीति
मानवले आफ्नो गलती स्विकारेको देखिएन त्यस माथि पनि कथित तेस्रो मुलुकको दर्ज्यानी चिन्ह पाएको नेपाल जस्तो विकासको उल्टो गति समातेको राज्यको के कुरा! ए साच्चै! यतिका जनघनत्व भएको नेपालको राजधानी काठमाण्डौं उपत्यकामा रहेको ऐतिहासिक ढुङ्गेधाराको मर्मत सम्भार र पुन:निर्माण किन नगरेको? के यो राजनीति सिमाभन्दा बाहिर पर्छ हो? कि यो बनाईयो भने पानी निशुल्क खपत हुन्छ पैसा लिन मिल्दैन भनेर हो! कि त्यो ढुङ्गेधारा मर्मत गर्न जान्ने विशेषज्ञ नभएर हो? सायद त्यसको पुनःनिर्माणमा कमिसनको ठुलो चलखेल नहुने भएर हो? अब डर कहाँ लाग्दैछ भने, त्यो ढुङ्गेधारले ओगटेको खाली जग्गा माथि पनि ढिलो चाँडो नजर पुग्नेछ ति दुखि र प्रेत आत्माको!
ऐतिहासिक सार्वजनिक स्थलहरू मध्येका दैनिक मानव जीवन संग जोडिएको पवित्र जल प्रदान गर्ने सुनधाराहरू पुन:निर्माण र पुन:मर्मत गरेर सर्वसाधरणकालागि खुल्ला गर्न सक्ने सरकार पो सरकार जाबो ठेक्का परे धरहरा पुन:निर्माण त हाम्रो प्रिय मित्र श्री रविन माम्फाङ्ग राई (निर्माण व्यवसायी) ले पनि गर्न सक्छ। सडक पेटिमा हिडने, वैदेशिक रोजगारकालागि काठमाडौंमा आएकाहरू, सडक व्यवसायी, विद्यार्थी, मजदुरहरू लगायत सिंहदरबारले बिर्सेका वा नजरअन्दाजमा परेका हामी निम्न वर्गकालागि अत्यन्तै लाभदायक हुनेथियो।

No comments:
Post a Comment