एक नारीको विवाह पश्चात् उनीको पहिचान (जात/थर) बदलिने कुरा कुन कानुनको कुन दफा उपदफामा लेखिएको छ ! समस्या ती महिलाको विवाह पहिले र पश्चातको परिचयमा हैन पितृसत्तात्मक समाजको नियतमा छ । सामाजिक प्रथाको आड र सुरक्षामा बसेको पितृसत्तामा छ ।
विश्वसमाज मंगल ग्रह पुगेर फर्किसक्दा पनि नेपाली समाजमा आजको दिन सम्म दास पितृसत्तात्मक समाजले निर्माण गरेको विभेदकारी प्रथा मस्त यौवन अवस्थामा हुनु समग्र नेपाली समाजको अन्धकार भविष्यको संकेत हो ।
मानव झन् झन उद्धार हुनुपर्ने, झन्झन साघुरिदै गएको सोचमा मस्तिष्कको तौल मात्र बढ्दैछ नकी चेतनाको गुणस्तर । पितृसत्तात्मक समाज नेपाली समाजको विकास, शान्ति, समृद्धि, न्याय र समतामुलक समाज निर्माणको पहिलो र शक्तिशाली शत्रु हो ।
प्रथा, संस्कृति र धर्मको आडमा लुकेर राज्यको कानुन संग खेलवाड गर्ने साथै समाजको शान्ति, सद्भाव, र सुरक्षा भड्काउने त्यो पितृसत्ता अभियुक्त मात्र होईन कसुरदार हो । त्यस्ता न्यायमा अन्धो र शोषणमा रमाउने प्रथालाई कानुनले दफा उपदफा ठोकेर फाँसीको सजाय तोक्नु पर्दछ ।

No comments:
Post a Comment