उदयपुर प्रतिनिधि सभा क्षेत्र नं. १ का करदाता नागरिकहरूले वि.सं. २०६४/०७० र २०७४ को आम निर्वाचनबाट अाफ्नो प्रतिनिधिको रूपमा कहिले संविधान निर्माणका लागि संविधानसभा सदस्य साथै कहिले प्रतिनिधि सभाका संसद बनाई रहदा हामी उदयपुर निवासी नागरिकलाई कुनै बिस्मत रहेको छैन अर्थात सधैं गर्व गर्ने गरेका छौं । किनकि जसलाई हामीले आफ्नो अमूल्य मतदान गरेका छौं जो डा. नारायण खड्का आफैमा विद्वान मात्र नभई ईमानदार, शालीन र आदर्शवादी छविका सरल नेता भनेर विश्वव्यापी रूपमा आफ्नै र छुट्टै परिचय स्थापित रहेको छ ।
वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नागरिकको सुरक्षा र अधिकारका लागि संविधान निर्माण हेतु निर्वाचित गराउदै गर्दा त्यस पटक नेपालको संविधान २००७२ (लोकतान्त्रिक मूल्य र मान्यतामा आधारीत समाजवादप्रति प्रतिबद्ध संविधान) जारी गराउने ऐतिहासिक सहभागीता मात्र नभई नेपालको समग्र सहरी विकासको जिम्मेवारी पाउनु भएको सबैलाई ज्ञात छ । त्यस कार्यकालमा पनि जनता आवास, खानेपानी, भूकम्प पिडितकालागि भवन निर्माण पुनःनिर्माण लगायतका अति विपन्न जनतामा प्रत्यक्ष प्रभावपर्ने अति आवश्यक र संवेदनशिल योजना तथा कार्यक्रमहरू नबनेको भने होईन । जो देशव्यापी रूपमा आवाश्यक जिल्लाहरूमा एकै साथ शहरी विकासका आधारभूत कार्यक्रमहरू गरिएको थियो ।
फेरि पनि वि.सं. २०७४ को प्रतिनिधिसभा संसदीय निर्वाचनमा पनि आफ्नो अधिकारको प्रतिनिधित्व हस्तान्तरण त गरियो तर नेपाली काङ्ग्रेसले सरकार बनाउन सकेन फलस्वरूप प्रतिपक्षको भूमिकामा रहनु पर्यो । सत्तापक्षिय गठबन्धित दलहरूको कार्यशैलीले संविधान र लोकतन्त्रलाई संस्थागत गर्न नसक्ने अवस्था आयो । यही क्रममा नेपालको संविधानलाई जीवित र संस्थागत गर्न, लोकतान्त्रिक मूल्य मान्यताको रक्षार्थ साथै राजनैतिक अस्थिरतालाई सम्बोधन गर्न वा निकास दिन सर्वच्च अदालत द्वारा आदेश दिने सम्मको अवस्था आयो । सो हि मुताविक प्रधानमन्त्री शेरबहादुर देउवा प्रशासनको गठन गरियो । ऐ देउवा प्रशासनले बौद्धिकता, विज्ञता र सरलताको आधारमा पुनः मा. डा. खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
हामीले चयन गरेको हाम्रो प्रतिनिधि मा. डा. खड्काले यस पटक विश्वसमाजमा नेपाली जनता र नेपाल सरकारको प्रतिनिधित्व गर्ने स्थानमा रहनु भएको छ । हिजो सम्म नेपालको विकास र समृद्धि एवं नेपाल र नेपालीको वृहत् हितका विषयमा खटिएका सरल नेता डा. खड्का अाज नेपालको प्रतिनिधित्व गर्दै विश्वसमाजमा विश्वमानवतावाद, विश्वको स्वच्छ प्रकृति र वातावरण संरक्षण, दिगो विकासमा नेपालको योगदान, आतंकवाद विरूद्धको विश्व शान्ति/सद्भाव/भाईचारा, मानव अधिकार जस्ता संवेदनशील विषयमा प्रस्तुत गर्दै सहभागीता भईसक्नु भएका छन् भने आगामी दिनमा निरंतर रहनु हुनेछ ।
विदेश मन्त्रीका रूपमा रहनुभएका परराष्ट्र मन्त्री मा. डा. नारायण खड्काले नेपाल लगायत विश्वमा भईरहेको वास्तविक घटना र स्थिति नेपाललाई र विश्वसमाजलाई पर्न गएको प्रभाव र असर उजागर गर्दै, बुद्धको अहिंसा, प्रेम, करूणा, शान्ति र मानवतावादको दुत बनेर विश्वसमाजमा ध्वजा फरफराउन सक्नुहुने छ । साथै विश्वसमाजमा शान्ति फैलाउने शान्ति दुत गौतमबुद्धको जन्मभूमि मात्र नभई विश्वमा रहेका हिमालय पर्वतसृङ्खलाहरूको राज्यका राजा सगरमाथा (झोमलुङ्मा) रहेको कारणले नेपाल विश्वको छाना हो भन्ने विश्वव्यापी सत्य तथ्य विषयले आफ्नो साझा परिचय शानका साथ दिनुहुनेछ, जसकालागि हामी उदयपुर साथै नेपालका जनताले साथ, समर्थ र हौसला प्रदान गर्दछौं । माननीय डा. खड्का प्रतिको हाम्रो अपेक्षा र विश्वासमा कुनै कमी हुनेछैन ।
हामीले हाम्रो प्रतिनिधित्व हस्तान्तरण गरेर पठाएको संसद आज नेपालको प्रशासनिक केन्द्र सिंहदरबार भित्र रहेको परराष्ट्र मन्त्रालयमा रहेर मानवतावादी विषय र मुद्दाका साथ विश्वसमाजमा नेपालकै प्रतिनिधित्व गरिरहेका छन् । यही नै विषय उदयपुरका जनतामा न्यायको चेतना रहेको छ भन्ने प्रमाण हुन सक्छ । के यो खुशीको कुरा हैन र ! यही खुशी हजुरहरू संग साट्न बाँड्न चाहन्छौं ।
No comments:
Post a Comment