प्रिय नेपाली समाज!
विविधता बीचको एकता कायम रहोस् भन्दै #सोनाम_ल्होसारको_शुभकामना व्यक्त गर्दै तिमी रोगी हुदैगर्दा मलाई परेको तडपिलो पीडा सहन नसक्ने अवस्थाका कारण केही अाफुलाई लागेको विषय राख्दैछु।
तिम्रो सामाजिक संस्थाहरू (Social institutions)मा रहेको विकृति, विसंगति र अनियमिततालाई समाजशास्त्रीय दृष्टिकोण जस्तै ; संरचनात्मक प्रकार्यात्मक, द्वन्दात्मक, साङ्केतिक अन्तरक्रियात्मक, विश्वप्रणाली, कर्ताप्रधान, सुक्ष्म-बृहत दृष्टिकोण (Structural Functional, Conflict, Symbolic Interactionism, World-System, Actor-Dominant, Micro-Macro Perspectives)का अाधारमा सहमति, नियमितता, परिवर्तन र विकास ल्याउन वा स्थापित गर्न #प्रायौगिक_समाजशास्त्र (#Applied_Sociology)को मान्यता अनुरूप सामाजीक वैज्ञानिकहरू (Social Scientist), समाजशास्त्रीहरू (Sociologists)को वैधानिक र संस्थागतरूपमा वैज्ञानिकवाद (Positivism) र व्यवहारीक सकृयताको व्यवस्था नै पहिलो र अन्तिम उपाय र समाधान हो।
सामाजिक वैज्ञानिकहरूले यो तिमी/नेपाललाई सभ्य (Civilized), शान्ति (Peace) र समृद्धी (Prosperity)ले भरिएको राष्ट्रका रूपमा स्थापित गराउन सक्नेमा विश्वस्त हुनुपर्ने बेला अाएको छ। स्तरीय र उत्कृष्ट समाज (Standard & Exquisite Society) निर्माण गर्न गुणस्तरीय उपचारकालागि समाजलाई गर्नसक्ने त्यो अावस्यक चिरफारको क्षमता समाजशास्त्रीहरूले राख्दछन्।
सामान्यतया हरेक नेता समाजशास्त्री हुन जरूरी हुन्छ तर अास्यक छैन समाजशास्त्री नेता बन्न। तर समाज (Society), सामाजिक मूल्यमान्यता, सामाजिक मनोविज्ञान (Social Psychology), सामाजिक इतिहास (Social History), सामाजिक परिवर्तन र विकास (Social Change & Development), सामाजिक विज्ञान (Social Science)को अध्ययन गर्न नसक्ने व्यक्ति वा संस्थालाई कदापि नेतृत्व मान्न सकिन्न। त्यसैले अाफ्नो सामाजिक विज्ञानको समाजशास्त्रीय ज्ञानलाई #प्रायौगिक_समाजशास्त्रीय_सिद्धान्त (#Applied_Sociological_Theory)को अाधारमा चल्न तैयार रहनु पर्दछ। तब तिमी तिमी बन्नेछौं।
तिमिले जन्म दिएको स्व. कृष्णप्रसादको छोरो विश्वेश्वरप्रसाद त्यतिकै अमर र महामानव वि.पि बनेका होईनन्। उनले अाफ्नो नेपाली समाजको/तिम्रो गहिरो अध्ययन गर्नुका साथै विश्वसमाज र इतिहासमा विशेष चिन्ता र चासो राख्ने गरेको जताततै सुनिन्छ अाजपनि।
तस्बिरमा उनै नेपाली सामाजिक जनतान्त्रिक समाजवादका पिता वि.पि.का सुपुत्र अादरणीय दाजु सशांक संग हामी।
उही हमेशा निशर्त पवित्र हित चाहने तिम्रो एक सदस्य पात्र।
#जयनेपाल
No comments:
Post a Comment