Thursday, April 23, 2020

नियत खराब मातापिता

जुन समाजका मातापितालाई आफ्नो संतानको भन्दा उनको भविष्यको चिन्ता हुन्छ त्यही मुलुकले हो सबैभन्दा बढी प्रगति गर्ने तर उल्टो बुट्टी पर्यो भने सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा पनि पर्नसक्छ।

एउटा त्योस्तो मातापिता हुन्छन् जो आफ्नो सन्तानको उज्ज्वल भविष्यकालागि सबैको सन्तानको दूर भविष्य सम्म हित हुने नीतिगत निर्णय गर्दछन् र कार्यान्वयनमा ल्याउदछन्।
एउटा त्यस्तो मातापिता हुन्छन् जो आफ्नो सन्तानको क्षणिक सुसखकालागि चरम नीतिगत-आर्थिक भ्रष्टाचार, अनुशासन र नैतिकहिन कार्यान्वयनमा लाग्दछन् जसले अरूका सन्तानको भविष्यको हत्या हरेक पल, समय, कदम र निर्णय निर्णयमा गरिरहेको हुन्छ। त्यस्ता अभिभावकले आाफ्नै सन्तानहरूको दूर भविष्यलाई र आफ्नो कुलखान्दानलाई गाढा अन्धाकारमा धकेलिरहेको स्मरण गर्न सक्दैनन्। किनकि त्यो मस्तिष्क नैतिकता र आनुशासनका विषयमा सोच्न र स्मरण गर्न नसक्ने असंतुलित अवस्थामा रहेको हुन्छ। जसलाई बौद्धिक असन्तुलन पनि भन्ने गरिन्छ। यस्तो स्वभाव विशेष गरेर कमजोर राज्यका स्थायी र अस्थायी सरकारमा सहभागी सदस्यमा बढी हुने मात्र नभई सामाजिक संरचनामै अघोषित संस्कार हुने हुदा व्यक्ति वा समुहमा गहिरो गरि गढेर बसेको हुन्छ। जसको विकल्प देख्ने क्षमता शून्य जस्तो हुन्छ। 
नियत खराब मस्तिष्कले सही, सत्य र हितमा कार्य गर्नै सक्दैन। किनकि नितखोटको वृक्षमा, स्वार्थ र लोभी स्वादले भरिएको अहितकारी र विषयुक्त गुण भएको विषालु फल नै फल्दछ। जसरी विष वृक्षमा जतिसुकै गंगाजल सिचाइ गरेपनि त्यले फलाउने भनेको कहिले पनि अमृत फल हुदैन। त्यही वृक्षगुणले भरिएको जस्तै फल फल्दछ। अर्थात अनैतिक ढङ्गले आफ्नो सन्तानको सुख चाहनेले, सन्तानरूपि त्यो सुन्दर फलमा विष गुण भर्ने कृया भईरहेको हुने विषयमा ध्यान दिनु पर्दछ।

अरूको हित गरे तिम्रो पनि हित हुन्छ तर आफ्नो हितको स्वार्थमा लालची भएमा, भएको आफ्नै पनि नासिने र बिग्रने निश्चित छ। जो प्राकृतिक सिद्धान्त वा नियम मान्न सकिन्छ। सन्तानको चिन्ता लिनु पर्दछ तर आफ्नो जस्तै अरू सन्तानको लिएमा सबैको हित हुनेछ र अात्माले शरीर लिएर जन्मेको अर्थ रहनेछ।
शुभकामना ती हरेक भविष्य निर्माता स्थायी, अस्थायी सरकारमा रहने र समाजमा रहनुहुने मातापितालाई...!

No comments:

Post a Comment