यो विश्वसमाजमा रहेको व्यक्ति वा समुहको मनोविज्ञान बडो अचम्मको छ र हुन्छ नै यस्तो। यस्तो मानवसभ्यताको संकटको घडीमा, अापतकालमा, महामारीमा, विपत्तिमा र प्रकोपमा यस्ता विभिन्न खालका वर्गका कुरा, पहिचानका कुरा, रंगभेदका कुरा, शक्तिका कुरा जस्तै धनी-गरिब, गोरा-काला, अार्य-मंगोल, भाषा-धर्म, राष्ट्र-भूगोलका कुरा गर्नु हुदैन भन्छन्। यी सबै कुरा बिर्सिएर, त्यस भन्दा माथि उठेर एक अापसमा एक हुनपर्दछ र सहयोग अादान प्रदान गर्नु पर्दछ भन्ने हल्ला गर्दैछन् र जता ततै सुनिन्छ।
यहि मानवताका कुरा सामान्य अवस्थामा किन गर्दैनन्। के सामान्य अवस्थामा त्यस्ता मानवतावादका कुराहरू स्मृतिमा नरहने हो र चेतनशील र सर्वश्रेष्ठ प्राणी मानिने मानिसमा। सबै कुराको सम्झना किन संकटमा मात्र स्मरणमा अाउदछ। त्यसैले अब बुझ्न जरुरी छ मानवले कि यो प्रकृति र पृथ्वीमा एक किरा फटयांग्रा, जलचर, पशुपक्षीको जति नै सिमित अधिकार छ त्यो भन्दा धेरै तगजग गर्ने अधिकार छदै छैन। तर खुशीको कुरा हामी मानवमा अन्य भन्दा कर्तव्य र दायित्व भने अथाह छ सृष्टिको हितकालागि, लाभ लिन र दिन।
अरूबेला घाँस चरानमा गएको मानवको मस्तिष्कको मानवता हिजोअाज फर्किएको जस्तो देखिदैछ। के यो विचार स्थायी हुनसक्ला त! विश्वास नै नलाग्ने दानविय कार्य मानवकै हो भने विश्वासै गर्न नसकिने दैवीक कार्य पनि मानवले नै गर्ने हुन। अबका दिनमा सामान्य दैनिकी फर्किए संगै मानिसको मन, वचन र कर्ममा मानवतावाद, मानवियता, मानवतावादी, मानवियकरण अझ सशक्त भएर जानेमा विश्वास गर्नुकी नगर्नु अझै दोधारमा छौं तर अाशा गरौं। भौतिक करूणा, शोक, र अाँसु यी सबै अात्माको अज्ञानताका चिन्ह हुन् भनेर श्रीमद्भगवद्गगीतामा उल्लिखित भएकैले मानवीय चेतना र त्यस्ले सधै बोक्ने लोभ जस्तो बिचार र मनोविज्ञान प्रति विश्वासै लाग्दैन। फेरि त्यही र त्यस्तै नहोला भन्ने।
धेरै वादहरूमध्य यो मानवतावाद त्यस्तो सिद्धान्त वा दृष्टिकोण हो जसमा कुनै निश्चित समय, भूगोल, परिवेश, अाकाश-धर्ती, कुनै दिशा कतै पनि अावश्यक्ताको सिद्धान्त लागू हुदैन। यो अाफैमा हर वक्त अावश्यक्ताको सिद्दान्त हो यसलाई अाफ्नो हितकालागि अावश्यक प्रयोग गर्नेहरू अमानव हुन्।
सबै मानवले मानवता अाफुमा हरवक्त सक्रिय र स्मरणमा राख्नु पर्ने हुन्छ, नकि संकटको घडीमा मात्र। मानवतावादी ले सधैं स्मरणमा राख्ने महत्वपूर्ण सिद्धान्त भनेको नै "धर्मो रक्षति रक्षित:" र "स्वस्थ एवं समतामुलक समाज निर्माण, रहस्यमय व्रम्हाण्डको खोज, पृथ्वीको दिर्घायु , प्रकृतिमा शुद्धताको कल्पना" नै हो।


No comments:
Post a Comment