विश्वव्यापीकर (globalization)का कारणले नेपाली समाजमा अन्तर्राष्ट्रिय प्रेम दिवस वा त्यस्ता रीतिरिवाज, संस्कार, परंपरा हर्षउल्लासका साथ मनाईन थालिएको छ। हो पाश्चात्यीकरण (westernization) भईरहेको मान्न सकिएला। साथै ती शक्तिशाली मुलुक (strong state)हरूमा पनि नमेस्ते, ध्यान, योगको खोज-अध्ययन, प्रयोग र व्यवहार बढदो छ अर्थात त्यता पनि बौद्धमार्ग (boudhism) र हिन्दुत्वकरण (hindutization), बढीरहेको छ स्विकार्नु पर्दछ। जो एक विश्वसमाज (global society)को अवधारणा वा विश्वव्यापीकरणको चरित्र मान्न सकिन्छ।
तथापि नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मीक, भएकोले यस राष्ट्रको समाज भित्र रहेका विविधता जस्तै जात, जाति, भाषा, धर्म, संस्कृति, रीतिरिवाज, परंपरा, ज्ञान, सीप र प्रविधि नेपालको मात्र साझा सम्पत्ति नभई अन्तर्राष्ट्रिय सम्पत्ति र सम्पदा पनि हो। जसको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने प्रमुख जिम्मेवारी नेपाली समाजको हो। नेपालको संविधामा उल्लेखित "विविधता बिचको एकता (unity in diversity)"ले बोकेको मर्म र भावना विपरीत मन, वचन र कर्म गर्नु भनेको घर खनेर अागन पुर्नु जस्तै हो। हामी नेपाली समाजले अाफ्नो भन्दा अन्य मुलुकको अस्तित्व स्विकार गर्न नसक्ने वा चाहिने भन्दा बढी स्विकार्ने स्वभाव विकास हुँदै गर्दा त्यसले पुग्ने क्षतिको अन्दाज लगाउन बिर्सनु हुदैन। त्यही व्यवहार हामी र हाम्रो समाजलाई अन्य मुलुकले देखाँउदा के हुने, अनुमान लगाउनु भएको छ?
अन्तर्राष्ट्र एवं राष्ट्रिय सद्भाव, सहमति र सहकार्य नै सुखि नेपाली, समृद्ध नेपालको पहिलो र अपरिहार्य खुड्किलो हो।

No comments:
Post a Comment