Wednesday, April 1, 2020

त्यै अाशा राख्ने, त्यसैमा रमानउने, त्यसैले अाफ्नो जीवन धान्ने तर यथार्थलाई नजरअन्दाज गरेर एक विश्वबजार र एक विश्वसमाजको अवधारणा बहिस्कारको झ्याली पिटेने र राष्ट्र प्रेमको अतिवादी भजन गाउन र सुन्न जति कर्णप्रिय हुन्छ, त्यति नै त्यसको व्यवहारीक ताना-तृकुटी मिलाउन कठिन र जटिल हुन्छ। यो पाराले न भात पाक्छ न त खिचडी नै, भोकै भईन्छ। र हामी नेपाली समाजको गरिबीको प्रमुख कारण यही चरित्र र स्वभाव हो जसले हाम्रो समाज र राष्ट्रलाई उँभो लाग्न दिदैन निश्चित छ।
Carpenter theory अनुसार measure twice before you cut the things भनेजस्तै think twice before you speak and express को मर्मर भावनालाई एक सभ्य, शिक्षित र चेतनशील मानवले सदैब अनुसरण गर्न भुल्नु हुन्न। जुनदिन यो मानवतावादलाई बेवास्ता गरिन्छ त्यस पल हामी सामाजिक विज्ञानले मानेको मानव नभई प्राकृतिक विज्ञानले प्रमाणित गरेको एक जीवमा मात्र गनिने छौं। अाफ्नो निजी भोकका लागि जुन हदसम्म पनि जानसक्ने हिंस्रक जीव जलचर झै। विश्व मानवतावाद सबै मानवमा जीवित रहोस्। शुभकामना।

No comments:

Post a Comment