Wednesday, April 1, 2020

धर्मो_रक्षति_रक्षितः

"देवता मान्नु वा पुज्नु भनेको धर्म हो" भन्ने परिभाषा सामन्तवादी समाज (Feudal Society)को हो। अाजको विश्वव्यापीकरण (Globalization)को समयमा पनि धर्म (Religion)को अर्थ देवता मान्नु वा पुजापाठ गर्नु ठानिन्छ अर्थ्याईन्छ भने निश्चित शक्ति लाभ (Power Center)कालागि कुनै व्यक्ति, समूह वा संस्थाकाले  त्यो व्यवसायीकता बनाएको हो मान्नु पर्दछ अर्थात पुँजीवादी समाज (Capitalist Society)को मुख्य चरित्र हो। तर अाम समाजले देवता प्रति गरेको विश्वास भने श्रद्धा हो त्यो भावलाई सम्मान गर्नु पर्दछ जब सम्म त्यो अफिम बन्दैन। यथार्थमा त्यो सम्प्रदाय हो र धार्मिकीकरणको राजनिती (Religionization of Politics) हो नकार्नु हुन्न।
त्यो बेला लेखिएको धर्मको विषय अाजपनि उत्तिकै सान्दर्भिक छ #धर्मो_रक्षति_रक्षितः अर्थात धर्मको रक्ष गर्छौ भने धर्मले तिम्रो रक्षा गर्नेछ भन्ने हो। अझ स्पष्ट संग भन्नू पर्दा " धर्मको रक्षा गर, तिमी स्वतः रक्षित हुनेछौ"।
हिन्दु धर्मको अनुसार #परोपकार_गर्नु, #स्त्रीको_सम्मान_गर्नु, #पर्यावरणको_रक्षा_गर्नु, #समतावादी_र_समन्वयवादी_हुनु, #जीवजगतको_सेवा_गर्नु नै धर्म हो भनिएको छ। धर्म एक मानवतावादको अाधर हो जसका कारण मानिसको नैतिक एवं मानवीय गुण #दया, #क्षमा, #तप, #त्याग, #मनोबल, #सत्यनिष्ठा, #सुबुद्धि, #शील, #पराक्रम, #नम्रता, #कर्तव्यनिष्ठा, #मर्यादा, #सेवा, #नैतिकता, #विवेक, #धैर्य इत्यादिको सशक्त र गहिरो सु-संस्कारको विकास गर्दछ। धर्मको परिभाषा ती गुणस्तर मस्तिष्क (Quality Mind)ले मात्र बुझ्नेछ भन्ने कुरा विभिन्न विद्वानहरूले भनिरहेका छन्। साथै यसलाई केहीले गरिखानेमेलो बनाएका छन् भन्ने अारोप पनि निकै रहेको छ अाजको दिनमा। हाम्रो नेपाली समाजमा धर्मको अर्थ तथा परिभाषा साथै त्यसले बोकेको मर्म र भावनाको शुद्धता (Purity)मा दिनदिनै ह्रास अाउदैछ। जसका कारण सिङ्गो सम्प्रदायको परिचय बोकेको सामाजिक धार्मिक संस्था (Social Religious Institution) अपमानित भईरहेको छ। देवता मान्नु वा पुज्नुलाई धर्म मानिन्छ भन्ने कुरा कतै रहेछ भने हामीलाई सुझाव र सल्लाह दिनु हुन अनुरोध गर्दछौं।
यथार्थमा मानवतावाद (Humanism) नै धर्म हो भन्न सकिन्छ।

No comments:

Post a Comment