भोकको परिचय भोक हो र त्यसलाई सम्बोधन गर्ने अन्नले हो। आजको जस्तो कुनै बिचल्ली अवस्थामा परिचयपत्र नखोजनुस्, भोक सोध्नुस्। मानिसको भोकमा कुन अन्न खाने भनेर उक्त मानिसको अन्नको संस्कार सोधेर सबैलाई हरेक छाक उपलब्ध गराउनु पर्छ भन्ने कुरा सोच्नुस्। यस्ततो अवस्थामा सरकारले परिचयपत्र खोज्ने काम फेरिपनि क्षमादिन नमिल्ने भुल र निच कार्य हो। आफुले आफ्नो असक्षमता लुकाउने कुटिल चाल हो राज्यको। जनतालाई यस्ता अप्रासंगिक र अमानवीय विषयमा अल्झाईराख्ने तल्लो तहको खेल र कुमन, कुवचन र कुकर्मको पराकाष्ठा हो। सबै नागरिक वा मानिसलाई राहत उपलब्ध गराउन नसक्ने सरकारको नपुंसकताको परिचय हो। एक शिवरात्री वा अन्य यस्तै पर्वमा हप्ता दस दिन सम्म कुनै परिचय नमागी नसोधी प्रशादको नाममा, धर्मको नाममा अन्न ग्रहण गराईन्छ ईज्जतका साथ भने यो त सरकार र राज्यले आफ्ना नागरिकको भोकको सवाल हो। जो ती नागरिकको मौलिक हक र मानवअधिकार हो।
Rights for food as per food culture भनेर हामीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु पर्दछ कि यो भोक र संकटको बेलामा राष्ट्र, राष्ट्रियता, वर्ग, लिङ्ग लगायत सबै परिचय भुलेर मानवीयता प्रस्तुत गर्न सक्नु पर्छ राज्यले नकी मापदण्ड।

No comments:
Post a Comment