Wednesday, April 1, 2020

कोही मुखदेखि, कोही पाखुरा देखि, कोही जांघ देखि भने कोही मानव कुनै देवताको पैतला देखि जन्मिएको भनियो होला र त्यही अनुसार कार्यविभाजन पनि गरियो होला। तर धर्म, जात र वर्गको अाधारमा गरिएको वर्गीकरण, विविधीकरण साथै कार्यविभाजन तत्कालीन समाजको स्वरूप वा सामाजिक संरचना जस्तो खालको थियो त्यस्तै अवधारणामा सामाजिक व्यवस्थालाई व्यवस्थापन गर्नु बनाईएको थियो भन्ने मान्नै पर्छ। अाज अाएर न त्यो ऐतिहासिक सामाजिक व्यवस्थालाई कसैले अालोचना गर्न पाँउछ न त त्यसैलाई अाड बनाएर अाज पनि तै लागू गर्नुपर्छ भन्न न सुहाँउछ न न्यायसंगत हुन्छ। यो परंपरागत सामाजिक ऐतिहासिक भनाई हो। यो भनाई त्यसबेला सही थियो होला तर अाज अाएर त्यो सरासर गलत हो भन्न समाजशास्त्रीय दृष्टिकोणले कदापि दिदैन वा मिल्दैन। त्यसैल अब र अाजको दिन देखि त्यो ऐतिहासिक समाज बाट पाठ सिकेर वर्तमान सच्याउदै सिङ्गो समाजको भविष्य सुधारको बाटो र अवधारणा अवलम्बन गर्नु सर्वजन हिताय सहित गुणस्तर बुद्धिमता हुन जान्छ।
त्यो ऐतिहासिक समाज एवं राज्यको परिभाषा र राज्यको व्यवस्थापन अाजको अाधुनिक राज्यको अवधारणा भन्दा भिन्न थियो। त्यसबेला त्यस्तै थियो। तर अाजको युग एकविश्वसमाज, एकविश्वबजार र विश्वव्यापीकरणको अवधारणामा प्रवेश गरिसकेका छौं। जसमा उदार प्रजातन्त्र, बहुलवाद, खुल्ला बजार, खुल्ला बसाइँसराइ जस्ता मानवतावादी अवधारणाको विकास भईसकेको छ। त्यसैले अबको सिद्धान्त यो सृष्टि र पृथ्वी प्रतिको कर्तव्य साथै राज्यमा सबै नागरिकको समान हक र अधिकार भएकोले सबैको सहभागीता एवं समतामुलक सिद्धान्तको अाधारमा चल्नु चलाउनु पर्नेहुन्छ नत्र अतिवाद मानिन्छ। अर्थात विश्वसमाजको अवधारणामा चल्दै गर्दा विज्ञान, सूचना तथा प्रविधिको वर्तमान युगमा पनि हामी यस्तै पुराना ऐतिहासिक सामाजिक कहावतको जस्तो सोच लिएर बाँच्नु भनेको गहिरो मानसिक रोगले ग्रसित अतिवाद बिचार मान्न सकिन्छ।
समय फरक अाईसक्यो, समाजको चेतना फरक भईसक्यो, समाज रूपान्तर भईसक्यो। मानव अधिकारको विश्वव्यापी घोषणापत्रको पहिलो Article मा "All human beings are born free and equal in dignity and rights. They are endowed with reason and conscience and should act towards one another in a spirit of brotherhood." भनिए जस्तो मन, वचन र कर्म राख्न सक्ने समाज अाफैमा गुणस्तर समाज हो।

No comments:

Post a Comment