Wednesday, April 1, 2020

गजल

पुँजीवादी सृजना

सुन्दर स्वास्थ देखिएपनि, रोगी तिम्रो अात्मा छ।
पैसा जतिसुकै कमाउ, गरिबी तिम्रो साथमा छ।।

मानव मूल्य-मान्यता छैन, पुँजीवादको गुलाम छौ।
स्वास्थ सुख प्यार मर्यो असन्तुष्टि तिम्रो हाथमा छ।।
सुन्दर स्वास्थ देखिएपनि, रोगी तिम्रो अात्मा छ।

स्वतन्त्रता बेचिसकेउ अौद्योगिकरणको यन्त्र भयौ।
बिर्सेउ भाषा-धर्म,अाधुनिकिकरण तिम्रो काँधमा छ।।
सुन्दर स्वास्थ देखिएपनि, रोगी तिम्रो अात्मा छ।

शरीर-अात्मा मान्न छोड्यो,अाफु भौतिकवादी भयौ।
धर्मो रक्षती रक्षिता भुलेउ,उदारवाद तिम्रो बातमा छ।।
सुन्दर स्वास्थ देखिएपनि, रोगी तिम्रो अात्मा छ।
पैसा जतिसुकै कमाउ, गरिबी तिम्रो साथमा छ।।

No comments:

Post a Comment