Wednesday, April 1, 2020

हुटिट्याँउलाई अाकाश थामेको महसुस हुन्छ

अभरोमात हामी सर्वसाधारण मस्तिष्कलाई पार्दैछन्। कोही मान्छेले हामी भुईमान्छेको अाफ्नो सोच्न सक्ने क्षमतालाई भुटेर जमात भेलापारेको भरमा, कोही राजनीति र शक्तिको अाडमा...
अभरोत हामी परेको छौं, हामीसँग छैन जो वहाँहरूकोमा मात्र राष्ट्रियताको भावना छ जस्तो। जो अाफ्नो बल पसिनाले सिङ्गो देश जोत्दैछ, सिच्दैछ र जो देश विराउदैछ, ती गरिब, किसान, मजदुर, सर्वसाधरण अाम नागरिक जसले #जयनेपाल भन्न जान्दैन के वहाँहरू राष्ट्रवादी हन् कि होईनन् त...
समर्थन गरेर र विरोध गरेर अाफ्नो राजनीतिक दुनो सोझ्याउने र पपुलर बन्ने रहर पुरा हुनसक्छ तर विपत्तिमा हामी बहुल जनसंख्या परेका छौं जो न समर्थनको, नत बिरोधको भाष बोल्न जान्दछौं। अाफ्नो लाज ढाक्न अन्तर्राष्ट्रिय उत्पादन लगाउनेलाई MCC को समर्थन वा बिरोध गर्ने अधिकार छ कि छैन जन्दैनौं, होला र हुनसक्छ। साथै त्यस क्रियाकलापले कति फरक पार्न सक्छन् थाहाछैन तर हुटिट्याँउलाई अाकाश थामेको महसुस हुन्छ भन्ने चै हो। 
तर विश्वव्यापीकरणको यो अत्याधुनिक समयमा एक परिवार चलाउन छिमेकीको साथ सहयोग विना चल्दैन भने यो सिङ्गो देश चलाउने कुरा हुट्टिट्याउ ट्याउ गरेर हुदैन। अरूले जे बोलेको सुन्यो त्यसैमा अाफ्नो धारणा बनाउन गलत नहुन सक्छ तर ध्यान पुर्‍याउन जरुरी छ। हजुरको समर्थन र विरोधले अन्य कोहीको भावनालाई सम्बोधन गर्न नसकेकोपनि हुन सक्छ। यो नेपाल भनेको काठमाण्डौ र सामाजिक संजाल मात्र होईन। देशको चिन्ता गर्नेहरू अाफ्नो लगनशीलता र पौरखी हातहरूले कर्मको सहारामा #जयनेपाल भनिरहेका छन्। पत्याउनु हुन्छ!

No comments:

Post a Comment