कसको दिदीबहिनीले अाफ्नो दाजुभाइ, कसको पत्नीले अाफ्नो पति, कसको मातापिताले अाफ्नो छोरा अधिकृत हुँदै सचिव, मुख्यसचिव, प्रहरी प्रमुख, सेनापति साथै मन्त्री, प्रधानमन्त्री भएको हेर्न चाहदैन होला र नेपाली समाजमा (पितृसत्तात्मक समाज) । सामाजिक सत्यको नजिक पुग्नका लागि जब समग्र देशको वर्तमान स्थितिलाई सुक्ष्म दृष्टिकोणले अध्ययन, खोज र मुल्यांकन गर्दै गर्दा यी सबै लोकसेवा र राष्ट्रसेवाका सार्वजनिक पदहरू शक्तिशाली बन्न र धन अार्जन गर्नु नै हो भन्ने कारण नै मजबुत देखिन्छ ।
परिवार भित्र परिवरका कुनै पनि सदस्यले आफ्नो दाजुभाइ, पति वा छोरा सार्वजनिक पद धारण गरेर आफ्नो समाजकालागि, देशकालागि इमानदार भएर सेवा र सुरक्षा प्रवाहमा लागोस भन्ने उदेश्य राख्ने हो भने आजको अवस्था टार्न सकिन्छ । परिवारका हरेक सदस्यमा भएको अर्थप्रधान र शक्तिकेन्द्रित अपेक्षाको कारण हो भ्रष्टाचार, अनैतिकता र घुसखोरी जस्ता प्रवृती मौलाएको ।
राज्यलाई यो अवस्थामा पुर्याउने संस्कृति घरघरको सदस्य सदस्यमा छ/छैन भनेर आत्मालोचना गर्नु भन्दा अरूलाई दोषी देखाएर पन्छीने नेपाली समाजको प्रवृत्ति साझा लक्ष्य हासिल गर्नुको बाधक हो ।
No comments:
Post a Comment