अस्ति जस्तो थियो हिजो त्यस्तो थिएन, हिजो जस्तो थियो आज त्यस्तो छैन र आज जस्तो छ भोलि त्यस्तो रहदैन अनि भोलि जस्तो हुनेछ पर्सि त्यस्तै रहने छैन । किनकि परिवर्तन मात्र स्थायी र धुर्व सत्य हो प्राकृतिक विज्ञानमा भने निरन्तर परिवर्तन र रूपान्तरणको बहाव सामाजिक नियम हो । प्रकृतिको जसरी आफ्नो नियम छ त्यसरी नै समाजको पनि आफ्नो मूल्य, मान्यता र संस्कृति रहेको हुन्छ जो निरंतर निर्मित र पुनःनिर्मित हुन्छ । जसले समाजको विगत वर्तमान र भविष्य तय गरेको हुन्छ ।
आफ्नो समाजमा कुन र कस्तो मूल्य, मान्यता र संस्कृतिको निर्माण र पुनःनिर्माण तर्फ दिशानिर्देश गर्ने भन्ने सवालमा संवेदनशील हुन जरुरी छ । हाम्रो नेपाली समाज आजको अवस्थामा ल्याउन र आईपुग्न हामी सबैको समान सहभागीता रहेको छ । न्यायको संरचनात्मक बात्ती काडने वा अन्याययको संरचनात्मक विष फैलाउने पनि हामी र हामीले निर्माण पुनःनिर्माण गरेको सुक्ष्म र बृहत् मूल्य, मान्यता र संस्कृति पहिलो कारक हो ।
हामी र हाम्रो मूल्य, मान्यता र संस्कृतिको अभ्यास र प्रयोग जो छ त्यसैको पराकाष्ठा हो आजको भोगाइ । हो नेपाली समाज भूगोल, वर्ण, वर्ग, जाति र लिङ्गको आधारमा विविधताले भरिएको छ तर यो विविधता अभिशाप कदापि हैन । यसैलाई प्रयोग गर्ने प्रशस्त योजनाहरू मध्य उत्कृष्ट विकल्पको छनौट गरेर विविधता श्राप हैन वरदान हो भन्ने बनाउन सकिन्छ ।
हाम्रो आफ्नो त्तजको समाज नत उत्तरले, नत दक्षिणले न नै पश्चिमाको प्रभावले हो नत उनैले बनाउन सक्छ । आफ्नो समाज निर्माण गर्न जब सम्म निकाय र संरचनात्मक दृष्टिकोणले आफुलाई प्रभावशाली वा दोषी देख्न सकिँदैन तब सम्म विश्वसमाज र त्यसका सदस्य राष्ट्रहरूलाई दोषी देख्नु आफ्नो दोष लुकाउनु मात्र हो । विश्वसमाजलाई शत्रु होईन मित्र बनाउन नसक्नुको जिम्मा आफुले लिन सक्नु पर्दछ । विश्वबजारमा आफ्नो उत्पादित वस्तु, सेवा तथा प्रविधि बेच्न नसक्नु ले निम्तिएको व्यापार घाटाको जिम्मा आफुले लिन सक्नु पर्दछ नकि अरू ।
यस्तो आजको यो अवस्था र गतिविधि वा भोलिको विकसित रूपान्तरण र परिवर्तनमा हाम्रो समाज आईपुग्न वा जान सुक्ष्म र बृहत्, आन्तरिक र वाहिय सामाजिक संरचनाको समान प्रभाव रहेको हुन्छ । त्यसमा सबैभन्दा पहिले व्यक्तिगत वा संरचनात्मक अदर्श, मूल्य, मान्यता र संस्कृति नै हो ।
समाजशास्त्रीय_दृष्टिकोण
No comments:
Post a Comment