Saturday, December 25, 2021

डिफेन्डिङ च्याम्पियन नेपाली काङ्ग्रेस



एकातिर गब्बर सिंह र उनका कालिया र साम्भा जस्ता फौजीहरू भने अर्कातिर घायल ठाकुर बलदेव सिंहका न्यायप्रेमी निडर जवानहरू जय-वीरू भनेझैं एकातर्फ अध्यक्ष राजेन्द्र लिङ्देल र उनका कथित राष्ट्रवादी भने अर्कोतिर लोकतान्त्रिक गणतन्त्रका अगुवा र पहरेदार सभापति शेरबहादुर देउवा र उनका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा । के यस्तो अवस्थामा नेपालको संविधान २०७२ लाई राजेन्द्र लिङ्देनले छुन चलाउन सक्ला त अनि शेरबहादुरले छुन चलाउन देला ?

एकपटक आफ्नै खेतमा ल्याएको कुलो लाई त फेरि कुलैकुलो उभो फर्काउन सकिँदैन भने लिङ्देन दाजै समय फर्काउने कुरा गर्नु हुन्छ । आज सम्म यस्ता धेरै वर्षा र हिउंद गईसक्यो धेरै पानी बगिसक्यो र जाडो कटाई सके नेपाली समाजले । नेपाली काङ्ग्रेस संग मिलेर अगाडि बढ्ने योजना बनाउनुस नकि नेपाली समाज र  काङ्ग्रेसलाई छेक्ने, तान्ने र भुल्याउने । पर्खेर संगै लिएर जान सक्छ तर तय गरिसकेको यात्रामा फेरि त्यही बाटो फर्कदैन किनकि समयको गति र बहावको ज्ञान राख्दछ नेपाली काङ्ग्रेस र कार्यकर्ता । डिफेन्डिङ च्याम्पियन नेपाली काङ्ग्रेसले संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्ने रणनीति अन्तर्गत अफेन्सिभ गेम खेल्नु पर्दछ । जसरी नदीको पानी बगिरहन्छ र फेरि फर्किदैन त्यही गतिमा अघि बढनु पर्दछ । किनकि अब नेपाली काङ्ग्रेस र न्यायप्रेमी नेपाली जनता संग नैतिक रूपमा विश्वासिलो, वैचारिक रूपमा भरपर्दो र कर्ममा दृढ स्ट्रेन्थ भएका विश्वप्रकाश र गगन छन् । 

भनिन्छ महाभारत युद्धमा दानवीर कर्ण र धनुर्धर अर्जुन एकै पक्षमा थिएनन् भने कृष्णको तेज र तिक्ष्णता साथै भिष्मको ईमानदारीता र अनुभव एकै पक्ष र लक्ष्यका लागि थिएन । साथै राजा महेन्द्र र वि.पिको पनि राष्ट्रियताको धर्म युद्धमा एकै स्थानमा थिएनन् । त्यो बाध्यात्मक जटिल समय र परिस्थिति थियो जसले समान लक्ष्यकालागि एकै स्थानमा हुन दिएको थिएन । धर्मयुद्ध र राष्ट्रियताका सबालमा यही पौराणिक र ऐतिहासिक अपुरो र अधुरो विषय आज सम्म खड्किएको छ । तर नेपाली काङ्ग्रेसको १४अौं महाधिवेशनले राष्ट्रियताको धर्म युद्ध हुने राजनीतिक कुरूक्षेत्रमा भीष्म, कृष्ण, कर्ण, अर्जुन सबै एकै समयमा एकै लक्ष्यकालागि इतिहास बाट पाठ सिक्दै भविष्य निर्माणकालागि सबै एकै ठाँउमा रहेर शंखघोष गर्ने तैयारी भईरहेको जस्तो महसुस हुन्छ । संविधानको रक्षा, पालना र कार्यान्वयनको सवालमा डिफेन्डिङ च्याम्पियन नेपाली काङ्ग्रेसको १४अौं महाधिवेशनले नेपाली काङ्ग्रेसलाई अझ मजबुत बनाएको छ ।

आदरणीय महामन्त्री द्वय दाजु लगायत द्वय उपसभापति दाजुहरूमा नेपाली काङ्ग्रेस जस्तो ऐतिहासिक र गौरवशाली इतिहास बोकेको उदारवादी पार्टीमा उपसभापति र महामन्त्री जस्तो अवसर साथै चुनौतीले भरिएको पदमा लोकप्रिय मत ल्याई विजयी हुनुभएकोमा हार्दिक बधाई तथा शुभकार्यकालको कामना व्यक्त गर्दछौं ।

समिति सदस्य साथै पदाधिकारीमा उहाँहरू जस्तो सबल र सक्षम व्यक्तित्व आउनु उत्साह, एकता र रूपान्तरका लागि होईन भन्न मिल्दैन ।
जय नेपाल!
जिल्ला कार्यसमिति सदस्य, उदयपुर ।

No comments:

Post a Comment