राजा राजसंस्था र हिन्दुधर्मको एजेन्डा सिङ्गो देशको नभई कुनै निश्चित दलको र थर मात्रको हो भन्ने धारणाको विकास र अभ्यास भनेको केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको नास मात्र हो। देशलाई नदुखाई सबैको राजिखुशीमा हो भने राजसंस्था मात्र नभई त्यो गाढीसकेको मुर्दालाई पनि जगाएर राजा बनाउन सक्छ यो समाजले। समाज बडो अचम्मको समाज। तर समय परिवर्तनशिल मात्र नभई अनफोल्डिङ पनि छ त्यसैले यस्ता विषय भन्दा धेरै अगाडि बढिसकेको छ समाज। अबको मुद्दा प्रत्येक युवाको रोजगारको, सामाजिक सुरक्षाको, निशुल्क व्यहारिक शिक्षाको, आधुनिक कृषि खेतीको, राष्ट्रिय एकता र सद्भावको। राजा वा राजसंस्था आाउनु नआउनु संग अहिलेको युवा समाजले कुनै सम्बन्ध राख्दैन, राख्छत बस लाईभ्लिहुड, ह्याण्ड टु माउथ र पकेटमनीको लागि।
No comments:
Post a Comment