नारीको सजावट संग कुनै सम्बन्ध छैन। नारी र सजावट बीचको तालमेल प्राकृतिक जस्तो बनाईएको हो अर्थात यो सामाजिकरण हो। यो समाज द्वारा निर्मित र विकसित हो नकि प्राकृतिक। एक जीव जंगलकी रानी शेरले कहाँ पहिरन र सजावट गर्दछ त्यस्तै सामान्य प्राकृतिक जीव (मानव) हुन नारी, नारीलाई तिमी फरक हो भन्ने बनाएका हुन जो नियोजित र निर्मित हो।
आफुले आफफफुलाई फरक माानिस (जीव) हो भनेर त्यसैमा भुलिन र सोच्न बन्द गर्नु नै सशक्तीकरण उन्मुख पहिलो कदम हुनेछ। नारीलाई हरेक कालखण्डमा शोषण, विभेद र अन्याय सहने ढङ्गले निर्माण गरेको छ यो समाजले। नारी र पुरूषको संस्कारमा भएको त्यो संस्कृतिको नेल आफ्न ले निकाल्नु पर्नेछ भने हत्कडी आफैले तोड्नु पर्नेहुन्छ।

No comments:
Post a Comment