Sunday, January 3, 2021

 यो मानव जगत र समाजमा हरेक वर्ण, वर्ग, लिङ्ग, भूगोल कुनैन कुनै दृष्टिकोण वा पक्षबाट समावेशीकरण र बहिष्करणमा परेको हुन्छ, अर्थात हरेक मानव समावेशीकरण र बहिष्करणमा परेको हुन्छ।  नेपाली समाजमा मात्र नभई विश्वसमाजमा सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक समावेशीकरण र बहिष्करण गौतमबुद्ध को समय भन्दा अगाडि देखिको हो जो समाजले आजको समयमा  पनि त्यो विषय जीवित राखेको देखिन्छ तर केही परिमार्जित र अझ जटिल अवस्था राखेको देखिन्छ।


गौतबुद्धले बुद्धत्व प्राप्त पछि शुद्र महिलाले पकाएको खिर खाएर आफ्नो व्रत तोडेका थिए। जयस्थिती र जंगबहादुरहरूले यसलाई कानुनी रूपमा संस्थागत गरेका मात्र हुन्। समाजमा विभेद र असमानताको अवस्था जयस्थिती, पृथ्वीनारायण र जंगबहादुरलाई आरोप लगाएर समाज आाफु पानी माथिको ओभानो बन्न खोजेको स्पष्ट देखिन्छ। समग्रमा समाजको मनभित्र यस्ता अन्याय, असमानता र बहिष्करण (exclusion) वाहक जयस्थिती, पृथ्वीनारायण र जंगबहादुरहरू आज पनि जिवित छन् भन्न कुनै हिचकिचाहट नमानदा हुन्छ यो विश्वसमाज र नेपाली समाजमा। तामाङ समुदायलाई परिचर भन्दा माथि जागिर खान  नदिने नेपाली समाज र राज्यले अझ पनि त्यस्तो विचार बोकेको छ भन्ने विषय समाजमा देखिएको संरचनात्मक असमानता, वा सामाजिक-आर्थिक असमानता, लगायतले प्रमाणित गरेको देखिन्छ। 


धर्म, वर्ण, लिङ्ग, भूगोल, वर्गको आधारमा समाज र राज्यमा कोही समावेशीकरण र बहिष्कारण हुनुले नेपाली समाजको विकास र समृद्धि प्राप्तिको लक्ष्य असम्भव हुन्छ। कसैलाई छुटाएर, कसैको चित्त दुखाएर,, कसैलाई गिराएर, कसैलाई हेपेर, कसैलाई थिचेर, सभ्य समाजको निर्माण कदापि हुदैन। नेपाली समाज भित्र जसरी सामाजिक बहिष्कारण (Social Exclusion- Jordi Estivill-2003) छ त्यसरीनै सिङ्गो नेपाली समाज वा नेपाल विश्वसमाज बाट बहिष्ककरणमा परेको छ। तर यो असमानता, विभेद, शोषण, बहिष्करण विश्वव्यापी सन्दर्भ हो जसले पृथ्वी मात्र नभई व्रह्माण्डलाई नै असर गरिरहेको छ।

No comments:

Post a Comment