Sunday, January 3, 2021

 आफ्नो फ्लाइट जहाँबाट उडान भर्न सुरू गरिएको थियो त्यही अन्तिम अवतरण गर्नुपर्ने रहेछ। किनकि त्यो जहाजगिरान अन्य स्थानको जस्तो व्यवस्थित र भव्य नभएपनि आफ्नो समाज र पितृको रगत पसिनाले सिचेको त्यो रन वेमा अवतरण गर्दाको अनुभव भिन्न। त्यो तिनैलाई थाहा होला जसको उडनको बाध्यताले कहिँ अन्तै क्षणिक रमझम हुने ट्रानजिटमा ल्याण्ड भएको हुन्छ। हजुरहरू जहाँ भएपनि यात्राको अवतरण आफ्नै धावन मार्गमा रहोस्, आफ्नै भूमिमा होस्, आफ्नै सरल समाजमा होस्। यहाँ अझैपनि त्यस्तो पुँजीवादी र जटिल समाजमा रहेको मेसिनम्यान र डेडलेबरको जस्तो जीवन जिउनु पर्दैन।

No comments:

Post a Comment