Saturday, January 3, 2026

नारीवादी पुरूष कोही छैनन्

 नारीवादी पुरूष कोही छैनन्



पुरूषको सत्ताले समाजलाई यसरी पितृसत्तात्मक बनाएको छ जसको असर समाजका हरेक विषय विधा तथा सामाजिक संस्था एवं संरचनामा स्पष्ट देख्न सकिन्छ । 


आदिम साम्यवादी समाजको अवसान तथा दास युगको उदय सँगै उदय भएको पितृसत्ताको आयु हजारौ हजार वर्ष भएको अनुमान सजिलोसँग लगाउन सकिन्छ । हजारौं हजार वर्ष सम्म लिङ्गकै आधारमा कसैले सुविधा पाएको र कोही लिङ्गमा महिला भएकै आधारमा विभेदित र दमित हुनु परेको विषयलाई त्यति पनि सरल र सहजताका साथ लिन मिल्दैन व्यक्ति , सामुह तथा समाजले । 


सिकारी र सिकारको जस्तो जीवन र मृत्युको सम्बन्धको अन्तरक्रिया रहेको मान्न सकिन्छ पितृसत्तात्मक समाजमा पिडक पुरूष र पिडित नारीको सम्बन्ध । जति वर्ष सम्म विभेद गरिएको छ न्याय र समानताकालागि त्यतिनै वर्ष सम्म प्रिभ्लेज दिईनु पर्दछ । त्यो प्रिभ्लेज कुनै पुरूषको अधिकार खोसेर दिईने छैन जसरी नारीको सम्पूर्ण समानताको अधिकार खोसेर पितृसत्ताले पुरूषहरूको झोलीमा हालिदिएको थियो ।


कानुन तथा राज्यले नारीलाई उपलब्ध गराईएको त्यो प्रिभ्लेजमा पितृसत्तात्मक समाजमा नारीलाई जसरी दास , सेवक बनाई प्राण लिने सम्मको अमानवीयताको उच्चतम अभ्यास गरिएको थियो त्यस्तो हुने छैन पुरूषलाई । समानताकालागि नारीलाई दिईने अधिकार तथा प्रिभ्लेजमा कुनै पूरूषलाई दास , सेवक बनाईने छैन र प्राण पनि खोस्ने छैन जसरी सती जान बाध्य बनाईन्थ्यो ।


पितृसतात्मक समाजले निर्माण गरेको जतिसुकै ज्ञानी पुरूष पनि नारिवादी हुदैन त्यसको सम्भावना नै रहदैन । तर यो पितृसत्तात्मक समाज द्वारा उत्पादित नारी पनि त्यही पितृसत्तालाई अझ मजबुत बनाउन लागि पर्ने बनाईएको हुन्छ । पितृसत्तात्मक समाजले आफ्नो रूप बदलि रहेको छ न कि सार । विश्व पूँजीवादी समाजमा पितृसत्ताले पितृसत्तात्मकतालाई मजबुत बनाउन सचेतनालाई विनाश गर्ने विभिन्न न्याय र विज्ञान जस्तो सुनिने भ्रमित तथ्य र प्रसंगको कालाजादु खेलाईरहेको छ ।


२१औं शताब्दी भनिन्छ तर लैङ्गिकताको आधारमा विभिन्न विषय विधा तथा सामाजिक संस्थामा हुनु पर्ने समानुपातिक सहभागीतालाई आधार बनाएर विश्व समाजको वस्तुगत स्थितिको अध्ययन विश्लेषणले स्पष्ट परिसकेको छ , के चल्दैछ भनेर । त्यसैले पितृसतात्मक समाजका पुरूष होस् वा नारी न्यायको केन्द्रमा रहेर चिन्तन र व्यवहार प्रदर्शन गर्ने नारिवादी चेतना छ/छैन भनेर अप्प दिपो भवः ।