Saturday, May 16, 2020

कोभिड -19 र नेपालको प्रशासन

भुवनमान श्रेष्ठ, उदयपुर । आफ्नो देवतारूपी करदाता जनतालाई राष्ट्रसेवक प्रहरीले सुनसरीको सोनापुरमा विद्यार्थी र काठमाण्डौको सुनधारामा एक महिलामाथि यस प्रकारको व्यवहार आफैंमा निन्दनीय छ साथै ती अबोध युवा माथि बल प्रयोग गर्ने ती दुई विभागीय कारवाहीको भागेदारी हो। जो विभाग उक्त निर्णयमा पनि पुगेको छ। प्रहरीलाई हदै सम्मको सम्मानपूर्वक कारवाही हुनु पर्दछ यसमा दुईमत छैन।
बौद्धिक संतुलन गुमाएको जस्तो, हिंस्रक जनावर ले लाचार जनावर लाई गर्ने व्यवहार जस्तो, रैतीलाई सामन्तवादको सिपाहीले गर्ने क्रियाकलाप जस्तो अभद्र व्यवहार निन्दनिय छ। सम्झाउदा पनि हुनेथियो, फकाएर पठाँउदा पनि हुने थियो, खुशी बनाएर पठाँउदा पनि हुने थियो तर त्यसो नगर्नाले सिङ्गो नेपाल प्रहरीको साखमाथी प्रश्न उठेको छ। नेपाल प्रहरी संगठनमा मान्छेहरूको स्तर विवेक र बुद्धि भएकाहरूको भर्ना तथा छनौट र प्रशिक्षण गराउन नसकेको ठूलो कमजोरी र लापरबाही देखिन्छ। मान्छे भन्दा बढी जनावर देखिन्छन्। नेपालको लोकतान्त्रिक संविधान अनुसार नेपाल प्रहरी संगठनले अलोकतान्त्रिक व्यवहार प्रस्तुत गरेर मानवअधिकार विपरीत आकर्षित हुनु गैरजिम्मेवारी हो ।
यो संकटको बेला स्पेनमा प्रहरीहरूले आफ्नो कर्तब्यपालना अतिनै बौद्धिक र सभ्य ढङ्गले प्रस्तुत गरेको भिडियो भाईरल हुँदै गर्दा यता नेपालमा भने असभ्य घटना सुन्न परेको छ। यो समय र परिस्थितिमा सबैले संयमता अपनाउदै भद्रताका साथ जनता संग सुख दुख साटासाट गर्ने हो, सहयोग गरागर गर्ने हो, बल प्रयोग गर्नु निच र स्तरहिन कार्य हो। किनकि मृत्युको भय सबैलाई उत्तिकै रहेको हुन्छ ।
ती प्रहरीहरूमा विभागीय कार्यवाही तोकिएको भएता पनि यो विशेष बेलामा कर्तव्यपालनाको क्रममा उक्त नेपाल प्रहरी संगठनका सदस्य द्वयको आत्मा-सम्मान गिर्न दिनु नहुने खालका निर्णय लिन जरुरी छ। कारण विभागले उनिहरूलाई गरिएको व्यवहार र निर्णयले अन्य कोरोना भाईरस विरूद्ध खटने ईमानदार कर्तव्यनिष्ठ राष्ट्रसेवक रूपि सिपाहीहरूको मनोबलमा गिरावट आउन नदिने विषयमा पनि सोचनु पर्ने हुन्छ। मानसिक रूपमा यस्ता खटिएका सदस्यहरूलाई जनता प्रति सकारात्मक बनाउने कर्तव्य र दायित्व ने.प्र. संगठनको वा सरकारको नै हो।
यसको जिम्मेवारी सरकार वा संगठनले लिनु पर्दछ। कार्वाही मात्र होईन क्षमायाचना गर्दै करदाता जनतारूपि मालिकको मान सम्मान संग अबका दिनमा छेडखानी र अभद्र व्यवहार नगर्ने भन्दै सार्वजनिक माफि माग्नु नै उत्तम उपाय हो। ती युवालाई शारीरिक र मानसिक चोट दिदैगर्दा कोरोना भाईरसको संक्रमण बाट हुने हजारौं हजारको जीवन क्षति जोगाउन सकिन्छ भन्ने मानसिकता संकिणता हो। नेपाली समाजमा रहेको गरिबी, चेतनाको अवस्था, अन्धविश्वासको स्तरको प्रतिनिधि पात्र हुन ती युवा। जसलाई प्रेमका साथ सम्झाउने र मानवता प्रस्तुत गर्नेको विकल्प छनौट गर्नु मूर्खता हो।
समाजको हितकालागि स्थापित सामाजिक संस्थाहरूले विभिन्न बौद्धिक उपायहरू प्रयोग गर्दै समाजको सुरक्षा गर्नु पहिलो कर्तव्य र दायित्व हो, नकि बल प्रयोग गरेर। यस्तो बल प्रयोग गर्ने जमाना होईन अहिले र यो समय। शान्त मस्तिष्क बनाएर पटक पटक सोचौं। समाजलाई आतङ्कित बनाउनु र समाजको मान सम्मानमा र मस्तिष्क संग छेडखानी गर्ने अधिकार कुनै राज्य, विभाग तथा संस्था संग नरहेको सधैं सबैले स्मरण गर्नु पर्दछ।
परिचर देखि महानिरिक्षक, गृहमन्त्रालय र प्रधान प्रशासन सम्म विभिन्न काम, कर्तव्य, अधिकार र दायित्व पदसोपान र दर्ज्यानी चिन्ह भएकोले समग्रमा हबल्दार सापले मात्र गर्ने व्यवहार सबैले देखाउनु खोज्नु ले निम्त्याउने बौद्धिक संकटको अारोप नेपाली समाजले सहनु सुन्नु पर्ने हुन्छ। लोकतान्त्र, मानवअधिकार र मानवतावाद भन्दा बाहिरको जंगली व्यवहारको प्रशिक्षण गराउने, फटाही संस्कार सिकाउने सिङ्गो नेपाल प्रहरी संगठन दोषी छ। जनताको रगत पसिनाले सिचेको नेपाल प्रहरी संगठनको व्यवहारले सिङ्गो नेपाली समाज राष्ट्र र राज्य अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुनेकुराको चेत गुमाउनु हुदैन बर्दिवाल, बहालबाल र दर्जाबाला नेपाली नागरिकहरूले। नेपाल प्रहरी संगठन नेपालको संविधान मातहत र नेपाल प्रहरी ऐन-२०१२अन्तर्गत चलेको हुन्छ नकि कुनै व्यक्ति वा व्यक्तिको भावनाले, जोस, रिस, ईख र समवेदनशीलता बाट। मानवता र बौद्धिकतामा गुणस्तर भाव प्रस्तुति गर्नु मानवको परिचय हुन सक्छ। कसैलाई शारीरिक वा मानसिक रूपमा चोटपुग्ने व्यवहार प्रस्तुत गर्ने अधिकार कुनै व्यक्ति वा संस्था कसैलाई नभएको सिवाय प्रकृति वा देवतालाई।
इतिहास बोकेको गौरवशाली संगठन नेपाल प्रहरी संगठन संविधान, मानवअधिकारको पालना साथै आफ्नो ऐन नियममा बस्नु पर्छ भन्ने हो। यदि नेपाल प्रहरीले ती युवा-युवतीहरूलाई देखाएको व्यवहार जायज हो भने ती दुई प्रहरीहरूको कार्यवाही फुकुवा गर्ने तिर लाग्नुस् सबै साथिहरू, तर ती अबोध युवाहरूको ज्यान नै लिने खालको अभिव्यक्ति ले आफ्नो मस्तिष्कको गुणस्तरमा नकारात्मक असर पर्न सक्छ। नियम कानुन भन्दा बाहिर गएर क्रियाकलाप गर्नाले र अभिव्यक्त दिनुले विषयवस्तुलाई अझ उल्झ्याउ सक्छ।
यो विश्वसंकटको घडीमा स्वास्थ्य, सुरक्षा निकाय लगायत विभिन्न स्थान बाट, विभिन्न पेशा व्यवसाय बाट अाफ्नो कर्तव्य पालना गर्नुहुने साथै नेपाल भित्र रहेका सुरक्षा संगठन बाट अहोरात्र खटिरहनु हुने अनुशासित, नैतिक, कर्तव्यनिष्ठ होनहार र इमानदार राष्ट्रसेवक सदस्यहरू प्रति उच्च सम्मान छ। मानवको शारीरिक मानसिक अवस्थालाई क्षति नपुर्‍याई मानव हितमा खट्ने हरेक राष्ट्रसेवक हजुरहरूनै नेपाली समाजको सान, मान र ईज्जत हो। हजुर हरूमा विशेष विशेष धन्यवाद !
नेपाल सरकारको मातहतमा रहेको गृहमन्त्रालय अन्तर्गतको सुरक्षा निकाय नेपाल प्रहरी संगठनले विभागीय कार्यवाही गर्न प्रस्ताव गरेका लठ्ठी प्रहार गर्ने द्वय प्रहरीहरू, विभिन्न स्थानमा लठ्ठी खाने वा अपमानित महसुस गर्ने पैदलयात्रीहरू र अन्तर्राष्ट्रिय एवं स्थानीय सरकारको लकडाउन लाई पालना गरेर वा मानेर सहयोग पुर्‍याउने सम्मानित समाज सबै पक्षले उक्त घटना बाट पाठ सिक्दै, जित्दै-जिताउदै कसैलाई शारीरिक, मानसिक क्षति र हानी नपुर्‍याई बाँचेर-बँचेर, बाँच्दै-बँचाउदै जानुनै मानवतावाद हो। यही पहिलो र अन्तिम उपाय हो।
अचम्मको समाज,आफ्नो जीवनको यतिधेरै माँया गर्नेले अरूलाई प्रेम गर्न सक्दैनन् भन्ने होईन, गर्छ जब गर्छ बेधडले गर्छ।

Friday, May 15, 2020

धर्म, शिक्षा र मानवसभ्यता

कसैलाई कुटनु पर्छ, मार्नु पर्छ, अनि आफ्नो सुरक्षा हुन्छ भन्ने संस्कारको विकास त्यहाँ बाट तब सुरूहुन्छ जहाँ सामाजिक संस्था धर्म र शिक्षा ले संरचनात्मक प्रकार्यवादका लागि आफ्नो नियमित कार्य गर्न नसकेको देखिन्छ। अर्थात धार्मिक संस्था र शैक्षिक संस्थाको स्वस्थ क्षमतामा ह्रास आउँछ, सन्तुलन गुमाउँछ, वा कार्यविमुख हुन्छ तब यस्तो संस्कारको विकास हुन्छ। यसले निकट वा दुर भविष्यमा मानवता वा मानव सभ्यताले बोकेको सुन्दरता माथि कुरूपताको कालो पोतो पोत्ने निश्चित छ। मानिसहरू रहने त छन् यो पृथ्वीमा तर त्यो सुन्दर मानवतावाद र मानव सभ्यता ध्वस्त हुनेछ।
अरूको चोटमा मनोरञ्जन गर्ने आदतको विकास हुँदै जानू। अन्यको दुखमा रमाउने घातक मनोवृत्ति वृद्धि हुँदै जानू। अरूको चोटमा आफ्नो समस्या समाधान खोज्ने सोचको विकास हुदैजानु। अन्यको बगेको रगतमा आफ्नो मुक्ति देख्ने दृष्टिकोणमा रूपान्तर हुदैजानु। अर्काको मेहनत र पसिनामा आफ्नो नाफा र अतिरिक्त मूल्य खोज्ने शिक्षाले दिक्षीत हुदैजानु। अर्काको मृत्युमा आफ्नो जीवन देख्ने धर्मको विकास हुँदै जानू ले मानिस त रहला तर मानव सभ्यता र समाज कालान्तरमा संकटमा पर्न सक्छ।
यस्तो स्वभाव सबै मानिसमा थोरै मात्रामा नहुने भने होइन जो प्राकृतिक हो। कसै अरूको प्रगति वा सुखमा कोही चाहिने भन्दा बढी दुखी हुनु र कसैको दुख वा मृत्युको खबरमा चाहिने भन्दा बढी रमाउनु भनेको गहिरो मनोरोग हो।
भ्रष्टाचार, अनैतिकता,असमानता, विभेद, शोषण वा विभिन्न राजनितीक, सामाजिक, व्यक्तिगत घटनाले प्रेरित गरेको हत्या-हिंसा, आतंकमा प्रत्यक्ष परोक्ष सहभागीमा पर्न गएको खुशीको भाव र उक्त घटनाका पिडीतहरूमा दुखी हुदा बदलाको भावना बाट विकसित हुँदै यो एक घातक मनोरोग बन्न पुगेको हो। यो नेपालमा मत्र नभई विश्वमा बढदो सम्स्या बन्दैछ जसले मानिसमा हुने स्वभाव "मानवता"को संवेदनशीलतामा ह्रास ल्याउदैछ। यो मन्दविषले त्यही दिन देखि गति लिएको हो जुन दिन देखि राजनीतिक क्रान्तिको नाममा एक मानवले मानवता त्यागेर मानव र मानवताको हत्या-हिंसा गर्न थाल्यो। त्यही दिन देखि धार्मिक र शैक्षिक सामाजिक संस्थाको आफ्नो कार्यक्षमतामा ह्रास हुँदै गएको पनि मान्न सकिन्छ।
यस प्रकारको मनोबैज्ञानिक त्रुटिलाई न्युनिकरण गर्न धार्मिक र शैक्षिक संस्थाहरूमा स्वस्थता र पवित्रता पूर्वक कार्यगर्नसक्ने सामाजिक वातावरण निर्माण गर्नु पर्ने हुन्छ। धर्म र शिक्षाको परिचय, परिभाष ,क्षमता, विशेषता र यसले समाजको सामाजिक संरचनामा खेल्न सक्ने भूमिका र यिनिहरूले गर्नसक्ने प्रकार्यवादको क्षमताको शुद्धतामा कमिअाउन दिनु नहुने कुरालाई विशेष ख्याल राख्नु पर्दछ।
धर्म र शिक्षालाई व्यक्ति वा समाजको दैनिक क्रियाकलाप संग जोडनु पर्ने हुन्छ। यसको सुरूवात व्यक्ति बाटै हुनु पर्दछ वा संरचना बाट नै। व्यक्तिको सोचले संरचनाको परिचय र सहमति निर्माण गर्ने हुन्छ। भने संरचनाले पनि व्यक्तिको संस्कार र नियमको निर्माण गरेको हुन्छ। सुक्ष्मता बाट जाँदै गर्दा पहिले निस्वार्थ मानवता भावलाई अाफुमा त्यो हाँसो-खुशीका साथ जीवित र सकृय रख्न जरुरी हुन्छ। केही उपाय हरूमध्य विश्वासका साथ धर्म विज्ञान, आध्यात्म विज्ञान, प्रेम विज्ञान लगायतमा हार्दिक मन, वचन र कर्म लगाउनु नै हो।
आजै देखि विभिन्न घटना बाट पाठ सिक्दै आफ्नो मनोविज्ञानको उपचार गर्नेतर्फ नलागे एक दिन आफ्नै संतानकालागि आफु धेर हुने दिन आउने छ। त्यो विषय तब महसुस हुनेछ जब बुढेसकालमा अाफुले जन्माएको सन्तानले सडकाको पेटिमा, चौतारीमा वा वृद्धाश्रममा छोडेर "Take your time mom and dad, I hope both of you will take care well after me." जब भन्नेछ अनि आफ्ना बिगतको सबै कुरा झलझली आउनेछ। हो हिजोको अाफ्नो मन, वचन र कर्मले आजको परिवेश निर्धारण गरेको हुन्छ त्यसरी नै आजको ले भोलिको भविष्य निर्धारण गर्ने हुन्छ। त्यसैलाई ऐतिहासिक सन्दर्भको सिद्धान्त मान्न सकिन्छ जो भूत, वर्तमान र भविष्य एक अर्कामा गहिरो सम्बन्ध रहेको हुन्छ र मानिएको छ। यति मात्र हैन कि हरेक कुरा हरेक संग सम्बन्धित हुन्छ र निर्धारीत हुन्छ भनेका छन्।
यस विषयमा माक्र्सले माक्र्सवादमा ऐतिहासिक द्वन्दात्मक भौतिकवादमा स्पष्ट पारेका छन् भने र अल्बर्ट अान्स्टाईनले सापेक्षताको सिद्धान्त नै प्रतिपादन गरेका छन्। हरेक कुरामा, कार्यमा तर्क हुन्छ त्यही तर्कले भविष्य निर्माण गर्ने हुन्छ। कस्तो भविष्यको निर्धारण भन्ने विषय चै उक्त तर्कमा रहेको गुणस्तरको स्तरले निर्धारण गर्ने हुन्छ। आजै देखि समाजिक संस्थाहरू विशेषगरेर धर्म र शिक्षा स्वास्थ बनाएर तिनलाई नियमित कार्य गर्न नदिने हो भने भविष्यमा मानिस त रहला तर मानव सभ्यता, समाज र सामाजिक सभ्यता नै संकटमा पर्न सक्छ।
आजै देखि चिन्तन र अध्ययन थालौ सामाजिक संरचनात्मक प्रकार्यवादमा धर्म/शिक्षा भनेको के हो? धार्मिक/शैक्षिक संस्थाका काम, कर्तव्य र विशेषता के हो? यसको नियमित सक्रियताले समाजमा कस्तो सुव्यवस्था कायम गर्न सक्छ र यसको अनियमितता ले समाज कसरी चल्ने रहेछ भन्ने विषय सोच्न जरुरी छ।

सरकार मलाई पनि राहतको व्यवस्था गरिराख

कोभिड-१९ विरूद्धमा विश्वसमाज विश्वयुद्धमा प्रवेश गरिसकेको यो लक्डाउनको अवस्था हो। नगद वा जिन्सी नबिक्ने यो अत्यधिक संकट र विपत्तिको बेलामा राहत वितरण र मापदण्डको विषयलाई लिएर कसैले उछाल्छ भने त्यो समाजको भाँडभैलो चाहने अर्थ केन्द्रित विचार वाहक भनेर चिन्दा जान्दा हुन्छ। जो भदौमा आँखाफुटेको गोरुले हरवक्त हरियो देखे झै वर्गीय द्वन्द देख्नुु अतिवाद हो। र यस्तो समय, को संग कति छ र छैन भन्ने छुट्याउने समय हैन। यो पृथ्वीको उत्पत्ति देखि आजसम्म अाईपुग्दा यस्तो क्षण जो हामी भोगीरहेका छौं त्यो ऐतिहासिक संवेदनशीलताको घडी हो। न हिजो कसैले भोगेका थिए न भोलि भोग्नेनै छन्। राहतमा असमान वितरण र वितरणमा अन्याय भएका कुरा गर्ने मस्तिष्क मानवीय संवेदनशीलता र पिडाबोध नभएको मस्तिष्क हुनसक्छ।
यो घडीमा कोही राहत लिन जान्छन् भने त्यो रहरले नभई भोकको लोभको बाध्यताले हुन सक्छ। यही कठिन समय अझै लम्बिने हो वा गुज्रिने हो भने पक्कै भुवन हजुरको नागरिक पनि राहत थाप्ने त्यो लाईना हुनेछ। म संग एउटा मोटर साईकल छ, पिताजी भारतिय पेन्सनर हुनुहुन्छ, बजारमा घर घडेरी र खेत बारी छ। यही अबस्था लम्बिदै गर्दा थाहा छैन म, मेरो पिताजीको घरमा रासन पानी सकिदा हामी त्यो राहतको लाईनमा बस्न पाउँछौं कि पाउदिनौं! तर म त्यो लाममा हुनेछु हाम्रो परिवारको भोक मेटनाकालागि, त्यतिखेर कसैले बकबास गरे त्यसलाई त्यहीं समातेर, हामी संग हाम्रो विवाहका समयमा खरिद गरेको तोलाका तोला सुन, त्यो मोटरसाईकल, घर जग्गा, र नगद पैसा जो छ त्यही खुवाईदिने बाचा गर्दछु। अन्न, अन्न हो जो उच्च, मध्यम र निम्न मानिने सबै समुहमा पर्ने मानवको आधारभूत आवश्यकता हो। जो बाँच्नकालागि सबैलाई चाहिन्छ र उत्तीनै चाहिन्छ।
यो विशेष र शून्य परिस्थितिमा कोही राहत बाड्दै छन् भने सबै धनी धनाड्य होईनन्। कोही राहत लिदैछन् भने ती सबै निम्न वर्गीय हुन भन्ने होईनन्। सरकारले भोक र संकटमा परेका जनताकालागि सहयोग अपिल गरेर उपलब्ध गराउदै गरेको राहत थाप्न र लिन कुनै लाज नमाने हुन्छ। भोको पेटले लाज मानेर साथै भजन गाएर बस्दैन कोही, कहिले पनि। राहत उपलब्ध गराउने वा वितरण गर्ने र राहत लिनेको कुरा त भयो अब राहत लिएको दिएको नापतौल गरेर बस्ने आफुलाई उच्च वर्ग ठान्ने न्यायका देवताको भकारीको आफ्नो अन्न र बगानको फुलपात सकिएको वक्त आउनेछ। ऐन वक्तपर भएको नगद, जिन्सी, जग्गा जब बिक्दैन तब अाजको दिनमा ती राहत वितरणमा न्याय अन्याय भएको र दुधको दूध, पानिको पानी छुट्याउने साहस राख्ने न्यायका देवता बनेकाको र आफुलाई पुग्दो ठान्ने प्रिय जनहरूको हातमा जब मुम्बईको ट्राफिक जाममा आफ्नो र आफ्ना परिवारको पापी पेटकालागि थाली र कटौरा लिएर बसे जसरी राहत लिन लामलागेर बस्नु पर्ने दिनको अनुमान लगाउन नसक्ने छोटो बुद्धि भएका, मानवता कम भएका, अरूको भोक नबुझने र अवस्थामा खेलवाड गर्ने प्रियजनहरूमा हार्दिक निवेदन गर्दछु।
सामान्य अवस्थामा पनि यो राहत वा अन्न हामी सबै मानवको पापी पेटको नैसर्गिक अधिकार हो। यो विश्वसमाज पिडाको समयमा झन् सबैको भुडी र भोक उहीँ हो, यसमा धनी गरिब छुट्याउनु हुन्न। यो अन्नरूपि राहत हरेक मानव र पशुको अधिकार हो। कृपया गरेर यस्तो मानव संवेदनशिल विषयलाई अनअावश्यक बखेडा बनाउने प्रिय मानवमा न्यायको भूत चढेको देख्दा पृथ्वीको भविष्यको अनुमान लगाउन सकिन्छ। भोको भुडीलाई मापदण्ड बनाउने, वर्गीय विभाजन गराउने प्रियजनमा बौद्धिकतामा स्वस्थता र पवित्रता नदेखिनु हो। बोल्नु वा अभिव्यक्ति दिनु भन्दा पहिले हिजो, अाज र भोलि अनि माथि, तल र आठै दिशामा नजर लगाउने क्षमताको विकास गरौं। बोल्दा बिग्रन सक्छ र कसैको चित्तमा ठेस पुग्न सक्छ भन्ने थाहा होस् त्यसैले गहिरो अध्ययन गरौं। माया, प्रेम र मानवतामा टेकेर अाफ्नो सोचलाई हरवक्त अभ्यासमा राखौं। सिङ्गो मानवको स्तर गिर्नेगरी र अपमान हुने खालको अभिव्यक्ति बन्द गरौं।
मानवतावादी माक्र्सले आफ्नो माक्र्सवादमा समाजको उत्पादनका स्वरूपमा हुने ती वर्गहरू, त्यो उच्च वर्ग र गरिखाने वर्ग बिचमा द्वन्दात्मक सम्बन्ध त हुन्छ तर परिपुरक पनि हुन्छ भनेका छन्। त्यसमा निम्न वर्गहरूले आफुलाई कसरी चेतनामा ल्याउछन् र ती उच्च वर्गीय कसरी सहमतिमा आउछन् भन्ने विषयमा स्पष्ट पार्न खोजेका छन्। उच्च वर्गकाले गर्ने शोषणको अन्त्य र निम्नवर्गको न्याय र हितको अवस्थको कल्पनाको अध्ययन नै माक्र्सवाद हो। जहाँ दुवै वर्गले न जितेको अवस्था, नत हारेको त्यो मानवतावादी अवस्थाको वकालत गर्दछ जहाँ समाजमा मानवता स्थापित कसरी गर्न सकिन्छ भन्ने विषयलाई जोड दिएका छन्। तर यो संकटको घडीमा नेपाली समाजमा आफू आफू बिचमा यति तिरस्कार र असमानताको खाल्डो देखिनु र सोचमा सहानुभूति र सदासयता नदेखिनुले नेपाली समाजको भविष्य दुर्घटनामा पर्ने निश्चित छ।
मानवताले प्रेमको जन्म हुन्छ तर घृणा र द्वेषले द्वन्द, जस्ले समाजको शान्ति, समृद्धि, नियमितता, व्यवस्थालाई नोक्सानी गर्नसक्छ। अहिले वर्गीय द्वन्द्वको युद्धको शंखघोष छेडने समय होईन प्रियजन। यो बेला एकलाई प्यास लागे अर्को पानी बन्ने र एकलाई भोकलागे अर्को अन्न बन्ने समय हो। आफु भित्र रहेको लोभ, ईर्ष्या, घमण्ड, अचेतलाई बाहिर फालेर आफु भित्र रहेको मानवता जगाउने बेला हो । एक आपस बिच सहयोग आदान प्रदान गरौं। मानवता बाहेकको सबै कुरा त्यागौं र यस परिस्थितिलाई जितौं। यस्तो घडीमा राज्यले अन्तर्राष्ट्रियले राहत उपलब्ध गराउने र राहत ग्रहण गर्ने सवालमा धनी, गरिब र हुनेखाने र हुदा खानेको कुरा आउदैन। भोकको कुरा आउछ, मात्र भोक यस्तो संकटको बेलामा, शुन्यताको समयमा। फेरि पनि स्मरण गराउदछु यो समय परिस्थितिलाई गहिरो गरि बुझ्ने कोसिस गरौं, अनि त्यो अजिबौं गरिब सोचबाट माथि उठौं। तिन छाक खान पाउने राहत जन्मसिद्ध अधिकार हो, जो राज्यले उपलब्ध गराउने कुरा हो। त्यसैले व्यक्तिगत संकिण, छोटो र लोभी मानसिकताले कञ्जुस निर्णय लिन स्वभाविक हो। यसमा हजुरको दोष फेरीपनि नभएको जानकारी गराउदछौं, किनकि समाजले सिकाएको व्यवहारिकता र दिएको ज्ञानको बौद्धिकता त्यति नै हो। दोषी सामाजिक संरचना हो। ढुक्क हुनुहोस्, तपाई हाम्रो समाजको बौद्धिक र गुणस्तर मानसिकताको कस्तो अबस्था छ भन्ने मापन गर्नसक्ने प्रतिनिधि पात्र मात्र हो। जसले समाजको सभ्यता र मस्तिष्कको स्तर मापन गर्न मद्दत गर्दछ।

लकडाउन समाज र गोठाले सरकार

लकडाउन समाज र गोठाले सरकार

कुनै पनि मुलुकले आफुलाई परेको संकट, संक्रमण वा प्रकोप बाट निकाल्नसक्ने विभिन्न उपायहरू मध्य सामाजिक, राजनीतिक, प्राविधिक, र संवैधानिक प्रयास रूपी कार्यहरू नै महत्वपूर्ण विकल्प रहेको हुन्छ। तर राज्यले नियम कानुन बनाएर जनता वा समाजलाई नियन्त्रण, निर्देशन र पालनामा राखेर मात्र आफुलाई राज्यको दर्जामा र सरकारको हैसियतमा राख्ने संवैधानिक अधिकार हुदैन। त्यसकालागि निश्चित काम, कर्तव्य ,उत्तरदायित्व र अधिकारको ईमानदारीताका साथ रातदिन नभनी पालना गरेको हुनु पर्दछ। राज्यमा रहेको विशिष्ट र सक्षम मानवसाधन साथै विभिन्न प्राविधिक, भौतिक, अार्थिक, राजनीतिक साधनस्रोतहरूको वैज्ञानिक, न्यायिक र मानवतावादी ढङ्गले उच्चतम प्रयोग गरेर संकट, प्रकोप र संक्रमण जस्तो विशेष समय र परिस्थिति बाट आफ्ना नागरिकहरूलाई सामान्य दैनिक जीवनमा यथासक्दो चाँडो फर्काउने कार्य तिर जोडतोडले योजनाबद्ध ढङ्गले लाग्नु पर्दछ। जो एउटा असल, सक्षम र सफल राज्यको कर्तब्य हो।

नोबल कोरोना भाईरस रोग (Covid-19) संक्रमणलाई जित्ने प्रक्रियाहरू मध्य Lockdown वास्तविक सामाजिक प्रक्रिया अन्तर्गतको अत्यावश्यक समाधानको प्रक्रिया हो, त्यसमा कुनै संदेह छैन। जो समाजले वा नागरिकहरूको आफ्नो विशुद्ध रूपमा गरेएको प्रयासबाट नै सम्भव हुन्छ। त्यसैले यस अवस्थालाई अाम सर्वसाधारणले राज्यलाई सहयोग गरेको भन्ने अर्थमा बुझिने गरिएको छ। आज सम्म आम नागरिकले राज्यलाई सहयोग त गरिरहेका छन् तर राज्यले अाफ्नो तर्फबाट समाजको दैनिकी सामान्य बनाउन के कस्ता प्रयासहरू गर्दैछन् र आफ्ना नागरिक प्रतिको कर्तव्य पालना गर्दैछन्! भन्ने कौतुहलता र जिज्ञासा जनताको मस्तिष्कमा घुम्नु स्वभाविक बन्दैछ। नागरिकलाई यति बुझ्ने अधिकार छ। दबाब र ध्यानाकर्षण गराउने अधिकार छ। किनकि जनता Lockdown मा बसेर राज्यलाई साथ भरपुर सहयोग गरिरहेका छन्।
चिन देखि सुरू भएको त्यो महामारी संक्रमण एसिया, युरोप र अमेरिका लगायत विश्व का शक्तिशाली र स्रोत साधन सम्पन्न मुलुकहरूको अस्तित्व, परिचय, आर्थिक, सामाजिक, राजनैतिक, सामाजिक र मानव सभ्यतालाई चुनौती दिदै संकटमा पारेको अवस्था जगजाहेर छ। जो अझ बढदो छ। हरेक मुलुकहरू ले भोगेको भोगाइ बाट पाठ सिक्दै त्यसै मध्ये यस्ता केही मुलुकहरू छन् जसलाई अनुसरण नै गर्नु पर्ने देखिन्छ। जस्तै चिनले कसरी त्यस बिरूद्ध विजय प्राप्त गर्यो! दक्षिण कोरीयाले आफ्नो प्रविधि, ज्ञान, सिप र साधनस्रोतको उच्चतम प्रयोग गरेर कसरी विजय प्राप्त गर्यो Lockdown नगरी नै! सिंगापुर, ताईवान लगायत यस्ता केही चमत्कारीक मुलुकहरू छन् जस्ले Lockdown घोषणा गरेर जनताको वा समाजको साथ सहयोग बाट मात्र कोरोना भाईरस संक्रमण बिरूद्ध जित हासिल गरेका हुन् र! र ईटाली कसरी त्यस अवस्थामा पुग्यो र अमेरीका के गर्दैछ भन्ने राज्यले आधिकारीक जानकारी राख्नु पर्ने हुन्छ।
राजनीतिक समाजशास्त्रीय सिद्धान्त अनुशार कमजोर राष्ट्रहरूले आफ्नो नपुसकता जनतामाथि थुपार्छन्, दोष जति जनतालाई लगाउछन् भन्ने भावअर्थ दृष्टिकोण प्रस्तुत गरेजस्तै आम सर्वसाधारणले पूर्णरूपमा नियम पालना गरिरहेको छैन भन्ने खालका लज्जास्पद अभिव्यक्तिहरू प्रस्तुत गरिरहेका हुन्छन् र अहिले त्यही हुदैछ।
नेपालमा हुने Lockdown मा नागरिकहरूले राष्ट्रलाई कहिले सम्म सहयोग गर्ने अवस्था रहला! कहिले सम्म Lockdown हुने हो निश्चित छैन! जनताले आफ्नो कर्तव्य पालना र सहयोगमा कुनै कमी छोडेका छैनन्। तर एउटा संवैधानिक राज्य र सरकारको हैसियतले हेर्ने हो भने नेपाल सरकार के गर्दैछ! जनताको हौसला बन्न नसक्नुको पछाडिका कारणहरू के के हुन हामी अध्ययन गरिरहेका छौं। राज्यको कम, कर्तब्य, दायित्व र अधिकार संक्रमितको तथ्यांक राख्ने मात्र हो र?
विश्वसमाजको अवधारणामा गईसकेको र स्विकारीसकेको मुलुक नेपाल राज्यले अाफ्ना भित्र रहेका वा परराष्ट्रका विज्ञहरूको टोलीलाई सक्रिय बनाएर उपलब्ध स्रोत साधन वैज्ञानिक ढङ्गले परिचालन गर्न दिनुको विकल्प छैन। नेपाल प्रहरीमाथि भरपरेको जस्तो देखिएको सरकारलाई होस रहनु पर्दछ कि यस्तो सुरक्षा विभाग समस्याको समाधान गर्ने र गर्नसक्ने निकाय होईन। सम्बन्धि निकायलाई साधन सम्पन्न बनाअौं। गुणस्तर र सशक्त बनाअौं। समाजलाई सामान्य जीवनमा चाँडोभन्दा चाँडो फर्काउनकालागि राज्यले उच्चतम वैज्ञानिक र व्यवहारिक प्रयासहरू गर्नु पर्दछ।  विभिन्न संघसंस्था र परराष्ट्रहरूसंग हरप्रकारको सहयोगको अपिल गर्नुमा पनि ढिलाई गर्नु हुन्न। जनताका कमजोरी कोट्याएर जनता माथिनै अारोप थोपर्ने संस्कार राज्यको देखिएको छ। त्यस्तो गिरेको हरकत र मानसिकता त्यागेर सबै जिम्मेवार कार्यपालिका, संस्था, विभाग ईमानदारीताका साथ मन, वचन र कर्मले संकट मोचनमा लागौं। हनुमान चालिसा जनताले पढ्छन्, अल्लाको कल्मा हामी पढछौं, प्रभुको प्रर्थना हामी गर्छौं, भगवान गौतमबुद्धको पुजा पाठ हामी गर्छौं। राज्य वैज्ञानिक र व्यवहारिक ज्ञानको प्रयोग गर्दै संक्रमित मुलुकहरूले भोगेको भोगाईबाट पाठ सिक्दै सहयोग माग्दै रोकथाम र न्यूनिकरणकालागि दृढताका साथ दत्तचित्त भएर लाग्नु होला। हजुरहरूकालागि आध्यात्मिक बलकालागि हामी पलेटी कसेर हरेक पल पुजापाठ, नमाज र प्रार्थना गर्नेछौं। तपाईहरू हाम्रो सामान्य जीवन र दैनिकालागि सक्दो प्रयास गर्नुहोला अनि हामी सके सम्म साथ दिने प्रयास गर्ने छौं।

हामी व्राह्मण हौं, हामी क्षेत्री हौं, हामी वैश्य हौं, हामी शुद्र हौं,हामी कृषक हौं, हामी मधेसी हौं, हामी विकट बासि हौं, हामी महिला हौं, हामी तेस्रो लिङ्गी हौं , हामी फरक क्षमताका हौं, हामी पेशाकर्मी हौं,हामी व्यवसायी हौं, हामी मध्यस्तकर्ता हौं ,हामी दलाल पुँजीपती हौं, हामी श्रमिक हौं, हामी कर्मचारी हौं, हामी मजदुर हौं, हामी निम्न वर्गीय हौं। यो मुलुकमा रहेको विविधिकरण, वर्गीकरण, पदसोपान वा महिला-पुरूष, धनि-निम्न, सबल-दुर्बल, हिमाल-पहाड-तराई, जेजे भनेपनि हामी जनता नै हौं। विश्वमहामारीको रूप लिएको नोबल कोरोना भाईरस रोग संक्रमणले प्रताडित हाम्रो कठिन परिस्थितिमा केही विशेष समूहलाई मध्यनजर गरेर राहत दिनु ध्यानाकर्षण गराउदछौं। तर यो प्रकोपको घडीमा आम मानवलाई राहतको खाँचो रहेको हुन्छ जो राज्यले यस्तो विषय समयमै बुझ्नु पर्ने हुन्छ। दैनिक गरिखाने वर्गकालागि र निम्नस्तरको दैनिकी गुजार्नेहरू लाई केन्द्रित भई विभिन्न दलले, नागरिक समाज, ऐच्छिक समुहले, व्यापारी, बुद्धिजीवीले राज्यलाई ध्यानाकर्षण गराएको पनि देखिदैछ। तर यहाँ कसैले बिर्सनु हुदैन कि lockdown रहिरहदा वा लम्बिदा सबैलाई सबै खालका असर र नोक्सानी भईरहेको हुनसक्छ। गाउँ समाजमा खट्ने र सहयोग बोकेर राहत बाड्न हिडने वा सहयोग गर्ने व्यक्ति एव ऐच्छिक समुह माथी राज्य कत्ति पनि भर पर्नु हुदैन। तर वहाँहरूलाई सम्मान र प्रशंसा गर्न भने आपती छैन। हो यहाँ दैनिक ज्यालादारी लाई राहतको विशेष खाँचो रहेको छ र त्यहाँ मात्र अापत परेको होला भन्ने मानसिकता लाई अझ उदार बनाउदै यो परिस्थिति लम्बिदै गएमा समाजका हरेक सदस्यहरूलाई कृषक, व्यपारी, पेशाकर्मी, महिला, बालबालिका, अशक्त,वा नियमित अौषधी सेवन गरिरहनेहरूमा आआफ्नेखालका समस्याहरू पर्ने हुन्छ भन्ने विषयलाई अस्विकार गर्नु हुन्न। विशेष गरि स्वास्थमा समस्या भएर अौषधी सेवन गरिरहने, सबैलाई समस्या परेको हुन सक्छ। यस्ता विषयमा राज्यले सहुलियत प्रदान गर्नु पर्ने हुन्छ सबै तहतप्का र विविधिकरणमा अाबद्ध मानिसहरूलाई। तर यही राहत दिएर रमाउन खोज्ने सरकार हैन जनजीवन सामान्य बनाउन सक्ने सरकारको हर प्रयास र क्षमता प्रयोग गर्नु पर्ने देखेएको छ । राज्य ले आफ्ना जनतालाई सामान्य दैनिक सामाजिक जीवनमा चाँडो भन्दा चाँडो फर्काउन सबै भन्दा ठूलो राहत हुनेकुरामा विश्वास राख्नु पर्दछ र त्यही मुताविक अाफ्ना शक्ति र क्षमताको बौद्धिक र वैज्ञानिक ढङ्गले योजना तथा कार्यक्रम बनाउनु तर्फ ध्यान जान जरुरी छ।
मुलुक हिजोका दिनमा पनि हामी जनताले थेगेका थियौं र भोलिपनि हामीले नै थेग्ने छौं, बस अब राज्य, सरकार वा प्रशासनको पहिलो र प्रमुख काम, कर्तव्य र उत्तरदायित्व भनेको सामाजिक जीवनलाई वा अबस्थालाई सामान्य बनाऊ नै हो। चरानमा गएको बस्तुलाई गोठ भित्र धपाउने गोठालो मात्र होईन सरकार। अाफुलाई त्यो गोठालो खेताला भन्दा माथिल्लो सम्झदै यो परिस्थितिलाई न्युनिकरण गर्ने तर्फ केन्द्रित हुनु पर्दछ। नेपाली समाजको नेपाली सरकार मात्र नभई विश्वसमाज र विश्व सरकार एकै भएर एकआपस बिच यथासक्य भौतिक, आध्यात्मिक, आर्थिक, राजनैतिक, प्राविधिक, सामाजिक सबै खालका सहयोग, प्रेम, हौसला अादानप्रदान गर्ने भावनाको विकास गर्नुपर्ने हुन्छ र भईरहेको पनि छ।

यो विश्वमहामारीको बेलामा हीरा, मोती, सुन, चाँदी, धन, पैसा, कला, क्षमता, सीप, विज्ञता, बल, यौवन, सुन्दरता, मेहनत नबिक्ने बेलामा, मानवता प्रति प्रश्न उठ्नसक्ने अवस्थामा हामी सबैको जनजीवन दिनदिनै कष्टकर बन्दै गईरहेको छ। सरकारले अन्य उपाय भन्दा अाफ्नो नागरिकलाई क्वारान्टाईनमा मात्र राखेर यो संकट, महामारी टार्छौं भन्ने मानसिकता राखेको नहोस्, ध्यानाकर्षण गराउदछौं। यो संवेदनशील र संकटको घडीमा एक अभिभावक रूपि राज्यले गर्नसक्ने अान्तरिक-वाह्य सबै उपायहरू अपनाउन र सहयोग लिने सबालमा ढिलाई नगरौं। नेपाली समाजमा सुन्दर जातीय विविधता छ तर त्यस्तो असमान वर्गीय विविधताको खाडल त्यति नदेखिएको मुलुकहरू मध्ये एक हो। हामी सरदरमा सबै गरिखाने वर्गमा पर्छौं। गरिखाने वर्ग र लगानीकर्ता बिचको सम्बन्ध उत्पादनका साधन र नाफा संग मात्र नभएर एक अर्काको रोटी, कपडा अौर मकाम संगसंगै हरेक दैनिक भौतिक तथा अध्यात्मिक जीवन संग प्रत्यक्ष परोक्ष सम्बन्धित हुन्छ। अर्थात राहत सबैलाई चाहिएको हुन्छ, त्यसैले सामान्य जनजीवनमा जतिसक्दो चाँडो प्रवेश गर्न सके नेपाल र नेपाली समाजमा हुनसक्ने संकटलाई न्युनिकरण गर्न सकिन्थ्यो।
यहाँ यही Lockdown को समयअवधी यसरी नै लम्याउदै जाने हो भने हामी सबै सिंहदरबार छिर्नुको विकल्प हुदैन। हाम्रो दैनिकी दिनदिनै कठिन बन्दै जाँदैछ सरकार। हामी हरेक नागरिकलाई  चाँडोभन्दा चाँडो हाम्रो दैनिक जीवनमा सामान्य अवस्था सृजना गर्न, गरिखाने वातावरण बनाउने तर्फ कार्य गर्नु नै सबै भन्दा ठूलो राहत वितरण हुनेकुरामा राज्यले विश्वास राख्नु पर्दछ। यो विपत्ति रूपी  संक्रमणलाई जितेर Lockdown लाई हराउदै जनताको दैनिकी जनतालाईनै फर्काएर जिम्मादिने पहिलो संवैधानिक संस्थानै राज्य हो।
WHO (World Health Organization) का अनुसार Comprehensive Approach हरू निम्न प्रकार छन्;
• Test
• Trace
• Treat
• Isolate
यो विधि जसले कोरोना रोग संक्रमण र Lockdown लाई पूर्णरूपमा जित्न सक्ने प्रयासहरू राज्यले गर्नसक्ने प्रक्रिया हुन् जो जनताले व्यक्तिगत गर्न सम्भव हुदैन। यो विधि अन्तर्गत रहेर योजनाहरू र कार्यान्वयन पक्ष कति तैयारी हुदैछ भन्ने जिज्ञासा वा प्रश्न राख्दैछौं। जसको जबाफमा जनतालाई आरोप लगाउन मिल्दैन र जो सत्ताले जनतालाई आक्षेप लगाउदछ त्यो कमजोर राज्यको नपुंसक प्रशासनको परिचय हुन सक्छ।

यो संकटकाललाई न्यूनिकरण र वैज्ञानिक र प्रविधिक समाधानमा नलागि यसरी नै lockdown लम्ब्याउने कोसिसमा मात्र रहनेहो भने कोरोना भाईरस रोग (Covid-19) लाई नियन्त्रणमा लिन त सकौला तर नागरिकले भोग्नु परेको पीडा, सास्ती बाट सृजित ताण्डव नृत्य सम्हाल्न नसक्ने भोलिको अवस्था आजै अनुमान गर्नु पर्ने हुन्छ।
यो राजनीतिक भाषा हैन सरकार! आफ्नो भोक त जसोतसो सहौंला तर जब हाम्रो बुबा आमाको भोक र  हाम्रो बाल बच्चा परिवार दिदिबहिनीको भोक संगको कुरा कतै जोडिन्छ भने हामी आफ्नै मन्दिर बाट आफुले पुज्ने देवतालाई उठिबास लगाउन सक्छौं भने जनताजनर्दनको शक्तिलाई नजरअन्दाज गर्नु अधिनायकवाद मान्नु पर्ने अवस्था आउन सक्छ।

सरकारलाई यो हाम्रो साथ,सहयोग र सहकार्य कर्तब्य पालनाको रूपमा रहने छ भन्दै संकटमोचनकालागि हरप्रयासको शक्तिको शुभकामना! तर Lockdown मा बसेर नागरिकले राज्यलाई दिन सक्ने समाजको र जनताको साथ आखिर कहिले सम्म? सहनेको सिमा हुन्छ, लाटो गाँडो सम्झेर हामीलाई बन्दी बनाउने र आफु र आफ्ना समुह लाभान्वित हुने सोच नरहेकोहोस्। साधनस्रोत सम्पन्न राज्यले चहादै गर्दा विश्वसमाजलाई सहयोगको अपिल गर्न ढिलाई नगरौं। अहिलेको यो घडीमा PPE(Personal Protective Equipment)का लागि ठेक्का प्रक्रियामा समय व्यतित गर्ने र आर्थिक अनुशासन पालना गर्ने कि नगर्ने भनेर सोच्ने घडी होईन।