Thursday, March 31, 2022

साम्यवाद

साम्यवाद समाजको एक काल्पनिक चरण हो, यसमा रहने सबै समाजका सदस्यहरू साम्यवादी (Communist) कहलिन्छ। यो विशुद्ध सामाजिक रूपानतरण र परिवर्तनले ल्याउने उत्पादनको स्वरूप हो।  Communism लाई नेपालीमा साम्यवाद भनिन्छ। साम्यवादको अर्थ, परिभाषा र विशेषता रहेको जस्तो स्पष्ट र पवित्र वादको कल्पना आज सम्म कुनै शास्त्रले गर्नसकेका होलान्। यो वाद आफैमा एक समाजको संरचनात्मक स्वरूप हो अर्थात माक्र्सवादले व्याख्या गरेको उत्पादनको स्वरूप हो। यो यस्तो स्वर्गीय कल्पना सहितको  सामाजिक चरण हो जहाँ स्वतन्त्र मानिसको मानवतावादी मस्तिष्कको गुणस्तरीयताको मापन आजको, अहिलेको र पुँजीवादी मस्तिष्कधारी सोचबाट असम्भव छ।


मानवतावदी माक्र्सद्वारा प्रतिपादित माक्र्सवादका अनुशार यो पुँजीवाद, समाजवाद र साम्यवाद विशुद्ध सामाजिक चरण हो। यसलाई कसैले राजनीतिक चरण वा स्वरूपमा व्याख्या गर्छन् भने सम्झनुस् त्यसले सिङ्गो माक्र्सवादको पवित्रता माथि छेडखानी गर्दैछ र अाफ्नो दुनो सोझ्याउदैछ भनेर। मानिसको सोच्ने गुणस्तर क्षमता राख्ने मस्तिष्कमा सांस्कृतिक आक्रमण गरेर साम्यवादलाई राजनीतिक कमेरो दल्ने त्यस्तो बौद्धिक भ्रष्टाचार गर्ने विर विचारलाई ठुटे सलाम।


आज कम्युनिष्टको नाममा पण्डित्याई गर्नेहरू विश्वसमाजमा रहेको वर्तमान पुँजीवादलाई ढालेर समाजवाद ल्याउने र साम्यवादको चरणमा जाने भनेर जोडतोडले लागेको देखिन्छ। वहाँ हरूलाई थाहा हुनु पर्छ कि आफ्नो पिताजीले स्याहारसुसार गरेको एक पटक फलिसकेको केराको दाम्चा ढालेर देखाउन सकोस्! अनि कुरा हुन्छ। अरूलाई मूर्ख बनाएर आफु बौद्धिक भ्रष्टाचार विचार भएकाहरू हामी पनि परै चिन्छौं। चाल, ढाल र कपाल कस्तो हुन्छ भनेर।


विश्वसंकटको यो विपतको बेलामा यस्तो कुमन, कुवचन र कुकर्म गर्न सक्ने भनेको नै नेपाली समाजका वृय हुन्। कम्युनिष्टको बदनाम गराउने अौंसी र पूर्णेकाहरू कम्युनिष्ट हो भनेर कम्युनिष्ट राजनीतिक र कम्युनिष्ट सांस्कृतिक लाई समाजशास्त्रीय अध्ययन अनुसन्धान र चिरफार गर्ने फरेन्सिक रिपोर्ट हेर्ने हो भने नेगेटिभ रिपोर्ट आउछ।


यस्तो घडीमा चोर्ने, ठग्ने विचार र व्यवहार देखाउने पुजीकेन्द्रीत कुनैपनि व्यक्ति कम्युनिष्ट हैनन् र हुनै सक्दैनन्। त्यो कम्युनिष्ट खराब हैनन्, कम्युनिष्टको नामको जिउदो गन्हाउने सिनो हो जो बाउको बीउ र आमाको दुधमै दोष आउछ। माक्र्सवादमा रहेको कम्युनिष्ट उत्पादनका स्वरूपको सदविचार, समतामूलक र मानवतावाद विचार संग हामी पनि परिचित छौं। दिउसै रातपार्ने कार्य बन्द गर। समाजले थाहापाएको दिन त्यो लाज छोप्ने धोती र कन्धनी पनि लुछ्नेछन्। पुँजीवादी समाजमा रहेर आफुलाई कम्युनिष्ट कसेले ठान्छन् भने त्यो पानी बाट टाउको निकालेर म ओबानो छु भने जस्तै हो। र त्यो भ्रम पैदा भएको हो वा कुनै कुराले चेतनामा आउन नदिईरहेको विषयमा अाफुलाई ध्यानाकर्षण गराउनु पर्दछ। पुँजीवादी समाजको स्वरूमा रहेर, आफ्ना सबै संस्कृति, मन, वचन र कर्म त्यही अनरूप रहदै गर्दा कसैले फेरि पनि आफुलाई कम्युनिष्ट भन्छ भने, त्यो सुन्ने र पत्याउने मानिस महामूर्ख नहोला भन्न सकिन्न। 


Tuesday, March 29, 2022

त्यो पत्थरको अर्थ

त्यो पत्थरको अर्थ


हिन्दु सम्प्रदायले पत्थरलाई मन्दिरमा राखेर जसरी अर्थ(देवता) निर्माण गरेका छन् त्यसरी नै कोशी बिचमा रहेको प्रकृतिप्रदत्त त्यस पत्थर लाई किराँत समुदाय द्वारा पनि उत्तिकै अर्थ(खुवालुङ) निर्माण गरेको पाईन्छ। मानवहरूले निर्माण गरेको सामाजिक संरचनामा दुवैको आआफ्नै कार्य, अर्थ र अाफैमा महत्त्वपूर्ण रहेको हुन्छ।


समाजमा रहेका विविध सम्प्रदाय वा समुदायले समान समुहमा रहेर निर्माण गरेको त्यो अर्थ र महत्वलाई कुनै समाज वा राज्यले विनाकुनै भेदभाव संरक्षण र प्रवर्द्धन गर्नु पनि विकास र समृद्धिको अभ्यास हो भन्ने समाजले बुझ्न अति अावस्यक छ। समय परिस्थिति, भुगोल- वातावरण अनुसार समुदायले निर्माण गरेको अर्थ, महत्व रूपि संस्कार संस्कृति नेपाली समाजको मात्र नभई विश्व समाजको सम्पत्ति हो। यसको सम्मान गर्नु पनि मानवता वा मानवधर्म हो। मानव एकता र सद्भाव नै शान्तिको मुल हो।


कुनै समुदायले त्यस्तो कुनै विषय प्रति निर्माण गरेकोे अर्थ रूपी संस्कृतिलाई कुनै  अर्को सम्प्रदाय वा समुहले तुलना गरेर मनपर्ने-नपर्ने, राम्रो-नराम्रो, सभ्य-असभ्य भनेर तौलीने कसैलाई पनि छुट हुदैन सिवाय स्विकार्नुको। स्विकार्नुमा नै सभ्य मानव र मानव सभ्यताको पहिचान रहेको हुन्छ भने त्यसको संरक्षण राज्यको दायित्व। 


समाजद्वारा निर्माण विनिर्माण र पुनःनिर्माण गरिएको सामाजिक/एकाइको सांस्कृतिक मान्यता, मूल्य प्रतिको एकआपसको छेडखानी, लापरबाही र संवेदनशीलता गुमाउनाले सामाजिक सद्भाव भड्किन सक्छ भन्नेेेे विषयलाई मध्यनजर गर्दै समाज र सामाजिक एकाई राज्यले विषयको उठान संयमित भएर गर्नुपर्ने हुन्छ। राज्यको पलभरभित्र गरेको लापरबाही निर्णयले व्यहोर्नुपर्ने नोक्सानी युग युगले भोगु पर्ने हुन्छ। 


जब पत्थरलाई पवित्र अर्थ लगाईन्छ तब त्यो पत्थर, पत्थर रहन्न त्यसले कुनै पवित्र अर्थ राखेको हुन्छ जो जीवन पूर्व र पश्चातको अदृश्य तर शक्तिशाली र संवेदनशील अर्थ लगाईएको हुन्छ। जो कसैको त्यो गहिरो विश्वास र पवित्र आस्था माथि  पटक्क छेडखानि नगरौं।


 विश्वेदेवाः शान्तिः ब्रह्म शान्तिः सर्वं शान्तिः

आपः शान्तिः ओषधयः शान्तिः वनस्पतयः शान्तिः                                                                                                     चेेक आउछ तर 

हरएक कदममा 

चालको अवसर पनि हुन्छ

त्यही मौका पाउनु नै 

जीवनको जीवित अर्थ हो।

बस त्यही एक 

संवेदनशील चाल 

हौसला र विवेकपूर्ण रहोस्।

शुभकामना भुवन जीहरूलाई


अन्य केही यस्ता मुलुकहरू छन् जहाँ झुट बोल्दैन र झुट बोल्न पाप मान्दछन्। किनकि तिनीहरू विश्वासी (god fearing people) हुन्छन् त्यसैले होला आजको दिन विशेष सामाजिक रूपमै भव्य ढङ्गले मनाउदछन्। 

अब नेपाली समाजमा यसको महत्व छैन र मनाइदैन किनकि हाम्रोमा April fool को विशेषता भएको दिन जस्तै "हर दिन होली, हर साम दिवाली" मनाईने गरिन्छ भन्न मिल्ने कि नमिल्ने!


दक्षिण एसियाको संस्कृति र मनोविज्ञान

 दक्षिण एसियाको संस्कृति र मनोविज्ञान देखि आफै छक्क पर्छु। संरचना नै त्यस्तो छ तर पनि नेपाली समाज दोषमुक्त छ भनेर मान्न सकिँदैन।

यस्तो महामारीको बेलामा मानवतावादी संवेदनशीलता सक्रिय नहुनुले त्यो र त्यस्ता दुईखुट्टे जीवको जन्मको पछाडि लुकेको ऐतिहासिक सन्दर्भ जो भन्न र सुन्न लाज हुने असभ्य राजको अध्ययन गर्न मन छ। 

छि! तिमी कस्तो घिनलाग्दो समाजको सदस्य रहेछौ जस्ले आफै प्रति ईमानदार हुन सिकाएको रहेनछ।


Doctors Day

 यो पृथ्वीको केही यस्तो स्थान छन् जहाँ वर्षमा एक पटक Doctors Day मनाउनु हुन्छ। हामी स्मरण गराउन चाहान्छौं, हाम्रो समाजमा वर्षौ वर्षदेखि, युगौं युगदेखि त्यसतो चुनौतीपूर्ण र सम्मानित कुल, वंशावली र परिवार नै रहेको छ जो वैद्यको काम गर्दछन्। जो समाजको स्वास्थ संग प्रत्यक्ष सम्बन्ध राख्दछन्। त्यो हाम्रो परंरागत पेशालाई ध्वस्त बनाउन सक्रियता रहेको तिमी आफु डाक्टर दिवस मनाउदै गर्ने हाम्रो सामाजिक वंशाणुगत पेशाको सांस्कृतिक हत्यारा हौ।


तिमी हत्यारा हौ। तिमी हाम्रो आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, धार्मिक हत्यारा हौं। तिम्रो अमानवीय लोभ र भुलका कारण आज हामी विश्वसमाज कोरोना महामारी बाट क्षतविक्षत भएका छौं। जो तिम्रो डाक्टर डे ले सम्हनल्न सक्दैन।


यो त सब डाक्टरको अन्तर्राष्ट्रिय राजनीति गर्ने हरूलाई भयो तर यो कलियुगमा पुजीवादको पक्षपोषक बनेको डाक्टरी पेशामा देखिएको गुणस्तर र पवित्रामा कुनै विवाद छैन भन्ने त ह‍ईन फेरि पनि। मानवको विकास र समृद्धिका लागि सेवामा लागेका सम्पुर्ण देवता रूपि मानव डाक्टर लाई अन्तर्राष्ट्रिय डाक्टर दिवसको हार्दिक मंगलमय शुभकामना।


Monday, March 28, 2022

स्व. तिम्सिना प्रति भावपूर्ण श्रद्धाञ्जली

 स्व. तिम्सिना प्रति भावपूर्ण श्रद्धाञ्जली 


विश्वव्यापीकरण संग हाडनाताको सम्बन्ध भएको आधुनिकीकरण र विज्ञान तथा प्रविधि मानवकालागि अवसर देखिएपनि यो वास्तवमै घातक बन्दैछ । अौंलामा गन्ती गर्न सकिने पूँजीपति व्यक्ति, समूह, संस्था तथा राज्यहरूले आफू शक्तिशाली बन्न, आफ्नो नाफाको वृद्धि गर्न, नाफाको नामको असामाजिक तथा वैधानिक चोरी डकैतिको कुलतमा फँसेकाहरूले विश्वमानवको दैनिक संस्कृति र जिविकोपार्जनमा आफुपायक कब्जानै गरेका छन् । मानवको जीवन र मृत्युको प्रकृतिको फैसला गर्दछ ।

हिजोको सरल समाजमा जन्म, दैनिक जीवन व्यवहार र मृत्यु सामान्य र प्राकृतिक हुन्थ्यो । तर जब पश्चिमा पूँजीवादी समाजले विश्वव्यापीकरणका नाममा विज्ञान तथा प्रविधिलाई सस्त्र र शास्त्रको रूपमा प्रयोग गरि विश्वसमाजलाइ आधुनिकीकरण गर्ने अभियानमा लागे तब शक्ति राज्यलाई अवसर भएपनि कमजोर मुलुक तथा सरल समाजलाई भने चुनौती र जोखिम बढी रहेको अनुमान लगाउन सकिन्छ । 

आजकलको मृत्युको प्रकृति हिजोको सरल समाज भन्दा अजिबों गरिब रहेको छ । मृत्युलाई अस्पतालमा आफ्नो सबै जायजेथा बेचेर खरिद गर्नु पर्दछ । मृत्युको प्रकृतिको अध्ययन गर्दा उमेरदारी जवान मान्छे सुतेको सुतै हुन्छ जसले भोलिको सूर्य देख्न पाएका हुदैनन् । अर्को पट्टी सवारी दुर्घटना पनि मृत्युको मुख्य कारक बनेको छ । हिजोको सरल समाजमा मानव जीउनकालागि जीउथे, न्याय, परोपकार तथा मानवतावादकालागि जीउथें तर वर्तमान समाजका मानव हरेक पाईलामा रहेको मृत्युको जोखिम टार्न बाँच्न संघर्ष गरिरहेका हुन्छन् । 

विकास र आधुनिकीकरणका नाममा भईरहेको क्रियाकलाप वा संस्कृति अन्य मुलुक संगै नेपाली समाजलाई पनि चुनौतीपूर्ण छ । नेपाली समाज जस्तो संस्कृति संकरमणको कालखण्डमा रहेको राज्यले मृत्युको कारणमा बृहत् छलफल गरि संस्कृति पुनःनिर्माण गरि शाश्वत मृत्युलाई अकाल मृत्युबाट टार्न सक्नु पर्छ हामी मानवले । हामी मानव जीव बाँच्नकालागि मात्र सधै संघर्ष गरिरहने कि, सिङ्गो मानव सकारात्मक खुशी वृद्धि, उच्च जीवनप्रत्याशा, गुणस्तर जीवनकालागि भन्ने अध्ययन, चिन्तन र बृहत् छलफल गरि सामाजिकीकरण सहित संस्कृति पुनःनिर्माण गर्न अग्रसरता देखाउनु पर्दछ । 

यदी आज कोही व्यक्ति तथा परिवारले निजी अस्पतालमा आफ्नो सबै जायजेथा बेचेर/सकेर महंगोमा स्वस्थ र मृत्यु खरिद गर्नु पर्दछ भने, सडक/सवारी दुर्घटनाबाट ज्यान अकालमा गुमाउनु  पर्दा, दिर्घरोग वा कम/उच्च रक्तचाप भएकै कारण अजिबों गरिब मृत्यु हुन्छ भने, त्यो आज उस्लाई परेको भनेर हेरेर बस्नेहो र पाठ नसिक्ने हो भने निश्चित रूपमा भोलि त्यसले सबैलाई पालैपालो सिकार बनाउनेछ । 

त्यसैले पूँजीवादलाई सच्याउन, पूँजीवादलाई समाप्त गर्न, पूँजीवादले बैसाखी बनाएका यस्ता आधुनिकीकरण, उदारवाद, विश्वव्यापीकरण, विज्ञान तथा प्रविधिलाई नियन्त्रण, निर्देशन र परिमार्जन गर्न संस्कृति संक्रमण बाट उठेर वैज्ञानिक र व्यवहारिक साथै मानवतावादी सामाजिक संस्कृति पुनःनिर्माण गर्नु पर्ने हुन्छ । जसले अकालमा हुने मृत्यु टार्न सकोस, गुणस्तर जीवन साथै जीवन प्रति आशा उच्च बनाउन सकोस् । जीउने रहर रहेसम्म अौसत आयु जीउन गुणस्तरीयताका साथ पाउने साथै अकाल, भवितव्य, र दूर्घटना बाट मृत्यू टार्न हर प्रयास गर्नु पर्दछ विश्व मानवले ।

जीउने तिब्र इच्छा जोस, जाँगर भएका परोपकारी एवं सामाजिक व्यक्तित्व जेष्ठनागरीक आदरणीय श्री डण्डीराम तिम्सिनाले दैनिक आउने जोखिम टार्न सकेनन् । आधुनिकीकरणले निर्माण गरेको आधुनिक युगमा आधुनिक काल रूपि यमराजले आधुनिक सडकमा सवारी दुर्घटना गराएरै उहाँलाई पनि आफ्नो सिकार बनाईकन छाड्यो । 

मिति २०७८ चैत्र १३ गते आइतबार(चैत कृष्ण दशमी)का दिन उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.१० अन्तर्गतको मदनभण्डारी लोकमार्गमा सवारी दुर्घटनामा परि असामयिक निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । 

एड्वकेट राजकुमार र गुरूराज साथै उमा तिम्सिनाको पुज्यनीय पिताजी स्व. डण्डिराम तिम्सिना प्रति आत्माको शान्तिको कामना गर्दै स्वर्गमा बास होस् भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुखःद घडिमा सकाकुल परिवारमा सोकलाई शक्तिमा बदल्ने साहस इश्वरले प्रदान गरून् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं ।

भुवनमान श्रेष्ठ
जिल्ला सदस्य, 
नेपाली काङ्ग्रेस , उदयपुर

कविता: चेतना र साम्यवाद

 चेतना र साम्यवाद


हामी आफू कति होसमा छौं ?

कहिले महसुस नै गरेको छैन ।

किन थाहा छ ! 

किनकि हामीलाई होसमा आउन दिईएको छैन, 

गाँजा, भाङ, धतुरोको विभिन्न नशामा राखेका छन् ।

त्यही अचेतमा रमाई रहेका छौं ।

त्यही मातलाई हामी चेतना ठान्दैछौं । 


तर एक दिन त्यो नशा पनि 

नशा देखि दिक्क हुन्छ ।

अनि एक दिन त्यो अचेत पनि 

अचेत देखि दिक्क हुन्छ ।

नशाले आफुलाई होसमा ल्याउछ ।

अचेतले आफुलाई चेतमा ल्याउछ ।


जब छोराले सोध्नेछ आफ्नो बुबालाई ।

पत्निले सोध्ने छिन जब आफ्नो पतिलाई ।

हजुरले जे सोच्नु र गर्नु हुदैछ

के यही हो त वास्तविकता ?

के यही हो गुणस्तर चेतना ?


बाब, कतै यो भ्रमको चेतना त हैन !

ए बूढो, यो नशाको चेतना त हैन !

आफ्नो निर्णयले 

आफैलाई हित गरेको देखिदैन ! 

आफ्नो सुविधाले 

आफैलाई आनन्द आईरहेको छैन !

यो वास्तविक चेतना नहोला !


वास्तविक चेतनाको खोजी गर्नु पर्छ

अनि वास्तविकतामा रहनु पर्दछ

किनकि सचेतना यस्तो हुँदै हुदैन ।

यो नशाको बेहोसी हो ।

यो भाङको भ्रम हो ।

किनकि अहिले जे सोच्दैछौं,

अहिले जे गर्दैछौं त्यो 

वास्तविक चेतनाले गर्दै गर्दैन ।


आफुले अरूलाई 

अन्याय र शोषणमा राखेको,

विभेद र बहिष्कारणमा राखेका हौं 

भन्ने सोचमा रहन्छ 

तब सम्म त्यो नशाको अचेत हो ।

तब सम्म त्यो नशाको अचेत हो,

जब सम्म त्यो चेतनाले आफ्नो 

र आफुमाथी परेको अन्याय देख्न हेर्न खोज्दैन ।

नशा हुन्छ नै त्यस्तो होसमा आउन मन गर्दैन ।

अचेत हुन्छ नै त्यस्तो चेतमा आउन मन गर्दैन ।


तर एक दिन त्यो नशा पनि 

नशा देखि दिक्क हुन्छ ।

अनि एक दिन त्यो अचेत पनि 

अचेत देखि दिक्क हुन्छ ।

नशा होसमा आउँछ

अचेत चेतमा आउँछ 

त्यही दिन समाजवाद आउँछ ।

जुन दिन सबैमा समान चेतना आउँछ, 

त्यसै दिन देखि विश्वमा समाजवाद आउँछ ।


त्यही उच्च चेतनशील समाजवादले 

वैज्ञानिक साम्यवादी समाजको विकास गर्नेछ । 

समाजवाद, साम्यवाद मानव चेतनाको अवस्था हो ।

न यो कुनै राजनीतिक दलले ल्याउने 

व्यवस्था हो ।

न पेवा हो

न घोषणापत्र ।

यो सामाजिक चेतनाको विकासको चरण हो ।

यो समाजको संरचनात्मक गुणस्तर चेतनाको अवस्था हो ।


पूँजीवादी मस्तिष्कको चेतनाले 

सामाजवाद जसले बुझे

ती माक्रस भए । 

सामन्तवादी मस्तिष्कको चेतनाले 

साम्यवाद जसले बुझे ती बुद्ध भए । 


जब संरचनाको चेतनाले माक्र्स बुझ्दछ तब समाजवाद ।

जब सामाजिक संरचनाको चेतनाले बुद्ध बुझ्दछ तब साम्यवाद ।

संरचनात्मक गुणस्तर चेतनाको गुणस्तरीयता हो साम्यवाद ।


Thursday, March 24, 2022

उत्सुकताको उत्सुकता हो गम्भीरता

 उत्सुकताको उत्सुकता हो गम्भीरता 

विस्फोटताको विस्फोट हो गम्भीरता

प्रश्नहरूको गरूड प्रश्न हो गम्भीरता 

खोजमुलकको खोज हो गम्भीरता 

चिन्तनहरूको चिन्तन हो गम्भीरता


Tuesday, March 22, 2022

 उत्तरको पुँजीवादी बुद्ध र दक्षिणको लोकतान्त्रिक महादेवका कारणले विविधता बीचको एकता बाट बिचलित हामी निर्देशित एवं प्रभावित नेपाली र विवस एवं लाचार नेपाल। कहाँ छ नेपाल, को हो नेपाली!


विकसित शक्तिशाली र COVID19

 विकसित शक्तिशाली र COVID19

समय र परिस्थितिले कठिन जाँच लिएको विपत्तिको बेलामा कुनैपनि राज्य वा प्रशासनले आफ्नो समाज, विश्वसमाज वा सिङ्गो मानव सभ्यता र प्रकृतिको रक्षा गर्नसक्ने साहस र क्षमता राख्न सक्छ भने त्यस्तो कुनै पनि समाज, प्रशासन वा मुलुकलाई विकसित र शक्तिशाली मान्न सकिन्छ।

विकासको अर्थ तथा परिभाषा पढन र सुन्न जति सजिलो देखिन्छ त्यति नै कठिन छ यसको पूर्णप्राप्ति अझ भन्दा पूर्ण र उच्च विकसित के लाई भन्ने, मान्ने र कसरी प्राप्त गर्ने विषय असम्भव छ। किनकि यो सिधै मानवको स्वतन्त्रता, आवश्यकता र गुणस्तर जीवन संग जोडिएको हुन्छ जो समय अनुशार परिवर्तन भईरहन्छ। यसै क्रममा UNDP (United Nations Development Programme) को Human Development Report- अनुसार "विकासको मुख्य अभिप्राय मानिसहरूको छनौटलाई विस्तार गर्नु हो"(The basic purpose of development is to enlarge people's choices.1996)। 

"Human development is the end- economic growth a means."- 2009 मा भनेका छन् भने Dictionary of Sociology मा "व्यक्तिका सम्पूर्ण पक्षहरूको सम्मुनत अवस्था नै विकास हो" (Development is the fruitful betterment of individual in all aspects.)। अर्थात समग्रमा भन्दा मानवको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने प्रक्रिया विकास हो (The process of improving the quality of all human lives is development)। 

यसरी नै शक्तिको अर्थ र परिभाषामा Anthony Giddencs ले  "परिस्थितिलाई रूपान्तर गर्न सक्ने क्षमता (Ability to transform the situation)" भनेका छन्। यी सबै विषयको चिन्तन मन गर्दै गर्दा आज सम्म समाजको Pre-modern, Modern र Post-modern Society को अध्ययन गर्दै गर्दा पुनर्जागरण युग भन्दा पहिले, फ्रान्सको महान रक्तिम क्रान्ति, पहिलो-दोस्रो विश्वयुद्ध, अौद्योगिकरण हुँदै अाज सम्म आईपुग्दा जे जति भएको थियो सबै विकास र शक्तिका लागि भएको थियो भन्ने कुरा अस्विकार गर्न सकिन्न। यत्रो विज्ञान तथा प्रविधिको सहारामा आर्थिक वृद्धि गर्दै आफ्ना नागरिकको सामाजिक सुरक्षा, सामाजिक न्याय र कल्याणकारी राष्ट्रको ढोल पिट्दै आफ्नो मुलुकलाई विकास गरेको भनेर प्रमाणित गराउथे। अन्य मुलकलाई आफ्नो नियन्त्रण र निर्देशनमा राख्न विभिन्न योजनाको लोभ देखाएर आर्थिक साथै सैन्य बलको भरमा दादागिरी देखाउदै सर्वशक्तिमान पहिलो मुलुकहरू हौं भन्थे। तर विकास र शक्तिको परिभाषाको मापदण्ड भित्र नपरेको एउटा कोरोनाले प्रमाणित गरिदिएको छ। न विकासले दिने त्यो मानव सुरक्षा दिन सकेको देखियो नत परिस्थितिलाई रूपान्तरण गर्ने शक्तिशालीमा हुने क्षमता नै देखियो। आफ्नो नागरिक र विश्वसमाजको सुरक्षा गर्न नसक्नुले तिमी जस्तो राष्ट्रको परिचय फेरि एक पटक संकटमा परेको छ। के तिमी साँचैमा उच्च विकसित र महाशक्तिशाली हौ त!

क्षेप्यस्त्र, परमाणु बम, जैविक-अजैविक हतियार बनाएर मानव जगत तर्साउने, नियन्त्रणमा राख्न चाहने र निच एवं विनाशकारी क्रियाकलाप सहित विस्तारवाद, साम्राज्यवाद र दादागिरी प्रदर्शन गर्ने यस्ता मुलुकहरूको नामावली विश्वको हरेक मानवलाई थाहा भएको विषय हो। तर त्यस्ता मै हुँ भन्नेहरू एउटा सामान्य रूघाखोकिको अौषधी पत्तो लगाउन नसक्नेले आफुलाई उच्च विकसित र सम्पन्न मुलुक ठान्न्नेहरूको हैसियत बेला बेलामा उदाङ्गो बनाई रहेको छ। 

माक्र्सवाद अनुसार उत्पादनका साधनमा हुने पहुचको आधारमा निर्माण भएको वर्गहरूमा हुने त्यो असमानता र शोषणका कारण उत्पति हुने रोग समाजले वा समाजबाटनै सृजना भएको मान्दछ। त्यही रोगहरू मध्ये असामाजिक जीवनशैली बाट देखापरेको सामान्य सर्दिमौसममा देखिने कोरोना भाईसर (COVID-19) ले उच्च वर्गीय र विशिष्ट ठान्ने मुलुकहरूको जबर्जस्त बनिबनाएको सिर-नाक काटिएको र इज्जत नङ्ग्याईदिएको अजिवों गरिब अवस्था छ। मानवको वा आफ्नो मुलुकका नागरिकको गुणस्तर जीवन, सुख, खुशी, स्वास्थको सुरक्षा र ग्यारेन्टी जस्ता कुरा अार्थिक वृद्धिदर, सैनशक्ती र आविस्कार मात्रले निर्धारण गर्न नसक्ने रहेछ भन्ने पाठ सिकाएको छ।

विज्ञान तथा प्रविधि विकास प्राप्ति गर्ने साधन मात्र हो, साध्य होईन त्यसैले यसलाई दास बनाअौं, यसको दासी नबनौं। विज्ञान तथा प्रविधिको विकास र उच्चतम प्रयोग नै उच्च विकसित मान्न नसकिने अवस्था स्पष्ट देखियो। यस्तो विशेष परिस्थितिमा नेपालले आफ्नो  दैनिक जीवनमा यस प्रकारको सशक्ताको स्तर देखाउन सकेको छ त्यस्लाई विकास मान्न सकिन्छ कि सकिँदैन? प्रश्न यहाँ छ।

कुनै पनि कृतिम संकट होस् वा प्रकृतिक विपत्ति, त्यस्तो विशेष परिस्थितिमा आफ्नो समाज र मुलुकलाई  स्थिर, संयम, सरल र सामान्य अवस्थामा राख्न सक्ने र रहन सक्ने नेपाल र नेपाल जस्तो अन्य समाजलाई विकसित मान्ने कि नमान्ने? 

थोरै प्राकृतिक वा कृतिम विपत्ति वा सामाजिक संतुलनमा दायाँबायाँ, माथितल वा कुनैपनि खालको सामान्य गडबडी हुदा मानव सभ्यतानै संकटमा पर्ने धराप राष्ट्रहरू आफुलाई विकसित र शक्तिशाली भन्दै गर्दा सबैभन्दा बढी हाँस्यासपद विषय हुन सक्छ। तिम्रो विकासको परिभाषा भित्र तिमी आफै पर्न नसक्दै गर्दा तिमीलाई के आधारमा हाम्रो जस्तो मुलुकले महाशक्ति राष्ट्रको गन्तिमा राख्नु!

अन्त्यमा, यो मानव सभ्यता नै धरापमा पर्नसक्ने अवस्था आउदै गर्दा टुलुटुलु हेरेर बस्ने आफुलाई पहिलो र महाशक्तिशाली मुलुकमा राखेर अरूलाई दर्जा प्रदान गर्ने तिम्रो हैसियत छ कि छैन रहेछ भन्ने आफै बिचार गर। श्रोतसाधनको उच्चतम परिचालन गर्दै आर्थिक वृद्धिकालागि प्रमुख सहयोगी बनाईएको अौद्योगीकरण, विज्ञान तथा प्रविधिकरण, आधुनिकिकरण, प्रजातान्त्रिकरण र जैविक अजैविक हतियारको अविस्कारले उच्च विकसित, उच्च सम्पन्नता र महाशक्तिशाली हुनुको मापन गर्दैन रहेछ भन्ने सामान्य COVID-19 ले सबै राज्यहरूको क्षमता र भ्रम उदाङ्गो बनाईदिएको हुन सक्छ। अर्थात विकास र विकसित, सम्पन्न र सम्पन्नता, महाशक्ति मुलुकको परिभाषा र परिचय समय र अवस्था, परिवेश र परिस्थितिले निर्धारण गर्ने रहेछ भन्ने कुराको पाठ सिक्न जरुरी छ। सामाजिक सभ्यता, मानव सभ्यता र प्राकृतिक पर्यावरणको विनाशक वा सुरक्षा गर्न नसक्ने कुनै पनि मुलुक वा प्रशासनलाई कसरी विकसित र शक्तिशाली मान्नु!

१२/१३अौं शताब्दीमा जब धेरै यस्ता देशहरूको जन्म र न्वारान नभएको बेला आफ्नै कला, भाषा धर्म, संस्कार, संस्कृति, र परंमपरागत प्रविधि बाट सुसज्जित अति सभ्य र सम्पन्नताले परिचित वर्तमान नेपाली समाज, नेपाल र नेपाल जस्तो शान्ति र सुखी मुलुकलाई अविकसित भन्ने, अन्य मुलुकलाई दर्जा प्रदान गर्ने र दोस्रो, तेस्रो दर्जामा राख्ने मुलुकहरू पनि संकटमा परेको छ। यो विपत्तिको घडीमा र विशेष परिस्थितिमा अात्तिहाल्नु हुदैन र सामान्य अवस्थामा मात्तिहाल्नु हुदैन भन्ने पाठ सिक्दै विशिष्ट वर्गका राज्यहरूले अाफ्नो‍ सामाजिक, भौतिक, मनोवैज्ञानिक अवस्था, अनुशासन एवं हौसलाको स्तरलाई  कायम राख्नु पर्दछ।

ब्रह्माण्ड, पृथ्वी र विश्वसमाजको शुभचिन्तकको हैसियतले कोरोना भाईरसको संक्रमण बाट विभिन्न स्थानमा मृत्यु हुने मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं साथै संक्रमितहरूमा शिघ्र स्वास्थ लाभको कामना। 

दर्द र पिडा सबैको एकै हो। तिम्रो मुलुकलाई चोट लाग्दा हामीलाई पनि दुख्दछ र हामीलाई चोटलाग्दा तिमीलाई पनि दुख्नु पर्दछ। हर परिस्थितिमा विश्वसमाज एक भई हर सुख-दुख, हौसला र सहानुभूति आदान प्रदान गर्ने, आड भरोसा बन्ने एवं मन, वचन र कर्मका साथ मानवतावाद प्रदर्शन गर्दै कोरना भाईरस मात्र नभई हरेक विश्वसंकट र विपत्ति बिरूद्ध लडौं, बाँचौं र बचाअौं।


Saturday, March 19, 2022

अन्धविश्वास र रूढीवादी संस्कार नेपाली समाजको दीर्घरोग हो।


प्रेमले मानवलाई उदार बनाउदछ

 ८ हजार ८ सय ४८ मिटरको हृदयको त्यो सर्वोच्च उचाइमा कुनै पवित्र आत्माले विकट र कठिन यात्रा तपका साथ पार गर्दै प्यारको सुन्दर धव्जा जब गाढदछ तब त्यो ध्वजाको फरफराहट बाट निक्लिएको प्रितको आवाजले मस्तिष्कमा जगाउन सक्ने मानवतावादको आभाष बडो आनन्ददायी हुन्छ। तर प्यारले जगाउने आभाष र भावना जस्तै, त्यस्तै भ्रम जगाउदछ त्यो भौतिक आकर्षणले, पहिचान गर्नु चुक्नु हुन्न। यो व्रह्माण्ड, जगत र प्रकृति प्रति उदार हुन दिदैन भने त्यो प्रेम होईन। प्रेमले मानवलाई उदार बनाउदछ।


"जातिवादको शल्यक्रिया" लोकार्पण कार्यक्रममा

 सामाजिक अभियानता एवं सामाजिक चिकित्सक आदरणीय दाजु श्री मोहन गोले  (बिचमा) ज्यूको सामाजिक पुस्तक "जातिवादको शल्यक्रिया" लोकार्पण कार्यक्रममा अादरणीय सामाजिक अभियानता दाजु श्री सञ्जोग लाफाका साथमा....


"जातिवादको शल्यक्रिया" पुस्तक २०७७ चैत ७ गते शनिबार दिउँसो १२:०० बजे शिल्पि थियटर बत्तीसपुतलि (द्वारिका होटेलदेखि केहि तल, बाजेको सेकुवाको ५० मिटर अगाडि) मा विमोचन भएको छ।


यो पुस्तक दोलखा घर भै हाल काठमाडौमा अध्ययनरत छात्रा तथा सामाजिक अभियन्ता बहिनी करूणा विश्वकर्माको बाहुलिबाट विमोचन भएको छ जसले दलित भएको कारण भर्खरै काठमाडौमा बस्न कोठा समेत पाइनन् र जातीय विभेद तथा छुवाछुत विरुद्द न्यायलय जाने साहस गरिन् । 


पुस्तक विमोचन समारोहका वक्ताहरू हुनुहुन्छ :

१. कृष्ण खनाल (लेखक तथा राजनीतिक विष्

२. सिके लाल (लेखक तथा राजनीतिक विश्लेषक)

३. आहुती (लेखक तथा राजनीतिक विष्लेषक) 

४. मोहना अन्सारी (अधिकारकर्मी) ।


सहजीकरण : गोविन्द छन्त्याल (उपाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ तथा सामाजिक, नागरिक अभियन्ता) ।


सामाजिक अभियन्ता मोहन गोले तामाङको पछिल्लो कृति जातिवादको शल्यक्रिया पुस्तकमाथि विद्वान बौद्धिक व्यक्तित्वहरूको समिक्षात्मक विचार र विमोचन समारोहलाई आन्दोलनको रूपमा सम्पन्न गरौ।


श्री मोहन गोले सम्पर्क: ९८४२८३७३३०/९८१४७५३७७०


Thursday, March 17, 2022

 बौद्धिकता लाई पुजीन्छ, पुँजीपति लाई मानिन्छ। दुवैलाई सम्मान गर्नु पर्छ अनि समाज चल्छ।


नाङ्गो नियत र भ्रम

 नाङ्गो नियत र भ्रम

एक लिङ्गको अंगप्रदर्शनले विपरीत लिङ्गीको नियतलाई नाङ्गो बनाईरहेको हुन्छ। शरीरमा अर्ध पहिरन गर्ने भन्द, देख्नेको नियतले नाङ्गो हुने अाफैलाई लाज। 


नेपाली समाजको संरचनाको मुख्य एकाई गैरपितृमा अंगप्रदर्शनको विश्वास जसरी बढदै जान्छ त्यति नै कमजोर हुदै जानसक्छ हाम्रो त्यो गैरपितृ सशक्तीकरण। ईन्दिरा गान्धी देखि लक्ष्मी राई, डा. अारजु देउवा, अाङसाङ सुकी हुदै हिलारी क्लिन्टन सम्म देखियो तर उहाँहरूको त्यो रूप सम्झिदै अर्कै अनुभुती हुने, वास्तविक गैरपितृ।


हुनत पहिरनले कसैलाई न त ईन्दिरा बनाउछ न त हिलारी। बस, जो जे बन्दछ प्रयास र अभ्यासले बन्दछ। अाफ्नो विश्वासको मात्रा त्यो च्यातिएर जाने पहिरन, चाउरिएर जाने छाला र सुकेर जाने मांसपेशीमा नभई न्याय बुझ्ने चेतना, समता बुझ्ने बौद्धिकता र कहिले नथाक्ने अभ्यासमा भए सिङ्गो पितृसत्तालाई न्यायको कठघरामा ल्याउन सकिन्थ्यो जसले सामाजिक संरचनामा भएको अन्याय र असमानतालाई कैदि बनाउन अपराधी सावित गर्न प्रमााणलाई तथ्यगत बनाउन बल पुग्नेथियो।


त्यसैले छाला, हड्डी, बोसो र मांसपेशीको विश्वासमा नपर्न गैरपितृमा र त्यही देखेकै भरमा जीवनको सुन्दर अात्मालाई भ्रममा नपर्न गैरमातृमा अनुरोध। यस्तो क्रियाले गैरमातृ र गैरपितृ दुवैलाई अभियुक्त बनाउनेछ।

शुभकामना संरचनात्मक असमानता न्युनिकरणको।


Wednesday, March 16, 2022

 यदि कुनै व्यक्तिलाई अनावश्यक चिडचिडाहट र अस्वभाविक रिस उठ्ने हुन्छ भने विश्व स्वास्थ संगठन (WHO)ले त्यसलाई पनि बौद्धिक असन्तुलन (Intellectual Disorder) नामक अस्वस्थता वा स्वास्थमा समस्या मानेको छ। स्वस्थमा सामान्य अवस्थाको शुभकामना!


कविता

 उ उनीको पति,

उस्ले अन्य बाट कहिले त्यो अपेक्षा राख्दैनन् 

जो उनी बाट मात्र सधैं राख्छन्।


उनी उस्की पत्नी,

उनिले अन्य बाट कहिले नपाईने आभाष दिन्छीन्

जो अरूलाई दिन सक्दीनन्।


यही जो अन्यत्रमा खोज्दैनन् 

र अरूबाट त्यो अपेक्षा राख्दैनन् त्यस्तो पति।

यही जो अन्यत्रमा सोच्दैनन्

र अरूलाई आभाष दिन सक्दैनन् त्यस्ती पत्नी।



सयौंको बधले दिने अशान्ति एक्लैले दिनु सक्छीन्।

सयौं बुद्धले दिनसक्ने शान्ति एक्लैले दिनु सक्छीन्।

उनीनै कसैको जीवन हो, यदि भने आफै चिन्नसकिन्।


यत्तिनै हो सुखी दाम्पत्य जीवनको मुल मन्त्र।

जाने जान,नजाने मान, कहिले पाईन्न अन्यत्र।

Tuesday, March 15, 2022

 "मन मुटुको गहिराइ बाट कसैले कसैलाई ख्याल राख्छन् वा प्रेम गर्छन्, तिनलाई गुमाए पछि फेरि पाउन असम्भव जस्तो हुन्छ।"

त्यसैले....!


गरिब र गरिबी, मानवको भाग्य, गर्भ र धर्मका कारण

 गरिब र गरिबी, मानवको भाग्य, गर्भ र धर्मका कारणले हो र?


गरिबीलाई राजनीति बनाउनेहरू, मन्त्री,PM भईसके

गरिबीलाई व्यापार बनाउने व्यक्तिहरू, सम्पन्न भईसके

गरिबीको नाटक देखाउने गायक कलाकार, धनी हुदैछन्

गरिबहरूलाई शिक्षा स्वास्थ प्रदान गर्ने, सुगर फ्रि भईसके

गरिब र गरिबीको एम्बेस्डरहरू, दिनै धनधान्य भईसके

गरिबीको शत्रु पुँजीवाद भन्दै, आफै पुँजीपति बन्दैछन्

समाजलाई गरिबीकरण गर्दै, त्यसैमा आफु दानी हुदैछन्

गरिबीलाई समस्यिकरण गर्दै, उदार प्रजातान्त्रिक बन्दैछन्

गरिबीको अवस्था अझ खच्कंदो छ, झन गरिबी बढदैछन्


गरिब एवं गरिबी कुनै धर्म, गर्भ र भाग्यले निर्धारण गर्ने नभई समाजमा केही शक्तिशाली तर अल्पमतमा रहेका कुनै निश्चित व्यक्ति, समूह, वर्ग र राष्ट्रले योजनाबद्ध ढङ्गले बनाईरहेको हुन्छ। समाजले जब सम्म ऐ कुरा बुझ्दैन र बुझाउन सकिँदैन तब सम्म यो गरिबीको खेल खेलेर धेरै गरिब व्यक्ति गरिबी मुक्त भईसके, हुदैछन् र हुनेछन् अझै। पार्टी, आदर्श, सिद्धान्त, जात, जाति, भाषा, धर्म, लिङ्ग, पाछा, गोत्र, भूगोल, चुच्चे, थेप्चो, कैलो, कालो, होचो, अग्लो, समावेशीता, अधिकार लागयत यस्तै यस्तै विभिन्न नारा बनाईरहेका छन्। यसैको नाममा शक्तिशाली अफिमका रूपमा प्रयोग गर्दै वा कानेखुसी गरेर ती कानेखुसी गर्ने वा सडक संघर्षको नेतृत्व गर्ने वा सहानुभूतिपूर्ण व्यवहार गर्ने व्यक्ति, संस्था वा राष्ट्र निकै सम्पन्न भईसके। हाम्रो जस्तो विविधतामा एकता हुन नसकेको मुलुकमा तपाँई हामी मानवलाई राजनीति,जात, जाति, भाषा, धर्म, लिङ्गको अफिम सुघाएर नागरिकको चेतनालाई चेतको चेतनामा आउन नदिनेहरू व्यापक छन्। हामी जनता आफु समतामुलक हुन र कल्याणकारी अधिकार सम्पन्न हुन प्रजातान्त्रिक पद्धतिमा सहभागी बनेका हौं, नकि कसैलाई धनी बनाउन। जसरी हामीले कसैलाई धनी बनाउदैछौं प्रत्यक्ष परोक्ष त्यसरी नै हामीलाई कसैले नियत सहित योजनाबद्ध ढङ्गले गरिबीमा धकेल्दैछन्। त्यसको पहिलो दोष र जवाफदेहिता राज्यको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा बस्नेहरूले लिनु पर्दछ जस्ले सर्वसाधारणमाथिको कर्तव्य, दायित्व, नैतिकता र ईमानदारीता गुमाएर अन्तर्घात गर्यो र गर्दैछन्।


माक्सवाद अनुशार पुँजीवादी उत्पादनका स्वरूप भएको समाजमा शासक वर्गले उत्पादन, वितरण र विनिमयका साधनहरूको नियन्त्रण मात्र गर्दैनन् कि, राजनीतिक शक्तिका संस्थाहरूलाई हस्तक्षेप र नियन्त्रण समेत गर्छन्। अर्थात उत्पादनका साधनहरूमा समान पहुच नहुनुले वा असमानताले सृजना गर्ने वा गराईने पहिलो समस्याको विषय नै गरिबी हो। जो समाजमा समाजद्वारा नियोजित हुन्छ त्यसैले यसलाई भाग्यवाद संग नजोडी सामाजिक हो भन्नु गैरपतनवादी धारणा हो। यसरी नै विभिन्न समाजशास्त्री वैज्ञानिक र दार्शनिकहरूका अनुशार यस्ता विषयहरू सामाजिक हो र समाज द्वारा निर्मित हो भन्ने शास्त्रीय दृष्टिकोण सहित विभिन्न पुस्तकहरूमा प्रस्तुत गरेका छन्। युरोपका समाजशास्त्री Arturo Escobar द्वार सम्पन्न र शक्तिशाली राष्ट्रहरूले र वर्गहरूले गरिबीलाई कसरी अझ गरिबीकरण गर्दैछन् र समस्यिकरण गरिदैछ साथै यसैमाथि कस्ता खालका राजनीतिक गर्दैछन् भन्ने खुलेर वकालत गरेका छन्। सामान्य राज्यलाई कसरी कमजोर बनाईदैछ र अझ गरिबीमा धकेलिदैछ भन्ने सबाल तथ्य र कारण सहित "The making and unmaking of the third world through development"(1997)मा प्रस्तुत गरेका छन्।

गरिबी जसरी योजनाबद्ध निर्मीत विषय हो त्यसरी नै हाम्रो जन्म र जीवन पनि केही हदसम्म समाजद्वार निर्मित र निर्धारित हो। पिताको माध्यमबाट माताको गर्भमार्फत जन्मलिनु भग्यको खेल कसरी मान्नु! समाज र राज्यको लापरबाहीका कारण उपचार नपाएर वा दुर्घटना बाट ज्यान गएको विषय कसरी भाग्यको प्रसंग मान्नु! नदेखिएको भाग्यको भर कति पर्ने र त्रसित बनाई रहने नियम र धार्मिक संस्थाको भर किन र कति गर्ने भन्ने निर्णयमा आफै पुग्न जरुरी छ। मानव र राज्यलाई मूर्ख र बेबकुफ बनाई रहने र बनेको हेर्न चाहना राख्छन् केही निश्चित लक्ष्य प्राप्त गर्ने परराष्ट्र, व्यक्ति वा वर्ग। 

त्यसैले आफ्नो दैनिक जीवनलाई व्यवहारिक र वैज्ञानिक सोचको बनाअौं। भाग्यवाद र बहुदेवतावाद प्रतिको विश्वासले अाज हामी र हाम्रो समाज विश्व परिवेशमा कुन स्थानमा छौं! र किन र कुन कारणले हो भनेर अझै नसोच्नु, नखोज्नु पनि गौहत्या भन्दा ठूलो पाप हो। किनकि त्यही कथित धार्मिक र परंरागत सोच बोकेको संस्कारले हरेक पल मानवको हत्या भईरहेको हुन्छ जो एक गौप्राणी भन्दा कयौं गुना ठूलो अपराध मान्नु पर्दछ।


आज हामी जे छौं र जे हौं त्यो भाग्य, गर्भ र धर्मको कारणले नभई समस्याको जड पत्ता लगाउन नसक्ने हाम्रो अवैज्ञानिक, असामाजिक सोच र संस्कार जस्तो सामाजिक र केहीको नियोजित कारणले हो। नत्र तेत्तीस कोटि देवताले बास गरेको नेपाल आज किन अन्तीम पहिलो सूचिमा छौं?


दासवर्गका बौद्धिक

 दासवर्गका बौद्धिक 

नेपालका सर्वश्रेष्ठ प्राणीको जन्म त स्वतन्त्र रूपमा भयो तर यो मस्तिष्कको चेतनालाई कसैले कब्जामा राखेर दास बनाईरहेको, कसैले कतैबाट संचालन गरिरहेको जस्तो भान हुन्छ। 


मस्तिष्कमा रहेको गिदि त आफैले बोकेका छौं तर कोही अरूकालागि बोकीरहेका छैनौं कतै! गोबर र हिलो बोक्ने  मेहनत, कर्तब्य र दायित्वमा पहिलो नाम तर श्रेणीमा अपहेलित र पिडित, स्वतन्त्र कृषक वर्ग बरू वास्तविकतामा, व्यवहारमा श्रेष्ठ र बौद्धिक देखियो तर  मगमग सुगन्धित बासना आउने, ठानिएको बौद्धिक वर्ग पनि रहेको यस्तो देश देख्दा, ति कसैको दास देखियो। देखिदा उच्च जस्तो देखिने तर यथार्थमा अन्तिम पहिलो वर्गमा स्थापित बौद्धिक वर्ग आफ्नै कारणले समाजले पवित्र अछुतो बनाएको त हैन। 


बौद्धिकताको स्वभाव के हो! अरूले मानिदियोस भनेर पर्खिएर बस्नेकी, आफुले क्षमतानुसारको योगदान गर्ने! बौद्धिकता र त्यो बौद्धिक उपलब्धि वर्गमा उच्चता र उच्च पदसोपमा पर्ने साधनको रूपमा प्रयोग नगरियोस्। यसको प्रयोग भरपुर गरियोस्। नेपाली समाजको चेतनालाई गुणस्तर बनाउन नसक्नुको जिम्मेवारी बौद्धिक वर्गले लिनु पर्दछ नत्र पवित्र पहिलो नभई अन्तिम पहिलो नै कायम रहनेछ।


आफैले बोकेको आफ्नो गिदिलाई आफैले चलाउने दिन आउला त!


मानव र स्वतन्त्रता

मानव र स्वतन्त्रता 

ऋतु संगै रमाईररहेेेका जीव, जलाचर र पंक्षीहरू संग कर उठाउन बाँकी छ सर्वश्रेष्ठ प्राणी एवं व्रह्माण्डका आधिपति मानवले। वसंत ऋृतु संगै रमाईरहेआ ति चराहरूको स्वतन्त्रता देखेर मानवले नै दास बनाएको अाफु मानवलाई सम्झन्छु अनि निष्कर्षमा पुग्छु कि मानव जन्मिदै स्वतन्त्र मानिन्छन् तर यथार्थ ठिक विपरीत रहेछ। 


सर्वसाधरण मानव न जन्मिदा स्वतन्त्र छन् न त जीवनकाल भरी स्वतन्त्र रहन पाउछन्। म्यारीज र सतरंज खेलका खेलाडीले फ्याल्ने र चाल्ने चालको एक पत्ती र गोटी माात्र हौं चाहे त्यो एक्का, मिस्सी, बादशाह होस् या प्यादा। कहिनकहि कतैनकतै प्रत्यक्ष परोक्ष बाट मानव सबै गुलाम हुन्। 


स्वतन्त्रताको परिभाषाको रूपमा ति जीव जलाचर लाई लिन सकिन्छ जसलाई पैसा र पासपोर्ट चाहिदैन। प्रकृति र प्राकृतिक भन्दा भिन्न र छुट्टै अस्तित्व कायम गर्ने मानव तिनैको स्वतन्त्रताको बाधक बनिरहेको छ जो आफुपनि स्वतन्त्रको मर्म र भावनामा रहन चाहदैनन् र प्रकृति र प्राकृतिक तत्वहरूलाई स्वतन्त्र रहन दिदैनन्। मानव सभ्यताको ऐतिहासिक सन्दर्भलाई अध्ययन गर्दै गर्दा स्वतन्त्रता र स्वायत्ततालाई कानुन बनाएर खटाएर वितरण गर्नेमा उद्यत देखिन्छ सर्वश्रेष्ठ प्राणी मानव जाति। जानि नजानी शारीरिक र मानसिक रूपमा सबैलाई दास र मालिक बन्ने र नियन्त्रणमा रहने र राख्ने यहि क्रियाकलापमा संलग्न भईरहेको पाईन्छ। 

      

प्रकृति र ऋतु संग रमाउन छोडेको मानवको सामाजिक इतिहास बाट सिक्दै भविष्यको खाका कोरेर मन, वचन र कर्मले तन, मन, धन सहित बढनुको विकल्प खोजे वर्तमानमा व्यहोरी रहेको भन्दा अझ भयङ्कर दुर्घटनामा पर्ने निश्चित छ। यस्तै विषयलाई मानव आफुले स्विकार्दै प्रकृतिका हरेक तत्वलाई स्वतन्त्र रहनदिने र रहनेमा अभ्यास र प्रयासरत रहौं। ऋतु संग रमाअौं र रम्न दिअौं।


Monday, March 14, 2022

 "Marriage is a contract for the production and maintenance of children."- Malinoswski

वर्तमान उत्तरआधुनिक सामाजिक जीवनमा विवाह प्रतिको दृष्टिकोणमा वैज्ञानिकता र व्यवहारीकताको ज्ञान नारी पुरूष दुवैले राख्न जरुरी छ। के वैवाहिक सम्बन्धका विषयमा वास्तवमै विभिन्न धर्मशास्त्रहरूमा उल्लेख गरेजस्तै त्यो यथार्थ हो त? धर्मका नाममा कतै पितृसत्तात्मक संस्थाको अधिनायकत्व वा निश्चित समुहको स्वार्थपूर्ति गर्ने साधन त हैन?


 विश्वसमाजमा प्राणघातक रोगको ऐतिहासिक सन्दर्भलाई अध्ययन गर्दा समय समयमा कोरोना भाईसर जस्ता कयौं घातक रोगहरूको उत्पत्तिका कारक समाज आ


फै देखिएको छ। अर्थात आर्थिक, राजनैतिक, शैक्षिक, भौगोलिक, सामाजिक असमानता एवं अनैतिकता, गरिबी, चेतनाको अभाव साथै अप्राकृतिक,असामाजिक जीवनशैली नै प्रमुख कारण रहेको मान्न सकिन्छ। न यो समाज यस्ता विषयको जिम्मा लिन नै तैयार छ, न त यसबाट पाठ सिक्ननै। फेरिपनि यस प्रकारका विपत्ति बाट बच्ने र बचाउने वा समस्या निदानका ज्ञान र उपायहरू पनि यही समाजसँग रहेको कुरा धुर्वसत्य हो। 

समाज आफै विष, आफै विखुमा।

Sunday, March 13, 2022

 नेपाली समाजका हरेक क्षेत्र समेटने सामाजिक तथा प्राकृतिक विज्ञानका विद्वानहरूले सामाजिक चेतनामा एकरूपताकालागि, पुनर्जागरणकालागि बौद्धिक क्रान्ति गर्न जरुरी देखिएको छ। नेपाली समाजको मुक्तिका लागि बौद्धिक एवं वैज्ञानिक सांस्कृतिक क्रान्तिको महसुस हुदैछ। नेपाली समाजको मुख्य शत्रु मन, वचन र कर्मको संस्कार हो जसको पहिचान भईसकेको छ।नेपाली समाजको सामाजिक संरचना वा व्यक्तिमा रहेको मन, वचन र कर्मको संयोग नहुनु नेपाललाई अभिषाप हो। सामाजिक संस्थाहरूको साझा लक्ष्य हासिल गर्ने ध्येय कतै देखिदैन, सबै अाफ्नै दौडमा देखिन्छ। कुनै सामाजिक संस्थाको त्याग, अनुशासन, नैतिकतामा गुणस्तर कतै देखिदैन। 

अब सामाजिक संरचनाका कारणले समाजमा नियमितता नआएको हो कि सामाजिक संरचना निर्माण गर्ने व्यक्तिका अनियमितताले हो?

 दोष लगाउने व्यक्ति वा संरचना अन्यलाई आरोप लगाउदा अाफु पवित्र हुन खोज्ने संस्कार घातक हो।


 



"आर्थिक सम्बन्धहरूले अन्ततोगत्वा सम्पूर्ण सामाजिक र राजनीतिक जीवन निर्धारण गर्छ।"- माक्र्स


"वर्तमान राज्यको कार्यकारी अरू केही नभएर सम्पूर्ण पुँजीपतिहरूको स्वार्थलाई व्यवस्थापन गर्ने समिति हो।"

-माक्रसवाद


 मानसिक दरिद्रता "कोरोना भाईरस" भन्दा अझ बढी घातक हुन्छ। अाज हाम्रो नेपाल जस्तो अवस्थामा छ, हामी जे छौं र जे हौं सबै त्यही ऐतिहासिक सन्दर्भमा भएको मानसिक संकुचितता र दरिद्रता कै उपज हो। जनतालाई दास बनाएर अाफु र अाफ्नो सन्ततिलाई पुस्तौंपुस्ता युगौंयुग मालिक बनाईरहने लोभले सृजना गरेको अतिवाद र मानवलाई पशु सम्झेर अाफु गोठाला बनिरहने भ्रमले सृजना गरेको दरिद्रता नै अाजको नेपाल हो।

पशुको गोठालो हुनु भन्दा शिक्षित एवं सभ्य मानिसको मानवतावादी विष्णु हुनखोज्ने बुद्धिले बास गरेको भए अाजको दिनमा तिमी तिमी रहन्थ्यौ, हामी हामी रहन्थ्यौं, र अाज हाम्रो देश देश रहन्थ्यो।

अनि हाम्रो PM को मृगौला पनि यसरी कार्यविमुख हुदैन थियो। किड्नी स्वस्थ रहेको भए मस्तिष्कले अाफ्नो नियमित कार्य गर्दथियो। तिमीहरूको ऐतिहासिक सन्दर्भका कारणले गर्दा अाज हामी गफाडीको गफ झै विकास र समृद्धिको जुवाडे गफ सुन्नु पर्दैछ। तिमी र तिम्रो गफाडी प्रशासनको कुनै दोष छैन। दोष छ त त्यो किराँतकाल, लिछिवीकाल, मल्लकाल, राणाकाल, पञ्चायती, अनि प्रजातन्त्र व्यवस्थाको। तिमीलाई निर्माण गर्ने समाज नै त्यस्तै गफाडीको गफमा भुलीन रूचाउछन् भने कस्को दोष। यहाँ कोही दोषी छैन। दोषी छ त केवल ती ऐतिहासिक तत्कालीन व्यवस्थाहरू।


 हो! चौथो (शुद्र) समूह मानिने मानव वर्णको गर्भबाट जन्मलिन कोही कसैले निवेदन हालेको हुदैन। न पहिलो (व्राह्मण), दोस्रो (क्षेत्री) नत तेस्रो (वैश्य)मा पर्नेले नै कुनै जन्मको माग राखेको हुन्छ कसैसंग। तर जन्म पश्चात्  बाचुन्जेल यो धर्तीमा मानव सबैको समतामुलक अवसर र सम्मानका साथ गुणस्तर जीवन बाँचन पाउने अधिकार साझा हो।

वादहरूको वाद हो मानवतावाद। यो सामान्य मानव मात्रले बुझ्ने वाद हो। सिङ पुच्छर र भुत्ला भएकोले बुझ्नै सक्दैनन् किनकि यो मानवतावादी अादर्शवाद हो पशुवाद हैन। यो भन्दा उच्च कुनै मन्त्र छैन। यो भन्दा खुल्ला र गहिरो कुनै कुनै अरूको अस्तित्व छैन। एकदिन जानुनै छ, बुझेर र बुझाएर जाअौं।


 अाफु र अाफ्नो बालबालिकाले त्यस्तो पानी पिउदैछौं जुन पानीले विदेशमा त्यहाँका नागरिक नुहाउदैनन् पनि। तर अझ हामी नै राष्ट्र अन्तर्राष्ट्रिय ठगहरूको अमर्यादित, नैतिकहिन र तुच्छ क्रियाकलापलाई राजनीतिक घटनाक्रम ठान्दैछौं जो वास्तवमा यथार्थ होईन। प्राप्त पद तथा शक्तिलाई नागरिकको वा मानवको न्यायकालागि, विशुद्ध हितका लागि गरिने न्यायिक अभ्यास हो राजनीति भन्ने विषय भन्दा गलत दिशानिर्देश गरेर अामसर्वसाधरणलाई भूल्याईदैछ। 


पानीमा ढल अाउछ, खाद्यान्नमा मिसावट, कृषक मारमा, राष्ट्रसेवक, श्रमजीवी र पेशाकर्मीलाई अभाव, शिक्षा र स्वास्थमा डकैती, मूल्यवृद्धि, लगानीको असुरक्षा, वातावरण प्रदुषण, मानवअधिकारको ग्यारेन्टी छैन, मौलिक हक र सामाजिक सुरक्षा पनि त्यही राजनीति भित्र पर्दछ भन्ने जनताले बिर्सिसके। बस सबैको मुखमा तै र तिनै ठगलाई अपवित्र बनाउने र तिनैलाई पवित्र बनाउने तिर लागेको पाईन्छ। नागरिकको भूईमान्छेको अावाज कस्ले बोल्ने, कुन दलले बोल्ने?


 धन र धान नहुनेहरूपनि दुखि छन् साथै हुनेहरू पनि दुखि छन्। धन र धान सुखदुःखको कारण हो र! अर्थात धनले न दु:ख टार्न सक्छ न त सुख स्थापित गराउन सक्छ। बरू अझ दु:ख बढाउन सक्छ।

- बुद्ध


 जसले सबै थोक त्याग्यो, गुमायो उसैले सबैथोक पायो, जसलाई लाग्छ उस्ले सबै कुरा पायो उ भन्दा ठुलो निर्धन अरू कोही हुदैनन्।

-बौद्धिष्ट ग्रन्थ


 मानसिक हिंसा वा शोषणमा परेका वा बेेरोजगार भएका युवा नेपालमा छैनन् र! यदि बेरोजगार, मानसिक पिडा, शोषण नै हेर्ने हो र न्यायको सहयोग गर्ने हो भने नेपालमा रहेका युवाहरू प्रति पनि ध्यानाकर्षण गर्नु पर्ने हुन्छ। 

हरेक घण्टा यहाँका युवाहरूलाई मानसिक पिडाको सिकार बनाउदैछन् ति शासक र प्रशासकको तुच्छ विचार र व्यवहारले, यो कुरा मान्ने की नमान्ने? कसैलाई अन्याय नहोस् र नपरोस्। 

नेपाली राष्ट्रियता भएको अमेरिकी नागरिक र विश्व समाजमा संस्थागत वा व्यक्ति बाट शोषण, विभेद र अन्यायमा परेका ति हरेक युवा प्रति त्यस्तै न्याय र सहयोगको शुभकामना व्यक्त गर्दछौं।

बिडम्बना, नेपाल त्यस्तो संवेदनशील राज्यानको गन्तिमा पर्दैन।


 १७ हजार नेपाली नागरिकलाई जसले जे विचारको क्रान्ति दिएर सहिद बन्न बाध्य बनाए उनको शरीर मात्र नास भएको हो। अब उनले विचार पुर्‍याउनु पर्छ जसले तै विचार रूपी लक्ष्य भुलेर भड्किएर ति अमर सहिदको मर्म र भावना विपरीत जाँदैछन्। ति विचार रूपी आत्माले शरीर त्यागेको हो त्यो विचार र आदर्शले अर्को शरीर र मस्तिष्क नपाईन्जेल सम्म मात्र ति लोभी पापी मानिस सुरक्षीत हुन् जो त्यस शान्तिलाई हिंसामा परिणत गरे। 

हिंसा र तिकडमले कोही कसैको जित, न भएको थियो, न भएको छ र हुनेछ। जनताका लागि गरिने राजनीतिको पहिलो मन्त्र र अन्तिम शस्त्र  भनेको शान्ति, सद्भाव र एकता नै हो।


Saturday, March 12, 2022

Cultural Reform

 उच्च साँस्कृतिक पुँजी (High Cultural Capital-"The Forms of Capital"-1985) समाजको शान्ति, सद्भाव र विकासको साधक पनि हो भने बाधक पनि, अवसर पनि हो भने चुनौती पनि। नेपालको वर्तमान संकट र विपत्तिको कारक तत्व यसलाई मान्न सकिन्छ कि सकिन्न! यदि हो  भनेर मान्ने हो भने अब प्रगति, परिवर्तन, सुख र खुशी स्थायी स्थापनाकालागि यसलाई समाधान र अवसर तिर लान सांस्कृतिक क्रान्ति मात्र विकल्प हो र! नेपाली समाजको शान्ति, एकता र विकासको बाधक संस्कृति हो भने जसरी हुन्छ साँस्कृतिक पुन:निर्माण (Cultural Reform) को बाटो रोज्नुको विकल्प देखिन्न।


Cultural capital comprises the social assets of a person (education, intellect, style of speech, style of dress, way of thinking, theorising, and doing etc.) that promote social mobility in a stratified society. Bourdieu describes cultural capital as a person's education (knowledge and intellectual skills) that provides advantage in achieving a higher social-status in society.


ड्राइभ प्रवृत्ति र सिंहदरबार


 सवारी साधनको स्ट्रिङमा बसेको ड्राईभरले त पैदलयात्रुको मर्म र भावना बुझ्न सकेको छैन अनि हामी सिंहदरबारमा बसेर राज्य र नागरिकको भविष्यको जहाज उडाउने लाई सच्याउन खोज्छौं । आफू के गर्दैछु भन्दा त्यसले के गर्दैछ भन्ने यस्तो प्रवृत्ति नेपाली समाजको पेवा बनिसकेको छ । आफ्नो आफ्नो तह र क्षमता अनुसारको शक्तिको अभ्यास र प्रदर्शन गर्नु नेपाली समाजको संस्कृति नै बनेको देखिन्छ । सम्मान र समानता अनुभव गर्न सम्मान र समानताको व्यवहार प्रस्तुत गर्नु पर्दछ । यदि त्यसो हुदैन भने त्यहाँ नाफाको नामको चोरी, अन्याय र भ्रष्टाचारको खेल चलिरहन्छ जहाँ नेपाली नागरिकको हक अधिकार तथा सामाजिक सुरक्षालाई छक्का र चौका हानी रहनेछन् । त्यस खेलको प्रतिपक्ष खेलाडी पनि हामी समपक्षी खेलाडी पनि हामी । यो खेल कसैलाई आफुले जिते जस्ता लागे पनि हार्ने हामी । यो हार-हारको खेल खेल्ने वास्तविक खेलाडी हामी । आफुले आफुलाई हराउने प्रवृत्तिका हामी र हाम्रो समाज ।


एक सवारी चालकले सडक अनुशासन तोडेर अचेत झै पैदल यात्रुलाई आफ्नो हैसियत देखाउदा हुने अनि सिंहदरबारमा बस्नेले देखाउन चै न हुने हो र ! देखाउन नहुने हो तर सबैले आ-आफ्नो तहबाट शक्ति तथा क्षमता अनुसारको शोषण र अन्यायको अभ्यास गरिररहेको देखिन्छ । सिंहदरबार बस्नेले यही ड्राईभर प्रवृत्त मात्र देखाएको हो । यति फरक हो ड्राईभरले सडकमा पैदलयात्रु लाई देखाँउछ भने सिंहदरबारमा बस्नेले देश र नागरिकलाई । जुन एउटै विषय प्रसंग र प्रवृत्ति हो मान्न सकिन्छ । यहि नै नेपाली समाजको मस्तिष्कमा रहेको मूल्य मान्यता हो जो संस्कृति बनिसकेको छ साथै त्यही नै ब्यवहारमा देखिएको मात्र हो ।


जब सम्म अरूको विषयमा सोच्ने संस्कृतिको विकास र अभ्यास गरिदैन तब सम्म तपाई हाम्रो विषयमा सोच्ने फुर्सद कसैलाई हुदैन । ड्राईभरले अरूको विषय र अनुभवको बारेमा नसोच्दा हुन्छ भने नेपालको कार्यकारी पदमा बस्ने स्थाई अस्थाई सरकारका व्यक्तिले नसोदा पनि हुन्छ । त्यही साँस्कृतिक पक्ष नै हो नेपाली समाजको अविकासको कारक । आफुले भोगिरहेको, अनुभव गरेको, महसुस गरेको अन्याय, असमानता, शोषणका विषयमा मात्र नभई समाज भित्र कुन कुन व्यक्तिले ले कस्ता कस्ता खालका अनुभव गरिरहेका छन् भनेर अध्ययन र चिन्तन गर्नु महत्वपूर्ण विषय हो । यस्तो अभ्यासले नेपालको विकास र समृद्धि लाई कसैले बाधा अवरोध गर्न सक्दैनन् । नेपालको अविकास र दुखको कारक हामी नेपाली समाज र हामीले विकास गरेका मूल्य, मान्यता र अभ्यास गर्ने गरेको संस्कृति नै हो । यो सम्म पुग्ने, स्विकार्ने र आत्मालोचना गर्ने चेतनाको अभ्यास व्यापक रूपमा गर्नु पर्ने देखिन्छ ।


सिम्रिक रंगको पछ्यौरी, हरियो साडी पहिरनमा कालो झोला बोकेकी मधेसी गाँउले महिला जो बाटो काटन प्रयास गरिरहेकी छिन । निकैबेर अघि पछि गरिरहन्छीन । सायद सहायताको अपेक्षा गरिरहेकी हुन सक्छ ती सवारी चालक लगायत अन्य पैदलयात्रु बाट । यो छोटो क्लिपले नेपाली समाजको यथार्थ प्रस्तुत गर्दछ ।

हामी सबैलाई शुभकामना ।


पुँजीवादी पितृसत्ता र मानव चेतना

 पुँजीवादी पितृसत्ता र मानव चेतना


विवाह पश्चात् महिलाले आफ्नो थर परिवर्तन गर्नु, दुवै थर लेख्नु जस्ता अभ्यास पितृसत्तात्मक समाजमा हुन्छ । विगतका समाजले विवाह पश्चात नारीले आफ्नो वंशाणुगत थरको अभ्यास गर्दैन थियो वा गराउदैन थिए । वर्तमान समाज हिजो सामन्तवादी पितृसत्ताको भन्दा फरक र उदार देखिएता पनि पितृसत्ताले पुँजीवाद र पुँजीवादले पितृसत्ता संग गठबन्धन गरेको छ, मीत लगाएको छ, एकअर्काले आ-आफ्नो उदेश्य, लक्ष्य प्राप्तिकालागि आफुलाई अन्तर्घुलित बनाएको छ । यसकालागि पुँजीवादी पितृसत्ताले हदपार गरेर सामाजिक समानता र सद्भाव भाँडन हदै सम्मको उदण्डता तर्फ आकर्षण भएको देखिन्छ । प्रमाणीत छ, किनकि यहाँ सबैलाई नाफा, शक्ति र सत्ता चाहिएको छ जो पुँजीवादी पितृसत्ताको प्रभावको कारण ह‍ईन नकार्न सकिन्न ।


लामो ऐतिहासिक पृष्ठभूमि बोकेको पितृसत्ताले आफ्नो सर्वसत्तावाद कायम राख्न समय अनुसार रूप परिवर्तन र परिस्थिति अनुसार निर्णय परिवर्तन गरेको अभ्यास पाउन सकिन्छ । त्यसरी नै पुँजीवादले लगानी, नाफा र पुनःलगानीको गायत्री मन्त्र टिकाउन र नाफाको नामको चोरी गरिरहने अवसरलाई निरंतर, स्थायी र दिगो बनाउन भावनासंग खेलेर हरेक छलकपट गरेको देखिन्छ । पुँजीवाद नाफाको नामको चोरी र पितृसत्ता लिङ्गको नामको सर्वसत्तावाद दुवै ठग हो साथै दुवै सामाजिक अन्याय, शोषण तथा असमानताको कारक हो । 


पुँजीवाद र पितृसत्ता दुवै मिलेर विश्वसमाजमा अझ असमानताको खाल्डो बढाउदैछ । विश्वसमाजलाई नाफा संकलन गर्ने थलो र सत्ता र शक्तिको क्रिडास्थल बनाईदैछ । यहाँ मानिसलाई, कुनै लिङ्ग विशेषलाई उपभोक्ता वा मजदुरको भन्दा माथिल्लो स्तर दिईएको छैन । यसले आफुपायक अर्थ र परिभाष साथै संस्कृतिको निर्माण र विनिर्माण र पुनःनिर्माण गरिरहेको छ । सुन्दरताको अर्थ जब सम्म आँखाको गाजल, ओठको लाली, अनुहारमा लगाउने लेपन मलम साथै शारीरिक बनावट, अतर-वस्त्र-आभुषणमा छ भनेर पितृसत्ताले व्याख्या विश्लेषण गर्दछ तब सम्म पुँजीवादले आफ्नै शैलीमा लाभ लिईरहनेछ । त्यसैले पुँजीवादले पितृसत्ताको पक्षपोषण गर्नु पहिलो दायित्व र कर्तव्य ठान्दछ । 


पुँजीवादले पितृसत्तालाई र पितृसत्ताले पुँजीवादलाई बडो प्राविधिक ढङ्गबाट समर्थन र सहयोग गरेको हुन्छ जो बुझ्न नाङ्गो आँखा, सरल मस्तिष्कले भन्दा सामाजिक दृष्टिकोणको बौद्धिक नजरनै चाहिने हुन्छ । समय संगै पुँजीवादी पितृसत्ताले चोरी र सर्वसत्ताकालागि आफुलाई अपडेट गराउने फरक फरक परिस्थिति अनुसार आफुलाई परिवर्तन गराईरहने गरेको पाईन्छ । साथै स्थान भूगोल र संस्कृति विशेष संगै "रोममा हुदा रोमन जस्तै" बन्न सक्ने बडो ईन्द्रजाले प्राविधिक क्षमता रहेको हुन्छ । नाफा, सत्ता र शक्तिका लागि सामाजिक हद पुनःनिर्माण गर्न जुनसुकै तह बाट गुज्रिने क्षमता हुन्छ जसको नाम विज्ञान, प्रविधि, आधुनिकता, उदारवाद भनेर चिनाउदछ, अर्थ लगाउदछ । 


पुँजीवादी पितृसत्ता सर्वव्यापक छ, विश्वको सबै स्थानमा आ-आफ्नो स्वरूपमा रहेको छ । सधैं रहदैन अर्थात यो सर्वकालिक भने होईन तर जति र जहिले सम्म रहन्छ तब सम्म नाफाको नामको चोरी डकैती (कर्ल माक्र्स) र लिङ्गको नामको सर्वसत्तावाद रहिरहनेछ । जसले समाजमा शोषण, विभेद र असमानता उन्मुलन हुन दिनेछैन । यसको उन्मुलनका लागि विश्वसमाजका सबै मानिसको सामाजिक सुरक्षा, मानव अधिकार, लगायत हकको वितरण र उपलब्धताले सुख र खुशीको अनुभव गराउनु पर्दछ भने सबैको चेतनाको गुणस्तर उच्च र समान हुनु पर्दछ ।


Thursday, March 10, 2022

 Love and Respect to all women

Happy International Women Day

#EMPOWERMENT is not only deal of independent or equality in term of economic, education, training, skill, health, employment, position, freedom, class & social security etc. It especially and mainly deals of equity in #SOCIALIZATION and for #POWER_SHARING in term of social and politics. Shortly, its about policy making and political power sharing indeed.


Development is not only measured by economic growth. Its about social freedom, political freedom, cultural freedom and economic freedom of society. The level of #Quality_Life #Well_Being & #Human_Happiness determines the real development. -Change & Development 


श्रृष्टिकर्ता/जननीको उपमा स्वरूप हेरीने नारी अर्थात अामा, दिदी-बहिनी, पत्नी, साथी तथा सम्पुर्ण नारीहरूमा अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना...!

Empower your family

Empower your around

Respect the women

Accept the dignity...

Happy International Woman Day!

Note:

We born equal in dignity and rights...


 Just as rule making is a strategy of domination, so is rule breaking a strategy in challanges to domination. Power is all about domination and resistance.

-Power in rule making and breaking process


 प्राकृतिक श्रोत सम्पदाले मात्र नभई भौगोलिक, धार्मिक, संस्कृतिक, भाषिक विविधता बीचको एकतामा सुसज्जित सार्वभौमसत्तासम्पन्न नेपालीहरूको सुन्दर, साझा, स्वतन्त्र र अखण्ड देश एवं सम्माननीय मुख्यमन्त्री शेरधन राई ज्यूको प्रदेश तथा माननीय डा. नारायण खड्का ज्यूको प्रतिनिधि सभा क्षेत्र बाट हामी...

बायाँ बाट क्रमश वंशज नागरिकहरू श्री राकेश, काशीराज, भुवन


तस्बिर: Mr. Nishan Dibung

मिति: २०७४ फाल्गुन २६ गते शनिबार 

स्थान: जनप्रतिनिधि नगर प्रमुख श्री खगेन्द्र राई ज्यूको न.पा. चौदण्डीगढी, अध्यक्ष श्री कमल ध्वज राई ज्यूको वडा नं. ६, केचुवा...


 कानुनी राज्यको अवधारणा बोकेको समाजवाद उन्मुख संविधानले आज पनि नेपाली नेपाली बीच एकताको भावना जगाउन नसक्नुमा ती लिखित अक्षरहरू कमजोरी हो कि नागरिकहरूको कर्तव्य, भावना र अनुशासनमा विपन्नता हो?


 🇳🇵प्रतिनिधि सभाका २७५ जना सदस्यहरू मध्येबाट गणीतीय समीकरणका साथ दुईतीहाई बहुमतले एक व्यक्तिलाई निश्चित लाभकालागि सहमति गर्दै गर्दा ती व्यक्ति 🇳🇵राज्य संचालन प्रणालीको हकमा कार्यकारीप्रमुख प्रधानमन्त्री बन्न सक्छ र उनी सर्वशक्तिमानमा गन्ती हुन्छ भने हे पशुपतिनाथ!  हजुरमा त करोडौं करोड मानव, दानव, भुत-पिशाच र तेत्तीसकोटि देवी देवताहरूले शुद्ध हृदयले आस्था र विश्वास गर्छन्। सायद त्यसैलेत होला हजुरलाई देवादीदेव भनिन्छ। अनी मैले हजुरलाई मान्नेकी नमान्ने ?


 दार्शनिक समाजशास्त्री अगस्त कम्ट (August Comte) को मानव प्रगति सम्बन्धि विचार (The idea of human progress) मा तीन स्तरको नियम (Three stage of law)को अवधारणा प्रस्तुत गरेकाछन्।

१. अाध्यातमि/काल्पनिक/ बहुदेवतावाद (Theological stage)

२. पराभौतिक/अमुर्त चरण (Metaphysical stage)

३. सकारात्मक/वैज्ञानिक चरण (Positivism stage)

ऐ चरणहरूको अध्ययन गर्दा नेपाली समाजमा पूर्णरूपमा बहुदेवतावाद माथिको विश्वास हटि नसकेको र विज्ञान प्रति पूर्णरूपमा विश्वास नबढीसकेको अवस्था छ। जो पराभौतिक सामाजिक चरणहरूको विशेषता संग बढी मिलेको जस्तो देखिन्छ। नेपाली समाज पनि जसरी युरोपेली समाज १४अौं शताब्दीमा Enlightment को युगमा रहेको थियो। त्यही संघर्षमा नेपाली समाज पनि संघर्षशिल छ जस्तो लाग्छ कतै कतै।

शुभकामना समाज!


आदरणीय मित्र पासुङ्ग, सेवा !

 लाई: 

पासुङ्ग,

बेलायत


प्रिय हृदयी एवं आदरणीय मित्र पासुङ्ग, सेवा !

हामी यहाँ आरामै छौं र वहाँ हजुरहरू पनि आरामै हुनुहुन्छ भन्ने विश्वासका साथ कामना सहित देवादीदेव महादेव किराँतेश्वरको दरवारमा हजुरहरूको सुखशान्तिको प्रार्थना गर्दछौं!

भन्नलाई हामीहरू यहाँ सबै ठिकै छौं पासुङ्ग। समय परिवर्तनशिल छ भन्छन् तर हामी, हाम्रो देश र समाजलाई तपाईले जस्तो छोडेर र जहाँ छोडेर जानू भएको थियो  त्यस्तै अनि जहाँको त्यहीँ छौ भन्दा फरक नपर्ला। मानिसको शरीर र भौतिक संरचनाको स्वरूपमा निकैनै परिवर्तन आएपनि समाजको संस्कृतिमा अलिकति पनि उत्तम परिवर्तन अाएको देखिदैन। अझ दलदल र संकटमा फस्दैछौं झनझन। समय बितिरहेको छ दिन दिनै तर त्यो समयलाई सदुपयोग न राज्यले गर्न सकेको छ, न त समाजले, न त व्यक्तिले नै। हामी त विश्वको कमजोर मुलुकहरूको पहिलो सूचिमा पर्ने राष्ट्रमा छौं। त्यसैले होला हामी नेपाली समाज दरिद्री, गरिबी र बाध्यतामा जिउने आदत परिसकेको रहेछ। अब हामी यस्तै सामाजिक संरचनामा जीवन त्याग गर्ने छौं जो निश्चित त। किनकि यहाँ त्यो संस्कारको संरचनालाई अझ विकसित र परिवर्तन गर्ने मन वचन र कर्मको मेल नभएको स्पष्ट देखिन्छ। जो परिवर्तन गर्न सक्छन् तिनिहरू त्यस् प्रकारको परिवर्तन पटक्कै चाहदैनन्। र जो परिवर्तन गर्न चाहना राख्छन् तिनको ताकत र शक्तिले भ्याउदै भ्याउदैन। यो समाजको एउटा पाटो भयो भने यस्तै अवस्थामा पनि नेपाली समाजले विश्वव्यापीकरण स्विकारेको त छ तर त्यसलाई आफ्नो डङ्गले व्यवस्थापन गर्न नसकेको अवस्था देखिन्छ। विश्वबजारमा एक उपभोक्ता र दान मागीखाने हैसियत भन्दा माथि जान सकेको छैन्। त्यसको प्रमाण राष्ट्र व्यापार घाटा र प्रतिव्यक्ति ऋण कति रहेछ भन्ने तथ्यांकले सजिलै अनुमान लगाउन सकिन्छ। यो विश्वबजारीकरण र विश्वव्यापीकरण बाट कुनै लाभ लिन सकेको छैनौं। आफुले उत्पादन गर्ने भन्दा उपभोक्तावादको भूमरीमा पसिसक्यौं। देहव्यपार र जुवालाई पाप मान्ने हाम्रो समाज तर त्यसैको नाममा विश्वको आगन्तुक भित्रियाएर केही मुलुकले आफ्नो देशलाई सफल र सबल बनाउन सकेको देखिन्छ तर हाम्रो मन्दिरै मन्दिरको शहर, समाज र राज्य हुदापनि खै कुन देवताको कुदृष्टि परेको हो थाहा छैन। र कतै कुनै सम्भावना देखिन्न। तर पनि हामी सगरमाथाको देश र बुद्ध जन्मिएको देश हो भन्न छाडने छैनौं किनकि त्यो पनि खरितेहरूले खरिदने र दलालहरूले बेच्छन भन्ने डर भईसक्यो। कसैसँग ईमानदारी मात्दङ्को।

पासुङ्ग तपाई त एक ऐतिहासिक कालखण्डमा घाम नअस्ताउने शक्तिशाली मुलुक बेलायतमा हुनुहुन्छ जहाँ मानवता छ, मानव अधिकार छ। जहाँ लोकतन्त्र छ, उदार प्रजातन्त्र छ। मानिसले मानिसलाई मानिसकै नजर बाट हेर्छन् जहाँ मानिस हुनुको गर्व छ। तर यहाँ विविधता बिचको एकता भनेर राज्यको मुल कानुन संविधानको पहिलो पानामा लेखिएको भएपनि हामी मन, वचन र कर्मले एक हुन नसकेको अझै झल्कन्छ, खै कसको अाँखा लागेको हो! यहाँ मान्छेले मान्छेलाई मान्छे मान्दैनन् अनि त्यस्तैले आफुलाई मान्छे ठान्छन् र अरूले मान्छे मानीदिनु पर्ने अरे। यहाँ हामी मान्छेको नाममा सिङ पुच्छर नभएको बोल्न सक्ने र बुद्धिमा दुईखुट्टे पशुझै बाँचिरहेका छौं। हेर्दा मानिसहरूको बसोबास जस्तो शहर देखिन्छ तर जंगल राज छ। जसको शक्ति उसको भक्तिका भक्तजन र कार्यकर्ताहरू प्रशस्त पाईन्छ पहिलेको भन्दा अझ बढेको छ।

अन्त्यमा, नेपाली समाजमा गहिरो गरि गढेर बसेको संस्कारको संस्कारमा विश्वव्यापीकरण संग हातेमालो गर्ने संस्कारको विकास हुदैन तब सम्म महादेवको तेस्रो नेत्रले पनि भस्म बनाउन सक्दैन त्यो विकास र समृद्धि ल्याउन नदिने संस्कार। राष्ट्रियताले ओतपोत तपाईं र तपाईं जस्ता सम्पुर्ण पासुङ्गहरू त्यहाँ बाट फर्केर आफ्नो देश आउदा इष्ट मित्र, छरछिमेकी, नाता गोतालाई जे जे कोसेली भेटी ल्याएपनि मेरोलागि र यो नेपाली समाजकालागि अलिकति ईमानदारीता र मानवताको संस्कारको जोडन लिएर आउनु हुनेछ भन्दै हजुर संग आफ्नो गाउँ ठाँउ घुमफिर गरेको र आफ्ना आफन्त संग भेटाघाट गरेको बहुतै याद आउछ। त्यही तपाईंको पवित्र प्यार, विश्वास र प्रगाढ मित्रताको सम्झनाकासाथ फेरि सुख दुखका बात सहित भेटने बाचाका साथ विदा हुन्छौं।

उहीँ हजुरको प्रिय मित्र मानसिंह!

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्!

#जयनेपाल


बाट:

मानसिंह

नेपाल


 #Third_wave_feminnist_movement:

श्वेत महिलाहरूको आवाज बोल्ने नारीवादले नेपाल जस्तो तेस्रो मुलुकको महिलाहरूको वास्तविक विषयवस्तु उठान गर्न सक्छ र ! भन्दै नारीवादी विद्वान श्री चन्द्र तालपडे मोहन्तीले नारीवादी धारणा, सिद्धान्त र पद्धतिलाई पुन:निर्माण गर्दै विषयवस्तुलाई उठान गर्न सुक्ष्म र वृहत अध्ययन गरि विश्वव्यापी महिला एक बनाउनु पर्दछ भन्नु हुन्छ। 


महिला महिला हुन, नारीवादकको सवालमा वर्गीय, रंगभेद, जातिय, पेशा, भौगोलिक, सबै पक्षको मर्म र भावना उठान गर्न सक्ने विश्वव्यापी धारणा निर्माण गर्दै पिडा, अन्याय, विभेद र भेदभाव सानो ठुलो जे भएपनि त्यो विषय बहिष्करण नै हो भन्ने मान्दै विश्वव्यापी महिलाहरू एक हुने कुरालाई जोड दिन्छीन।

-(Third wave feminist movement perspective)


 When filling out a document such as a job application or school registration form you are often asked to provid your name, address, phone number, birth date, sex and gender. But have you ever been asked to provide your sex and your gender? As with most people, it may not have occurred to you sex and gender are not the same. However, sociologist and most other social scientists view sex and gender as as conceptually distinct. Sex refers to physical or physiological differences between males and females, including both primary sex characteristics (the reproductive system) and secondary characteristics such as height and muscularity.  Gender is a term that refers to social or cultural distinctions associated with being male or female. Gender identity is the extent to which one identifies as being either masculine or feminine. (Diamond 2002)


समाज र भावीपुस्ता

 समाज आफै अन्याय र असमानतामा रमाइरहेको कारणले समााजका हरेक अंग वा सामाजिक संस्थाहरूमा वर्तमानको जस्तो संकट र संक्रमणको विपत्ति निम्तिएको  हो भन्नेमा कुनै दुबिधा नराख्दा हुन्छ। आफ्ना सन्तानलाई हरेक  प्रयासमा प्रायः पैसा कमाउन उत्प्रेरित एवं दिशानिर्देश गरिरहेको हुन्छौं नकि यो सृष्टि र जगत प्रति कर्तव्यनिष्ठ र बफादार बन्न। 


अन्याय भन्नाले ठुलोले सानोलाई, धनीले गरिबलाई, सक्नेले नसक्नेलाई, अग्लोले होचोलाई कतैन कतै, कुनैन कुनै प्रकारलेेेे प्रत्यक्ष वा परोक्ष रूपमा न्यायिक व्यवहार नगर्नु हो जो नेपाली समाजमा पर्याप्त मात्रामा महसुस गर्न सकिन्छ। असमानताको पनि पर्याप्त उदाहरण छ जस्तै पुरूषले महिलालाई, गहुगोरोले  कालालाई, दौरासुरुवाल लगाउनेले धोतीपाईजामा लगाउनेलाई, पवित्र वर्णकाले अछुत वर्णलाई, जुङ्गा भएकाले लामो कपाल भएकीलाई, बहुमतले अल्पमतलाई यस्तै यस्तै विभेद र बहिष्करण, संस्थगत वा व्यक्तिगत रूपमा भईरहेको मान्न सकिन्छ। अर्थात हामी आफैले समाजलाई त्यस्ता भिन्न भिन्न प्रकारले भिन्न भिन्न क्षेत्रमा जानीजानी असमानता र दूरी पालेर राखेको नकार्न सकिन्न। यसै पुँजीवादको भागदौडमा आफ्ना भावी सन्ततिलाई सुसम्बन्ध, विद्या, सत्बुद्धि, नैतिकता, आचरण, ज्ञान, कला, सिप, पनि अवसर र शक्तिको मुल हो भनेर बुझाउनको सट्टा धन, सम्पत्ति, पद मात्र प्रतिष्ठा र शक्तिको स्रोत हो भनेर अपुरो बनाईरहेका छौं। जबकि हामीलाई सबै कुरा स्पष्ट थाहाछ  यथार्थ र व्यवहारिक के हो र के ले सबैको हित गर्दछ भनेर। व्यक्तिगत वा सामुहिक स्वार्थ र अहमले हाम्रो मानवता, प्रेम र करूणाले भरिएको आत्मा र मस्तिष्कलाई भड्किलो बनाईरहेको छ। जसको विष सिङ्गो समाजमा र सामाजिक अंगहरूमा फैलिसकेको पाईन्छ। त्यसैको परिणाम हो आजको वर्तमान परिस्थिति र विपत्ति। 


भावी पुस्तालाई कता दिशानिर्देश गर्ने र नेपालको भविष्य कस्तो  बनाउने हाम्रो हातमा छ। किनकि भोलिका कर्णधार उत्पादन गर्ने, निर्माण गर्ने, र त्यसको विकास गर्ने हामी वर्तमान हौं। हामी कचल्टिएको वर्तमान जस्तो कदापि नबनाअौं। स्ममरण रहोस्, आजको दिनमा शक्ति राष्ट्र भनेर चिनिने त्यो देश बन्नु भन्दा पहिले त्यस मुलुकका नागरिकको सभ्य र सचेत संस्कृति र सामाजिक सुसंस्कृति र सभ्यताको निर्माण गरेको पाईन्छ। कुनै समाज शक्तिशाली, विकसित र समृद्धि हुनु नहुनु पछाडिको मुल रहस्य त्यस समाजको संस्कृति नै हो।


Wednesday, March 9, 2022

 Comrade is the person who fights for the rights of people, who fights for their freedom, for their happiness. You are not worthly of being a Comrade, you need to make sacrifice for it. You need to stand ahead of crowd. You won't get any answers within the four walls. Saver all ties. Go far away from here. Get into action. The day you will become a true comrade. You will get answers to all your queries.

-Dear Comrade


यो व्रह्माण्ड संग सम्बन्ध राख्नुहुने जीव निर्जीव सबै सबैमा फागुपूर्णीमाको हार्दिक मंगलमय शुभकामना!

I will never forget you all that we are relative each other from all sides, from all directions, from up to down, from heaven to hell. We are related in our change, transformation, development, property, class, enlightenment, peace, prosperity, happiness, success, breath,  heartbeat, love and more...

So, be love and forget मुढता!

#Relativism is the idea that views are relative to differences in perception and consideration. There is no universal, objective truth according to relativism; rather each point of view has its own truth in the doctrine that knowledge, truth, and morality exist in relation to culture, society, or historical context, and are not absolute.

See: The Einstein Theory of Relativity. 


Tuesday, March 8, 2022

अन्तर्राष्ट्रिय नारी दिवस किन मनाईन्छ र शुभकामना कसलाई ?

 अन्तर्राष्ट्रिय नारी दिवस किन मनाईन्छ र शुभकामना कसलाई ?

विश्वव्यापी रूपमा असामाजिक अभ्यास जस्तै शोषण, विभेद, अन्याय साथै असमानतामा राखेर रमाउने त्यो प्रवृत्ति, विचार तथा पितृसत्तात्मक संस्था नै हो मान्दछ समाजशास्त्रले । त्यो असामाजिक क्रियाकलापले आफुलाई विनिर्माण गरि पुनःनिर्माण गर्दै न्यायीक र सभ्य समाजको पुनःस्थापनामा लाग्नुको विकल्प नखोजी नारीलाई सिमान्तकृत गर्नु अव्यवहारिक र अवैज्ञानिक हो । न्यायीक समाज गठन गर्न गुणस्तर चेतना नै पहिलो र अन्तिम निर्धारक पक्ष हो जो समाजको विकास संग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । त्यसै मध्ये नारी मुक्ति तथा अवसर र सहभागीतामा समानता पनि एक हो । शुभकामना त्यस चेतना, प्रवृत्ति तथा संस्थालाई जरुरी छ जो सधैं असमानतामा रमाउन चाहान्छ, नकि लिङ्गको आाधारमा नारीलाई । आफ्नो लाभकालागि नारीको प्रयोग गर्ने र उपभोक्त बनाउने साथै मूल्य मान्यता र परंपराको नाममा नारी क्षमतालाई कैद गर्ने त्यो बनिया, निरंकुश साथै असामाजिक पुँजीवादी पितृसत्तात्मक संस्थालाई शुभकामना ।


आजकै दिनमा अन्तर्राष्ट्रिय रूपमा विश्वसमाजले मानाउने गरेको अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा न्यायिक समाज निर्माणमा लागेका तर स्थापना गर्न नसकेका प्रयासरत विश्वसमाजलाई सुन्दर एवं गुणस्तर चेतनाको शुभकामना । म र म जस्ता पितृसत्ताका प्रतिक्रियावादी प्रवृत्तिका सिपाहीलाई हार्दिक शुभकामना ।


शुभकामना दिपिका

जीवन र जगत (life and world) बुझ्न प्रेम, सेवा र करूणा (compassion)ले भरिएको नर्सिङ विद्याको विषय विधा र शाखाको जो चयन गरेकी छौ त्यस मार्फत तिम्रो गुणस्तर चेतना (quality consciousness)को वृद्धि गर्न हरदम प्रयासरत रहनु । विभिन्न चोलामा लाखौंलाख पुनःजन्म (reincarnation) पाईन्छ भन्ने विषय अन्धविश्वास हुन सक्छ तर यही एक मानव चोलामा लाखौंलाख जुनि (rebirth) बराबरको स्तरीय जीवन (quality life) जिउने प्रयासमा कहिले कम अभ्यास नगर्नु । 

आज पुस २९ गते पर्न गएको प्यारी कान्छी साली दिपिका (Deepika)लाई जन्मदिनको अवसरमा वास्तविक सुख र खुशी पहिचान गर्ने क्षमताको विकास गरेस भन्दै सुस्वास्थ, दिर्घायु र समृद्धिको लाखौंलाख शुभकामना ।

Monday, March 7, 2022

नेता बलदीप प्रभाश्वर राई

काँग्रेसले ३ पटक सशस्त्र युद्ध गरेका थिए -वि.स. २००७ , वि.स. २०१८ र वि.स.२०२७ सालमा । 

७ सालमा  राणाविरूद्ध र १८ र २७ सालमा पञ्चायतविरूद्ध ।

यी तीन युद्धमा ७ सालकाे युद्धमा मात्र जीत भएकाे थियाे किनकि त्याे लडाईमा माँझ किरातका राईहरूले साथ दिएका थिए ।  नारदमुनि थुलुङ र रामप्रसाद राईकाे अगुवाईमा किरातीहरू उर्लेर सिंघदरवार कब्जा गर्न पुगेका थिए । 

नारदमुनि थुलुङ र रामप्रसाद राई काँग्रेस भएर लडेका थिएनन् । उनीहरूकाे आफ्नै स्वतन्त्र किरात सेना थियाे । 

त्यस्ताका सन्तानहरू हामी अहिले केपी, माधव, बाबुराम, प्रचण्ड र देउवाकाे हरूवाचरूवा भएर बाँचेका छाैँ ।                                                                                                  वि.स. २०१५ सालकाे आम निर्वाचनमा विपीले काँग्रेसकाे तर्फबाट प्रजातन्त्रकाे सेनानी नारदमुनि थुलुङलाई टिकट नदिएर थुलुङलाई अपमान गर्याे । थुलुङ स्वतन्त्रबाट अओखलढुङ्गाबाट उठेका थिए । त्यहाँबाट पनि थुलुङलाई हराउन विपिले उर्जी जारी गरे । किनभने थुलुङकाे व्यक्तित्व विपिकाे भन्दा उचाे थियाे; ७ सालकाे क्रान्तिकाे हर्ताकर्ता भनेर  आम जनताले थुलुङलाई सम्मान गर्थे ; प्रतिनिधिसभाकाे सदस्य थुलुङ भएकाे भए उनी प्रमकाे लागि दावी गर्न सक्थे; विपिले थुलुङलाई अह्राउखटाउ गर्न सम्दैन थिए ; थुलुङले कसैलाई चाकरी गर्दैन थिए । यही भएर थुलुङलाई विपिले पन्छ्याउन खाेज्थे । 

वि.स. २०४८ सालकाे आम निर्वाचनमा कृष्ण प्रसाद भट्टराईले  काँग्रेसकाे लागि जीवन सुम्पेका अशाेकचन्द्र राईलाई टिकट नदिएर राईलाई अपमान गरे । पछि वि. स. २०५१  मध्यावधि चुनावमा राईले लडेर टिकट त लिए तर काँग्रेसकै अन्तरघातबाट हराइयाे । राईकाे स्वभाव पनि चाकरी गर्ने थिएन । 

अहिले काँग्रेस-कम्युनिष्टबाट आदिवासीले टिकट पाई हाले पनि देउवा, अओली, माधव र प्रचण्डकाे  चाकरी गर्ने तथा उनीहरूले उठ्  भन्दा उठ्ने र बस् भन्दा बस्ने दासहरूले मात्र पाउने हाे । उनीहरूकाे अनुहार चाहिँ "मूलवासीकाे" तर दिमाग चाहिँ अर्कैकाे ( पराधिन) । 

त्याे राजेन्द्र लिङ्देनकाे अनुहार मूलबासीकाे तर दिमाग चाहिँ "शंकराचार्यकाे" । यस्ता सन्तान बरू गर्भमै तुहाेस् । 

हामीलाई "हामी" पनि भएकाे सिंगाे नेपाल चाहिन्छ ।


संरक्षण र कार्यान्वयन गर्ने जिम्मा राज्यको होईनर?

 अख्तियार प्राप्त सार्वजनिक पदमा आसीन प्रतिनिधि तथा लोकसेवामा खटिएका राजकर्मचारी (व्युरोक्रयाट) लाई नभई कुनै एक व्यक्ति लाई सिङ्गो नेपाल र देश विदेशमा रहनु हुने नेपालीले बिना गठबन्धनको एकता र समिकरण रहीत दुईतीहाई भन्दा बढी बहुमतले गहिरो भावकासाथ विश्वास गर्दै गर्दा बहुदलीय प्रतिस्पर्धात्मक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यलाई, राष्ट्रलाई वा समाजलाई दिर्घकालमा पर्ने असर के होला...?

लोकतन्त्रमा निहित सामाजिक सुरक्षा, मानव अधिकार, मौलिक हक लगायतको संरक्षण र कार्यान्वयन गर्ने जिम्मा राज्यको होईनर? 

कानुनी राज्यमा देश र देशवासी शक्तिशाली नहुनुले विश्वमा लज्जाबोध नहुनु स्वभाविक बन्दैछ नेपालको हकमा। जब सम्म यो राज्य नेपालीको हुदैन तब सम्म हाम्रो परिचय सगरमाथा र बुद्धको देश रहिरहन्छ। 

जस्तैः 

I am an American 🇺🇸.

I am the British 🇬🇧.

त्यस्तै I am from the Great Nepal 🇳🇵.

विश्वास गर्नै पर्ने हो भने कार्यकारी प्रमुख सम्माननिय प्रधानमन्त्री जस्तो गरिमामय पदलाई गर्नु पर्ने हो तर विडम्बना एक व्यक्तिहरूमाथी बढ्दो छ। हामी बाध्यतामा छौं जो गलत होईन तथापि गहिरिएर सोच्न जरूरी छ हामी नेपालीले, कि कुनै पनि समस्याको समाधान गर्न राज्य र नितिको विकल्प हुनै सक्दैन...