भ्रष्टाचार एक बिचार हो, मानसिक्ता हो, जो मानवमा मात्र पाईन्छ। जसको सम्बन्ध नैतिकता संग जोडिएको हुन्छ। त्यही विचार वा मानसिकताले ग्रस्त व्यक्तिलाई भ्रष्टाचारी भनेर चिनिन्छ। भ्रष्टाचार र त्यसका अनुयायीहरूको क्षेत्र असिमित हुन्छ अर्थात यसको दायरा व्यापक हुन्छ।
आर्थिक अनुशासन गुमाउनेहरूलाई मात्र समाजमा भ्रष्टाचारी भन्ने साधरण बुझाई रहेको छ। तथापि यसको परिभाषा, बुझाई, दायरा र क्षेत्र फराकिलो रहेको हुन्छ। भ्रष्टाचार नियतमा स्पष्ट देखिने विशेष संवेदनशील विषयहरू छन् जस्तै संविधान, ऐन-कानुन, निति-नियम निर्माणमा, व्याख्यानमा र कार्यान्वयनमा वा भनौं व्यवस्थापिका, न्यायपालिका साथै कार्यपालिका लगायत क्षेत्रहरूमा पनि पर्यापत भ्रष्टाचार र भ्रष्टाचारी सक्रिय रूपमा सलबलाई रहेको हुन्छन्। यस्ता भ्रष्टाचारी सुसंगठीत र शक्तिशाली भएका कारणले यिनिहरू संग कुनै व्यक्ति वा संस्था विरोध वा कारबाहीको विषय उठान गर्न सक्दैनन्।
अब स्पष्ट छ, तपाई हाम्रो सामु रहेका ती पात्रहरू आफ्नो जीवनयापनका लागि बाध्यताले आर्थीक अनुशासनहिन हुन पुगेका हुन नियत बस होईनन्। भ्रष्टाचारका Sleeper Cell हरू हुन् ती भ्रष्टाचारीका आरोप भोग्ने र खेप्नेहरू।
भ्रष्टाचार बिचारका Think Tank हरूको साथै त्यसका वास्तविक अनुयायीहरूको यहाँ चर्चा गर्न डराउछन् जसको शक्तिको कल्पना सम्म गर्न हामी सक्दैनौ, नाम लिने कुरा त परै जाओस्।
सय, हजार रूपैयाँमा गरिएको त्यो झिनामसिना अनियमितता हो, बाध्यात्मक अनुशासनहिनता हो। वास्तविक भ्रष्टाचार र भ्रष्टाचारीको रूप र बैँस भयंकर छ अकल्पनीय छ, जस्को न सिङ छ न पुच्छर छ समात्न, त्यसको अघाडी हामी बहुमतमा रहेका न्याय प्रेमी जनता सुक्ष्म हौं। जो लाखौंलाख साधरण काम गरिखाने जनताकै खुन पसिना चुसेर बाँचेको हुन्छ।