Wednesday, December 31, 2025

धार्मिक सद्भाव भड्काउने राज्यसत्ता

 धार्मिक सद्भाव भड्काउने राज्यसत्ता 



धर्म प्रचारलाई अपराध मान्ने हो भने विभिन्न समुदायको संस्कृति मासेर उसको धर्म मान्न बाध्य बनाएको हिंस्रक पृथ्वीनारायण शाहको राज्य सत्ता देखि क्रूर जङ्गबहादुर राणाको १९१० को मनुवादी मुलुकी ऐन हुदै धर्म निरपेक्षताको नाममा वर्तमान राज्य सत्ताले धर्मको आधारमा गरेको विभेदलाई के दण्ड दिनु पर्ने हो ? अपराध अपराध हो त्यो हिजो गरिएको होस् वा आज । त्यसको भरपाई राज्यसत्ताले गर्नु पर्दछ ।


न्याय , सुरक्षा , शिक्षा , स्वास्थ्य सेवा वितरण गर्ने नेपालका हरेक सरकारी निकायले धार्मिक सद्भाव भड्काउने अपराध गरिरहेको छ । भन्नलाई धर्म निरपेक्ष भन्ने तर राज्यसत्ता आफैले कुनै एक निश्चित धर्मको साङ्केतिक अन्तरक्रिया गर्ने देवालयलाई प्राथमिकता दिनु ले प्रमाणित गर्दछ कि यो मुलुकको राज्यसत्ता नै धार्मिक सद्भाव भड्काउने उदण्ड कार्य गरिरहेको छ भनेर ।

No comments:

Post a Comment