Wednesday, December 28, 2022

केकालागि र कसकालागि समावेशीता !

केकालागि र कसकालागि समावेशीता !


नेपालमा अभ्यास हुदैगरेको समानुपातिक समावेशीताले हाम्रो दैनिक जीवनयापनमा किन खुशीको प्रत्याभूति गराउन सकेको छैन ! सामाजिक न्यायको वितरणका नाममा लागू गरिएको समावेशीता भन्ने न्याय हामी भूइंमान्छेले महसुस गर्न नपाउने हो र ! यो समावेशीता हामी भूइंमान्छेकालागि हैन र ! हामी भूइंमान्छेेलाई पनि यो राज्यमा समावेशीकरण गर न सरकार । हामी पनि ऐ देशका नागरिक हौं भन्ने प्रत्याभूत गराईदेउ । हामी भूइंमान्छेलाई पनी मान्छे बनाईदेउ ।


यो राज्यमा दिन-रात, ठन्डा-गर्मी नभनी राज्य निर्माणमा ईमानदारीतापूर्वक खटने त हामी भूइंमान्छे पो हौं त ! यो राष्ट्र र राज्यमा पुस्तौं पुस्ता देखि रगत पसिना बगाएको हैन भने हैन भन ! हामी करदाता नागरिकले कर तिरेको छैन भने छैन भन । हामी न्याय प्रेमी मतदाताले निर्वाचनमा तिमीले भनेको ठाँउमा मतदान गरेको छैन भने छैन भन । के यो राज्य हामी र हाम्रो लागि हैन र !  हामी सत्ता र शक्ति संग खेल्न नजान्ने तर जमिन, हिलो, गोबर, अौजार, मसिन संग खेल्न जान्ने वर्गलाई समावेशीता है न रहेछ नी सरकार ! 


समावेशीता नहुदा पनि त्यस्तै थियो हाम्रो जीवनयापन । समावेशीता आउदा पश्चात् पनि त्यस्तै छ, अझ जटिल । हामी किन समावेशीताका विषयमा पक्ष/विपक्ष बनिरहेका छौं ! हामी त समावेशीता हुदा पनि समावेशीता हामी सम्म नआईपुग्ने हामी भूइंमान्छे । समावेशीता नहुदा/नदिदा पनि भूईमान्छे । हामी र हाम्रो वर्ग सम्म नेपाल सरकार आइपुग्दैन । किनकि हामी भूइंमान्छे । 


सामाजिक न्यायकालागि अभ्यास गरिदै गरेको समावेशीता असमान र अन्यायपूर्ण छैन त ! हामी भूइंमान्छेलाई समावेशीता हैन सामाजिक सुरक्षा, सामाजिक न्याय, सामाजिक सम्मान चाहिएको हो । खै बुझेको हामीले ! हामीलाई जन्मसिद्ध अधिकार र न्यायदेखी बञ्चित गराईदैछ एकातर्फ भने अर्को तर्फ हामीलाई हाम्रो विषय र मुद्दा देखि डमईभर्ट गरिदैछ । हामीलाई सचेतनामा आउन दिईरहेको छैन । 


लिङ्गका नाममा, जात-जातिका नाममा, अल्पसंख्यकमा नाममा, सिमान्तकृतका नाममा, भूगोलका नाममा, पिछडिएको वर्गका नाममा, धर्मका नाममा केही सिमितलाई छानेर, गनेर लाने अनि त्यसैमा सबैले न्याय मानिदिनु पर्ने कस्तो भ्रमको न्यायिक चेतनामा राख्न खोजीदैछ ! कस्तो असभ्य लोकतान्त्रिक व्यवस्थाको अभ्यास हुदैछ ! हामी भूइंमान्छे छौं र यो देश, राज्य र सरकार छ । राज्यले हामीलाई सामाजिक न्यायका नाममा समावेशीताको ललिपप् देखाएर हामी प्रत्येक नागरिकको सामाजिक न्याय, सामाजिक सुरक्षा, सामाजिक सम्मान र मानव अधिकार हनन् गर्ने यो राज्य अपराधी हो ।


राज्यले साथै राज्यलाई साधन बनाएर कुन वर्गले हो र किन यस्तो अनैतिक र असामाजिक खेल खेल्दैछ हामी संग ! हामी भूइंमान्छेलाई किन एक र सचेत हुन दिदैछैन ! बुझ्ने खोज्ने बेला भएको छैन र ? अब पनि यस्तो अन्यायपूर्ण, विभेदपूर्ण, भ्रामक र असमान समावेशीताको चासनिमा डुबाएर हाम्रो न्याय, सुरक्षा, सम्मान र अधिकारको हत्या गरेको कहिले सम्म सहने । यो झुठो, ठग र ढोङगी लोकतान्त्रिक व्यवस्थाको अनैतिक अभ्यासको भेद खुलीसक्यो, उदार लोकतान्त्रिक व्यवस्था, कल्याणकारी राज्यको अवधारणामा राज्यलाई पुनःनिर्माण गर्नु पर्दछ ।


समानुपातिक समावेशीको ललिपप् बहिष्कार गरौं । हरएक नागरिकको सामाजिक न्याय, सामाजिक सुरक्षा, सामाजिक सम्मान तथा मानव अधिकारको ग्यारेन्टीका लागि एक हौं । यही नै विकास र समृद्धिको परिभाषा हो त्यसमा बहस, छलफल र विद्रोह गरौं । समावेशीताको नाममा हामी खुशी हुनुपर्ने भन्दा पनि संवेदनशील भई सोच्ने बेला हो । हामी भूइंमान्छलाई खाईन पाई भ्रमको टोपी लाई भनेजस्तै हो । हामीलाई झोलमा डुबाएर आफू चोक्टा खाने ठगी राज्य र जाली लोकतान्त्रिक व्यवस्थाको विरोध गरौं ।


No comments:

Post a Comment