लकडाउन समाज र गोठाले सरकार
कुनै पनि मुलुकले आफुलाई परेको संकट, संक्रमण वा प्रकोप बाट निकाल्नसक्ने विभिन्न उपायहरू मध्य सामाजिक, राजनीतिक, प्राविधिक, र संवैधानिक प्रयास रूपी कार्यहरू नै महत्वपूर्ण विकल्प रहेको हुन्छ। तर राज्यले नियम कानुन बनाएर जनता वा समाजलाई नियन्त्रण, निर्देशन र पालनामा राखेर मात्र आफुलाई राज्यको दर्जामा र सरकारको हैसियतमा राख्ने संवैधानिक अधिकार हुदैन। त्यसकालागि निश्चित काम, कर्तव्य ,उत्तरदायित्व र अधिकारको ईमानदारीताका साथ रातदिन नभनी पालना गरेको हुनु पर्दछ। राज्यमा रहेको विशिष्ट र सक्षम मानवसाधन साथै विभिन्न प्राविधिक, भौतिक, अार्थिक, राजनीतिक साधनस्रोतहरूको वैज्ञानिक, न्यायिक र मानवतावादी ढङ्गले उच्चतम प्रयोग गरेर संकट, प्रकोप र संक्रमण जस्तो विशेष समय र परिस्थिति बाट आफ्ना नागरिकहरूलाई सामान्य दैनिक जीवनमा यथासक्दो चाँडो फर्काउने कार्य तिर जोडतोडले योजनाबद्ध ढङ्गले लाग्नु पर्दछ। जो एउटा असल, सक्षम र सफल राज्यको कर्तब्य हो।
नोबल कोरोना भाईरस रोग (Covid-19) संक्रमणलाई जित्ने प्रक्रियाहरू मध्य Lockdown वास्तविक सामाजिक प्रक्रिया अन्तर्गतको अत्यावश्यक समाधानको प्रक्रिया हो, त्यसमा कुनै संदेह छैन। जो समाजले वा नागरिकहरूको आफ्नो विशुद्ध रूपमा गरेएको प्रयासबाट नै सम्भव हुन्छ। त्यसैले यस अवस्थालाई अाम सर्वसाधारणले राज्यलाई सहयोग गरेको भन्ने अर्थमा बुझिने गरिएको छ। आज सम्म आम नागरिकले राज्यलाई सहयोग त गरिरहेका छन् तर राज्यले अाफ्नो तर्फबाट समाजको दैनिकी सामान्य बनाउन के कस्ता प्रयासहरू गर्दैछन् र आफ्ना नागरिक प्रतिको कर्तव्य पालना गर्दैछन्! भन्ने कौतुहलता र जिज्ञासा जनताको मस्तिष्कमा घुम्नु स्वभाविक बन्दैछ। नागरिकलाई यति बुझ्ने अधिकार छ। दबाब र ध्यानाकर्षण गराउने अधिकार छ। किनकि जनता Lockdown मा बसेर राज्यलाई साथ भरपुर सहयोग गरिरहेका छन्।
चिन देखि सुरू भएको त्यो महामारी संक्रमण एसिया, युरोप र अमेरिका लगायत विश्व का शक्तिशाली र स्रोत साधन सम्पन्न मुलुकहरूको अस्तित्व, परिचय, आर्थिक, सामाजिक, राजनैतिक, सामाजिक र मानव सभ्यतालाई चुनौती दिदै संकटमा पारेको अवस्था जगजाहेर छ। जो अझ बढदो छ। हरेक मुलुकहरू ले भोगेको भोगाइ बाट पाठ सिक्दै त्यसै मध्ये यस्ता केही मुलुकहरू छन् जसलाई अनुसरण नै गर्नु पर्ने देखिन्छ। जस्तै चिनले कसरी त्यस बिरूद्ध विजय प्राप्त गर्यो! दक्षिण कोरीयाले आफ्नो प्रविधि, ज्ञान, सिप र साधनस्रोतको उच्चतम प्रयोग गरेर कसरी विजय प्राप्त गर्यो Lockdown नगरी नै! सिंगापुर, ताईवान लगायत यस्ता केही चमत्कारीक मुलुकहरू छन् जस्ले Lockdown घोषणा गरेर जनताको वा समाजको साथ सहयोग बाट मात्र कोरोना भाईरस संक्रमण बिरूद्ध जित हासिल गरेका हुन् र! र ईटाली कसरी त्यस अवस्थामा पुग्यो र अमेरीका के गर्दैछ भन्ने राज्यले आधिकारीक जानकारी राख्नु पर्ने हुन्छ।
राजनीतिक समाजशास्त्रीय सिद्धान्त अनुशार कमजोर राष्ट्रहरूले आफ्नो नपुसकता जनतामाथि थुपार्छन्, दोष जति जनतालाई लगाउछन् भन्ने भावअर्थ दृष्टिकोण प्रस्तुत गरेजस्तै आम सर्वसाधारणले पूर्णरूपमा नियम पालना गरिरहेको छैन भन्ने खालका लज्जास्पद अभिव्यक्तिहरू प्रस्तुत गरिरहेका हुन्छन् र अहिले त्यही हुदैछ।
नेपालमा हुने Lockdown मा नागरिकहरूले राष्ट्रलाई कहिले सम्म सहयोग गर्ने अवस्था रहला! कहिले सम्म Lockdown हुने हो निश्चित छैन! जनताले आफ्नो कर्तव्य पालना र सहयोगमा कुनै कमी छोडेका छैनन्। तर एउटा संवैधानिक राज्य र सरकारको हैसियतले हेर्ने हो भने नेपाल सरकार के गर्दैछ! जनताको हौसला बन्न नसक्नुको पछाडिका कारणहरू के के हुन हामी अध्ययन गरिरहेका छौं। राज्यको कम, कर्तब्य, दायित्व र अधिकार संक्रमितको तथ्यांक राख्ने मात्र हो र?
विश्वसमाजको अवधारणामा गईसकेको र स्विकारीसकेको मुलुक नेपाल राज्यले अाफ्ना भित्र रहेका वा परराष्ट्रका विज्ञहरूको टोलीलाई सक्रिय बनाएर उपलब्ध स्रोत साधन वैज्ञानिक ढङ्गले परिचालन गर्न दिनुको विकल्प छैन। नेपाल प्रहरीमाथि भरपरेको जस्तो देखिएको सरकारलाई होस रहनु पर्दछ कि यस्तो सुरक्षा विभाग समस्याको समाधान गर्ने र गर्नसक्ने निकाय होईन। सम्बन्धि निकायलाई साधन सम्पन्न बनाअौं। गुणस्तर र सशक्त बनाअौं। समाजलाई सामान्य जीवनमा चाँडोभन्दा चाँडो फर्काउनकालागि राज्यले उच्चतम वैज्ञानिक र व्यवहारिक प्रयासहरू गर्नु पर्दछ। विभिन्न संघसंस्था र परराष्ट्रहरूसंग हरप्रकारको सहयोगको अपिल गर्नुमा पनि ढिलाई गर्नु हुन्न। जनताका कमजोरी कोट्याएर जनता माथिनै अारोप थोपर्ने संस्कार राज्यको देखिएको छ। त्यस्तो गिरेको हरकत र मानसिकता त्यागेर सबै जिम्मेवार कार्यपालिका, संस्था, विभाग ईमानदारीताका साथ मन, वचन र कर्मले संकट मोचनमा लागौं। हनुमान चालिसा जनताले पढ्छन्, अल्लाको कल्मा हामी पढछौं, प्रभुको प्रर्थना हामी गर्छौं, भगवान गौतमबुद्धको पुजा पाठ हामी गर्छौं। राज्य वैज्ञानिक र व्यवहारिक ज्ञानको प्रयोग गर्दै संक्रमित मुलुकहरूले भोगेको भोगाईबाट पाठ सिक्दै सहयोग माग्दै रोकथाम र न्यूनिकरणकालागि दृढताका साथ दत्तचित्त भएर लाग्नु होला। हजुरहरूकालागि आध्यात्मिक बलकालागि हामी पलेटी कसेर हरेक पल पुजापाठ, नमाज र प्रार्थना गर्नेछौं। तपाईहरू हाम्रो सामान्य जीवन र दैनिकालागि सक्दो प्रयास गर्नुहोला अनि हामी सके सम्म साथ दिने प्रयास गर्ने छौं।
हामी व्राह्मण हौं, हामी क्षेत्री हौं, हामी वैश्य हौं, हामी शुद्र हौं,हामी कृषक हौं, हामी मधेसी हौं, हामी विकट बासि हौं, हामी महिला हौं, हामी तेस्रो लिङ्गी हौं , हामी फरक क्षमताका हौं, हामी पेशाकर्मी हौं,हामी व्यवसायी हौं, हामी मध्यस्तकर्ता हौं ,हामी दलाल पुँजीपती हौं, हामी श्रमिक हौं, हामी कर्मचारी हौं, हामी मजदुर हौं, हामी निम्न वर्गीय हौं। यो मुलुकमा रहेको विविधिकरण, वर्गीकरण, पदसोपान वा महिला-पुरूष, धनि-निम्न, सबल-दुर्बल, हिमाल-पहाड-तराई, जेजे भनेपनि हामी जनता नै हौं। विश्वमहामारीको रूप लिएको नोबल कोरोना भाईरस रोग संक्रमणले प्रताडित हाम्रो कठिन परिस्थितिमा केही विशेष समूहलाई मध्यनजर गरेर राहत दिनु ध्यानाकर्षण गराउदछौं। तर यो प्रकोपको घडीमा आम मानवलाई राहतको खाँचो रहेको हुन्छ जो राज्यले यस्तो विषय समयमै बुझ्नु पर्ने हुन्छ। दैनिक गरिखाने वर्गकालागि र निम्नस्तरको दैनिकी गुजार्नेहरू लाई केन्द्रित भई विभिन्न दलले, नागरिक समाज, ऐच्छिक समुहले, व्यापारी, बुद्धिजीवीले राज्यलाई ध्यानाकर्षण गराएको पनि देखिदैछ। तर यहाँ कसैले बिर्सनु हुदैन कि lockdown रहिरहदा वा लम्बिदा सबैलाई सबै खालका असर र नोक्सानी भईरहेको हुनसक्छ। गाउँ समाजमा खट्ने र सहयोग बोकेर राहत बाड्न हिडने वा सहयोग गर्ने व्यक्ति एव ऐच्छिक समुह माथी राज्य कत्ति पनि भर पर्नु हुदैन। तर वहाँहरूलाई सम्मान र प्रशंसा गर्न भने आपती छैन। हो यहाँ दैनिक ज्यालादारी लाई राहतको विशेष खाँचो रहेको छ र त्यहाँ मात्र अापत परेको होला भन्ने मानसिकता लाई अझ उदार बनाउदै यो परिस्थिति लम्बिदै गएमा समाजका हरेक सदस्यहरूलाई कृषक, व्यपारी, पेशाकर्मी, महिला, बालबालिका, अशक्त,वा नियमित अौषधी सेवन गरिरहनेहरूमा आआफ्नेखालका समस्याहरू पर्ने हुन्छ भन्ने विषयलाई अस्विकार गर्नु हुन्न। विशेष गरि स्वास्थमा समस्या भएर अौषधी सेवन गरिरहने, सबैलाई समस्या परेको हुन सक्छ। यस्ता विषयमा राज्यले सहुलियत प्रदान गर्नु पर्ने हुन्छ सबै तहतप्का र विविधिकरणमा अाबद्ध मानिसहरूलाई। तर यही राहत दिएर रमाउन खोज्ने सरकार हैन जनजीवन सामान्य बनाउन सक्ने सरकारको हर प्रयास र क्षमता प्रयोग गर्नु पर्ने देखेएको छ । राज्य ले आफ्ना जनतालाई सामान्य दैनिक सामाजिक जीवनमा चाँडो भन्दा चाँडो फर्काउन सबै भन्दा ठूलो राहत हुनेकुरामा विश्वास राख्नु पर्दछ र त्यही मुताविक अाफ्ना शक्ति र क्षमताको बौद्धिक र वैज्ञानिक ढङ्गले योजना तथा कार्यक्रम बनाउनु तर्फ ध्यान जान जरुरी छ।
मुलुक हिजोका दिनमा पनि हामी जनताले थेगेका थियौं र भोलिपनि हामीले नै थेग्ने छौं, बस अब राज्य, सरकार वा प्रशासनको पहिलो र प्रमुख काम, कर्तव्य र उत्तरदायित्व भनेको सामाजिक जीवनलाई वा अबस्थालाई सामान्य बनाऊ नै हो। चरानमा गएको बस्तुलाई गोठ भित्र धपाउने गोठालो मात्र होईन सरकार। अाफुलाई त्यो गोठालो खेताला भन्दा माथिल्लो सम्झदै यो परिस्थितिलाई न्युनिकरण गर्ने तर्फ केन्द्रित हुनु पर्दछ। नेपाली समाजको नेपाली सरकार मात्र नभई विश्वसमाज र विश्व सरकार एकै भएर एकआपस बिच यथासक्य भौतिक, आध्यात्मिक, आर्थिक, राजनैतिक, प्राविधिक, सामाजिक सबै खालका सहयोग, प्रेम, हौसला अादानप्रदान गर्ने भावनाको विकास गर्नुपर्ने हुन्छ र भईरहेको पनि छ।
यो विश्वमहामारीको बेलामा हीरा, मोती, सुन, चाँदी, धन, पैसा, कला, क्षमता, सीप, विज्ञता, बल, यौवन, सुन्दरता, मेहनत नबिक्ने बेलामा, मानवता प्रति प्रश्न उठ्नसक्ने अवस्थामा हामी सबैको जनजीवन दिनदिनै कष्टकर बन्दै गईरहेको छ। सरकारले अन्य उपाय भन्दा अाफ्नो नागरिकलाई क्वारान्टाईनमा मात्र राखेर यो संकट, महामारी टार्छौं भन्ने मानसिकता राखेको नहोस्, ध्यानाकर्षण गराउदछौं। यो संवेदनशील र संकटको घडीमा एक अभिभावक रूपि राज्यले गर्नसक्ने अान्तरिक-वाह्य सबै उपायहरू अपनाउन र सहयोग लिने सबालमा ढिलाई नगरौं। नेपाली समाजमा सुन्दर जातीय विविधता छ तर त्यस्तो असमान वर्गीय विविधताको खाडल त्यति नदेखिएको मुलुकहरू मध्ये एक हो। हामी सरदरमा सबै गरिखाने वर्गमा पर्छौं। गरिखाने वर्ग र लगानीकर्ता बिचको सम्बन्ध उत्पादनका साधन र नाफा संग मात्र नभएर एक अर्काको रोटी, कपडा अौर मकाम संगसंगै हरेक दैनिक भौतिक तथा अध्यात्मिक जीवन संग प्रत्यक्ष परोक्ष सम्बन्धित हुन्छ। अर्थात राहत सबैलाई चाहिएको हुन्छ, त्यसैले सामान्य जनजीवनमा जतिसक्दो चाँडो प्रवेश गर्न सके नेपाल र नेपाली समाजमा हुनसक्ने संकटलाई न्युनिकरण गर्न सकिन्थ्यो।
यहाँ यही Lockdown को समयअवधी यसरी नै लम्याउदै जाने हो भने हामी सबै सिंहदरबार छिर्नुको विकल्प हुदैन। हाम्रो दैनिकी दिनदिनै कठिन बन्दै जाँदैछ सरकार। हामी हरेक नागरिकलाई चाँडोभन्दा चाँडो हाम्रो दैनिक जीवनमा सामान्य अवस्था सृजना गर्न, गरिखाने वातावरण बनाउने तर्फ कार्य गर्नु नै सबै भन्दा ठूलो राहत वितरण हुनेकुरामा राज्यले विश्वास राख्नु पर्दछ। यो विपत्ति रूपी संक्रमणलाई जितेर Lockdown लाई हराउदै जनताको दैनिकी जनतालाईनै फर्काएर जिम्मादिने पहिलो संवैधानिक संस्थानै राज्य हो।
WHO (World Health Organization) का अनुसार Comprehensive Approach हरू निम्न प्रकार छन्;
• Test
• Trace
• Treat
• Isolate
यो विधि जसले कोरोना रोग संक्रमण र Lockdown लाई पूर्णरूपमा जित्न सक्ने प्रयासहरू राज्यले गर्नसक्ने प्रक्रिया हुन् जो जनताले व्यक्तिगत गर्न सम्भव हुदैन। यो विधि अन्तर्गत रहेर योजनाहरू र कार्यान्वयन पक्ष कति तैयारी हुदैछ भन्ने जिज्ञासा वा प्रश्न राख्दैछौं। जसको जबाफमा जनतालाई आरोप लगाउन मिल्दैन र जो सत्ताले जनतालाई आक्षेप लगाउदछ त्यो कमजोर राज्यको नपुंसक प्रशासनको परिचय हुन सक्छ।
यो संकटकाललाई न्यूनिकरण र वैज्ञानिक र प्रविधिक समाधानमा नलागि यसरी नै lockdown लम्ब्याउने कोसिसमा मात्र रहनेहो भने कोरोना भाईरस रोग (Covid-19) लाई नियन्त्रणमा लिन त सकौला तर नागरिकले भोग्नु परेको पीडा, सास्ती बाट सृजित ताण्डव नृत्य सम्हाल्न नसक्ने भोलिको अवस्था आजै अनुमान गर्नु पर्ने हुन्छ।
यो राजनीतिक भाषा हैन सरकार! आफ्नो भोक त जसोतसो सहौंला तर जब हाम्रो बुबा आमाको भोक र हाम्रो बाल बच्चा परिवार दिदिबहिनीको भोक संगको कुरा कतै जोडिन्छ भने हामी आफ्नै मन्दिर बाट आफुले पुज्ने देवतालाई उठिबास लगाउन सक्छौं भने जनताजनर्दनको शक्तिलाई नजरअन्दाज गर्नु अधिनायकवाद मान्नु पर्ने अवस्था आउन सक्छ।
सरकारलाई यो हाम्रो साथ,सहयोग र सहकार्य कर्तब्य पालनाको रूपमा रहने छ भन्दै संकटमोचनकालागि हरप्रयासको शक्तिको शुभकामना! तर Lockdown मा बसेर नागरिकले राज्यलाई दिन सक्ने समाजको र जनताको साथ आखिर कहिले सम्म? सहनेको सिमा हुन्छ, लाटो गाँडो सम्झेर हामीलाई बन्दी बनाउने र आफु र आफ्ना समुह लाभान्वित हुने सोच नरहेकोहोस्। साधनस्रोत सम्पन्न राज्यले चहादै गर्दा विश्वसमाजलाई सहयोगको अपिल गर्न ढिलाई नगरौं। अहिलेको यो घडीमा PPE(Personal Protective Equipment)का लागि ठेक्का प्रक्रियामा समय व्यतित गर्ने र आर्थिक अनुशासन पालना गर्ने कि नगर्ने भनेर सोच्ने घडी होईन।

No comments:
Post a Comment