ईमानदार मित्र र आदर्शवादी पुस्तक जति पुरानो उति गुणस्तर
समकालीन समाज के के अभ्यास र विश्वास गर्दैछ भनेर हरेक क्रियाकलापको सूचना, तथ्यांक र जानकारी राख्नु सुन्दर पक्ष हो । यसै बीचमा हामी आफू के गर्दैछौं भनेर आफ्नो निजी दैनिक जीवनको खोज खबर राख्दै सच्चिदै सच्याउदै, अझ पवित्र बनाउन अभ्यास गर्न सक्नु त्यो गुणस्तर पक्ष रहेछ ।
बजारमा यस्ता पुराना तर गुणस्तर पुस्तक जति खोजेपनि पाईनेवाला छैन । न त नेपाली बजारमा यस्ता नयाँ पुस्तकमा यतिको गुणस्तर पाईन्छ । तर पूँजीवादी समाजमा आफुले संगत गर्ने मित्रताको साथै आफुले पढने पुस्तकको छनौटमा संवेदनशीलता अपनाउनु पर्दछ । मित्र र पुस्तक मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने पक्ष हो । यसको सहि छनौटले दिने परिणाम अमूल्य हुनसक्छ । वर्तमानमा बौद्धिकताको अवस्था हेर्दा अनुभवी व्यक्तिव र पुरानो मित्रता साथै बजारमा पुस्तकको गुणस्तरको अवस्थालाई मुल्यांकन गर्दा हामी संगको विकल्प नै पुरानो पुस्तक, पुरानै कोट हो रहेछ ।
असल मित्र र गुणस्तर पुस्तक भनेको चेतनामा रहेको अन्धविश्वास र भ्रमको भुत भगाउने धामी र बुट्टी हो ।
No comments:
Post a Comment