Sunday, July 24, 2022

कविता: वर्ग र भ्रम

 वर्ग र भ्रम


जहाँ भ्रम छ 

त्यहाँ वर्ग छ ।

जहाँ वर्ग छ 

त्यहाँ भ्रम छ । 


वर्गको रंग हुदैन 

तर रंगमा वर्ग हुन्छ ।

वर्गको जात हुदैन 

तर जातमा वर्ग हुन्छ । 

वर्गको लिङ्ग हुदैन 

तर लिङ्गमा वर्ग हुन्छ । 

वर्गको भूगोल हुदैन 

तर भूगोलमा वर्ग हुन्छ ।

वर्गको आर्थिक हुदैन 

तर अर्थिकमा वर्ग हुन्छ ।

वर्गको कुनै राष्ट्रियता हुदैन 

तर राष्ट्रियतामा वर्ग हुन्छ ।

चेतनाको कुनै वर्ग हुदैन 

तर चेतनाको स्तरमा वर्ग हुन्छ ।

आध्यात्मको कुनै वर्ग हुदैन तर 

कथित आध्यात्मवादीमा वर्ग हुन्छ ।

भौतिकको समान पहुँचमा वर्ग हुदैन 

तर असमानतामा वर्ग हुन्छ ।

मानवतावादको कुनै वर्ग हुदैन 

तर मानवमा किन वर्ग हुन्छ !


बौद्धिक भ्रममा वर्ग हुन्छ भने 

भौतिक सामाजिक विज्ञानको वर्गमा भ्रम हुदैन ।

वर्गीय चेतनामा भ्रम हुदैन भने भ्रममा वर्गीय चेतना हुदैन ।


रंगले जब वर्ग देख्छ 

तब रंगमा वर्ग हुदैन ।

जातले जब वर्ग देख्छ 

तब जातमा वर्ग हुदैन ।

लिङ्गले जब वर्ग देख्छ 

तब लिङ्गमा वर्ग हुदैन ।

भूगोलले जब वर्ग देख्छ 

तब भूगोलमा वर्ग हुदैन ।

अर्थले जब वर्ग देख्छ

तब आर्थिकमा वर्ग हुदैन ।

मानवतावादले जब वर्ग देख्छ

तब मानवमा वर्ग हुदैन ।


राष्ट्रियताले जब वर्ग देख्छ 

तब राज्यको कुनै वर्ग हुदैन ।

चेतनाले जब वर्ग देख्छ तब

वर्गको वर्गीय संघर्ष हुँदै । 

आध्यात्मले जब वर्ग देख्छ तब 

भौतिक पहुँचको वर्ग हुदैन ।


भौतिक वितरणमा समानता हुन्छ 

तब वर्गीय पूँजीवाद हुदैन ।

जब पूँजीवाद हुदैन 

तब पूँजीवादी वर्ग हुदैन ।

जब भ्रमको चेतना हुदैन तब 

वर्ग र वर्गीय संघर्ष हुदैन ।

यदि इतिहास वर्गसंघर्षको इतिहास हो भने 

वर्तमान र भविष्य पनि वर्गीय संघर्षको द्वन्द हो ।


मानवतावादको कुनै वर्ग हुदैन 

तर मानवमा किन वर्ग हुन्छ ?


हुनेखानेमा वर्गीय भ्रम छ ।

हुदा खानेमा भाग्यको भ्रम छ ।

दुवै मुखको खोसेर खानेमा पनि भ्रम छ ।


जहाँ भ्रम छ त्यहाँ वर्ग छ ।

जहाँ वर्ग छ त्यहाँ भ्रम छ । 

जब सम्म भ्रम छ तबसम्म वर्ग छ ।

जब सम्म वर्ग छ तबसम्म भ्रम छ ।

जहाँ वर्ग छ त्यहाँ चेतना छ ।

जहाँ चेतना छ त्यहाँ वर्गीय संघर्ष छ ।


मिति:२०७९ जेठ २१ शनिबार

No comments:

Post a Comment