अन्तर्घातको आक्षेप लान्छना हो
कुनै निश्चित लिङ्ग, जात, जाति, रंग, वर्ण, वर्ग, भूगोल, भाषा, संस्कृति, समूह, समुदाय, लगायत शारीरिक सबलता दुर्बलता भएकै आधारमा आक्षेप लगाएर धन, मान, सान र प्राणमा ठेस र क्षति पुर्याउने आसयले गर्ने गरिएको सांकेतिक, क्रियात्मक वा भर्वल अभ्यासलाई लान्छना मान्ने गरेको पाईन्छ विश्वसमाजको बौद्धिक बहस, छलफल र वकालतमा । यस प्रकारको क्रियाकलापलाई विश्वसमाजमा सामाजिक अपराधको रूपमापनि लिने गरेको पाईन्छ ।
अन्तर्घात किन गरिदैछ भन्ने तथ्यको खोज गर्दै कथित अन्तर्घातको अभ्यास तर्फको सम्मोहन र आकर्षण किन बढदैछ भन्ने मर्म र भावना बुझ्न सक्नु पर्दछ । जसले सत्य र वास्तविकता नजिक पुर्याउनु मद्दत गर्दछ । कथित अन्तर्घातको लोकतान्त्रिक आदर्श, समाजशास्त्रीय सिद्धान्तको कोणबाट बौद्धिक र वैज्ञानिक अध्ययन गर्ने हो भने अन्तर्घात चुनौती भन्दा पनि अवसर हुन सक्छ । सत्यको नजिक पुर्याउने तथ्यहरूको गहिरो अध्ययन गर्दै त्यस्ता कारक तत्वहरूको सम्बोधनमा जान र लान प्रज्ञावादी अभ्यास आवस्यक छ । जसले लोकतान्त्रिक विधि, पद्धति, मूल्य, मान्यता र आदर्शलाई अझ मजबुत बनाउने स्रोत बन्न सक्छ ।
आफ्नो वा संगठनको हारको उत्तेजित अवस्थामा लिईएको निर्णयले बनिबनाईएको निजी व्यक्तित्व साथै संगठनलाई नोक्सानी वा क्षति पुग्ने खालका निर्णय नलिन आग्रह गर्दछौं सम्बन्धितमा । लोकतान्त्रिक संगठनमा नेतृत्वले कुनै व्यक्ति वा समुहलाई दोषी बनाउनु वा दोष लगाउनु भन्दा सम्पूर्ण किर्याकलापको आफुले र आफ्नो तहले जिम्मेवारी लिनु नै नेतृत्वको नैतिकता हो भन्ने विषय भुल्नु हुन्न । शत्रुता साँधन कसै निर्दोष व्यक्ति, समुह वा समुदाय प्रतिको लान्छना लगाउना ले व्यहोर्नुपर्ने नोक्सानी अपूरणीय हुन सक्छ ।
लोकतन्त्र र उदारवादमा तथ्यगत विषयको खोज गर्दै वास्तविकतालाई सम्बोधन गर्न सक्नु नै समस्याको समाधान हो । कथित अन्तर्घातको लान्छना लगाउनु वा कारवाही गर्नु प्रतिको विश्वासले संगठन कमजो हुने मात्र नभई लोकतान्त्रिक मूल्यमान्यता साथै मर्म र भावना प्रतिको खेलवाड हुन जान्छ । त्यस्ता अव्यक्त, अघोषित र सांकेतिक विरोध साथै असहमतिलाई पत्ता लगाई सम्बोधन गर्ने तर्फ आकर्षित हुनु नै कुशल लोकतान्त्रिक नेतृत्व मान्न सकिन्छ ।
कथित अन्तर्घात लाई त्यही कोणबाट अध्ययन गर्दा विधि, प्रणाली, भईरहेको अभ्यास साथै नेतृत्वको निर्णय प्रतिको विरोध र असहमति पनि हो । तर यति भन्दै गर्दा लोकतान्त्रिक विधि र प्रक्रियाले त्यसको मर्म र भावना बुझ्न वा बुझाउनकालागि संवाद, सहमति र सहकार्यको प्रक्रियामा प्रवेश नगर्नु वा नगराउनु दुवै पक्षको अलोकतान्त्रिक अभ्यास हो । लोकतान्त्रिक आदर्शको खोल ओढेर निजी स्वार्थ पूर्तिकालागि आफ्नो गलत निर्णय र नेतृत्वको ढाकछोपका लागि अन्तर्घातको लान्छनारूपी वाण कसै प्रति प्रयोग गर्ने मनसाय अपराधीक प्रवृत्ति हो जसले लोकतान्त्रीक आदर्शलाई कमजोर बनाउदछ ।
कसैलाई अन्तर्घात गरेको आरोप लगाएर व्यक्तित्वको चरित्र हत्या गर्ने पक्षमा न्यायिक उदारवादले विश्वास गर्दैन । कसैको आत्म सम्मानमा ठेस पुर्याएर निजी वा संगठनको उदेश्यपूर्तिमा विश्वास नराख्ने पक्ष सम्बन्धित सबैलाई जानकारी हुनु पर्दछ । लान्छना सामाजिक अपराध हो । कुनै पनि समस्याको दिगो समाधान भन्ने कुरा, कसैलाई अपराधी घोषित गर्नु, सजाय भुक्तान गराउनु साथै लान्छना लगाउनुमा नरहेको कुरा अस्विकार गर्न मिल्दैन ।
प्रज्ञाज्ञानमा विश्वास राख्दै सत्यको नजिक पुग्न वास्तविक तथ्यको खोज गर्दै दिगो समाधानमा विश्वास राख्नु बौद्धिकता मात्र नभई गुणस्तर नेतृव पनि कहलिन्छ । कथित अन्तर्घात साङ्केतिक र अघोषित विरोध भएकोले यो लोकतन्त्रमा चुनौती मात्र नभई लोकतान्त्रिक मूल्य मान्यता र अभ्यासको विकास गर्ने साथै मर्मर र भावना बुझ्न र बुझाउन सक्ने अवसर पनि हो । मानविय संवेदनशिलता, आत्मसम्मानमा ठेस पुग्न सक्ने र पुर्याउन सक्ने कथित अन्तर्घातको अक्षेप लगाई लान्छित गर्नु गराउनु प्रति आकर्षण र अभ्यास गर्नेमा लोकतान्त्रले विश्वास राख्नु अलोकतान्त्रिक अभ्यास हो ।
नेपाली काङ्ग्रेसलाई व्यक्तिगत, सामुहिक र सामुदायिक प्रतिशोध साँध्ने साधन र शस्त्रको रूपमा नलिन र नबुझ्न आग्रह गर्दछौं । लोकतन्त्र र लोकतान्त्रिक विधि प्रक्रियाको नाममा कुनै व्यक्ति, समूह वा समुदायको धन, मान, प्राण र सानलाई क्षति पुग्ने र अपमान गर्नेमा नेपाली काङ्ग्रेस र नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति विश्वास राख्दैन । साथै त्यस्तो अलोकतान्त्रिक र असामाजिक अभ्यासमा विश्वास नगर्न र प्रेरित नगराउन अनुरोध गर्दछौं ।
No comments:
Post a Comment