Sunday, July 24, 2022

आज गलत काम गरेको मान्छे

 आज गलत काम गरेको मान्छे 


आज बडो गलत काम गरिये जस्तो लाग्यो । 

फेसबुकमा निम्तो गरेको भरमा टुप्लुक्क पुगियो ।

त्यो पनि नाम पद किटान नगरीएको निम्तो ।

बसिहालीयो अनि पुस्तक बिमोचन पनि हेरियो ।

बौद्धिकका विषयगत बातहरू पनि सुन्न पाईयो । 

पुगिसकेपछी पो थाहा भयो मलाई 

मैले गलती गरेछु भनेर,

किनकि म त वजनदार मान्छे, 

किनकि म त ठूलो पार्टी संगठनको पदवाला मान्छे ।

किनकि व्यवहारले म त व्यस्त मान्छे ।


म त पुरानो र ठूलो दलको जिल्ला सदस्य पो

त्यो पनि निर्वाचित भन्ने नै बिर्सेर पुगिहालेछु ।

प्रेम राई परिक्षित छिमेकी दाजै भनेर पुगिपो हालियो ।

मलाई सुपारी नै दिएका थिएनन् ती कविले ।

त्यो पनि पाँच वटा सुपारीको टुक्रा दिनु पर्नेथ्यो ।

किनकि त्यहाँ पाँच पाँच वटा पुस्तकको विमोचन थियो ।

पाँच पटकै निम्तो दिनु पर्थ्यो, किन दिएन !

विभिन्न पवित्र पाँच विधाका पुस्तक लोकार्पण थियो ।

म त ठूलो मान्छे पो त, कस्तो बिर्सेको हैसियत मैले ।


आज बडो गलत काम गरिये जस्तो लाग्यो । 

फेसबुकमा निम्तो गरेको भरमा टुप्लुक्क पुगियो।

त्यो पनि नाम पद किटान नगरीएको निम्तो ।

पुगिसकेपछी पो थाहा भयो मलाई 

मैले गलती गरेछु भनेर,

किनकि म त वजनदार मान्छे ।

किनकि व्यवहारले म त व्यस्त मान्छे ।


आदरणीय दाजै हाजुरले एकै कार्यक्रममा आफ्ना पाँच/पाँच बटा पुस्तकको लोकार्पण कार्यक्रम आफैमा ऐतिहासिक कार्यक्रम हो । यस्तो बौद्धिक एवं अति पवित्र कार्यक्रममा पुग्न पाउँदा आफैलाई भाग्यमानी ठानेको छु । कार्यक्रम संचालिका मेरी प्यारी बैनी श्री अञ्जु पोखरेल लाई प्रशंसा गर्दै कार्यक्रम सफलकालागि स्वयंसेवक युनिट तथा उपस्थित गुणस्तर अतिथि जनमा धन्यवाद सहित कवि एवं हाम्रो दाजै हजुरलाई हार्दिक बधाई तथा शुभकामना ।

No comments:

Post a Comment