जुकोट दरबारको बुद्ध र पूँजीवादी आध्यात्म
ध्यानी गौतम बुद्ध संग हामी मान्छेको अनुहार मात्र मिल्दैन उनको झै बन्ने उच्च सम्भावना पनि रहेको हुन्छ । तर अहिंसा, प्रेम, करूणा, र मानवतावाद उनैलाई मात्र जिम्मा लगाएर हामी भने सुख र शान्तिपूर्ण राज्यमा दौडाएर पुर्याउने चेतनारूपी शक्तिशाली वायुपंखी सेतो घोडा बेचेर चेतनाको अचेतमा उनै बुद्धलाई देवत्वकरण गर्नमा रमाएर मस्त अन्धकारमा सुतिरहेका छौं । किनकि उज्यालो दिने चेतना रूपी प्रकाशको आवस्यक छैन हामी एकचोले मानवलाई । किनकि हामीलाई जाग्नु नै छैन यो जुनीमा । बडो अजिबों गरिब छौं हामी विश्व समाजका पूँजीवादी मानव ।
हामी त्यो सुख, खुशी, शान्ति, प्रेम, करूणा र मानवतावादलाई भौतिक साधनले खरिद गर्ने वा विनिमय गर्न सक्ने साहस राख्छौं । जबकि प्रेम, करूणा र मानवतावाद कहिलेपनि बिक्रिकालागि कतै कुनै पसलमा राखिएको हुदैन । यो त जन्मदै हामीले लिएर आएका हुन्छौं तर आफुसंग भएको अमूल्य चेतनारूपी कस्तुरी खरिद गर्न, साथै भौतिक साधन र बल प्रदर्शन गरेर कबजा गर्न बाहिर भौतारिदै खोज्छौं । जसरी मृगले कस्तुरी खोदै हिड्छ भनेजस्तै । किनकि उत्तर आधुनिक वा पूँजीवादी समाजको नैतिकताको कुनै सिमा नै हुदैन जस्तो ।
भौतिक साधनले आध्यात्म चेतनाको खरिद गरेको इतिहास छैन, नत खरिद गर्न सक्नेछ । साथै आध्यात्म चेतना कसैले बिक्रिमा राख्न सकेको छ नत माग र पूर्तिको आधारमा मूल्य निर्धारण गर्न सकेको छ । न यो कसैले कसैलाई बाँड्न सकेको छ नत उपहार दिन सकेको छ । यो आध्यात्म अभौतिक चेतनारूपी त्यसतो अवस्था हो जसलाई गुरूले पनि गुरु मान्दछ, चेला पनि गुरु हुँदछ । तर यसको न गुरु हुँदछ न त चेला । त्यसैले आध्यात्मिक चेतनाको हकमा हरेक मानव आफैमा आफ्नो गुरु हुन र चेला पनि ।
भौतिकवादले (पूँजीको लगानी, नाफा र पुनःलगानी गर्दै अन्त्यहिन पूँजी वृद्धि) उद्योग बाट उत्पादन गरेर आध्यात्मवाद लाई बिक्रीकालागि ढिलोचाँडो विनिमयकालागि बजारमा ल्याउछ र खरिद गरौंला वा बाटर गरौंला भन्ने कसैले सोचेका छौं भने त्यो बिक्रेता पनि ठग हो र क्रेता पनि ठग हो, नक्कली हो । चेतनाको बिज बाट आध्यातमको गर्भमा विकसित भई जन्मिएको एक सुन्दर ज्ञान हो भौतिकवाद । भौतिकवादले न यसको मूल्य चुकाउन सक्छ नत ऋण नै तिर्न सक्छ । मानवमा रहेको चेतनाको दुई पाटा वा रूप हो भौतिकवाद र आध्यातमवाद । हामीले प्रयोग र अभ्यास गरेर भौतिकवादलाई जसरी शक्तिशाली बनाएका छौं हामी भित्र त्यसरी नै आध्यात्मिकताको नजिक पुग्न पनि चिन्तन, चेतना र ध्यानको निरंतर अभ्यासले हुनसक्छ कि ! मानव जीवनमा यही दुवैको संतुलन वा भौतिकमाथिको आध्यात्मिकताको नियन्त्रण वा प्रभावले पनि सायद न्यूनतम सर्तको मानव बन्न सकिन्छ की!
प्रिय मित्र राजाजी अमृत शाही ठकुरीको काठमाण्डौको दरबारमार्ग स्थित रहेको जुकोट दरबार रेष्टुरेन्टमा नेपाली काङ्ग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका स्वयंसेवक साथै नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू हामी समयलाई गुणस्तर बनाउने प्रयासमा ।
No comments:
Post a Comment