प्राकृतिक प्रकोप Vs दैवी प्रकोप
वर्तमानमा नेपाल तथा विश्व समाजमा घटिरहेका कुनैपनि घटना कि त प्राकृतिक हुन्छ कि त समाज निर्मित । कुनै पनि घटना दैवीप्रकोपका कारणले हुदैन, त्यस्ता हरेक घटनाहरू कि त प्राकृतिक प्रकोप बाट हुन्छ कि त सामाजिक (मानव कारक) । कुनै ढुङ्गामा कथित पसिना आएका/नआएका कारणले प्रकृतिक प्रकोप (Natural disaster) वा समाजमा भएका घटनालाई जोडनु भनेको अन्धविश्वास हो, त्यसैलाई दैवी प्रकोप (Divine disaster) मान्दछन् । यस्ता भाष्य र घटनाको कुनै सम्बन्ध हुदैन र कोही कसैले भौतिक कारण र प्रमाण पेश गर्न सक्नेछैन । त्यस्ता घटनाको न त त्यो पत्थर सँग कुनै सम्बन्ध हुन्छ न त त्यसको कथित पसिना आउनु/नआउनु सँग कुनै अन्तरक्रिया नै हुन्छ । यस्ता आईडिया र भाष्य निर्माण गरेर मानव तथा समाजलाई मिसलिड गरिरहेका छन् केही निश्चित स्वार्थ व्यक्ति तथा समुहले । यसलाई सामन्तवादी आदर्श र भाष्य पनि मान्न सकिन्छ ।
प्राकृतिक र दैवी प्रकोपलाई एकै रूपमा लिने गरेको पाईन्छ । प्रकृति र समाजलाई मान्न नचाहने पक्षधरले हरेक घटनालाई दैवी प्रकोप भनेर मान्ने गरेको पाईन्छ । प्राकृति प्रकोप वा सामाजिक तथ्य (Social fact) मा आधारित प्रत्येक घटनालाई भाग्यवाद (Fatalism), कर्मफलवाद (Karmism) वा दैवीक सँग जोडेर बुझने/बुझाउने गरेको पाईन्छ । भूकम्प, सुनामी, टोर्नाडो, ज्वालमुखी लगायत यस्ता प्रकृतिका शक्तिशाली तर विशुद्ध प्राकृतिक क्रिया द्वारा मानव तथा प्राणीमा पुगेको क्षतिलाई प्राकृतिक प्रकोप मान्न सकिन्छ नकि दैवी प्रकोप । दैवी प्रकोप कतै प्रमाणित हुदैन र गर्न सकिँदैन । घटनाको तथ्य र कारण विभिन्न दृष्टिकोण बाट निकाल्न वा प्रमाणित गर्न सकिन्छ तर तथ्य र प्रमाण नै देखाउन नसक्ने अनि दैवीप्रकोप भनिदिने र त्यसैमा अन्धविश्वास (Superstation) गर्नुले मानव तथा समाजलाई मिसलिड गर्नु नै हो, हैन भन्न सकिन्न ।
प्राकृतिक प्रकोप र सामाज निर्मित घटनालाई मानव तथा समुहले चिन्तन र विश्लेषण गर्न नसकेपछि र त्यसको विषयगत, दार्शनिक र वैज्ञानिक खोज अध्ययन र चिन्तन गर्न नसक्ने वा नचाहने र त्यसता घटनालाई दैव सँग जोडेर अवैज्ञानिक र अव्यवहारिक कारण र धारणा प्रस्तुत गर्नु र त्यही ढङ्गले वा भाग्यवाद र कर्मफलवाद सँग जोडेर त्यस घटना प्रति अन्धविश्वास गर्नु/गर्न लगाउनु दैववाद र पक्षधरहरूको मुख्य उदेश्य हुन्छ । दैवी प्रकोप भन्ने कुनै घटना हुदैन र छैन र प्रमाणित गर्न पनि सकेका छैनन् । तर मानव समाजमा प्राकृतिक प्रकोप तथा समाजिक तथ्यमा आधारित घटनालाई दैवी प्रकोप भनेर भाष्य निर्माण गरिएको छ र त्यसलाई निरंतरता दिदै गरेको देखिन्छ । दैवी प्रकोप सँग कुनै घटना सम्बन्धित नभएपनि समाजमा दैवी प्रकोपको वकालत र अभ्यास गर्नेको संख्या गरिब मूलुकमा अत्यधिक प्रतिशतमा रहेको पाउन सकिन्छ । त्यस्ता अभाव र गरिबीको चापमा पारीएको राज्यमा दैवी प्रकोप भन्ने शब्द र भाष्य बौद्धिक स्तरको मान्दछ र कथित बौद्धिक वर्गले पनि प्रयोग गरिरहेको स्पष्ट देख्न सकिन्छ ।
प्राकृतिक प्रकोपमा त्यस्ता शक्तिशाली क्रिया गर्दछ जसमा मानव तथा समाजको कारणले नभई विशुद्ध प्रकृतिको आफ्नै नियमितताका कारणले गर्ने हुने मानव तथा प्राणीमा पुगेको क्षतिका कारकलाई प्राकृतिक प्रकोप मान्न सकिन्छ । मानव तथा समाजले विकासका नाममा प्रकृति वा प्राकृतिक श्रोत साधन माथि गरिएको खेलवाड र दोहनका कारण हुने तथ्य र प्रमाण पुग्ने खालका घटना जस्तै पहिरो (land slide), खोला/नदि किनारामा निर्मित संरचनाको बाढीले गरेको विनाश लगायत जस्ता बाट हुने क्षतिलाई सामाजिक तथ्य (Social fact) अन्तर्गतका प्राणहरू पुग्ने घटनालाई सामाजिक मान्न सकिन्छ । घटनाको तथ्य र कारण पेश गर्न नसक्ने अनि दैवको कारणले हो भन्ने भाष्य निर्माण गरेर वाहवाही कमाउने यसको विशेष जोडबल हुन्छ । प्राकृतिक प्रकोप प्रकृति र विज्ञानमा आधारित तथ्य हो भने दैवी प्रकोप भनेको भाष्य मात्र हो जो अन्धविश्वास, भाग्यवाद र कर्मफलवादमा खेल्दछ भने प्रकृति र विज्ञानलाई अस्विकार गर्दछ, नजरअन्दाज गर्छ ।
केही साता पहिले दुई यात्रुबाहक बस पहिरोले बगाएर भएको त्यो दुर्घटना मानव तथा समाज निर्मित घटना हो । भौतिक संरचना विकास पूर्वाधारका नाममा दिगोविकास र प्रकृतिको संवेदनशिलता माथि भईरहेको खेलवाड, लापरवाही र दोहनका कारण हैन भनेर भन्न सकिन्न । घटनामा देखिँदा पहिरो र बाढी देखिएपनि त्यस पहिरो र नोक्सानीको मूल कारक भनेको मानव समाजको अन्तरक्रियाको परिणाम हो । तर समाजले यस्ता प्रकृतिका घटनालाई केहीले प्राकृतिक प्रकोप मान्दछन् भने दैववादीले दैवी प्रकोप मान्दछन् जो सरासर गलत हो । यस्त प्रकृतिका घटनाको जवाफदेहिता मानव समाजले लिन सक्नु पर्छ । त्यसरी नै नेपालको अन्तराष्ट्रिय विमानस्थलमा मिति २०८१ श्रावण ९ गते बुधबारका दिन ११ बजेर ११ मिनेटमा सौर्य एयरलाईन्सको भएको विमान दुर्घटना पनि प्राकृतिक प्रकोप र दैवीप्रकोप नभई सामाजिक कारण हो । त्यो सामाजिक तथ्यमा आधारित घटना हो जसलाई धार्मिक पितृसत्तात्मक जातिवादी दलाल पुँजीवादका कारण हो भनेर मान्न/भन्न सकिन्छ ।

No comments:
Post a Comment