Monday, July 29, 2024

पितृसत्तात्मक नश्लिय जातिवाद रोग हो

 

पितृसत्तात्मक नश्लिय जातिवाद रोग हो


पितृसत्तात्मक वर्णाश्रममा आधारित जात व्यवस्थाको विभेद र शोषणमा पारिएकाहरूको परिस्थिति ३५ सय वर्ष भन्दा धेरै भईसक्दा पनि मानवियता देखाउन नसक्ने भ्रमको चेतनालाई खुब प्रेम र सम्मान जाग्दछ जब धार्मिक पितृसत्तात्मक जातिवादी दलाल पुँजीवादको पक्षमा विचार, वचन र व्यवहार प्रदर्शन गर्ने प्रवृत्ति भएकी (कथावाचिका)को प्रसंग उठदछ । पितृसतात्मक नश्लिय जातिवादले महिला र दलित माथि भईरहेको शोषण र विभेद देख्न सक्दैन । कथा वाचिका प्रतिको समर्थन वा विरोध प्रसंगको केन्द्र हैन तर त्यही समर्थन वा विरोध गर्ने चेतनाले हजारौं हजार वर्ष देखि भईसहेको विभेद र असमानता प्रति अनदेखा गरेर बुझपचाउने भ्रमको चेतना प्रति प्रश्न हो ।


अबका दिनहरूमा वर्णाश्रममा शुद्र जात भएकै आधारमा ज्ञानका कुरा सुन्द, पढदा, लेख्दाको हकमा कानमा सिसा पघालेर हालिदिने, जिब्रो काटिदिने, हात काटिदिने । पितृसत्तात्मक समाज हो भन्दैमा नारीलाई सती जानलगनउने, बोक्सी, बेसिया जस्ता लान्छना लगाउने अमानविय क्रियाकलाप गर्ने समय छैन । नवराज वि.क. हत्या प्रकरण नवराज सहित ६ जनालाई बाँधेर नदिमा फालेर हत्या गरेको घटना ताजै छ । प्रेमिकाको परिवार सहित २६ जनालाई कानुनले अपराधी सावित गरेर अपराधको सजाय भोगिरहेका छन् जसमा २४ जना जस्तो ज्यानमारा अपराधीलाई जन्मकैदको सजाय सुनाएको छ । त्यस्ता पितृसत्तात्मकता, नश्लिय एवं जातिवादी चिन्तन र प्रवृत्तिलाई धर्म, संस्कृति र परम्परा मान्ने अमानवीय र गैरकानुनी बुझाई र व्यवहारलाई समयमै त्याग्न सक्नु पर्दछ । कुनैपनि व्यक्तिमा भएको यस्तो प्रवृत्ति रोग हो जसले सिङ्गो समाजलाई रोगी बनाउदछ । 


नेपालको शान्ति, सद्भाव र एकता साथै विकासको कारक र बाधक यही धार्मिक पितृसत्तात्मक जातिवादी दलाल प्रवृत्ति भएको भ्रमको चेतना नै हो । यो रोग हो जो पुस्तौँ पुस्ता सर्दछ र पुस्तालाई नै रोगी बनाउदछ । तर यो यस्तो रोग हो जो रोगीलाई थाहा नहुन सक्छ कि म रोगले संक्रमित छु भनेर । व्यक्तिलाई लागेको प्राण घातक रोगले त्यही व्यक्तिलाई वा लापरबाही गरेमा त्यस बाट सिमित केहीलाई सर्न सक्छ । तर पितृसत्तात्मक नश्लिय जातिवादी नामक असामाजिक र अमानवीय रोग पुस्तौँपुस्ता सर्दछ जसले सिङ्गो समाजलाई नै संक्रमित र रोगी बनाउदछ । यस्ता रोग बौद्धिक रोग हो जसमा अन्धविश्वास र भ्रमको चेतनाले संक्रमित हुन्छ भन्न सकिन्छ । भ्रमको चेतना बडो गाढा र गहिरो अन्धकार हुन्छ यस बाट बाहिर निस्कने एक मात्र उपाय भनेको अप्प दिपो भव: नै हो ।

No comments:

Post a Comment