Monday, July 29, 2024

शक्तिशाली तर काल्पनिक


 शक्तिशाली तर काल्पनिक 


देवतावाद एक आदर्श (Idea) हो जसले विभिन्न काल्पनिक तर्क, मिथक कथा, किम्बदन्ती र भाष्य प्रस्तुत गरेर मानव मस्तिष्कमा देवताको अकल्पनीय शक्ति, विशाल आकृति र गैरसामाजिक जीवनी निर्माण गर्ने अभ्यास गरिरहन्छ । देवतावादले मानवलाई देवताको भौतिक प्रमाण प्रस्तुत गर्न सकेको छैन तर मानव मस्तिष्कमा भने देवताको अकल्पनीय आकृति र जीवनी निर्माण गरेर मानवको चिन्तन गर्नसक्ने क्षमतालाई तथ्य र प्रमाण नभएका विषय र प्रसंगमा विश्वास र वकालत गर्ने सँस्कृतिको पुनःनिर्माण गरिरहेको हुन्छ । देवतावादले देवताको सर्वशक्तिमान, सर्वव्यापी एवं कल्याणकारी जस्ता गुणले भरिएको विराट अवतार निर्माण गर्दछ तर काल्पनिक ।


देवतावादले देवतालाई ग्रन्थमा, साहित्यमा, किम्बदन्तीमा विभिन्न काल्पनिक, अन्धश्रद्धाजन्य तर्क र कथा वर्णन गर्दछ तर भौतिक तथ्य र प्रमाण भने देखाउन सकेको देखिदैन । जस्तै प्राकृतिक भौतिक संरचनालाई देवतावादले देवता सँग जोडेर त्यसलाई पवित्र/अपवित्र मान्दछ । त्यस्तै काल्पनिक कथा र आकृति निर्माण गरी सोही बमोजिम भौतिक संरचना निर्माण गर्दछ वा निर्मित  र त्यसैलाई देवताको देन हो वा रूप हो भनेर अप्रमाणित तर्क र हठ गर्न सिकाउदछ । देवतावादले मानव समाजमा मानवको काल्पनिक क्षमतामा बहुसंख्यक मानवमा देवतावादको आदर्श निर्माण गरेर यसरी वातावरण निर्माण र पुनःनिर्माण गर्दछ, लाग्छ देवताको भौतिक रूप छ र यस व्रह्माण्डमा रहेका जैविक र निर्जीव वस्तुको सृष्टि पनि त्यही देवताले गरेको भन्ने तथ्य र प्रमाण बीच काल्पनिक सम्बन्ध निर्माण गरि अवैज्ञानिक र अव्यवहारिक तथ्य र प्रमाणको प्रसंगमा वकालत गर्ने मानव निर्माण तथा पुनःनिर्माण गर्दछ ।


निश्चित ऐतिहासिक कालखण्डमा निश्चित कारणले देवतावादको उदय गरियो मानव तथा समाज द्वारा तर त्यही देवतावादले मानव तथा समाजलाई पुनःआकनरित गरिरहेको छ । तर यो प्रकृति र जगत परिवर्तनशिल छ र हरेक चिज को आफ्नो निश्चित आयु रहेको हुन्छ जो प्रकृति तथा सामाजिक नियम हो । देवतावाद देवतावादको जसरी मानव समाजमा उदय भयो त्यसको अवसान पनि हुनेछ वा गर्ने छ । देवतावादलाई प्रश्न गरिरहने द्वन्द्वात्मक भौतिकवादले मानवको संस्कृति तथा चेतनामा निर्माण गरिदिएको शक्तिशाली तर काल्पनिक देवताको ढिलो चाँडो हत्या गर्ने छ ।

No comments:

Post a Comment