कम्युनिष्ट पार्टी र मार्क्सवादको कुनै सम्बन्ध छैन
समाजवादी / वैज्ञानिक समाजवादी / कम्युनिष्ट पार्टी र मार्क्सवादको सम्बन्ध देवता र भक्तको जस्तै हो । देवता र भक्त बिचमा जसरी कुनै सम्बन्ध हुदैन त्यस्तै हो । भक्तले जति पुकार गरेपनि त्यो देवताले कुनै अन्तरक्रिया नगरे जस्तै हो सम्बन्धको हकमा । जसरी भक्तले आफै देवता निर्माण गरेर जबर्जस्ती सम्बन्ध छ भने जस्तो बनाएको हुन्छ त्यस्तै हो । कहिलेकाही यस्तो गरेर सम्बन्ध स्थापना गर्न खोज्छन् ती भक्तले कि देवताले उनी सँग मात्र अन्तरक्रिया गर्दछ र उनिलाई मात्र चिन्छ जस्तो गरेर । तर वास्तविकतामा त्यो सबै भ्रमको सम्बन्ध रहेको हुन्छ त्यो देवता र भक्त बिचमा जस्तो त्यस्तै हो समाजवादी/कम्युनिष्ठ पार्टी र मार्क्सवादको सम्बन्ध ।
राजनीतिकको हकमा राजनीतिक दल विभिन्न साधनहरू मध्ये एक सामान्य साधन वा माध्यम मात्र हो राजनीतिकको । तर राजनीति र मार्क्सवादको सम्बन्ध पानीमा रहेको H2O जस्तै हो । जसरी H2O मिलेर पानी बनेको हुन्छ त्यसरी नै राजनीति र मार्क्सवादको समिश्रण बाट समातामुलक समाजको निर्माण सम्भव हुन सक्दछ । राजनीतिक संगठनले वा समाजवादी/साम्यवादी पार्टीले स्वयंलाई मात्र प्रधान मान्नु र अन्य राजनीतिक/सामाजिक संस्थाहरू वा साधन/माध्यमहरूलाई गौण मान्नु अबौद्धिकता हो । राजनीतिले मार्क्सवादलाई समेटन नसके त्यो राजनीति जातिवाद, नश्लवाद, धार्मिक अतिवाद, पितृसत्तात्मक, दासप्रथा, सामन्तवाद र दलाल पुँजीवाद मात्र बाँकी रहन्छ ।
हरेक राजनीतिक गर्ने भन्नेले राजनीति होस् वा अन्य विधामा रहेर राजनीति गरिरहेको हुन्छ तिनले मार्क्सवाद बुझ्न र वकालत गर्न अनिवार्य हो । किनकी दर्शनलाई दर्शन बनाउने शक्तिशाली द्वन्द्ववादी दृष्टिकोण मार्क्सवाद ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । राजनीति वा राजनैतिक दललाई मार्क्सवाद अनिवार्य सर्त हो । किनकि दर्शनले राजनीति जन्माएको हो । राजनीतिलाई दिशानिर्देश गर्ने दर्शन हो मार्क्सवाद । मार्क्सवादी दर्शनको अध्ययन बाट राजनीतिक संगठन वा कम्युनिष्ट पार्टीको जन्म भएको हो ।
राजनीतिक दलका नाममा मात्र राजनीति गरेको भनेर बुझ्नु र बुझाउनु त्यस्तै कम्युनिष्ट पार्टीले मात्र राजनीति अभ्यास गर्ने क्रममा मार्क्सवाद मान्दछ भन्ने बुझ्नु र बुझाउनु भनेको मानिसहरूको चिन्तन क्षमता भएको मस्तिष्कमा खुलेआम कुकुरले खम्बामा खुट्टा उठाएर सजिलै मुत्रत्याग गरिदिनु जस्तै हो । राजनीतिक गर्दैछौँ भनेर मान्ने हरेक साधन/माध्यमले बुझ्न बुझाउन जरुरी छ कि राजनीतिक पार्टिले गरिरहेको क्रियाकलाप मात्र राजनीति हैन जबकि हरेक मानवले आफ्ना जीवनाका विभिन्न विधामा गरिरहेका प्रयास र अभ्यासहरू पनि राजनीति हो भनेर मान्न र मनाउन सक्नु पर्दछ ।
त्यसैले यदि राजनीतिकका नाममा समाजवादी वा कम्युनिष्ट पार्टीले मार्क्सवादका नाममा चाहिने भन्दा धेरै खरानी धस्दछ भने साथै राजनीतिका नाममा मार्क्सवादलाई शत्रु मान्दछ भने त्यस पात्र वा प्रवृत्तिको चेतनामा र नियतमा खोट छ भनेर जान्दा मान्दा र बुझदा हुन्छ । मार्क्सवाद रहितको राजनीति धार्मिक पितृसत्तात्मक जातिवादी दलाल पुँजीवाद कहलिन्छ । कम्युनिष्ट पार्टी र मार्क्सवाद मात्र नभई हरेक राजनीतिक दल र एकाईको समग्रले अवलम्बन गर्नु पर्ने हुन्छ मार्क्सवादको ।
राजनीतिक दल वा कम्युनिष्ट पार्टीको मार्क्सवाद सँग कुनै सम्बन्ध छैन जसरी देवता र भक्त बिचमा तर त्यो भक्त चिच्याई रहन्छ देवतावादी बन्न । त्यसरी नै कम्युनिष्ट पार्टीको मार्क्सवाद सँग कुनै दोहोरो अन्तरक्रिया र सम्बन्ध छैन तथापि वकालत गरिरहन्छ मार्क्सवादको किनकि तिनलाई मुक्ति तथा न्याय स्थापनाको राजनीति गर्नु छ । कम्युनिष्ट पार्टीले मार्क्सवादको भजन धेरै गाउछ भन्ने आक्षेप लगाउनेले पनि मार्क्सवादको भजन गाउन थाल्नु पर्दछ । किनकि मार्क्सवाद रहितको राजनीति राजनीति हुनै सक्दैन ।

No comments:
Post a Comment