Monday, August 31, 2020

 महिला प्रतिको उच्च सम्मान राख्नु,

अाफ्नो वा अरूको ईमानदारीतामा कहिले बैमानी नगर्नु,

सत्यलाई झुठले नढाक्नु,

कुनै पनि क्रियाकलाप वा उदेश्यलाई मन, वचन र कर्मका साथ लाग्नु भनी अझ पनि अर्ती, अाशिर्वाद दिनु हुने हजुरबुबा, बुबा प्रति सदैव सम्मान रहनेछ!

सबैले उच्चारण गर्नुहुने "बुबा" प्रति अादर!

 सबै ज्ञान शिक्षा हो तर के सबै शिक्षालाई ज्ञान भन्न मिल्छ!

ठेक्कामा दही हालेर नौनी निक्लन्छ भनेर पर्खेर बस्नु भन्दा पनि त्यस दही रूपी शिक्षालाई मोथेर नौनी रूपी ज्ञान निकाल्ने कर्ममा लाग्नु सामाजिक हुन्छ। जब कसैको नौनी रूपी ज्ञानले सामाजिक कल्याणको तातो भट्टी माथि बसेको राजनीतिक कराईमा खारिएपछि त्यस नौनीलाई घ्यू रूपी ज्ञानी बन्न कसैले रोक्न सक्दैन।

कसैको शिक्षाले समाजलाई कत्तिको सक्रिय बनाउछ भन्ने निश्चित नभएपनि ज्ञान र ज्ञान वाहकले मानव विकासका लागि भने शक्तिशाली कम्पन्न दिन सक्छ। समाजलाई कसैको शिक्षाले भन्दा पनि ज्ञान द्वारा रूपान्तरण ल्याउन सक्छ।

नेपालको अक्सर विद्यालयमा बाँडीने त्यो विचार, अादर्श, दर्शन, सिद्धान्तहरू, मात्र शिक्षा हो। ज्ञान भने यत्र तत्र सर्वत्र समाजमा पाईन्छ। जस्तो र जत्रो झोला लिएर निस्कनु हुन्छ, चाहेजस्तै, त्यस्तै र त्यतिनै पाईन्छ। 

अागे हजुरको जो ईच्छा। 

शुभकामना

Saturday, August 29, 2020

 असुरक्षित संसार भित्रको नेपाल अाफैमा कुनैपनि दृष्टिकोण बाट न सुरक्षित छ न कतै संभावना, त्यसै देशको शरणार्थी नागरिक म,

लाचारी छोरा मै कमजोर पति अनि विवश बाबु पनि 

यसमा मेरो दोष छैन सरकार 

भिख मागछु हरेक पतिको पत्नी, हरेक बाबुको संतान अनि हरेक संतानका बुबा अामाहरू मा सुख, शान्ति, स्वस्थ्य र सुरक्षाको...

 मानसिक रोग (Mental illness) र विभिन्न दृष्टिकोण 


#बाईबल: मानसिक रोग असाधरण व्यवहार हो।

#जीवशास्त्र: मानसिक रोग जिन(Gene), वंशाणुगत गुण (Heredity) का कारणले हुन्छ।

#मनोवैज्ञानिक सिग्मण्ड फ्रयाड: सामाजिकिकरणको प्रक्रियाको कारणले हुन्छ, जसमा अचेत, सचेत र उच्च सचेतको भूमिका हुन्छ।

#समाजशास्त्री ईमाइल दुर्खाईम: सामाजिक संरचनाको कारण।

#माक्र्सवाद: शोषण र असमान अवसरका कारण मानसिक रोग हुन्छ।

 समाजको पहिलो र स्थायी विशेषता भनेको परिवर्तनशीलता हो। यसको बहावको गति, छाल संगको फैलावट र गहिराइ भित्रको चाप साथै भविष्यवाणी गर्न नसकिने समय, परिस्थिति, संघर्ष र परिवर्तन गर्भमा बोकेर पनि शान्त महासागर झै हुबहु देखिन्छ।

यहि हो समाज!

 आफ्नो विश्वासलाई #धर्म र अन्यको विश्वासलाई #अन्धविश्वास भन्ने प्रवृत्ति नै #जातिकेन्द्रितवाद (#Ethnocentrism) हो।

#द्वन्दवादी तर्क: यसले अन्य समुहलाई मूल्यहीन बनाउने र समान अवसरबाट बन्चित गराउछ भन्छन्।

#प्रकार्यवादी तर्क: यसले आफ्नो समुहको सामुहिकपनालाई मजबुत गराई सामाजिक एकता मजबुत गराउछ भन्छन्।

 तिमी लाई अरूले हँसाउछन्, यो मनलाई तिमीले हँसायौ।

तिमी लाई अरूले फँसाउछन्, रूपले तिम्रो मलाई फँसायौ।।


सप्त रंगी ईन्द्रेणी रूपकी रानी, म मात्रै हुँ दिल चोरको राजा।

हेर्दै खेरी अभियोग लाग्ने तिमी, बेकसुर मलाई जेल पसायौ।।

तिमी लाई अरूले फँसाउछन्, रूपले तिम्रो मलाई फँसायौ।।


रातो राम्रो तिम्रो गुलियो मिठो, वरिपरिका सबै लााग्छ प्यारो।

यस्तै रहे रशिलो यौवन झरिलो, स्वर्गको ईन्द्रे त्यसै झस्कायौ।।

हेर्दै खेरी अभियोग लाग्ने तिमी, बेकसुर मलाई जेल पसायौ।।


तिमी लाई अरूले हँसाउछन्, यो मनलाई तिमीले हँसायौ।

तिमी लाई अरूले फँसाउछन्, रूपले तिम्रो मलाई फँसायो।।

२०७२/०५/१२ शनिवार

Thursday, August 27, 2020

 शुभ प्रभातम्!

ज्ञान र ज्ञानी तब मात्र कहलाउछ जब जीव, जगत र मानवको सुरक्षा एवं उज्ज्वल भविष्यका लागि सार्वजनिक हितका खातिर, कल्याणकारी नियतका साथ बृहस्पति झै एक्ले भएपनि उभिने साहस गर्दछ। सत्य नियतको साथबिना त्यो ज्ञान, मात्र एक्लो प्राणीको ज्यान हो।

शुभ दिन!

 कोही कसैको पछिलाग्न कसैलाई फुर्सद छैन यो पुजीवादी विश्व समाजमा। तर वनको बाघले खाअोस नखाअोस् मनको बाघले खाईसकेको आभाष गर्नु कागले कान लग्यो भन्दै पछिलाग्ने आदत दु:ख निम्त्याउने र घाटमा पुग्ने बाटो हुन सक्छ।

आफुले आफुलाई खेद्ने र दौउडाउने भन्दा अरू केही नहोला। यहाँ कसैलाई कसैको चासो र सम्बन्ध छैन। बुझ्नु पर्ने विषय।

 हे, सुम्नीमा-पारूहाङ !

हे, ईश्वर !

हे, बूद्ध !

हे, प्रभू !

हे, अल्लाह ! र

यस धर्तीमा भएका हे, चिर-परिचित महात्माहरू हो ।

यि हाम्रा नेपाली दाजु-भाई तथा दिदी-बहीनीहरूलाई सद्बुद्धी देउ, हिंसा होइन प्रेम मा बाच्न सिकाउ ।

सर्वजन हितायः!!!

 सर्वजन हितायः!!!


हजुर हरूको वक्तव्यले, देश !

गृह युद्धको दलदल मा नफस्न पनि सक्छ ।


हजुर हरूको मौनताले, देश !

साम्प्रदायिक द्वन्दको चपेटामा नपर्न पनि सक्छ।।


४/३६ से कुरा नगरे, नेपाल !

हामीले चाहे जस्तै फेरि २२/२४ से नहुन पनि सक्छ।


आफै लाई मपाई नठाने, देश !

जजमानको तै थैली र सात मुखे झोली नहुन पनि सक्छ ।


टर टर गर्ने स्वर सुन्दा

ठाने धार्नी नठाने बिसौली, भ्यागुतो नहुनपनि सक्छ। 


कपोकल्पित कुरा गरे, देश !

सर्वे भवन्तु सुखिनः। सर्वजन हितायः। नहुन पनि सक्छ।

                    Bhuwan Man २०७२/०५/१० द्वादशी

 भलायो संग मीत लगाएको मान्छे म।

 "ज्ञान भन्दा नियत बलियो"

"Intention Vs Knowledge"

काउछो

 कउछो:

यस्तो चिलाँउछ, जति कन्यायो त्यति मजा, अब कन्याउदै बस्नुको विकल्प छैन। यसको ठूलो अोखती नै कन्याउनु हो। कन्याअौं, एक अापसमा कन्याउन सघाअौं।

न रून, न हाँस्न बनाउछ भनेकै त हो नी कसै कसैले।

प्रकृति

 यो ब्रम्हाण्डको पृथ्वीमा प्रकृतितन्त्रमा आधारीत प्रकृतिको यो साम्राज्यमा प्रकृतिवाद उन्मुख संविधान रूपी आफ्नै प्राकृतिक नियम छ। जहाँ हरेक नागरिक सदस्यको बाँच्न पाउने समान अधिकार रहेको हुन्छ। प्रकृति प्रदत्त हरेक प्राकृतिक साधनको भेदभाव रहित समान वितरण गर्नुका साथै उक्त साधन माथि समान पहुँचको अधिकार पनि स्थापित गराइएको छ।


प्रकृतिको यो प्रकृतिकरणमा प्रभावित पार्ने पहिलो र अन्तिम भागेदार मानव प्राणी हुन् जसको असहयोगले प्रकृति कमजोर बन्दै गईरहेको स्पष्ट भईसकेको छ। त्यस मध्य पनि एसिया देशको नेपाल गाउँपालिका काठमाण्डौं त्यस्तो पालिका हो जहाँका प्रमुख र समितिका सदस्यहरू त्यति खराब चै होईन तर अाफुपनि नबनाउने र अरूलाई पनि बनाउन नदिने अलिक चकचके स्वभावको परिचय स्थापित गरिसकेका छन्।


स्थानिय निकायमा सिंहदरबारको अधिकार पुग्यो भन्दैमा पालिकामा सत्ता साझेदारीका लागि समिकरण बाट पुगेका दुईतिहाईको दम्भले तिनिहरू भन्दा माथि पनि विभिन्न निकायहरू छन् जो हाल सम्म मौन दर्शक भएर बसेका छन्। स्मरण रहोस् उक्त पहिलो र एक मात्र धारा भएको संविधानमा उल्लिखित कुरा बिर्सनु हुन्न।

धार-१: "समय परिवर्तनशील छ र त्यो उत्तीकै साथै अकल्पनीय बलवान् रहेकोले प्रकृतिको धर्ममा बस्नु पर्ने सबैको कर्तव्य रहनेछ र लापरवाही गरेमा आफै जवाफदेही हुनुपर्नेछ।"

Wednesday, August 26, 2020

गजल

सरकारको विरोध गर्दै न्यायकालागि सडक संघर्ष र आन्दोलनको पलमा पनि प्रेमभावको अनुपस्थित कहाँ हुन्छ र...

आउ यो सडक संघर्षमा प्रेमका ती बात गरौं।                  आउने पीढीको सुखका खातिर यहीँ साथ मरौं।।

विरोध गर्दा पूर्ण आक्रोस, नवदुर्गाको रूप तिमी।अधिनायकवादी सरकारको, नियतमाथि घात गरौं।।

आन्दोलनको नशाले मातेकी जंगली घोडी तिमी।            हिंस्रक दमनकारी मूर्ख संयन्त्रलाई संगै लात मारौं।।

वयस्क अंगहरू तरंगीत मस्त तरूण बघीनी तिमी।       सडकको प्यास र सरकारको दम्भ त्यही रात मारौं।।


सद्भाव भड्काउन सक्छ

 आम नागरिक, जनसागर, करदाता जनता लाई सिङ र पुच्छर नभएको भेडा भनेर संज्ञा दिनेहरूलाई सिङ, पुच्छर र भुत्लै भुत्ला भएका मानिस हुन् भन्न मिल्दैन। किनकि कुनैपनि मानिसलाई, आफुलाई मानिस ठान्ने कुनैपनि मानिसले त्यसरी अभद्र व्यवहार नगर्नु नै मानवता हो। मानवता विनाश नगरौं। हाम्रो एक वचनले मानवता जगाउन मद्दत गर्न सक्छ र त्यसैले सद्भाव भड्काउन सक्छ।

Tuesday, August 25, 2020

 वर्तमान सामाजिक राजनीतिक समस्याका विषयमा अक्सर व्यक्तिहरू सुचित छन् तर यसको दिर्घकालिन वा दिगो समाधान के र कसरी होला भन्नेमा ध्ययान नगईरहेको देखिन्छ। अर्थात हरेक नेता वा नेतृत्वमा त्यस्तो सक्षमता कसरी ल्याउने भन्ने विषय प्रमुख हो। 


समाजशास्त्रको सामाजिक सत्यको सिद्धान्त अनुसार यसको दोषी समाज नै हो र यस प्रकारको बेथिति र विसंगतिको दिगो हल गर्ने पनि समाज नै हो भन्दछ। जस्तै समाज तथा परिवार वा व्यक्ति अाफु नैतिक प्रधान हुनु भन्दा अर्थकेद्रित देखिनु नै समस्याको जड हो। समाज अाफु नैतिकता र अनुशासन प्रधान भएको खण्डमा यस्ता समस्या निराकरण हुने निश्चित छ। 


कोही विद्यार्थी वा अभिभावक लाई केही प्रश्न गरौं जस्तै अाफ्ना नानी केटाकेटी लाई किन पढाउनु हुदैछ? र विद्यार्थी लाई हजुरहरू किन अध्ययन गर्नु हुदैछ? भन्दा विद्यार्थी र अभिभावकको एउटै जवाफ अाउछ, पैसा कमाउन। सायद त्यहाँ समाज, राष्ट्र, पृथ्वी र व्रह्माण्डको सेवा र सुरक्षा गर्न भन्ने जवाफ अाउने हुन्थ्यो भने वा सिकाईन्थ्यो भने अाजको दिनमा यो नगरपालिका मात्र नभई समग्र राष्ट्र मै यस्तो समस्या हुने थिएन।


समस्या हामी हौं जो अाफ्ना बालबालिकालाई पैसा कमाउने विधि र प्रक्रिया सिकाउदैछौं जानीनजानी। यो नेपाली समाजको साझा समस्या हो र जहिले सम्म समाज यस्तै रहन्छ तब सम्म कुनै नेतृत्व(छोराछोरी, भाईबहीनी) बाट त्यस्तो कुनै फरक अपेक्षा राख्नु दोष हुन्छ।


समस्या व्यप्त छ र समाधानका दिगो उपायपनि छ भन्ने मनन गर्ने बेला हो। गुण र दोष समाजको हो न कि कुनै व्यक्ति वा नेतृत्वको। पैसाले जब सम्म सामाजिक स्तर मापन गरिन्छ तब सम्म हुनेवाला यही नै हो जो वर्तमान गुज्रिरहेको छ र यस्तै रहेसम्म केही नयाँ हुन्नसक्दैन भन्ने कुरा हरेक व्यक्ति वा समाजले बुझ्न जरुरी छ। सामाजिक संरचनामै परिवर्तन ल्याउनुको विकल्प खोज्नु पानी माथिको अोबानो हुन खोज्नु हो।

गैरराजनीतिकरण

 समाजले समाजमा घटित हरेक घटनालाई लाई गैरराजनीतिकरण गर्दैछ। राजनीति प्रतिको विश्वास घटनाले वा हटनाले दिर्घकालमा समस्या अझ बल्झिदै जानेहुन्छ भन्ने विश्वास कमैले गरेका छौं। 


हरेक विषयवस्तुमा नेपाली समाजले जुन ढङ्गले सांस्कृतिक संरचनाको निर्माण गर्दैछ त्यसले राज्य, राजनीति र संस्थागत परिपाटी भन्दा पर लाँदैछ। नेपाली समाजलाई व्यक्तिवादी र देवत्वकरण गर्ने संस्कार तिर जानीनजानी अाफै धकेलिदैछन् वा कसैले योजनाबद्ध ढङ्गले त्यो दलदलमा फँसाउदैछन्। समाजले बुझ्न जरुरी छ कि राजनीति भनेको स्नायु प्रणाली समानको सामाजिक संस्था हो जसको पहुँच हरेक अंगमा रहेको हुन्छ। यसमा अाएको वा देखिएको असंतुलन ले सिङ्गो समाजलाई प्यारालाईज गराउने वा सिङ्गो  संरचनात्मक प्रकार्य प्रणाली लाई नै संतुलनमा रहन नदिने निश्चित हुन्छ। जे हुदैछ त्यसले अझ पीडा बढाउने छ।

समाज निर्माण

 नैतिकता, सीप र शिक्षालाई समाजको प्रधान संस्कारको रूपमा संरचनात्मक विकास गर्न सके भ्रष्टाचार शून्य समाज निर्माण गर्न सकिन्छ। 


राजनीति गर्ने अगुवा कार्यकर्ताले विकास र समृद्धि प्राप्तिको सपना देखाउने र वाचा गर्ने भन्दा वर्तमान कृतिम सामाजिक विपत्ति र बेथिति लाई शून्य बनाउने अभ्यासमा लाग्न सक्नु पर्दछ। जनतालाई मूर्ख कहिले सम्म बनाई रहने र जनता अाखिर कहिले सम्म मूर्ख भईरहने!


समृद्धि लक्ष्य हो त्यही प्राप्तिको जटिल प्रक्रिया नै विकास हो, जसको अाफ्नो छुट्टै गति हुन्छ। उक्त प्रक्रियाको बाधक अार्थिक, नीतिगत, सामाजिक, राजनैतिक र सांस्कृतिक भ्रष्टाचार, नातवाद, कृपावाद नै हो। हरेक समाजमा यसको अन्त्य नभएसम्म अरू बात र बाचाहरू भोटमाग्ने जाल मात्र हो। को कति पानी माथिको अोबानो छ एक एक टिप्पोट रहेको हुन्छ जनता संग तर नातावाद कृपावाद त्यो अख्तियार दुरूपयो गर्ने संग मात्र नभई जनतामा पनि व्यप्त देखिन्छ।


यस्ता विभिन्न प्रकारका अार्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक विकृति विसंगति लाई संरचनात्मक निस्तेज बनाउने र सभ्य समाज निर्माण गर्ने वा विकास र समृद्धि प्राप्तिको पहिलो र अन्तिम शस्त्र अस्त्र नै नैतिकता, गुणस्तर सीप र न्यायीक शिक्षा नै हो।

त्रिवि

 क ख मात्र पढाउने सामान्य विद्यालय भन्दा थोरै पनि विश्वविद्यालयको मापदण्ड र विधिविधान अनुसारको सक्षमता प्रदर्शन गर्न सक्ने हैसियत निर्माण गर्न नसकेको त्रि.वि. अझै पनि कमजोर र विपन्न रहेको स्पष्ट देखिदैछ। 


त्रिभुवन विश्वविद्यालयको स्थापना गरेको अनि जनताको शासन प्रजातन्त्र आएको यत्तिका वर्ष भईसक्दा पनि ऐ ले अाफुलाई त्यस स्तरमा उभ्याउन नसक्नुको पछाडि त्यसमा अाबद्ध बौद्धिक कर्मचारी भन्दा माथी हैसियत उठाउन नसकेका प्राध्यापक साथै ऐ को मर्म र भावना संग हरवक्त छेडखानी गरिरहने शक्तिको खेल खेल्न रूचाउने राजनीतिकरणको मार परेको स्पष्ट देखिन्छ। COVID-19 संक्रमणको यस्तो विश्व संकटको घडीमा यस्ता विश्वविद्यालयले विभिन्न माध्यम बाट देश र जनतालाई पर्न सक्ने विभिन्न प्रकारका सामाजिक र जैविक प्रकोप र संकटको प्रक्षेपण गर्ने र त्यस बाट बच्ने उपायको खोजी गर्दै विभिन्न विषयगत अध्ययन अनुसन्धानमा अहोरात्र खट्नु पर्ने हो। तर  त्रि.वि. को विभिन्न कार्यक्रमको तालिका सारेको देख्दा र तल्लो तहको निर्णय गर्दै सूचना निकालेको देख्दा ऐ को हैसियत कखरा सिकाउने विद्यालय बोर्डको भन्दा तल चै हैन भन्ने स्पष्ट देखिन्छ। तै पनि अाफुलाई विश्वविद्यालयको हैसियतमा राख्न खोजेको देख्दा लाज लाग्छ।


त्रि.वि. त्यस्तो ज्ञान उत्पादन गर्ने क्षेत्र हो जसले गलती गर्नसक्छ भन्ने विश्वास राख्दैन। तर सम्बन्धित पक्षको मर्मर र भावना माथि निच खेलवाड गरेको र विश्वास माथि गर्दै गरेको छेडखानी अक्षम्य छ। नेपाल सरकार मातहतको त्रिभुवन विश्वविद्यालयको बनावटी र नक्कली साख पनि गिरेको महसुस हुदैछ। बदनाम त्रि.वि. को सान, मान र साख कायम राख्नका लागि त्यस पवित्र क्षेत्र संग आबद्ध बौद्धिक कर्मचारी र वर्तमान सरकारका पदेन प्रतिनिधि कुलपति(प्रधानमन्त्री) एवं ले यसको रक्षा र विकासमा पवित्र शैलीलाई अंगालेर निष्पक्ष ढङ्गले लाग्नु पर्ने देखिन्छ।

विकास

 हिन्दुधर्म र संवैधानिक राजसंस्था प्रतिको प्रगाढ मोह आखिर के का लागि?

बगेको खोला फर्कदैन भन्ने सिद्धान्त (Unfolding Theory) समाज र समयमा लागू हुन्छ। 

युरोप, अमेरीका लगायत सम्मन्न मुलुकलाई धार्मिक संस्था वा राजसंस्थाले बनाएको हो र! समाज र राष्ट्र बनाउन नियतमा सद्भाव र न्याय बोकेको मानवतावाद चाहिन्छ नकि कुनै धर्म वा तंत्र।

प्रेम

 कुनै मानिसको शरीर कसैको अधिनमा बस्नै पर्ने पति वा पत्नी हो भन्नुभन्दा पनि त्यो अदृश्य आत्माको एक भौतिक रूप मात्र हो। जो संग आत्मा र सुगन्ध मिल्दछ उसैको पक्षमा, प्रेममा र प्रतीक्षामा हरदम रहिरहन्छ। त्यो आत्मीक सम्बन्ध पति वा पत्नी हुन पनि सक्छ र नहुन पनि सक्छ। जन्म दिने सम्माननिय आमाले त त्यो शरिर माथिको नियन्त्रण र निर्देशनको सिद्धान्तको विपरीत, सम्भावना र अवसरका लागि स्वतन्त्र छोडिदिन्छिन भने.....?


केपि प्रशासन

 "नेकपा फुट्नु-नफुट्नु, फुट्छ-फुट्दैन" भन्ने विषय वर्तमान परिस्थितिमा नितान्त अप्रासाङ्गिक र स्तरहीन विषय हो। नेकपाले मानवीय संवेदनशीलताका विषयलाई प्रधान पक्षमा राख्न नसक्नुले केपि प्रशासनको सक्षमता प्रति विश्वास घटेको देखिन्छ।

प्रेम

 प्रेम गर्ने र माया दिनेहरू जति सुखी छन् त्यत्ति नै दुखी हुन्छन् प्रेम, स्नेह र माया खोज्नेहरू यो संसारमा। प्रेम कसैले दिन्छ र लिउला वा आभाष गरौंला भन्ने कुरा नभई, यो अाफुले गर्ने वा लुटाउने कुरा हो। तर यहाँ कसै दिलवालेले दिएको लुटाएको अमूल्य माया-प्रेम राख्ने र थाप्ने कचौरि सम्म छैन जो अाफुलाई प्रेमका भिखारी मान्ने गर्छन्। त्यही हो चेतना शून्य मानव जो प्रेम लुटाउन नभई लुटन मात्र खोज्दछन्।

मानवताको आधारमा आआफ्नै सम्बन्ध अनुसार हरकोहीलाई पवित्र प्रेम गर्न सक्ने अभ्यास गरौं। आफ्नो जीवन सुखमय बनाउने पहिलो र सरल तरिका यही हो।

सायद त्यसैले होला उनी सधैं भन्ने गर्छिन् " हजुर प्रतिको मेरो प्रेम हर श्वास, धड्कन र कदममा छ र रहनेछ।" त्यसैले होला उनीलाई म सधै खुशी र सुखी देख्छु।

तरिका

 बसमा राख्न नसक्नेले विश्वासमा राख्न खोज्दछ। मीत लगाएर होस् वा कन्यादान गरेर किन नहोस् हरदम उहीँ प्रेत प्रयासमा रहेको हुन्छ।

श्री ज्योति मा.वि. (विज्ञान विषय ११/१२ कक्षा

 उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ बेल्टार स्थित वि.सं. २०२२ साल तिर स्थानिय अगुवा युव, बुद्धिजीवी, समाजसेवी, लगायत तत्कालिन सरल समाजको योगदानमा स्थापना गरिएको श्री ज्योति माध्यमिक विद्यालयमा यही २०७७/०७८ को शैक्षिकसत्र देखि नै ११ र १२ कक्षामा ऐच्छिक विषयको रूपमा विज्ञान विषय(Science Subject) अध्ययन अध्यापनको अनुमति पाएको खबरले हामी सरोकारवाला सर्वसाधारणमा निकैनै खुशी साथै हौसला छाएको छ। 


यसै अवसरमा  स्थापनाकाल देखिको अाजको मिति सम्म यस विद्यालयको गुणस्तर विकासमा प्रत्येक्ष परोक्ष अमर र अमूल्य योगदान पुर्याउनुहुने समाज विकास प्रेमी, शिक्षाप्रेमी स्वर्गीय र जीवित व्यक्तित्वहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। साथै ऐ विद्यालय परिवार र सम्बन्धित सबैलाई हार्दिक बधाई एवं गुणस्तरमा उच्चताको कामना व्यक्त गर्दछौं।

लकडाउन बेल्टार

 उदयपुर जिल्लाको दोस्रो व्यपारीक केन्द मानिने चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार स्थित स्थानिय सरकारले घोषणा गरेको लकडाउनको पालना गरेकै कारण ऐ नगरपालिकामा कोरोना भाईरस संक्रमण-१९ ले प्रवेश गरेपनि जुन गतिमा यसले ताण्डव देखाउनु पर्ने हो त्यो देखाउन सकेको छैन। कारण स्थानिय नागरिकले स्थानिय सरकारको अाज्ञा पालना मात्र नभई समुदायको ऐ प्रति संवेदनशीलताका साथ अनुशासन पालना र सतर्कता पनि हो। 

स्थानिय सरकारले अाफ्नो नाकाको मुख्य प्रवेशद्वारमा गरिएको कडाईलाई अझ कडाई गरिरहेको र त्यसमा अाम सर्वसाधरणको सहयोग र सहभागिता लाई प्रशंसा गर्नै पर्ने हुन्छ। केन्द्रीय, प्रदेश र स्थानिय सरकारले घोषणा गरेको नियमको पालना पनि नागरिकको उत्तरदायित्व हो जो स्पष्ट झल्केको देखिन्छ।  यहाँहरूमा धन्यवाद ज्ञापन गर्नै पर्ने हुन्छ।

भावपूर्ण श्रद्धाञ्जली मोती हिङ्माङ

  

भुवन भाइ तपाईं संग धेरै कुरा गर्नुछ कुनै मौकामा हामी बात गर्नु पर्छ भन्नू हुन्थ्यो तर त्यो वाचा पूरा नगरी अल्पआयुमै यो हाम्रो समाजलाई छोडेर नफर्कनेगरि जानू भयो।


माक्र्सवाद र नवमाक्सवादमा व्यक्तिको स्वास्थ र आयुका विषयमा प्रस्तुत गर्नु भएको धारणाले मन छुन्छ अनि आतिन्छु। उत्पादनका स्रोत साधनमा पहुँच, पुँजीको पर्याप्तता, सामाजिक स्तर, राजनीतिक पहुच, बजारको पहुँच लगायत वर्ग निर्धारण गर्ने निर्धारक तत्वको पहुचको आधारमा व्यक्तिको स्वस्थ र आयु निर्धारण हुन्छ भनेका छन्। पहुचवाला व्यक्तिको स्वास्थमा सुन्दरता र आयुमा सरदरता जति हुन्छ पहुच नहुने व्यक्तिको स्वस्थमा गुणस्तर र आयुको सरदरता न्यून हुन्छ। जबकि यी सबै संवेदनशील विषय समाजले निर्णय र निर्धारण गरेका हुन् भनेका छन्। जसरी कोही गरिब भएर जन्मन पाअौं भनेर कसैले निवेदन हालेको हुदैन तर जन्म पछि त्यही समाजले कुनै व्यक्तिलाई गरिब बनाईएको हुन्छ। अर्थात त्यो असमान वितरणका कारण वा भनौं उत्पादनका स्रोत साधनमा पहुँचको अभाव सृजना गराई शोषण गर्दै कोही व्यक्ति, समुह वा वर्गलाई गरिबी तिर धकेलेका हुन्छन्। त्यसरी नै कोही दलित भएर जन्मन पाअौं भनेर कसैलाई विन्तिपत्र चढाएको हुदैन अर्थात व्यक्ति वा समुदायलाई दलित बनाईएको हुन्छ। त्यही गरिब र दलित भएकै कारणले अौसत आयु सम्म बाँच्न नपाईरहेको हुन्छ तर समाजले आफु पन्छिदै दोष उनै व्यक्तिको वर्ण, वर्ग र सिरमा थोपार्ने गरेको पाईन्छ। जबकि त्यस व्यक्तिको स्वास्थ र आयुको भागिदार समाज र विश्वसमाज आफै रहेको हुन्छ। त्यस्तै मिल्दोजुल्दो स्वास्थमा असंतुलन र जीवनमा अल्पआयुका घटनाको एक प्रतिनिधि घटना हो मोती हिङ्माङको निधन।


प्रसंग उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.६ सिरूवानी, हिङ्माङ टोलमा स्थायी बसोबास रहेको शिल्प र कलाले भरिएको मेहनती ईमानदार र स्वावलम्वी प्रिय दाजु कमरेड श्री मोती हिङ्माङ (परियार)को कलेजोमा देखिएको असन्तुलनको उपचारका लागि विगत १७ दिनअघिदेखि वि.पि. कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा मिति २०७७ श्रावण ३२ गते आईतबारका दिन ४९ वर्षको अल्पआयुमै भएको असामयिक निधनले हामी स्थानिय छरछिमेकी लगायत सबैलाई मर्माहत बनाएको छ। दाजुको अात्माको शान्तिको कामना गर्दै स्वर्गमा बास होस् र अर्को जुनिमा न्याय, समानता र समतामुलक समाजमा जन्महोस भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै सोकाकुल परिवारमा यस सोकको घडीलाई शक्तिमा परिणत गर्ने क्षमता समाज र ईश्वरले प्रदान गरून् भन्दै सोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दै हरेक आर्थीक, सामाजिक, राजनैतिक, सांस्कृतिक, मनोवैज्ञानिक अन्याय र दोष बापतको क्षमा पनि माग्न चाहान्छौं।

कैलाशपति राई

 यो संसारका धेरै ध्यानी, ज्ञानी, धनी, योगी, शक्तिशाली, राजनेता धेरै पढियो देखियो अनि सुनियो तर ती कृषि कर्मलाई नै योग, ध्यान, तन्त्र, मन्त्र साधन र सिद्धी मान्ने देवता रूपी कृषक मानव जति सम्पन्न, सरल, कोही हो र छन् जस्तो लागेन। भिडभाड बटुलेर नारा, भाषण गरेर अाफ्नो पद प्रतिष्ठा बढाउने र त्यसै बाट जीविकोपार्जन गर्ने भन्दा त्यही सरल, मेहनत, कष्टकर तर अत्यधिक गुणस्तर जीवन जिउन रूचाउने हरेक कृषक कैलाशहरूलाई सलाम।

आज मिति २०७७ भदौ ३ गते बुधबारका दिन चौदण्डीगढी नगरपालिका वडा नं. ४, बसाहाको मगर डाँडामा अवस्थित आदरणीय दाजु श्री कैलाशपति राई ज्यूको फार्म हाउसमा पुग्ने अवसर पाईयो। पेशामा सहकारी व्यवसायमा आबद्ध दाजु आर्थीक वृद्धि, सामाजिक स्तर उन्नति, जीविकोपार्जनका लागि नभई आफ्नो आध्यात्मीक र भौतिक जीवनलाई अझ गुणस्तर बनाउन पेशा विविधीकरणमा कृषि पेशा अंगालेको पाईयो। यही सरल र सशक्त जीवनशैलीमा बाँच्ने र बचाउने हरेक कृषकहरूमा अझ सम्मान र हौसला थप्न यो छोटो क्लिप हजुरहरूमा बाँड्न चाहान्छु।https://m.facebook.com/story.php?story_fbid=2784088525194363&id=100007797283337

भावपूर्ण श्रद्धाञ्जली गणेश महाराजी

 माक्सवादका अनुसार उत्पादनको स्वरूप बमोजिम उत्पादनका स्रोत साधन माथीको पहुँच, उच्च वर्गले प्रत्यक्ष अप्रत्यक्ष रूपमा गरेको अार्थीक-सामाजिक शोषणका कारण उत्पन्न अशिक्षा-गरिबी र त्यसले निर्धारण गर्ने व्यक्तिको स्वास्थको गुणस्तर र सरदर अपेक्षित अायु रहेको हुन्छ भनेका छन्। अर्थात कोही व्यक्तिको सरदार अपेक्षित आयु भन्दा बढी बाँच्ने वा ऐ सम्म जीवन जीउन नपाउने संरचनाको विकास समाज अाफैले निर्माण गरेका हुन्छन्।

समाजशास्त्री ईमायल दुर्खिम (The Suicide Theory) अनुसार समाजमा रहेको मूल्य र मान्यताहरूसंग वा आधुनिक समाजको विशेषताहरूसंग बेमेल (Anomie) वा अनुकुलन हुन नसक्नुले निम्न स्तरको नियन्त्रण (Low level of regulation) भई आत्महत्या हुने गर्छ जसलाई बेमेल वा अप्राकृतिक आत्महत्या (Anomic Suicide) भनेका छन्। समाजमा रहेर पनि कुनै व्यक्तिले पाउने समान अवसरको अभाव, असमान जीवनशैली, असमान सामाजिक स्तर रहेकै कारणले एक्लोपनको आभाष गर्ने वा सामाजिक एकताको मात्रामा कमी आउनाले हुने अात्महत्या लाई अप्रकृतिक आत्महत्या हुन्छ मानेका छन्। 

मानवतावाले भरिएको माक्सवाद साथै आत्महत्याको सिद्धान्त अनुसार यहाँ समाजमा रहेको न्याय, समानता र समता वा समान वितरणको अभाव र असन्तुलन कै कारण आत्महत्याको घटना भएको हुन्छ भन्ने प्रमाण भेट्न सकिन्छ।

उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.२ माडीवास निवासी श्री टंकबहादुर खड्का (महाराजी) को २७ वर्षीया छोरो, बेल्टार निवासी प्रिय भाइ दिपक खड्काको भाई ७ वर्षीया बालकका पिता गणेश बहादुर खड्काको अल्पअायुमै भएको निधनले हामी समाजलाई दुखित तुल्याएको छ। स्व. गणेशको अात्माको शान्तिको कामना गर्दै अर्को जुनिमा पिडामुक्त समतामुलक समाजमा जन्म होस् भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। यस सोकको घडीलाई शक्तिमा बदल्ने साहस ईश्वरले सोकाकुल परिवारमा प्रदान गरून् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं।

नाङ्गीने निश्चित छ

 ढिलो चाँडो मात्र हो, सबै नाङ्गीने निश्चित छ। कसैको ईमानमा भएको सत्य सार्वजनिक हुन्छ भने कसैको ईमानमा भएको बेइमानी, झुठ, अनैतिक र  अतिवाद।

कहिले बुझ्ने

 आम सर्वसाधारण नेपालीको शान्तिपूर्ण संस्कृति साथै सरल चेतना संग निश्चित स्वार्थ बोकेको आन्तरीक र बाह्य शक्तिशाली व्यक्ति, समूह तथा संस्थाले दादागिरीका साथ खेलवाड गरिरहेको स्पष्ट देखिन्छ। कहिले बुझ्ने?

पश्चिमा

 नेपाली समाजमा छाला देखाएर सुन्दरता प्रदर्शन गर्ने भरपुर कोसिस गर्नुमा विश्वास राख्नु पश्चिमा बाट आयातित संस्कार हो।

नेपाली समाज दुबिधामा छौं

 नेपाली समाज दुबिधामा छौं। हामीलाई कुलमान चाहिने हो कि कुलमान जस्तो विचारमा ईमान र कर्तव्यमा सेवाभाव भएको निर्वाचित(नेता) वा नियुक्त (कर्मचारी) प्रतिनिधि पात्र?


त्यही कन्फ्युजनले एक सामान्य मानिस वा राष्ट्रसेवक कुलमान वा जस्तालाई देवत्वकरण गरिदैछ। त्यसैले होला प्रत्येक पटक यस्तो परिस्थितिमा गौतम बुद्धले भन्नू भएको त्यो वाणी सम्झन्छु "यदि तिमी बुद्धको विचारलाई अवलम्बन गर्छौ भने तिमी स्वयं गौतम बुद्ध हौ।" भने जस्तै कर्मचारीमा जो ईमान र कर्तव्यनिष्ठ छन् तिनै कुलमान हुन् भन्ने अाफुलाई बुझ्न र बुझाउन नसकेको कर्तव्यनिष्ठ कर्मचारी र न्यायप्रेमी जनताले बुझ्न जरुरी छ।


शान्तिका दुत गौतम बुद्धले त मेरो नामको मन्दिर स्थापना र पुजा गर्नुको सट्टामा शान्ति वाहक मानवतावाद विचार र जीवनदर्शनमा विश्वास राख्नु भन्नू भएको थियो। भने अाज तिनै कुरा किन हामीले नजरअन्दाज गरेर अाफ्नो बौद्धिकतामा त्यस्तो गुणस्तर प्रस्तुत गर्नमा अगाडि बढिरहेका छौं। 


हो ईमानको पर्यायवाची हो #कुलमान, हामी पनि मान्दछौं तर उनैको नामको नभई विचारको अझ बढी प्रसंसक हौं। कुलमानको भौतिक शरीर जन्मदिने ती वीर योद्धा माताश्रीले फेरि ती कुलमान जन्मदिन सक्तिनन् तर त्यो कुलमानको विचार प्रतिपादन गर्ने जननि समाजले यस्ता थुप्रै कुलमानहरूको जन्मदिन सक्छीन्। कुलमानहरूको जननिमाता समाज हो। नेपाली समाजको गर्भमा यस्ता लाखौं कुलमानको विचाररूपि भ्रुण विकसित हुदैगरेको लक्षण पनि हो यस्तो वर्तमान परिस्थिति। अब केही समयमा यस्ता कुलमान गल्ली गल्लीमा जन्मनेछन्।

विश्वास छ। विश्वास राखौं।

मानवता

 कसैले कसैलाई किन स्विकार्न सक्दैनन् ?

स्विकार्दा, हार हुन्छ कि जित हुन्छ!

धन्य हो प्रभु! म खुशी छु यस मनेमा!

😊

 महेन्द्रको राष्ट्रवादी नीति (द्योगिक, अार्थिक, परराष्ट्र लगायत केही सामाजिक सुरक्षा र विकास योजना) लाई र विश्वेश्वरप्रसाद कोईरलाको नेपाली समाजको क्षमता, सम्भावना, आन्तरीक मौलिक प्रविधि र प्राकृतिक श्रोतसाधनलाई दिईएको प्रमुखता लाई वर्तमान गणतान्त्रिक सरकारको नीति संग अन्तरघुलन वा समायोजन गर्न मिल्छ कि मिल्दैन होला!

न्यायप्रेमी नागरिक

 मदन भण्डारी हत्या प्रकरण नखोल्ने, निर्मला हत्याकाण्डका दोषी लुकाउने, नागरिकको जीवन मरण संग जोडिएको गुठी संस्था आक्रमण गर्ने, लोकतन्त्रको सुन्दर पक्ष आरक्षण खोस्ने सरकारले पुडासैनी प्रकरण संग सम्बन्ध राखेर रविको समर्थनमा सडकमा न्यायकालागि स्वस्फूर्त उत्रिएका निहत्था नागरिक माथि देखाएको व्यवहारले हामी आम सर्वसाधरणको ध्यानाकर्षण भएको छ।

न्याय माग्ने अधिकार हो हामी नागरिकको। करदाता जनता यो देशका मालिक हुन, थाईल्याण्ड होस् वा अमेरीकामा उपचार गर्न जाँदा उपचार खर्च जुटाईदिने नागरिक संग दमनकारी नोकर सरकार ईज्जत्का साथ पेस आउनु पर्ने मा सजग गराउदछौं।

निर्मलता र अस्मिता

 निर्मलाहरूको निर्मलता बलात्कार गर्ने, अस्मिताहरूको अस्मिता संग खेलवाड गर्ने वा लुटने कुनै समाज कतै छ भने त्यो नेपाली समाज पनि हो। यसको जवाफ समाजले दिनु पर्छ। किनकि नेपाली समाजलाई विविध पीडा र कुसंस्कार, शोषण, दमन बाट मुक्त गर्ने र यहाँ सम्म ल्याउदै परिवर्तनको न्यानो आभाष दिलाउने त्यही समाज हो। विभिन्न उत्कृष्ट मूल्यमान्यता र संस्कार स्थापित गर्दैगर्दा साथै उत्तम कार्य, निर्णय र परिणामको प्रसंसाको भागिदार तिनै समाज हो। त्यसैले यसको जवाफ पनि यही नेपाली समाजले दिनु पर्छ।

नेपाली समाजमा जनसंख्यामा ५१% को प्रकृति भागेदारी रहेको ती देवीहरू नै अन्याय र अल्पमतमा रहदै गर्दा आखिर कस्तो मूल्य र मान्यता स्थापित गर्न यस्तो अव्यवस्थित संघर्ष गर्दैछौ समाज? कस्तो परिवर्तन र विकासको परिकल्पना गरौं त हामी?

एकलखे

 दाहिने-बाहीमात्रा, तर्कुले-वर्धनेको शुद्धता मिलाउने भन्दा पनि एकलखेको प्रयोग गर्न रूचाउने नेपाली समाज। सारा सदस्य एकलखेको शिकारी र सिकार।

दुई अध्यक्ष र स्वास्थ्य

 सारा नेपालीले अाफु संग जोडेर हेरेको #रविला प्रकरणको विषय #छविला लाई चासोको विषय नहुने हो भने त्यो हत्यारा मानसिकता हो। जो हिंसा प्रतिको सम्मोहन र रक्तपातकै नशामा रमाउने हिंस्रक कुलतमा फँसेको हुन सक्छ। वहाँलाई प्रभावकारी उपचारको खाँचो छ।


समय परिस्थितिले एक अध्यक्ष लाई शारीरिक र अर्कालाई मानसिक रोगले गहिरो गरि ग्रसित बनाएर ICU को Ventilator मा भर्ना भईसकेको अवस्थामा स्वास्थ शारीरिक र तेज मानसिक नेतृत्वको अपेक्षा सारा नेपालीले राख्न पाउने कि नपाउने!

नेतृत्वका लागि भन्दा पनि दीर्घ जीवनका लागि सिघ्र स्वास्थ लाभको कामना।

साथीहरू बगेको जोगीको धोती समात्नाले आफुपनि त्यसै संग बगेर जाने र आफ्नै कथा सकिने दुर्घटनाबाट जोगिनुस्, जोगाउनुस्।

शुभकामना

शुद्ध घ्यू र मह भन्दै बेच्दै हिड्ने बटुवा

 शुद्ध घ्यू र मह भन्दै बेच्दै हिड्ने बटुवा व्यापारीहरूको समूह ले प्रतिपक्षको भूमिका निभाउने कुनै दल छ र, भन्ने प्रश्न गरिरहदाको नियत अाजको जनताले बुझ्दैन भनेर मौकामा चौका हान्दै, अाफुलाई मुतको न्यानोमा सुताउनु कत्ति सम्मको विद्वता हो?


आखिरमा जतिसुकै समावेशी लोकतन्त्र (Inclusive Democracy) को मन्त्रोच्चारण गरेपनि, उच्च स्वरमा भजन गाएपनि, त्यसको नामको भिक्षा माग्ने सातमुखे थैलो र कमण्डलु बोक्दै खरानीलाई शरीरभरि धसेर हिडेपनि अाखिर व्यवहार त देखि हाल्दो रहेछ भन्ने प्रमाणीत भयो। सत्ता साझेदारीमा रहेको अशोक राई, उपेन्द्र यादव र बाबुराम भट्टराईहरूको र पार्टीको  वास्तविकता के हो भन्ने अझै बुझ्न बाँकी केही छ र? 

दृढ नियतका साथ घ्यू र मह बेच्दै हिड्ने सामाजिक संस्कारको व्यापारीहरूका पण्डित (King/Leader) को को हुन र कुन कुन दलका हुन भन्ने सबैले पहिचान गरौं। बहिस्कार गरौं। भलै त्यो नेपाली काङ्ग्रेसको किन नहोस्...

जनताको हित, लोक कल्याणको काम र विश्व संरक्षणको योजना र कार्यान्वयन गर्ने पहिलो कर्तव्य र दायित्व सरकारको हो, स्मरण रहोस्।

शुभकामना!

Sunday, August 9, 2020

राजनीतिकरण विमुख समाज

समाजले समाजमा घटित हरेक घटनालाई गैरराजनीतिकरण गर्दैछ। राजनीति प्रतिको विश्वास घटनाले वा हटनाले दिर्घकालमा समस्या अझ बल्झिदै जानेहुन्छ भन्ने विश्वास कमैले गरेका छौं। 

हरेक विषयवस्तुमा नेपाली समाजले जुन ढङ्गले सांस्कृतिक संरचनाको निर्माण गर्दैछ त्यसले राज्य, राजनीति र संस्थागत परिपाटी भन्दा पर लाँदैछ। नेपाली समाजलाई व्यक्तिवादी र देवत्वकरण गर्ने संस्कार तिर जानीनजानी आफै धकेलिदैछन् वा कसैले योजनाबद्ध ढङ्गले त्यो दलदलमा फँसाउदैछन्। समाजले बुझ्न जरुरी छ कि राजनीति भनेको स्नायु प्रणाली समानको सामाजिक संस्था हो जसको पहुँच हरेक अंगमा रहेको हुन्छ। यसमा आएको वा देखिएको असंतुलन ले सिङ्गो समाजलाई प्यारालाईज गराउने वा सिङ्गो  संरचनात्मक प्रकार्य प्रणाली लाई नै संतुलनमा रहन नदिने निश्चित हुन्छ। जे हुदैछ त्यसले अझ पीडा बढाउने छ।

Saturday, August 8, 2020

नेका र आदिवासी

 हामी प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने नेपाली काङ्ग्रेसका आदिवसी जनजातिलाई मान्छेमा नगन्ने क्रान्तिकारी र समाज रूपान्तरणको ठेक्का लिने हिजोका दिनमा अादिवासी जनजातिका नाममा अतिवाद ढङ्गले राजनिती गर्ने अादरणीय साथिहरूलाई कतै भेट हुदा केही उत्सुकता राख्न र सुझाव दिन लिन नभुल्नु होला...

संविधानमा स्थापित समानुपातिक समावेशी सिद्धान्त भनेको के हो? यसको कार्यान्वयन कसरी गरिन्छ? यसको महत्त्व छैन भने संविधान बाट हटाउन मिल्दैन र?

जनताको जीवन र भावना संग अझै खेल्न बाँकी छ भने खेल्दा हुन्छ, हामी सहन तैयार छौं। उचालिन र पछारीन तैयार छौं।

हामी प्रजातान्त्रिक आदिवासी जनजाति हौं, नेपाली काङ्ग्रेसको। हामीमा समाज र राष्ट्र निर्माणका लागि संयमता र सदभावपूर्ण मन, वचन र कर्म न्युनिकरण हुन दिने छैनौं।

विविधता बिचको एकता कायम राख्न नसक्नु र नखोज्नुले दुर्घटना निम्तियाउन सक्छ।

संवैधानिक राष्ट्रको असंवैधानिक सरकार, कदम र निर्णय विरूद्ध एक हौं।

#जयनेपाल


लोकतन्त्रको विकल्प

 नेपाली काङ्ग्रेसले प्रत्येक नागरिकको अधिकार र सामाजिक सुरक्षार्थ प्रजातन्त्रको नाममा गरेको त्यो राजनितीक संघर्ष देखि पनि शंका लाग्न थाल्नु अस्वभाविक होईन।

नेपाल र नेपाली विगत ६ दशक देखि आजको अवस्था सम्म आईपुग्दा अझ खच्कदो परिस्थिति रहनुमा नेपाली काङ्ग्रेस जबाफदेही हुनु पर्छ। प्रजातन्त्र आज पनि किन सुरक्षीत छैन्। यसको जवाफ पनि नेपाली काङ्ग्रेसले आम नागरिक र जनता जनार्दन लाई दिन जरुरी छ। किनकि प्रजातन्त्रको रखवाला एकलो नेपाली काङ्ग्रेस नै थियो र छ। धमिलोमा माछामार्ने संस्कार संगै विकास भएका अरू दलले गर्न दिएन, बाधा अवरोध गरे भन्दै पन्छीएर नपुंसकता देखाउने साथै सिङ्गो प्रजातन्त्र प्रेमीको अपमा गर्ने अधिकार कसैलाई छैन्। ६२ वर्षको इतिहास साक्षी छ, नेपाली काङ्ग्रेसले प्रजातन्त्र स्थापित गर्ने कुरै छोडौं, त्यसको सामान्य सुरक्षा सम्म गर्न सकेको छैन्। 

लोकतन्त्र आफै फेरि धरापमा छ जसका कारणले सामान्य मानवअधिकार, मौलिक हक सम्म खोसिने निश्चित छ। यसको जिम्मेवारी नेपाली काङ्ग्रेका नाममा आत्मकेन्द्रीत गुट रूपी प्लाटुन चलाउने सबै पल्टनेहरूले दोष लिनु पर्छ। 

नेपाली काङ्ग्रेसको नाममा जीविकोपार्जन गर्ने! माफिया, भ्रष्टाचारी, दलाल पाल्ने केही सिमित पात्रहरू हुन फटाही गर्ने तर नेपाली काङ्ग्रेस होईन। 

लोकतन्त्रको विकल्प अझ उदार लोकतन्त्र नै हो। लोकतन्त्रको राक्षा नेपाली काङ्ग्रेस बाट नहुने निश्चित भईसक्यो अब आफ्नो प्रजातन्त्र/लोकतन्त्र जनता आफैले जोगाउने तैयारी गर्नुको विकल्प छैन। प्रजातन्त्र, मानव अधिकार, समावेशी, सामाजिक सुरक्षाका लागि लड्ने, भिड्ने र संघर्षको जुनसुकै हद सम्म पुग्ने  काङ्ग्रेस लाई आन्तरिक र बाह्य भाईरस द्वारा खसी बनाई सकेको छ। अनि त्यस अंगमा तेल बेसार दलेर पुच्छर समातेर उचाली सकेका छन्, हाम्रो भेटनरीको सिंह काकाले झै। प्या..प्या... को आवाज नसुनीएको मात्र हो।


गुण र दोषको भागी समाज

 वर्तमान सामाजिक राजनीतिक समस्याका विषयमा अक्सर व्यक्तिहरू सुचित छन् तर यसको दिर्घकालिन वा दिगो समाधान के र कसरी होला भन्नेमा ध्ययान नगईरहेको देखिन्छ। अर्थात हरेक नेता वा नेतृत्वमा त्यस्तो सक्षमता कसरी ल्याउने भन्ने विषय प्रमुख हो। 

समाजशास्त्रको सामाजिक सत्यको सिद्धान्त अनुसार यसको दोषी समाज नै हो र यस प्रकारको बेथिति र विसंगतिको दिगो हल गर्ने पनि समाज नै हो भन्दछ। जस्तै समाज तथा परिवार वा व्यक्ति आफु नैतिक प्रधान हुनु भन्दा अर्थकेद्रित देखिनु नै समस्याको जड हो। समाज आफु नैतिकता र अनुशासन प्रधान भएको खण्डमा यस्ता समस्या निराकरण हुने निश्चित छ। कोही विद्यार्थी वा अभिभावक लाई केही प्रश्न गरौं जस्तै आफ्ना नानी केटाकेटी लाई किन पढाउनु हुदैछ? र विद्यार्थी लाई हजुरहरू किन अध्ययन गर्नु हुदैछ? भन्दा विद्यार्थी र अभिभावकको एउटै जवाफ आउछ, पैसा कमाउन। सायद त्यहाँ समाज, राष्ट्र, पृथ्वी र व्रह्माण्डको सेवा र सुरक्षा गर्न भन्ने जवाफ अाउने हुन्थ्यो भने वा सिकाईन्थ्यो भने आजको दिनमा यो नगरपालिका मात्र नभई समग्र राष्ट्र मै यस्तो समस्या हुने थिएन।

समस्या हामी हौं जो आफ्ना बालबालिकालाई पैसा कमाउने विधि र प्रक्रिया सिकाउदैछौं जानीनजानी। यो नेपाली समाजको साझा समस्या हो र जहिले सम्म समाज यस्तै रहन्छ तब सम्म कुनै नेतृत्व(छोराछोरी, भाईबहीनी) बाट त्यस्तो कुनै फरक अपेक्षा राख्नु दोष हुन्छ।

समस्या व्यप्त छ र समाधानका दिगो उपायपनि छ भन्ने मनन गर्ने बेला हो। गुण र दोष समाजको हो न कि कुनै व्यक्ति वा नेतृत्वको। पैसाले जब सम्म सामाजिक स्तर मापन गरिन्छ तब सम्म हुनेवाला यही नै हो जो वर्तमान गुज्रिरहेको छ र यस्तै रहेसम्म केही नयाँ हुन्नसक्दैन भन्ने कुरा हरेक व्यक्ति वा समाजले बुझ्न जरुरी छ। सामाजिक संरचनामै परिवर्तन ल्याउनुको विकल्प खोज्नु पानी माथिको ओबानो हुन खोज्नु हो।


Thursday, August 6, 2020

नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी भनेको चुनाव लड्न देखाउने दाँत मात्र हो? सैद्धान्तिक रूपमा फरक छैन जस्तै पो भान गराँउछ।

वर्तमान नेपाली समाजलाई अध्ययन गर्दा लाग्दैन गुरूपूर्णीमा लाई यति महत्व दिनु पर्छ भनेर। समाज निर्माणमा गुरूहरूको भूमिका जस्तो देखिनु पर्ने हो त्यसको विपरित नतिजा देखिदैछ। भ्रष्टाचार र घुसखोर विष विचार लाई निर्मुल गरेर सभ्य र नैतिकवान समाज निर्माण गर्ने दायित्व र कर्तव्य सबै भन्दा बढी गुरूहरूमै रहेको हुन्छ।
समृद्ध समाज निर्माणमा पहिलो र अन्तिम शास्त्र र शस्त्र गुरु नै हुन भन्दै त्यसमा योगदान गर्नुहुने सम्पूर्ण नैतिकवान गुरूहरूमा गुरूपूर्णीमा २०७७ को शुभ अवसरमा कोटीकोटी प्रणाम। 
साथै यस गुरूपूर्णीमाले त्यस्ता अाफुलाई तलब खाने जागिरे मात्र सम्झने गुरूहरूमा समाज, राष्ट्र, पृथ्वी र प्रकृतिको हितका लागि खटने भिड्ने सदबुद्धि वा मन, वचन र कर्म, दिन दुई गुना रात चौगुना बढेर जाअोस्, शुभकामना।


हाम्रो महामहीम राष्ट्रपति उनी मदन भण्डारीको धर्पपत्नी हो भने उ पनि मोहन प्रशादका छोरा र राधिका शाक्यको धर्मपति हो भन्न मिल्छ। हो उनै ले प्लान बि अन्तर्गत अाफुलाई राजनीतिक सुसाईड बम बनाएको छनक देखिन्छ। अाफु र अाफ्नो सत्तालाई कुनैपनि खालका अनियन्त्रित संकट परेमा वहाँ संगै गनेर अनि छानेर धेरैलाई लाई जिउदो राजनैतिक सहिद बनाउछन् जस्तो अनुमान लगाउन सकिन्छ। त्यो पनि स्वागत योग्य छ।

यो वर्तमान संकट कुनै एक नितान्त पार्टीको मात्र नभई सिङ्गो नेपाल र नेपालीको हो। यो नेकपा प्रशासनको डबल ईन्जिन जहाजका कुनै पनि पाईलटमा त्यस्तो प्रकारको मानसिक उत्तेजनाले ल्याएको त्यस्तो निर्णय वा कदमले नेपाली समाज धेरै पछाडि धकेलिने निश्चित छ। अनि नेपालमा कम्युनिष्ट अान्दोलनको चरणको अन्त्यष्ठी मात्र हुने नभई विश्व कम्युनिष्ट अान्दोलन प्रतिको विश्वास सदाका लागि धसिएर जानेछ।

न्याय र सिद्धान्त प्रति विश्वास राख्ने कम्युनिष्ट भएपो कम्युनिष्ट विचार र अान्दोलन प्रतिको प्रेम हुन्छ स्याल लाई।


हाम्रो महामहीम राष्ट्रपति उनी मदन भण्डारीको धर्पपत्नी हो भने उ पनि मोहन प्रशादका छोरा र राधिका शाक्यको धर्मपति हो भन्न मिल्छ। हो उनै ले प्लान बि अन्तर्गत अाफुलाई राजनीतिक सुसाईड बम बनाएको छनक देखिन्छ। अाफु र अाफ्नो सत्तालाई कुनैपनि खालका अनियन्त्रित संकट परेमा वहाँ संगै गनेर अनि छानेर धेरैलाई लाई जिउदो राजनैतिक सहिद बनाउछन् जस्तो अनुमान लगाउन सकिन्छ। त्यो पनि स्वागत योग्य छ।

यो वर्तमान संकट कुनै एक नितान्त पार्टीको मात्र नभई सिङ्गो नेपाल र नेपालीको हो। यो नेकपा प्रशासनको डबल ईन्जिन जहाजका कुनै पनि पाईलटमा त्यस्तो प्रकारको मानसिक उत्तेजनाले ल्याएको त्यस्तो निर्णय वा कदमले नेपाली समाज धेरै पछाडि धकेलिने निश्चित छ। अनि नेपालमा कम्युनिष्ट अान्दोलनको चरणको अन्त्यष्ठी मात्र हुने नभई विश्व कम्युनिष्ट अान्दोलन प्रतिको विश्वास सदाका लागि धसिएर जानेछ।

न्याय र सिद्धान्त प्रति विश्वास राख्ने कम्युनिष्ट भएपो कम्युनिष्ट विचार र अान्दोलन प्रतिको प्रेम हुन्छ स्याल लाई।









उदयपुर क्षेत्र नं. १, चौदण्डीगढी नगरपालिका वडा नं. ७ बेल्टार स्थित वि.पि. चोकको एक स्थिति र अवस्था हजुरहरूमा साटन चाहन्छु।

बेल्टार देखि छुईला हुँदै खोटाङ जोडने सडक खण्डको प्रारम्भिक विन्दु मान्न सकिन्छ वि.पि. चोक। उक्त सडक खण्डको पहिलो योजनाकार तत्कालिन मन्त्री केदार राई मानिन्छन्। 

नक्सामा वास्तविक जति नभएको तर चलन चल्तीमा गोरेटो बाटो मात्र रहेकोले यहि विन्दु बाट सुरू गर्ने पहिलो गाँसमै ढुङ्गो लागेको छ सम्बन्धित निकाय र ती व्यक्ति लाई, जसको यो अचल सम्पत्ति हो। व्यवहारिक हिसाबमा समाज संगको यस विषयमा भएको छलफलमा कुनै पनि बाधा अडचन नहालि सहज ढङ्गले राजीखुशीले सम्बन्धित व्यक्तिले दिएको सर्वविधितै छ। त्यही उदार मस्तिष्क र कोमल हृदय भएका यस सम्पत्तिको हकवाला अादरणीय दाजु एवं उद्योग वाणिज्य संघ बेल्टार-बसाहाका निर्वाचित अध्यक्ष श्री पवन कार्की हुनुहुन्छ। 

विषयले बोकेको संवेदनशीलता निज कार्कीले हाँसीहाँसी जग्गा दिदै गर्दा उनको यस प्रकारको योगदानका विषयमा हामी समाज, नगर कार्यपालिका वा सम्बन्धित निकाय केही संवेदनशील हुनेकी नहुने भन्ने हो। एउटा घर जग्गाको सामाजिक, व्यवहारिक, कानुनी मूल्य हुन्छ कि हुदैन भन्ने उत्सुकता हो, प्रश्न हो। ती पवन कार्की भन्ने सामाजिक अगुवा पात्र चौदण्डीगढी नगरपालिका लाई चाहिन्छ कि चाहिदैन भन्ने विषयले निकैनै गम्भीर बनाएको छ। के उनको यही विषयको चित्त दुखाईले कालन्तरमा उनले हाम्रो नगरपालिका बाट बसाइँसराइ जाँदै गर्दा त्यसले पुर्‍याउने क्षतिको अन्दाजा सायदैले लगाउनु भएको होला। यस चुनौतीलाई अवसरमा बदल्न तपाईं हामी संवेदनशील हुन जरुरी छ। सामाजिक एकताको संस्कार र संस्कृति स्थापित गर्न जरुरी छ। 

अाफ्नो घर भत्काउदै गर्दा र अाफ्नो जग्गा बिनाकुनै एक रूपैयाँ लेनदेन नगरी छोड्नु पर्दा उनको चित्त नदुखेको होला तर मेरो दुख्न सक्छ जो स्वभाविक हो समाजको साथ नपाँउदा। मेरो मात्र नभई बाहिर हाँसेपनि जो कोहीको भित्री चित्त दुखेको हुन्छ यस्तो संवेदनशील विषयमा। यही भावनालाई मध्यनजर गर्दै यस प्रकारको क्षतिमा हामी सबैले व्यवहारिक न्यायका विषयमा वहाँको त्यागमा हौसला थप्न र समाजका न्यायका लागि अझ तेजका साथ भिड्ने साहस बढाउने कार्यमा योगदान हाम्रो पनि हुनु पर्छ भन्ने हो। त्यसका तरिकाहरू के के हुन र कसरी गर्न सकिन्छ भन्ने विषय सबैले अाअाफ्नो सतरबाट सोच्नु अावश्यक छ।

एउटा घरको संवेदनशीलता बोकेको सामाजिक वा कानुनी मूल्य कति? वहाँको त्याग र समर्पणको न्यूनतम क्षतिपूर्तिको  विषय उठान गर्न जायज हो कि हैन ? यो प्रतिनिधि घटना मात्र हो तर यस्ता सबै घटनाले न्याय पाउनु पर्दछ।


यो वर्तमान व्यप्त विकृतिको जिम्मेवारी स्थानिय नेता, अभियानता र अगुवाको बौद्धिक गुणस्तर एवं कर्तव्यमा ईमानदारीताको मात्रा पनि रहेछ।


रोक्नु पर्ने र नियन्त्रण गर्नु पर्ने अन्य धेरै कुराहरू छन्, त्यस मध्ये नेपालका उच्च अोहदामा रहेका RAW का राष्ट्रघाती Agents हुन्।





राष्ट्रवाद

दक्षिण एसियाको राष्ट्रवाद एकै खालको देखिदैछ, जस्तो भारतको त्यस्तै नेपालको पनि। भारतीय राष्ट्रवाद नेपालीका लागि जति टाउको दुखाई हुँदैछ के नेपालको राष्ट्रवादकै कारणले भारतको टाउको दुखेको त हैन! कि विस्तारवादी हो!
विश्वसमाज एक समाजको अवधारणामा प्रवेश गरिरहदा अझै पनि रूढिवादी र अन्धविश्वासी राष्ट्रवादले कतै मानवलाई नै अमानव बनाउदै त छैन!

विदेशी तलब खानेहरूले अाफु पानी माथिको अोबानो बन्न यस्ता न्यूज च्यानल काण्ड मचाएर सस्तो हर्कत देखाउनु भनेको नागरिकलाई मूर्ख मानेर तिनको मस्तिष्कमा मुत्ने क्रियाकलाप भन्दा केही हैन। 

सम्स्या के हो र त्यसको समाधान के हो भन्ने विषयको ज्ञान जनतामा नभएको भनेर सम्झनु स्यालवाद (Jackism) हो। सक्छौ भने त्यस्ता राष्ट्रघाती र देशद्रोही लाई कार्वाही गर जो पवित्र नेपाल अामाको काखमा बसेर छुरा हान्दैछन्। 

साँढेको किर्ना खाने कागले बेर्नो पनि खान्छ भन्ने कथाको स्मरण गर्दै गराँउदै त्यस्ता प्राणघातक काग रूपि विदेशी दलालहरूलाई बहिस्कार गरौं।

समाज

हेर्दा केही सरल देखिने नेपाली समाजका एक पुस्ता अतिवादी, रूडिवादी साथै अन्धविश्वासी छन्। मतदानमा अाज पनि त्यो समूह निर्णायकमा छन्।

गुट

गुटको पछाडि लाग्नु र वैधानिक संस्था वा संगठन प्रति बफादार रहनु र त्यसको अादर्श एवं सिद्धान्तमा पुर्ण विश्वास राख्नु फरक कुरा हो।

राजनीतिलाई व्यवसाय मानेर सम्पत्ति कमाउने दलाल र राजनीतिलाई सम्पत्ति मानेर सेवा गर्ने राजनेता बीचको अन्तर छुट्याउन नचाहने दोषी समाज।


विकास र समृद्धि लाई वाचा र नारा मात्र बनाए अोलि प्रशासनले। जनताको सामुहिक मर्म र भावना माथि हुँदै गरेको नियतपूर्ण छेडछाड र खेलवाड, जालसाजी हो। लोकतान्त्रिक पद्धतिको सुन्दरता, विधिको शासनको खिल्ली उडाउने जोकोही सजाएका भागिदार हुन्छ। जनताको हित र न्यायकालागि स्थापित कानुन र प्रणाली भन्दा माथि न कुनै पद हुन्छ न त व्यक्ति। 
नैतिकता, मर्यादा भनेको कुन चरिको नाम हो!










हनुमान

राजनीतिक दलको आआफ्नै आदर्श, नीति तथा सिद्धान्त हुन्छ। त्यसैलाई भुलेर व्यक्तिलाई देवत्वकरण गर्दै, कुलधामी-कुलदेवता मान्दै, भक्तिभावका साथ धर्मगुरूको चाकडीमा डुबेको अन्धविश्वासी भई उनैको पछाडि कुदने भए माता पिताजीको पछाडि लागौं कमसेकम समाज र परिवार त बन्ने निश्चित हुन्छ।

उनी

उनी भन्दै थिईन "धन, मान, पद एवं प्रतिष्ठाको लोभ र घमण्ड नगर साथै कसैले गरेको प्रशंसा र गालीले पैदा गर्ने भ्रम अस्थायी आवेग हुन् त्यसैले तिमी अाफुलाई स्थिर राख जसले तिमी र तिम्रो प्राणलाई अनपेक्षित विपत्ति बाट रक्षा गर्ने छ। म सधै तिम्रो साथ नरहन सक्छु तर यो धर्ममा बसे तिमी सधै सुरक्षीत रहनेछौ।"


दृष्टिदोष

आँखा संग दृष्टि त हुन्छ तर दृष्टिकोण हुदैन।
रंग मात्र देख्ने नाङ्गो अाँखामा भर पर्ने नेपाली समाज कहिले सम्म यस्तै रहने!

त्रियुगा र प्रजातन्त्र

२००३ साल देखि २०४६ साल सम्मको संघर्षले निरंकुश राणा शासन, पञ्चायत त फ्यालियो अनि प्रजातन्त्र भन्ने तन्त्र पनि ल्याईयो तर ती जनता त्यो सामन्तवादी राणाशासनकालमा झै जोखिम मोलेर प्रभु पुकार्दै बस्नु परेको छ नेपाली नागरिक अझै सम्म। सरकार (व्युरोक्रेट+राजनीतिक प्रतिनिधि) अाखिर कहिले सम्म यस्तो अभद्र र असभ्य क्रियाकलापमा रमाउने विचार छ! छि सोच्दा पनि कुनै नियुक्त कर्मचारी र दलका जनप्रतिनिधि वा त्यस्तो नेताको पछाडि न्याय प्रेमी जनता र समाजको हित हुन्छ भनेर लाग्नु बेईजतको भारी जस्तो लाग्न थाल्यो।
सरकार कहिले सम्म हामीले यसरी धमिलो पानिमा माछा मारीरहने? यो खोलाको धमिलो पानीमा मरितरी बल्ल बल्ल साना साना भुराहरू पर्छन् तर हजुरहरूले धमिलो पानीमा माछा मार्द त ठूलो ठूलो माछा पर्छ हरेनी हो सरकार! 
अाउनुस् यता एक पटक हजुरको धमिलो पानीमा र नागरिकको धमिलो पानी बिचको फरक बुझ्न्। यस्तोमा माछा मार्नु बाध्यता हो सरकार रहर हैन्।


कर्मठ युवा

कर्म गर्ने कर्तव्य गरौ्, फल पर्तिको अधिकार खोजौं।

जब सम्म वर्ग, वर्ण, लिङ्ग, रंगभेद र जातजातीको अाधारमा सामाजिक स्तर मापन निर्धारण रहिरहन्छ तब सम्म यस्ता युवाहरूलाई सिपमुलक कार्यक्रममा अाकर्षण गर्न सकिन्न। 
त्यो एऊटा समय वा सत्य युग (अादिम साम्यवादी समाज) थियो जहाँ कर्म गर्नु फलको अाशा नगर्नु भन्थे तर समाज कलियुग (पुँजीवादी समाज)मा प्रवेश गरिसक्दा पनि त्यही सिद्धान्त मान्नु वा मान्न बाध्य बनाउनु अन्याय वा अत्यधिक शोषण हुन्छ। यो वैश्य युगमा सीप, परिश्रम र सत्य कर्मको सम्मान पनि हुनु पर्दछ र त्यस बापतको प्रतिफलको सुनिश्चितताको अधिकार पनि हुनु पर्दछ। तब मात्र यो  समाजमा अन्याय र शोषणको पक्षधर सामन्तवादको अवशेष समाप्त हुनेछ।
एक मानिसले अर्को समान अधिकार भएको मानिसलाई अन्याय र शोषण भएको थाहा हुदैन भने त्यहाँ मानवताको बास नभएको समाज हो भन्नेमा दुईमत हुन्न। जातजाति र वर्ण व्यवस्था अभिशाप नभई वरदान सावित गराउने जिम्मेवारी हाम्रो काँधमा छ। यति मात्र नभई सिङ्गो मानव सभ्यताको अस्तित्व हाम्रो काँधमा छ। मानवता मन्दा ठूलो र पवित्र वाद अरू कुनै हैन।

वृतचित्रमा देखिएका युवा जनशक्ति चौदण्डीगढी नपा-७ का कर्मशिल युवा श्री विशाल राई हुनुहुन्छ। वहाँ लगायत पृथवीकै यस्ता उद्धमी र कर्मठ युवाहरूलाई सलाम 🙏।

धर्म

धार्मिक संस्था संग भन्दा उक्त धर्मका अनुयायी वा धर्मावलम्बीहरूको व्यवहारले धर्म प्रतिको विश्वासको मात्रा अडेको हुने रहेछ।
नेपालको हिन्दु (धर्म) सम्प्रदायमा वैज्ञानिक, व्यवहारिक र सामाजिक खालका क्रान्ति गर्ने न्याय प्रेमी भक्तजनहरूको खाँचो छ। नेपालको समग्र विकास र समृद्धि प्राप्ति यही धर्मावलम्बीहरूको सशक्त निर्णयमा अडिएको देखिन्छ। अर्थात नेपाल बन्न नसकेको कारण पनि यही र बनाउन सक्ने पनि यही हो भन्न मिल्ने कि नमिल्ने!
कुनै धर्म र तन्त्र भन्दा समाजको नियत प्रधान रहेको हुन्छ कुनै मुलुकको विकास र समृद्धि प्राप्तिमा (Social fact theory)। हिजो सम्म घोषित हिन्दु राष्ट्र थियो, के भयो? र अाज अघोषित हिन्दुराष्ट्र नै हो, के हुनेछ र? यो देशमा बौद्धिक नागरिक भन्दा भक्तजन भएको देश त हो तर अाज सम्म वा भविष्यमा यस्ता विषयलाई नारा बनाएर देश बन्ने वला कदापि छैन। बरू धर्ममा हुने न्यूनतम नियमको पालना गराउने तिर लाग्दा हुन्छ जस्तै भ्रष्टाचार नगरौं, सद्भाव कायम राखौं, ईमानदार रहौं, अख्तियार दुरूपयोग नगरौं, मानवता कायम राखौं यस्तै यस्तै। देश भावले बन्ने हो भक्तजनको भिडले हैन।
म स्पष्ट छु देश बौद्धिकता, सभ्यता, मानवता, कर्मशिलता र ईमानदारीता ले बन्ने हो। माक्र्सवादले बोले जस्तो धर्म अफिम हो जसले चेतनामा अाउन दिदैन। यस्तो महत्वपूर्ण विषय बुझ्ने न्यायीक समाजको निर्माण धर्म बाट सम्भव देखिन्न।




महिला अधिकार र नारी सशक्तीकरण

महिला अधिकार (#Women_Rights) र नारी सशक्तीकरण (#Women_Empowerment) छुट्टाछुट्टै विषय हो। गाँस, बास, कपास, शिक्षा र रोजगार लगायतका विषय अधिकारका विषय हुन्। भने उनैले शक्ति संघर्ष गर्दै पुरूष सरह व्यवस्थापिका (कानुन तथा नीति निर्माण गर्ने गराउने), न्यायपालिका (कानुनको व्याख्या र न्याय स्थापना गर्ने गराउने) र कार्यपालिका (कानुनको पालना गर्ने गराउने)मा न्यायिक सहभागीता हुन पाउने अवसरका लागि राजनीतिक र शक्तिको खेलमा समावेशी हुनु वा त्यस्तो क्षमताको विकास प्रक्रियाको समतामूलक अभ्यास र अवसर नारी सशक्तीकरण हो।

महिला सशक्तीकरण अार्थिक स्थितिमा सम्पन्नता र सामाजिक हैसियतमा समानताका कुरा मात्र नभई यो विशुद्ध राजनीतिमा न्यायीक अवसर (#Justic_Participation) र शक्तिमा समतामुलक सहभागिता  (#Propotional_Inclusion)को विषय हो। साधरण भाषामा भन्दा पुरूष सोसरह अार्थिक, सामाजिक, सांस्कृतिक साथै राजनीतिक अवसरमा समानताको अभ्यास नै नारी सशक्तीकरण हो भनेर मान्न सकिन्छ।

महिला सशक्तीकरणको वास्तविक संस्थागत मर्म र भावना के थियो र विश्व समाजको कथित तेस्रो मुलुकमा कसरी र जसरी बुझाईदैछ सरासर त्यो विषय र मुद्दा माथि नियतबस गरिएको छेडखानी हो भन्न सकिन्छ। नारी सशक्तीकरणको विषयलाई अाकार घटाउने (#Downsizing), राजनीतिकरण विमुख (#Depoliticisation), विनाश (#Subversion) गर्दै लाने यो अन्तर्राष्ट्रिय खेल अन्यायपूर्ण छ, शोषणयुक्त छ जो शक्ति राष्ट्र भनाउदाको दादागिरी पनि हो भन्ने मान्न सकिन्छ वा पित्रिसतात्मक (#Patriarchy) अतिसत्तावादीको कुटिल चाल हो।

पहिरन र सजिसजाउका सामग्री संग रमाउने संस्कृतिको विकास र प्रवर्द्धन गर्ने सामाजिकिकरणकै कारण पृथ्वीमा पितृसत्तात्मक संस्था अझ बलियो बन्दै गइरहेको देखिन्छ। नारी सशक्तीकरणको सवाल सीप विकास, स्वालम्वी, शिक्षा र स्वतन्त्रता संग मात्र सम्बन्धि नभई शक्तिमा समता र शक्तिमा संतुलन र शक्तिमा पृथकिकरण नै हो। 
सामाजिक न्यायका लागि, समाजको विकास र समृद्धिका लागि सशक्त नारीको बहुमतको अगुवाईको माग समाजले गर्दैछ। अाफुलाई सुरूवाल लगाउने भन्ठान्ने पितृशासकको शासन पनि हेरिरहेका छौं। यो व्यप्त गरिबी, भ्रष्टाचार र बेथितिको जिम्मा तिनै पितृसत्तात्मक संस्थाले लिने की नलिने! 
अधिकारमै नपुगेकाले देश र समाज बिगार्यो भन्नु, गर्नु दिएन भन्नू, राम्रो हुदा अाफुले र बिग्रेपछि चै अरूले भन्दै अाफु पन्छिने संस्कार नालायकको शस्त्र-शास्त्र रूपि हतियार हो। त्यसैले अब न्यायका लागि शक्तिको अभ्यासमा नारीको सहभागीता बढाउनु पर्नेमा जोडदिने समय अाएको छ। 
निर्विकल्प नारी! सशक्त र शक्तिशाली नारी! भ्रष्टाचार र घुसखोर उन्मुलनमा नारी!


Saturday, August 1, 2020

नेपाली राष्ट्रवाद

दक्षिण एसियाको राष्ट्रवाद एकै खालको देखिदैछ, जस्तो भारतको त्यस्तै नेपालको पनि। भारतीय राष्ट्रवाद नेपालीका लागि जति टाउको दुखाई हुँदैछ के नेपालको राष्ट्रवादकै कारणले भारतको टाउको दुखेको त हैन! कि विस्तारवादी हो! विश्वसमाज एक समाजको अवधारणामा प्रवेश गरिरहदा अझै पनि रूढिवादी र अन्धविश्वासी राष्ट्रवादले कतै मानवलाई नै अमानव बनाउदै त छैन!

नेपाली समाज

भाग्यवादी एवं बहुदेवतावादी नेपाली समाजले बुझ्न जरुरी छ कुनै एक निश्चित वादले समाज, राष्ट्र र पृथ्वीलाई विकास र समृद्धि तर्फ डोर्‍याउन सक्दैन भनेर।

धर्म तथा धार्मिक संस्था त्यो हो जस्ले अनैतिक क्रियाकलापको प्रभाव बाट टाढा राख्दछ। माक्र्सवादका अनुसार, धर्म अफिम हो जसले चेतनामा अाउन दिदैन।  धर्मको नाममा त्यही मानिसको चेतना माथी प्रहार गर्ने वा त्यसैको नाममा राजनीति गर्न खोज्दछ भने अाफु शक्ति र सत्ता प्राप्ति गर्नु वा त्यसमा रहिरहने प्रयास र अभ्यास हो। 

अाजको यो समयमा अाएर पनि भजन कृतन गरेर देश बन्ने निश्चित कसैले गर्दछ भने अाजीवन त्यही भजन गाएर बस्न तैयार छौं। तर हामीलाई बुझाईएको धर्म भनेको सामाजिक संरचनाको विकासकालागि अत्यावश्यक सामाजिक संस्था हो जस्ले समाजीक सुव्यवस्था कायम गर्न नैतिकता र न्याय स्थापित गर्दछ। धर्म प्रतिको हाम्रो अास्था सामाजिक भ्रष्टाचार, घुसखोर र अन्याय अन्तयकालागि हुनु पर्दछ न कि कसैको सत्ता, शक्ति र व्यवसायका लागि। धर्मलाई अाफुपायक अाफ्नो हितका लागि व्याख्या विश्लेषण गर्ने, त्यसैमा राजनीति गर्न खोज्ने त्यसैलाई जीविकोपार्जन बनाउने त्यस्ता विकृति र विसंगतिको अन्त्य हामी बाटै सम्भव छ फेरिपनि।

कुनै धार्मिक संस्थामा सहभागी भएर त्यसैको अतिवादी ढङ्गले भजन कृतन र नमाजमा सहभागी हुनु लाई धर्म मान्न सकिन्न। सत्कर्म, कल्याण, परोपकार गर्न सिकाउने र शान्ति, समता एवं न्याय कायम गर्न, त्यो सामुहिक सहमति बाट निर्मित नियम र व्यवहार नै धर्म हो भनेर मान्न सकिन्छ। र धर्मो रक्षति रक्षितःको भाव अर्थ पनि यही हो।

विदेशी तलब खानेहरूले अाफु पानी माथिको अोबानो बन्न यस्ता न्यूज च्यानल काण्ड मचाएर सस्तो हर्कत देखाउनु भनेको नागरिकलाई मूर्ख मानेर तिनको मस्तिष्कमा मुत्ने क्रियाकलाप भन्दा केही हैन। सम्स्या के हो र त्यसको समाधान के हो भन्ने विषयको ज्ञान जनतामा नभएको भनेर सम्झनु स्यालवाद (Jackism) हो। सक्छौ भने त्यस्ता राष्ट्रघाती र देशद्रोही लाई कार्वाही गर जो पवित्र नेपाल अामाको काखमा बसेर छुरा हान्दैछन्। साँढेको किर्ना खाने कागले बेर्नो पनि खान्छ भन्ने कथाको स्मरण गर्दै गराँउदै त्यस्ता प्राणघातक काग रूपि विदेशी दलालहरूलाई बहिस्कार गरौं।

The suicide

समाज र आत्महत्या लाखौंलाख मानिसले यस पृथ्वी लोकमा यस्ता खालका दुःखद निर्णय लिन बाध्य भएका छन्।। साधारण नाङ्गो अाँखाले हेर्दा अात्महत्या देखिन्छ। जैविक र मनोविज्ञानको नजरमा डिप्रेशन जस्तो घातक रोगको पतनवादी (Reductionism) कारण देखाईन्छ। कानुनी राज्यको नजरमा त्यस्तो घटना घटाउन उकास्ने केही व्यक्ति दोषी सावित भई सजाय भोगेका होला वा भोग्दै होलान्। तर अात्म हत्या गर्नु अपराध र पाप हो भन्दै अाफु पानि माथीको अोभानो हुन खोज्छ कानुनको सहारामा त्यस्ता राज्य र नियमको नाममा धर्म मान्ने त्यो समाज। समाजको गहिरो ज्ञान राख्ने अाधुनिक र स्वतन्त्र विज्ञान समाजशास्त्रका संस्थापक मध्येका एक धुरन्धर विद्वान फ्रान्सका इमाइल दुर्खिम (1858-1917)ले Suicide (French: Le suicide 1897) नामक पुस्तकमा बेमेलको स्थिति उजागर गर्नका लागि अात्महत्याको सिद्धान्तमा अात्महत्याको विषयमा संवेदनशील ज्ञान प्रस्तुत गरेका छन्। उनका अनुसार प्रत्येक चिन्तनको प्रकृति व्यक्तिगत घटनाका रूपमा नभएर सामाजिक हुन्छ र चिन्तनको प्रणालीको उत्पत्ति सामुहिक कार्यको उपज हो। अात्महत्या समेत मानसिक अवस्थाको उपज नभएर यो सामाजिक संरचना, संस्कार, मूल्य मान्यता संग अाधारीत हुन्छ। सामुहिक एकता (Collective Integration) एवं समाजद्वारा हुने नियन्त्रण को तह (Level of regulation) वा सामुहिक भावना (Collective conscience)को मात्रा निम्न वा उच्च हुदा तीन फरक प्रकारको अातमहत्या हन्छ भन्दै विभाजन गरिएको छ। जस्तै पहिलो व्यक्तिवादको चरम सीमाका कारण समाज वा परिवारमा कसैले एक्लोपनाको महसुस गर्छ र जब समाजबाट दिक्क हुन्छ (Detached from society) साथै पहिले सङ्गत गरेका राम्रा व्यक्तिहरूसंगको सम्बन्ध कमजोर हुन पुग्दछ तब अात्महत्याको विकल्प देख्दैन र अहमवादी अात्महत्या (Egoistic Suicide) गर्ने गर्छ। दोस्रो प्रकार अन्तर्गत समाजमा रहेको मूल्य र मान्यताहरूसंग वा अाधुनिक समाजको विशेषताहरूसंग बेमेल (Anomie) वा अनुकुलन हुन नसक्नुले निम्न स्तरको नियन्त्रण (Low level of regulation) भई अात्महत्या हुने गर्छ जसलाई बेमेल वा अप्राकृतिक अात्महत्या (Anomic Suicide) भनेका छन्। त्यस्तै सामुहिक एकतामा उच्च तह (High level of integration) हुदा पनि सामुहिक हित, साझा हित वा राष्ट्रहितका लागि सहिद हुन्छन् त्यो पनि अात्महत्यानै हो भन्दछन् जसलाई परोपकारी अात्महत्या (Altruistic Suicide) भनेका छन्। भिन्न भिन्न सामाजिक संरचनामा अात्महत्याको दर (Suicide rate) भिन्न भिन्न हुन्छ भन्ने विश्लेषण गर्दै अात्महत्या एउटा सामान्य र नियमित प्रक्रिया हो तर सामाजिक एकताको स्तरमा अाएको परिवर्तन संगै यसको दरमा एक्कासि वृद्धि हुन सक्छ भन्ने निष्कर्ष छ। दुर्खिमले सम्पुर्ण सामाजिक घटनाहरूमा समाजको एकता (Social integration) मा जोड दिदै सामाजिक संगति वा विसंगति (Social order and disorder) नै अात्महत्याका प्रमुख कारणहरू हुन र व्यक्तिलाई गौण रूपमा लिदै समाजलाई यस्ता घटनाको निर्णायकमा प्रधान बनाएका छन्। अात्महत्याका कारण पनि सामाजिक हुने र त्यस्तो अात्महत्याले समाजको एकतालाई बलियो पार्ने समेत उल्लेख गरेका छन्। अात्महत्यामा वा कसैको मृत्युमा साझा समवेदनाको भाव नदेखिनु र विभाजित पक्ष विपक्ष वा गुट-गुटको एकताले समाज अाफु त्यो हत्याको जिम्मेवारी बाट पन्छीने सशक्त प्रयत्न देखिदैछ। कोही व्यक्ति वा समूह मृतक र मृतकको परिवार संग श्रद्धाञ्जली र समवेदना प्रकट गर्नु भन्दा पनि त्यस हत्याको अारोपमा कसैलाई कानुनको सहारामा अाजीवन फँसाएर राज्य अाफु पन्छीने अघोषित प्रयत्न गर्दैछ। त्यस्तै केही व्यक्ति वा समूह मृत अात्मा र परिवारमा श्रद्धाञ्जली एवं समवेदना प्रकट गर्नुको सट्टा कुनै व्यक्तिलाई फँस्न दिदैनौ भन्दै मानवीय स्वभाव बिर्सँदै सामाजिक न्यायको नाममा शक्ति प्रदर्शन गर्दै त्यही समाज अाफ्नो अपराधबाट चोखिन खोज्दैछ। तर हामी स्पष्ट छौं कि यो विश्व समाजका लाखौंलाख हत्याका दोषी हत्यारा हामी समाज नै हौं भनेर स्विकार्दै मृत एवं मृतकको परिवार बाट माफि चाहाँदै अात्माको शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं।

Suicide

समाजशास्त्रमा आत्महत्याका कारण र प्रकार: कारण: प्रत्येक चिन्तनको प्रकृति व्यक्तिगत घटनाका रूपमा नभएर सामाजिक हुन्छ र चिन्तनको प्रणालीको उत्पत्ति सामुहिक कार्यको उपज हो। अात्महत्या समेत मानसिक अवस्थाको उपज नभएर यो सामाजिक संरचना, संस्कार, मूल्य मान्यता संग अाधारीत हुन्छ। सामुहिक एकता (Collective Integration) एवं समाजद्वारा हुने नियन्त्रण को तह (Level of regulation) वा सामुहिक भावना (Collective conscience)को मात्रा निम्न वा उच्च हुदा तीन फरक प्रकारको अातमहत्या हन्छ भन्दै विभाजन गरिएको छ। प्रकार: १. अहमवादी अात्महत्या (Egoistic Suicide) २. बेमेल वा अप्राकृतिक अात्महत्या (Anomic Suicide) ३. परोपकारी अात्महत्या (Altruistic Suicide)

नारी

पहिरन र सजिसजाउका सामग्री संग रमाउने संस्कृतिको विकास र प्रवर्द्धन गर्ने सामाजिकिकरणकै कारण पृथ्वीमा पितृसत्तात्मक संस्था अझ बलियो बन्दै गइरहेको देखिन्छ। नारी सशक्तीकरणको सवाल सीप विकास, स्वालम्वी, शिक्षा र स्वतन्त्रता संग मात्र सम्बन्धि नभई शक्तिमा समता र शक्तिमा संतुलन र शक्तिमा पृथकिकरण नै हो। सामाजिक न्यायका लागि, समाजको विकास र समृद्धिका लागि सशक्त नारीको बहुमतको अगुवाईको माग समाजले गर्दैछ। अाफुलाई सुरूवाल लगाउने भन्ठान्ने पितृशासकको शासन पनि हेरिरहेका छौं। यो व्यप्त गरिबी, भ्रष्टाचार र बेथितिको जिम्मा तिनै पितृसत्तात्मक संस्थाले लिने की नलिने! अधिकारमै नपुगेकाले देश र समाज बिगार्यो भन्नु, गर्नु दिएन भन्नू, राम्रो हुदा अाफुले र बिग्रेपछि चै अरूले भन्दै अाफु पन्छिने संस्कार नालायकको शस्त्र-शास्त्र रूपि हतियार हो। त्यसैले अब न्यायका लागि शक्तिको अभ्यासमा नारीको सहभागीता बढाउनु पर्नेमा जोडदिने समय अाएको छ। निर्विकल्प नारी! सशक्त र शक्तिशाली नारी! भ्रष्टाचार र घुसखोर उन्मुलनमा नारी!

दृष्टि

अाँखा संग दृष्टि त हुन्छ तर दृष्टिकोण हुदैन। रंग मात्र देख्ने नाङ्गो अाँखामा भर पर्ने नेपाली समाज कहिले सम्म यस्तै रहने!

धर्म र विपि समाजवाद

कुनै धर्म र तन्त्र भन्दा समाजको नियत प्रधान रहेको हुन्छ कुनै मुलुकको विकास र समृद्धि प्राप्तिमा (Social fact theory)। हिजो सम्म घोषित हिन्दु राष्ट्र थियो, के भयो? र अाज अघोषित हिन्दुराष्ट्र नै हो, के हुनेछ र? यो देशमा बौद्धिक नागरिक भन्दा भक्तजन भएको देश त हो तर अाज सम्म वा भविष्यमा यस्ता विषयलाई नारा बनाएर देश बन्ने वला कदापि छैन। बरू धर्ममा हुने न्यूनतम नियमको पालना गराउने तिर लाग्दा हुन्छ जस्तै भ्रष्टाचार नगरौं, सद्भाव कायम राखौं, ईमानदार रहौं, अख्तियार दुरूपयोग नगरौं, मानवता कायम राखौं यस्तै यस्तै। देश भावले बन्ने हो भक्तजनको भिडले हैन। म स्पष्ट छु देश बौद्धिकता, सभ्यता, मानवता, कर्मशिलता र ईमानदारीता ले बन्ने हो। माक्र्सवादले बोले जस्तो धर्म अफिम हो जसले चेतनामा अाउन दिदैन। यस्तो महत्वपूर्ण विषय बुझ्ने न्यायीक समाजको निर्माण धर्म बाट सम्भव देखिन्न।

नेपाल

२००३ साल देखि २०४६ साल सम्मको संघर्षले निरंकुश राणा शासन, पञ्चायत त फ्यालियो अनि प्रजातन्त्र भन्ने तन्त्र पनि ल्याईयो तर ती जनता त्यो सामन्तवादी राणाशासनकालमा झै जोखिम मोलेर प्रभु पुकार्दै बस्नु परेको छ नेपाली नागरिक अझै सम्म। सरकार (व्युरोक्रेट+राजनीतिक प्रतिनिधि) अाखिर कहिले सम्म यस्तो अभद्र र असभ्य क्रियाकलापमा रमाउने विचार छ! छि सोच्दा पनि कुनै नियुक्त कर्मचारी र दलका जनप्रतिनिधि वा त्यस्तो नेताको पछाडि न्याय प्रेमी जनता र समाजको हित हुन्छ भनेर लाग्नु बेईजतको भारी जस्तो लाग्न थाल्यो।

Kalu lama

अाज मिति २०७७ श्रावण ६ गते मंगलबार 
राजनीति लाई कमाईखाने भाँडो बनाउने, पेशा व्यवसाय बनाउने र धानखेत बनाएर त्यसै बाट अाफ्नो भकारी भर्ने यो व्यप्त सामाजिक-राजनीतिक बिचलनको बीचमा अाफुलाई नेताको नाममा स्थापित गराईसकेका र गराउने प्रयासमा लागेका त्यस्ता  सामाजिक-राजनीतिक भाँड र दलाल भन्दा भिन्न परिचय बनाउन सफल नेपाल कम्युनिष्ट पार्टीका जुझारु युवा नेता एवं सशक्त व्यवसायी, ऐतिहासिक द्वन्दात्मक भौतिकवादी श्री कालु लामा (Kalu Lama) लाई हामी हार्दिक स्वागत गर्न चाहान्छौं।
खेलप्रेमी, युवा प्रेमी, समाज प्रेमी स्वभाव र व्यक्तित्व भएका वहाँले उदयपुर चौदण्डीगढी नगरपालिका अन्तर्गत बेल्टारका स्थानीय भलिबल खेलाडी साथीहरू लाई आगामी दिनहरूमा पनि यसरी नै सहयोग गर्ने मौका दिए समाजको सुखदुःखको साथी बन्ने वाचा सहित यस पटकको अाफ्नो भेट स्वरूप उपलब्ध गराउनु भएको खेल सामाग्री (३ थान भलिबल)का लागि स्थानिय युवाहरूको तर्फ बाट, खेल प्रेमी महानुभाव एवं स्थानीय बासिको तर्फबाट एकमुष्ट धन्यवाद ज्ञापन गर्दै अार्थिक, सामाजिक, राजनैतिक साथै शारीरिक अाध्यात्मिक जीवन सफल रहोस भन्दै हामी हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहान्छौं।

नेपाली संस्कृति

नेपाली समाजमा अाज पनि धामीझाँक्री माथिको विश्वास अझै पनि गहिरो छ। कुनै मानिस वा जीव जन्तुको स्वस्थमा असंतुलन देखिदै गर्दा उपचार गर्ने विभिन्न विधिहरू मध्येको एक विश्वासिलो विधि मान्ने गरेका छन् धामीझाँक्री विद्या लाई। यसलाई नेपाली समाजको संस्कृति पनि मान्न सकिन्छ। यस्ता विषयको सोध-खोज र अध्ययन गर्दै गर्दा विश्व समाजका केही शक्तिशाली एवं उच्च विकसित भनाउदा राष्ट्रहरू उत्तर अाधुनिक समाजको स्वरूपमा प्रवेश गरेपनि नेपाली समाज भने पूर्वअाधुनिक, अाधुनिक र उत्तर अाधुनिक समाजको मिश्रित स्वरूप अाज पनि स्पष्ट देख्न सकिन्छ। यही वर्तमान नेपाली समाजमा सुपर नेचुरल कुरामा विश्वास राख्ने गरेको त्यस्तो एक नमुना जो हजुरहरू संग बाँड्न चाहान्छौं।

प्रजातन्त्र

अाजको यस्तो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएको सार्वभौमसत्तासम्पन्न मुलुकमा पनि यस्तो असुरक्षित यात्र गर्नु समाजवाद उन्मुख संविधानको अपमान हो। अाफ्नो नागरिकको धन, मान र प्राणको रक्षा गर्ने विषयमा संवेदनशीलता देखाउन नसक्नु र नखोज्नु अख्तियार दुरूपयोग हो। यस्ता राष्ट्रिय स्तरका योजनाहरूमा लापरबाही क्रियाकलापमा सहभागी हुनु ठगी प्रवृत्ति हो।

सम्बन्ध

कुनै मानिसको शरीर कसैको अधिनमा बस्नै पर्ने पति वा पत्नी हो भन्नुभन्दा पनि त्यो अदृश्य अात्माको एक भौतिक रूप मात्र हो। जो संग अात्मा र सुगन्ध मिल्दछ उसैको पक्षमा, प्रेममा र प्रतीक्षामा हरदम रहिरहन्छ। त्यो अात्मीक सम्बन्ध पति वा पत्नी हुन पनि सक्छ र नहुन पनि सक्छ। जन्म दिने सम्माननिय अामाले त त्यो शरिर माथिको नियन्त्रण र निर्देशनको सिद्धान्तको विपरीत, सम्भावना र अवसरका लागि स्वतन्त्र छोडिदिन्छे।

उनि

उनी भन्दै थिईन "धन, मान, पद एवं प्रतिष्ठाको लोभ र घमण्ड नगर साथै कसैले गरेको प्रशंसा र गालीले पैदा गर्ने भ्रम अस्थायी अावेग हुन् त्यसैले तिमी अाफुलाई स्थिर राख जसले तिमी र तिम्रो प्राणलाई अनपेक्षित विपत्ति बाट रक्षा गर्ने छ। म सधै तिम्रो साथ नरहन सक्छु तर यो धर्ममा बसे तिमी सधै सुरक्षीत रहनेछौ।"

नेपाली काङ्ग्रेस र विचलन

नेपाली काङ्ग्रेसले अाफ्नै संगठन भित्र उदार लोकतन्त्रको उच्चतम अभ्यास गर्ने गराउने जस्ता बौद्धिक कार्यक्रमहरू निरंतर गर्न अतिअावश्यक देखिदैछ। लोकतान्त्रिक पार्टी भित्र कुनै पनि प्रकारका मुद्दा वा विमतिले जब स्थान र सम्मान पाउन सक्दैन तब सम्म नेपाली काङ्ग्रेसले अाफुलाई प्रजातान्त्रिक पार्टीका रूपमा परिचय दिनु ठगी हो। यो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको स्थापनाको मर्म र भावना कुनै निश्चित र अस्थायी कार्यक्रमको जस्तै जहानियाँ निरंकुश राणाशासन, एकतन्त्रीय पञ्चायती व्यवस्था र राजसंस्था ढाल्न भनेर मात्र थियो भने अब यो पार्टी विघटन गरे हुन्छ। प्रजातन्त्रको स्थापना र उदार अभ्यासको मर्म र भावनाको केन्द्रमा रहि प्रजातान्त्रिक समाजवाद लक्ष्य प्राप्ति गर्ने अभ्यास यस्तै हो त? जे हुदैछ विपिको प्रजातान्त्रिक समाजवादको मर्म र भावना विपरीत अभ्यास हुदैछ संगठन भित्र। अान्तरिक प्रजातन्त्रको नीति, नियम, अादर्श र सिद्धान्तमा कसैले वा कुनै समुहले नियन्त्रण गर्न खोज्नु वा त्यसको विपरीत जानुले संगठनको साख ठगीको नाम लिस्टमा पर्ने निश्चित हुन्छ। यो संगठन तिमीहरू अाफुअाफु मिल्ने र अाफुअाफु नमिल्ने अतिगुटवादीहरूको नभई विपिको प्रजातान्त्रिक समाजवादी मान्नेहरूको मात्र हो। पार्टी र समाजमा भाँडभैलो गरेर अाफ्नो जीविकोपार्जन गर्ने जति राजनीतिको बदनाम गराउने तिर लागेको देखिदैछ। यो देशलाई वीरता मान्ने र मुकुट राजदण्ड समातेर बस्नेहरूको त पत्ता साफ बनाए समाजले यस्ता २०/२५ पन्नाको विधानमा अडिएको संगठन सक्न धेरैबेर लगाउदैन समाज ले। होसियार रहनु पर्ने हुन्छ हामी विपिको प्रजातान्त्रिक समाजवादीहरू। सहमति, संवाद, एकता र सहकार्यमा विश्वास घट्नु नै लोकतन्त्र कमजोर हुँदै जानु पनि हो।

समाज

अाफ्नो धरातल मजबुत बनाउन नेपाली समाजले पवित्र राजनीति गर्नु पर्छ नकि कसैलाई अध्यक्ष बनाउन। अाफ्नो धोतीको टुङ्गो छैन अरूको टोपीको..

उनि

उनी भन्ने गर्छिन् " कसैको तुलना कोही संग नगर्नु, सबै अाअाफ्नै स्थानमा उत्कृष्ट हुन्छन्। कसैमा अरू कोही नखोज्नु किनकि कोही जस्तो कोही हुन्न। ईश्वरले बनाउदा सबैलाई सुन्दरता र स्तरीयमा समान र उत्कृष्ट बनाएको हुन्छ, मात्र हाम्रो ग्रहण गर्ने नजर फरक हो।"

नेपाली काङ्ग्रेस

विपिको समाजवादको सातमुखे झोली बोकेर नक्कली नेपाली काङ्ग्रेसलाई राप्रपाको मुद्दामा हिडाउनका लागि एसैमा राप्रपाको मर्म र भावना बोकेकोहरूको कमी थियो र? किन उनी नै फेरि! खैर, सुनिल जीलाई जय नेपालको शुभकामना! प्रजातान्त्रिक समाजवाद बोकेको नेपाली काङ्ग्रेस कुनै निश्चित धर्मको सपत खाएका शिव सेना होईनौं। हामी त ऐ विपिको समाजवादको सिद्धान्तको अाधारमा अार्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक समता र न्यायकालागि समान वा एकै लक्ष्य र उदेश्य राख्नेहरूको स्वस्फुर्त प्रजातान्त्रिक समूह हौं। हाम्रो धर्म प्रजातन्त्र(Democracy) हो। हाम्रो मन्त्र प्रजातन्त्र हो। हाम्रो पाछा/गोत्र प्रजातन्त्र हो। हाम्रो जीवन दर्शन प्रजातन्त्र हो। हामी न्याय प्रेमी नेपाली र समाजवादी नेपाली काङ्ग्रेस, प्रजातन्त्र पक्षधर हौं। मानव संवेदनशीलता नभएका, अार्थिक र नैतिक अनुशासनमा बस्न नसक्ने त्यस्तो असामाजिक प्राणी न प्रजातान्त्रिक हो नत माक्र्सवादी। ती सब विकृति विचारका फौजी हुन्, त्यस्तो विचारलाई नेपाली काङ्ग्रेसले उन्मुलन गर्नै पर्छ। नारहेगी विचार, नाहोगा विचारी।

देवत्वकरण

देवत्वकरण गरिहाल्ने नेपाली समाज बडो अचम्मको र कहीं नभएको समाज छ। मान्छौं सच्चा राष्ट्रसेवक कुलमान संग त्यो पवित्र नियत र क्षमता छ भनेर। तर वहाँ भन्दा अरू विकल्प छैन र नेपाल अामाले ईमानदारीता र क्षमताको नाममा उनै मात्र जन्माएको भन्ने त हैन होलानी। त्यो एक क्षेत्रमा मात्र नभई हरेक क्षेत्रमा ईमानदार साथै क्षमतावान विकल्प सहितको लाखौंलाख यस्ता राष्ट्रसेवक कुलमान जन्माउनु पर्छ भन्ने ध्येय हुनु पर्दछ नेपाली समाजमा नकी देवत्वकरण गर्ने। समाजले कुनै व्यक्तिलाई देवत्वकरण गर्नु बौद्धिकता विमुख र अव्यवहारिक एवं अवैज्ञानिक अभ्यास हो। सक्छौं तिमी अाफै गौतम बुद्ध बन तर गौतम बुद्धको पुजा नगर सम्म भन्नू भएको थियो गौतम बुद्ध अाफैले। के त्यो त्यसै भनेका होईनन् होला नी! व्यक्ति भन्दा विचार शक्तिशाली हुन्छ र त्यो विचार, सिद्धान्त र अादर्शको कुनै व्यक्ति संग तुलनानै हुदैन। मानिस मानिस नै हुन् उनलाई मानवमै गन्ती गरौं। मानवता र देवता नितान्त फरक कुरा हुन्। मानवमा हुने मानवता नै श्रेष्ठ गुण हो जो कुलमानमा देखिन्छ। विधिको शासनमा कानुन र प्रणाली सबैमा समान ढङ्गले लागू हुनु र गर्नु नै लोकतन्त्रको परिभाषा हो। नेपाली समाजले अावेगमा अाएर हामी अाफैले स्थापित गरेको सुन्दर लोकतन्त्रको खिलाफ कदम चाल्नु हुन् र कोही निर्वाचित वा नियुक्त प्रतिनिधिले कानुनलाई हातमा लिन खोजे खबर्दारी गर्नै पर्छ जो हाम्रो लोकतान्त्रिक अधिकार हो।

देवतावाद र देवत्वकरण 

कुनै समय पूर्वअाधुनिक समाज (Pre-modern Society) थियो जो बहुदेवतावादमा विश्वास राख्थे तर विश्वसमाज अाधुनिक समाज (Modern Society) पश्चातको उत्तरअाधुनिक समाज (Post-modern Society)मा प्रवेश गरिरहँदा पनि नेपाली समाजको चरित्र त्यस प्रकारको देखिन्न। यति शिक्षित भएर पनि देवत्वकरणमा विश्वास राख्ने समाज भन्दा तै बहुदेवतावादमा विश्वास राख्ने समाज नै अाध्यात्मीक, नैतिक र बौद्धिक समाज मान्न सकिन्छ।

देवतावाद र देवत्वकरण बिच भिन्नता नदेख्ने कुनै व्यक्ति वा समुहका कारणले सिङ्गो नेपाली समाज विश्वजगतमा अपमानित भईरहेको छ। स्व. विश्वेश्वरप्रसाद कोईरालाको नेपाली समाजलाई दिएको योगदान र प्रजातान्त्रिक समाजवादको प्रतिपादक भएकै ले उनलाई महामानव मानेका हौं, देवता हैन। वर्तमान सामाजिक राजनीतिक सन्दर्भ हेर्दा, अाफु देवता बन्न खोज्ने र उनैलाई देवता बनाउन खोज्ने केही अतिवादी झुण्डका कारणले छट्पटी हुन्छ, अात्मसम्मान गुमेको महसुस हुन्छ। अनि त्यसै स्तुति र अष्टाकम लाई राष्ट्रवादको नारा भन्ने गरेका छन्।

जाबो अाफु समानको अधिकार भएको मानिसलाई देवत्वकरण गर्न खोज्नुले बौद्धिकतामा रहेको गुणस्तर स्पष्ट झल्कन्छ। किन अाफुलाई मानिसको दर्जामा राख्न नसकेको? 
छी!





सामाजिक संरचना र भ्रष्टाचार

संगठीत र संस्थागत भ्रष्टाचार विचारका बिरूद्ध लड्न वा त्यसलाई दबाएर राख्न वा उन्मुलन गर्न त्यति पनि कठिन छैन जति सोचेका छौं। तर यो समाजले त्यस बिरूद्ध मानसिक रूपमा वा मन, वचन र कर्मले लड्न तैयारी गरेको देखिदैन। यो भ्रष्टाचार अायातित वा अन्तर्राष्ट्रिय सहयोग नभई हाम्रो संरचनाले नै स्थापना, संस्थागत र संरक्षण गरेको नेपाली समाजले बुझ्न जरुरी छ। भ्रष्टाचारको संरक्षक नेपाली समाज नै हौं र भ्रष्टाचार शून्य समाज बनाउन सक्ने पनि नेपाली समाज नै हौं। बाहिर हो हल्ला गरेर भन्दा पनि अाफ्नो घर भित्र परिवारीक सल्लाह गरेर नै यसलाई निर्मुल गर्न सकिन्छ। कसैले भ्रष्टाचार वा अख्तियार दुरुपयोग परिवारवाद, नातावाद, कृपावाद बाट प्रभावित भएरै गर्ने हुन्छ। यसको समाधानको उपाय तिनै संग छ जसका कारण यो समस्या उब्जिएको छ। हरेक घरमा प्रेम संजेल र कुलमान जन्मदिनुनै समस्या समाधानको पहिलो र प्रमुख उपाय हो। व्यक्ति व्यक्तिको सोच र व्यवहारले संरचना निर्माण भएको हुन्छ भने त्यही संरचनाले तिनै व्यक्तिलाई नियन्त्रण गरिरहेको हुन्छ। हामीले निर्माण गरेको भ्रष्टाचारको अघोषित संस्थागत संरचनालाई हामीले नै तोड्न सक्छौं। यही सामाजिक सिद्धान्त नै भ्रष्टाचार र बेथिति निस्तेज गर्ने पहिलो र अन्तिम रामवाण हो।