उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ बेल्टार स्थित वि.सं. २०२२ साल तिर स्थानिय अगुवा युव, बुद्धिजीवी, समाजसेवी, लगायत तत्कालिन सरल समाजको योगदानमा स्थापना गरिएको श्री ज्योति माध्यमिक विद्यालयमा यही २०७७/०७८ को शैक्षिकसत्र देखि नै ११ र १२ कक्षामा ऐच्छिक विषयको रूपमा विज्ञान विषय(Science Subject) अध्ययन अध्यापनको अनुमति पाएको खबरले हामी सरोकारवाला सर्वसाधारणमा निकैनै खुशी साथै हौसला छाएको छ।
यसै अवसरमा स्थापनाकाल देखिको अाजको मिति सम्म यस विद्यालयको गुणस्तर विकासमा प्रत्येक्ष परोक्ष अमर र अमूल्य योगदान पुर्याउनुहुने समाज विकास प्रेमी, शिक्षाप्रेमी स्वर्गीय र जीवित व्यक्तित्वहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। साथै ऐ विद्यालय परिवार र सम्बन्धित सबैलाई हार्दिक बधाई एवं गुणस्तरमा उच्चताको कामना व्यक्त गर्दछौं।

No comments:
Post a Comment