समाजले समाजमा घटित हरेक घटनालाई लाई गैरराजनीतिकरण गर्दैछ। राजनीति प्रतिको विश्वास घटनाले वा हटनाले दिर्घकालमा समस्या अझ बल्झिदै जानेहुन्छ भन्ने विश्वास कमैले गरेका छौं।
हरेक विषयवस्तुमा नेपाली समाजले जुन ढङ्गले सांस्कृतिक संरचनाको निर्माण गर्दैछ त्यसले राज्य, राजनीति र संस्थागत परिपाटी भन्दा पर लाँदैछ। नेपाली समाजलाई व्यक्तिवादी र देवत्वकरण गर्ने संस्कार तिर जानीनजानी अाफै धकेलिदैछन् वा कसैले योजनाबद्ध ढङ्गले त्यो दलदलमा फँसाउदैछन्। समाजले बुझ्न जरुरी छ कि राजनीति भनेको स्नायु प्रणाली समानको सामाजिक संस्था हो जसको पहुँच हरेक अंगमा रहेको हुन्छ। यसमा अाएको वा देखिएको असंतुलन ले सिङ्गो समाजलाई प्यारालाईज गराउने वा सिङ्गो संरचनात्मक प्रकार्य प्रणाली लाई नै संतुलनमा रहन नदिने निश्चित हुन्छ। जे हुदैछ त्यसले अझ पीडा बढाउने छ।
No comments:
Post a Comment