नेपाली काङ्ग्रेसले प्रत्येक नागरिकको अधिकार र सामाजिक सुरक्षार्थ प्रजातन्त्रको नाममा गरेको त्यो राजनितीक संघर्ष देखि पनि शंका लाग्न थाल्नु अस्वभाविक होईन।
नेपाल र नेपाली विगत ६ दशक देखि आजको अवस्था सम्म आईपुग्दा अझ खच्कदो परिस्थिति रहनुमा नेपाली काङ्ग्रेस जबाफदेही हुनु पर्छ। प्रजातन्त्र आज पनि किन सुरक्षीत छैन्। यसको जवाफ पनि नेपाली काङ्ग्रेसले आम नागरिक र जनता जनार्दन लाई दिन जरुरी छ। किनकि प्रजातन्त्रको रखवाला एकलो नेपाली काङ्ग्रेस नै थियो र छ। धमिलोमा माछामार्ने संस्कार संगै विकास भएका अरू दलले गर्न दिएन, बाधा अवरोध गरे भन्दै पन्छीएर नपुंसकता देखाउने साथै सिङ्गो प्रजातन्त्र प्रेमीको अपमा गर्ने अधिकार कसैलाई छैन्। ६२ वर्षको इतिहास साक्षी छ, नेपाली काङ्ग्रेसले प्रजातन्त्र स्थापित गर्ने कुरै छोडौं, त्यसको सामान्य सुरक्षा सम्म गर्न सकेको छैन्।
लोकतन्त्र आफै फेरि धरापमा छ जसका कारणले सामान्य मानवअधिकार, मौलिक हक सम्म खोसिने निश्चित छ। यसको जिम्मेवारी नेपाली काङ्ग्रेका नाममा आत्मकेन्द्रीत गुट रूपी प्लाटुन चलाउने सबै पल्टनेहरूले दोष लिनु पर्छ।
नेपाली काङ्ग्रेसको नाममा जीविकोपार्जन गर्ने! माफिया, भ्रष्टाचारी, दलाल पाल्ने केही सिमित पात्रहरू हुन फटाही गर्ने तर नेपाली काङ्ग्रेस होईन।
लोकतन्त्रको विकल्प अझ उदार लोकतन्त्र नै हो। लोकतन्त्रको राक्षा नेपाली काङ्ग्रेस बाट नहुने निश्चित भईसक्यो अब आफ्नो प्रजातन्त्र/लोकतन्त्र जनता आफैले जोगाउने तैयारी गर्नुको विकल्प छैन। प्रजातन्त्र, मानव अधिकार, समावेशी, सामाजिक सुरक्षाका लागि लड्ने, भिड्ने र संघर्षको जुनसुकै हद सम्म पुग्ने काङ्ग्रेस लाई आन्तरिक र बाह्य भाईरस द्वारा खसी बनाई सकेको छ। अनि त्यस अंगमा तेल बेसार दलेर पुच्छर समातेर उचाली सकेका छन्, हाम्रो भेटनरीको सिंह काकाले झै। प्या..प्या... को आवाज नसुनीएको मात्र हो।

No comments:
Post a Comment