अाज मिति २०७७ श्रावण ६ गते मंगलबार
राजनीति लाई कमाईखाने भाँडो बनाउने, पेशा व्यवसाय बनाउने र धानखेत बनाएर त्यसै बाट अाफ्नो भकारी भर्ने यो व्यप्त सामाजिक-राजनीतिक बिचलनको बीचमा अाफुलाई नेताको नाममा स्थापित गराईसकेका र गराउने प्रयासमा लागेका त्यस्ता सामाजिक-राजनीतिक भाँड र दलाल भन्दा भिन्न परिचय बनाउन सफल नेपाल कम्युनिष्ट पार्टीका जुझारु युवा नेता एवं सशक्त व्यवसायी, ऐतिहासिक द्वन्दात्मक भौतिकवादी श्री कालु लामा (Kalu Lama) लाई हामी हार्दिक स्वागत गर्न चाहान्छौं।
खेलप्रेमी, युवा प्रेमी, समाज प्रेमी स्वभाव र व्यक्तित्व भएका वहाँले उदयपुर चौदण्डीगढी नगरपालिका अन्तर्गत बेल्टारका स्थानीय भलिबल खेलाडी साथीहरू लाई आगामी दिनहरूमा पनि यसरी नै सहयोग गर्ने मौका दिए समाजको सुखदुःखको साथी बन्ने वाचा सहित यस पटकको अाफ्नो भेट स्वरूप उपलब्ध गराउनु भएको खेल सामाग्री (३ थान भलिबल)का लागि स्थानिय युवाहरूको तर्फ बाट, खेल प्रेमी महानुभाव एवं स्थानीय बासिको तर्फबाट एकमुष्ट धन्यवाद ज्ञापन गर्दै अार्थिक, सामाजिक, राजनैतिक साथै शारीरिक अाध्यात्मिक जीवन सफल रहोस भन्दै हामी हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहान्छौं।

No comments:
Post a Comment