प्रजातान्त्रिक समाजवाद सिद्धान्तको आधारमा ल्याउने मानव अधिकार सहितको विकास र समृद्धिकालागि एक हौं।
Saturday, August 1, 2020
नेपाली काङ्ग्रेस र विचलन
नेपाली काङ्ग्रेसले अाफ्नै संगठन भित्र उदार लोकतन्त्रको उच्चतम अभ्यास गर्ने गराउने जस्ता बौद्धिक कार्यक्रमहरू निरंतर गर्न अतिअावश्यक देखिदैछ। लोकतान्त्रिक पार्टी भित्र कुनै पनि प्रकारका मुद्दा वा विमतिले जब स्थान र सम्मान पाउन सक्दैन तब सम्म नेपाली काङ्ग्रेसले अाफुलाई प्रजातान्त्रिक पार्टीका रूपमा परिचय दिनु ठगी हो। यो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको स्थापनाको मर्म र भावना कुनै निश्चित र अस्थायी कार्यक्रमको जस्तै जहानियाँ निरंकुश राणाशासन, एकतन्त्रीय पञ्चायती व्यवस्था र राजसंस्था ढाल्न भनेर मात्र थियो भने अब यो पार्टी विघटन गरे हुन्छ। प्रजातन्त्रको स्थापना र उदार अभ्यासको मर्म र भावनाको केन्द्रमा रहि प्रजातान्त्रिक समाजवाद लक्ष्य प्राप्ति गर्ने अभ्यास यस्तै हो त? जे हुदैछ विपिको प्रजातान्त्रिक समाजवादको मर्म र भावना विपरीत अभ्यास हुदैछ संगठन भित्र। अान्तरिक प्रजातन्त्रको नीति, नियम, अादर्श र सिद्धान्तमा कसैले वा कुनै समुहले नियन्त्रण गर्न खोज्नु वा त्यसको विपरीत जानुले संगठनको साख ठगीको नाम लिस्टमा पर्ने निश्चित हुन्छ। यो संगठन तिमीहरू अाफुअाफु मिल्ने र अाफुअाफु नमिल्ने अतिगुटवादीहरूको नभई विपिको प्रजातान्त्रिक समाजवादी मान्नेहरूको मात्र हो। पार्टी र समाजमा भाँडभैलो गरेर अाफ्नो जीविकोपार्जन गर्ने जति राजनीतिको बदनाम गराउने तिर लागेको देखिदैछ। यो देशलाई वीरता मान्ने र मुकुट राजदण्ड समातेर बस्नेहरूको त पत्ता साफ बनाए समाजले यस्ता २०/२५ पन्नाको विधानमा अडिएको संगठन सक्न धेरैबेर लगाउदैन समाज ले। होसियार रहनु पर्ने हुन्छ हामी विपिको प्रजातान्त्रिक समाजवादीहरू। सहमति, संवाद, एकता र सहकार्यमा विश्वास घट्नु नै लोकतन्त्र कमजोर हुँदै जानु पनि हो।
No comments:
Post a Comment