क ख मात्र पढाउने सामान्य विद्यालय भन्दा थोरै पनि विश्वविद्यालयको मापदण्ड र विधिविधान अनुसारको सक्षमता प्रदर्शन गर्न सक्ने हैसियत निर्माण गर्न नसकेको त्रि.वि. अझै पनि कमजोर र विपन्न रहेको स्पष्ट देखिदैछ।
त्रिभुवन विश्वविद्यालयको स्थापना गरेको अनि जनताको शासन प्रजातन्त्र आएको यत्तिका वर्ष भईसक्दा पनि ऐ ले अाफुलाई त्यस स्तरमा उभ्याउन नसक्नुको पछाडि त्यसमा अाबद्ध बौद्धिक कर्मचारी भन्दा माथी हैसियत उठाउन नसकेका प्राध्यापक साथै ऐ को मर्म र भावना संग हरवक्त छेडखानी गरिरहने शक्तिको खेल खेल्न रूचाउने राजनीतिकरणको मार परेको स्पष्ट देखिन्छ। COVID-19 संक्रमणको यस्तो विश्व संकटको घडीमा यस्ता विश्वविद्यालयले विभिन्न माध्यम बाट देश र जनतालाई पर्न सक्ने विभिन्न प्रकारका सामाजिक र जैविक प्रकोप र संकटको प्रक्षेपण गर्ने र त्यस बाट बच्ने उपायको खोजी गर्दै विभिन्न विषयगत अध्ययन अनुसन्धानमा अहोरात्र खट्नु पर्ने हो। तर त्रि.वि. को विभिन्न कार्यक्रमको तालिका सारेको देख्दा र तल्लो तहको निर्णय गर्दै सूचना निकालेको देख्दा ऐ को हैसियत कखरा सिकाउने विद्यालय बोर्डको भन्दा तल चै हैन भन्ने स्पष्ट देखिन्छ। तै पनि अाफुलाई विश्वविद्यालयको हैसियतमा राख्न खोजेको देख्दा लाज लाग्छ।
त्रि.वि. त्यस्तो ज्ञान उत्पादन गर्ने क्षेत्र हो जसले गलती गर्नसक्छ भन्ने विश्वास राख्दैन। तर सम्बन्धित पक्षको मर्मर र भावना माथि निच खेलवाड गरेको र विश्वास माथि गर्दै गरेको छेडखानी अक्षम्य छ। नेपाल सरकार मातहतको त्रिभुवन विश्वविद्यालयको बनावटी र नक्कली साख पनि गिरेको महसुस हुदैछ। बदनाम त्रि.वि. को सान, मान र साख कायम राख्नका लागि त्यस पवित्र क्षेत्र संग आबद्ध बौद्धिक कर्मचारी र वर्तमान सरकारका पदेन प्रतिनिधि कुलपति(प्रधानमन्त्री) एवं ले यसको रक्षा र विकासमा पवित्र शैलीलाई अंगालेर निष्पक्ष ढङ्गले लाग्नु पर्ने देखिन्छ।
No comments:
Post a Comment